मुख्य समाचार

पालिकाको सक्रियतासँगै बढे बराह तालमा जाने पर्यटक

ढोरपाटन, ७ पुस । प्रचारप्रसार र पूर्वाधार अभावका कारण ओझेलमा परेको बागलुङको बराह तालमा गाउँपालिकाको सक्रियतापछि पर्यटकको चहलपहल बढ्न थालेको छ । तमानखोला गाउँपालिका-२ मुठाचौरमा अवस्थित यो ताल उच्च पहाड, शान्त वातावरण र प्राकृतिक सौन्दर्यले भरिपूर्ण छ । समुद्री सतहदेखि तीन हजार मिटरको उचाइमा रहेको ताल तमानखोलाको शिरमा अवस्थित छ । केही वर्षअघिसम्म गाउँलेले पूजा गर्ने बराह ताल क्षेत्रमा पछिल्लो समय पर्यटक आकर्षणको केन्द्र बनेको हो । तमानखोला गाउँपालिकाले प्रचारप्रसार बढाएपछि आन्तरिक पर्यटक बढेका हुन् । तमानखोला गाउँपालिका–२ मुठाचौरमा रहेको बराह… पुरा पढौ

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा प्रदर्शन उडान सफल

पोखरा, ७ पुस । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा प्रदर्शन उडानको सुरुआत गरिएको छ । विमानस्थलमा आज यति एयरलाइन्सले पहिलो प्रदर्शन उडान सफलतापूर्वक सम्पन्न गरेको हो । एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले दिउँसो २ः१५ बजे पुरानो विमानस्थलबाट उडान भइ पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा २ः२७ मा अवतरण भएको जानकारी दिए। “मुलुकको तेस्रो अन्तर्राष्ट्रिय विमानस्थलमा आज यतिले प्रदर्शन उडान सम्पन्न गरेको छ, उडानका क्रममा पाइटलहरुले विमानस्थल प्राविधिकरुपमा सञ्चालनका लागि तयार भएको प्रतिक्रिया दिनुभएको छ”, उनले भने। विमानका पाइटल प्रमोदराज गौतमले प्राविधिक रुपमा विमानस्थल अन्तर्राष्ट्रिय… पुरा पढौ

नेप्से झिनो अंकले घट्यो, कारोबारमा नेपाल टेलिकम अग्रणी

काठमाडौं, ७ पुस । साताको अन्तिम कारोबार हुने दिन बिहिबार नेपाली सेयर बजारमा झिनो अंकको गिरावट देखिएको छ । केहि सूचकहरुमा बृद्धि भएको छ भने कारोबार रकम १ अर्ब माथिको भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ०.०१ अंकले घटेर १८६७.२१ विन्दुमा झरेको छ । सेन्सेटिभ इण्डेक्स भने बढेको छ । यो १.७२ अंकले बढेर ३६७.०६ विन्दुमा रहेको छ । यसदिन कुल २४७ कम्पनीको सेयर कारोबार भएको छ । ३१ लाख ११ हजार ८३३ कित्ता सेयरको कारोबारबाट १… पुरा पढौ

स्वीकृति नलिई इन्टरनेट प्याकेज बेच्ने कम्पनीमाथि कारबाही

काठमाडौं, ७ पुस । अनुमति नलिई ठूला प्याकेज बेच्ने ठूला इन्टरनेट सेवाप्रदायकमाथी कारबाही हुने भएको छ । दूरसञ्चार क्षेत्रको नियामक संस्था नेपाल दूरसञ्चार प्राधिकरणले यसरी अनुमति नलिई ठूला प्याकेज बिक्री गर्ने इन्टरनेट सेवा प्रदायक आईएसपी लाई कारबाही गर्ने भएको हो । प्राधिकरणले हाल स्वीकृति नलिई १ सय एमबीपीएस भन्दा माथिको इन्टरनेट प्याकेज बिक्री गरेको भेटिएपछि यस्ता सेवाप्रदायकलाई कारबाही गर्ने प्रक्रिया अघि बढाएको हो । पछिल्लो समय इन्टरनेट सेवाप्रदायक कम्पनीहरुले प्रतिस्पर्धा गर्दै १ सय एमबीपीएसभन्दा माथिको स्पीड भएका इन्टरनेट प्याकेज बिक्री… पुरा पढौ

सुक्दै शङ्करपुर ताल, सिँचाईको समस्या भोग्दै स्थानीय

कपिलवस्तु, ७ पुस । कपिलवस्तुको विजयनगर गाउँपालिका–४ शङ्करपुरका गाउँका ४० वर्षीय राधे कार्कीले आफ्नो खेतमा यस वर्ष गहुँ छरेनन् । उनले सिँचाइ सुविधा नभएका कारण गहुँ नछरेका हुन् । सोही गाउँका गोरे थारूले पनि आफ्नो छ कठ्ठा जग्गामध्ये तीन कठ्ठा जग्गामा मात्र गहुँ छरे । उनीहरु मात्र नभई शङ्करपुरमा अहिले अधिकांश किसानले बहुतै कम क्षेत्रफलमा मात्र गहुँ बाली लगाएका छन् । गत वर्ष किसानले गहुँ छर्दा यहाँ सिँचाइ सुविधा थियो । किसानहरूले कुनै खेत खाली नछोडी गहुँ छर्ने गरेकामा यस… पुरा पढौ

