मुख्य समाचार

व्यावसायिक खेतीमा आकर्षण बढ्दै, प्रवर्धन गर्न किसान कार्ड

सुर्खेत, ५ पुस । निर्वाहमुखी तरकारी खेती गर्दै आएका वीरेन्द्रनगर–१० रहलपुरका कृषक व्यावसायिक तरकारी उत्पादन गर्न लागिपरेका छन् । भारतबाट तरकारी आयात नियन्त्रण गर्दै स्थानीय उत्पादनलाई बढवा दिने उद्देश्यले व्यावसायिक तरकारी खेती गर्न अग्रसर भएका हुन् । निर्वाहमुखी तरकारी खेती गर्दै आएका कृषकलाई व्यावसायिक बनाउन युएसएड नेपालको सहयोगमा सञ्चालित सिसा परियोजनाले किसान कार्ड (क्रेडिट) कार्ड र कार्डबाट किसानले रु ५० हजार बराबरको तरकारीको बीउ र अन्य कृषि सामग्री किनमेल गर्न पाएपछि कृषक व्यावसायिक तरकारी खेतीमा आकर्षण बढ्दै गएको हो ।… पुरा पढौ

प्रि ओपन सेसन: नेप्से करिब १ अंकले बढ्यो

काठमाडौं, ५ पुस । आज मंगलबारको प्रि-ओपन सेसनमा नेप्से परिसूचकमा करिब १ अंकले वृद्धि भएको छ । अघिल्लो कारोबार दिन अर्थात हिजो सोमबार ३.८३ अंक बढेर १८५८.८९ विन्दुमा बन्द भएको नेप्से आजको प्रि-ओपन सेसनमा ०.८२ अंक बढेर १८५९.७२ विन्दुमा पुगेको हो । यो सेसनमा सेन्सेटिभ इण्डेक्स पनि ०.२७ अंकले बढेको छ । आज मंगलबारको प्रि-ओपन सेसनमा ६ वटा स्टकको १ लाख ५५ हजार ७३९ रुपैयाँ बराबरको ३१० कित्ता सेयर खरिदबिक्री भएको छ । यीमध्ये २ वटा स्टकको मूल्य बढेको छ… पुरा पढौ

कक्षा ११ का विद्यार्थीले गरे च्याउखेतीबाट आम्दानी

कटारी, ५ पुस । उदयपुरको कटारी नगरपालिका–४ स्थित त्रिवेणी माविका कृषि प्राविधिकतर्फका कक्षा ११ का विद्यार्थीले च्याउखेतीबाट आम्दानी लिन थालेका छन् । उनीहरुले आम्दानी लिँदा यस क्षेत्रको च्याउ पारखीहरूलाई ताजा च्याउको स्वाद पनि मिलेको छ । कक्षा ११ को सैद्धान्तिक अध्ययनसँगै विद्यार्थीले अभ्यासमार्फत च्याउखेती गरेका हुन् । “किताब पढ्नेमात्रै होइन यसलाई व्यवहारमा उतार्नका लागि खेती गरेका हौँ”, छात्र विवश लामिछानेले भने, “भविष्यमा यही खेतीबाट आम्दानी गरेर जीविकोपार्जन पनि गर्न सकिन्छ नि ।” २२ विद्यार्थीले रु ८० हजारको लागतमा सुरु गरेको… पुरा पढौ

काँक्रो खेतीबाट मनग्य आम्दानी लिँदै हुप्सेकोटका किसान

मध्यविन्दु, ५ पुस । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिका–१ जुकेपानीका किसान अहिले काँक्रो टिप्न र बिक्री गर्नमा निकै व्यस्त छन् । कृषि पकेट क्षेत्रका रूपमा परिचित जुकेपानी क्षेत्रका किसानलाई काँक्रो टिप्न भ्याइनभ्याइ छ । व्यावसायिक काँक्रोखेती गरेका किसानको घरमा मेला जाँदाजाँदै काँक्रोखेती लगाउन सिक्नुभएको ठिस्मा रानाले अहिले काँक्रोबाट मनग्य आम्दानी गरेकी छन् । रु १२ हजारको लगानीमा दुई वर्षअघि काँक्रोखेती सुरु गरेकी उनले पहिलो वर्ष खर्च कटाएर रु ६७ हजार आम्दानी गरेको बताइन। “एक बाली धान लगाएर काँक्रो लगाउने गरेकामा अहिले… पुरा पढौ

आन्तरिक राजस्व सङ्कलन लक्ष्यभन्दा न्यून, आयकर र भ्याट असुली प्रभावित

काठमाडौं, ५ पौष । चालु आर्थिक वर्ष २०७९/०८० को पहिलो पाँच महिना अवधिमा आन्तरिक राजस्व सङ्