चार्ल्स शोभराजलाई थुनामुक्त गरी १५ दिनभित्र स्वदेश फर्काउनू : सर्वोच्च

काठमाडौं, ७ पुस । नेपालमा कैद सजाय भोगिरहेका फ्रान्सेली अभियुक्त चार्ल्स शोभराजलाई थुनामुक्त गरेर १५ दिनभित्र स्वदेश फिर्ता गर्न सर्वोच्च अदालतले आदेश जारी गरेको छ । बुधबार सर्वोच्च अदालतका न्यायाधीशहरु सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको इजलासले यस्तो आदेश जारी गरेको हो । कर्तव्य ज्यान मुद्दामा सजाय काटिरहेका ७८ वर्षीय शोभराज मुटुको रोगी भएकाले ओपन हार्ट सर्जरी गर्नुपर्ने कारणले कारागार नियमावली, २०२० को नियम २९-२क ले ६५ वर्ष उमेर पुगेका कैदीहरुलाई ७५ प्रतिशतसम्मको कैद सजाय छोट्याउन सक्ने व्यवस्थाअनुसार थुनामुक्त गर्न… पुरा पढौ

काठमाडौं उपत्यकासहित तराईका जिल्लामा बाक्लो हुस्सु

काठमाडौं, ७ पुस । आज बिहानदेखि काठमाडौं उपत्यकासहित देशका पहाडी तथा तराईका विभिन्न भू-भागमा बाक्लो हुस्सु तथा कुहिरो लागेको छ । धेरै स्थानमा लागेको कुहिरो तथा हुस्सु मध्यान्नपछि क्रमिक रुपमा सुधार हुँदै जाने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा गौचर विमानस्थलले जनाएको छ । हुस्सु र कुहिरोका कारण तराईका जिल्लामा जनजीवन प्रभावित हुन थालेको मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो । उहाँका अनुसार पश्चिम तराईका जिल्ला कञ्चनपुर, कैलाली, बर्दिया, बाँके, दाङ, कपिलवस्तु, रुपन्देही, नवलपरासी–पूर्व, नवलपरासी–पश्चिम यसैगरी मध्य तराईका… पुरा पढौ

जहाँ खाना पकाउन अझै गुइँठाकै भर पर्छन् स्थानीय

खजुरा, ७ पुस । ग्रामीण क्षेत्रमा खाना पकाउन अझै पनि परम्परागत चुलोको प्रचलन रहेको छ । गाउँघरमा खाना पकाउने इन्धनका रूपमा गाईभैँसीको गोबरबाट बनाइने गुइँठाको प्रयोग अझै कायमै छ । खाना पकाउने ग्यास महँगो र काठ तथा दाउरा अभाव भएकाले गुइँठा–कण्डा इन्धनका रूपमा प्रयोग गरिरहेको बाँके डुडुवा गाउँपालिका–१ की लक्ष्मी कोरी बताउँछिन् । “ग्यास किन्न सक्ने अवस्था छैन, हाम्रा लागि गुँइठा नै सहज विकल्प हो”, उनले भनिन्, “घरमा गाई भैँसी पालेकी छु, त्यसैको गोबरले गुइँठा बनाउन सजिलो भएको छ, अनि… पुरा पढौ

त्रिभुवन विमानस्थलबाट उडान नियमित

काठमाडौं, ७ पुस । बिहीबार बिहानदेखिको प्रतिकूल मौसमका कारण ठप्प भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा बाह्य उडान अहिले नियमित सुरु भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठकुरका अनुसार आज बिहानैदेखि लागेको बाक्लो हुस्सु र कुहिरोका कारण केही समय उडान तथा अवतरण बन्द भए पनि अहिले उडान तथा अवतरण पुनः सुरु भएको हो । कुहिरो र हुस्सु हटेपछि अहिले विमानस्थलमा जहाज उडान तथा अवतरण भइरहेका उनले बताए । मौसम खुलेपछि मात्रै उडान अवतरण सुरु भएको विमानस्थलले जनाएको… पुरा पढौ

प्रि-ओपन सेसन: नेप्सेमा करिब ३ अंकको गिरावट

काठमाडौं, ७ पुस । साताको अन्तिम कारोबार दिन आज बिहीबारको प्रि-ओपन सेसनमा नेप्से परिसूचक ३ अंक हाराहारीले घटेको छ । अघिल्लो कारोबार दिन अर्थात हिजो बुधबार ५.८९ अंक घटेर १८६७.२२ विन्दुमा बन्द भएको नेप्से आजको प्रि-ओपन सेसनमा २.८२ अंक घटेर १८६४.४० विन्दुमा झरेको छ । यो सेसनमा सेन्सेटिभ इण्डेक्समा पनि १.६० अंकको गिरावट आएको छ । आज बिहीबारको प्रि-ओपन सेसनमा ९ वटा स्टकको ११ लाख ६० हजार ८९६ रुपैयाँ ८० पैसा बराबरको १ हजार ७२६ कित्ता सेयर खरिदबिक्री भएको छ… पुरा पढौ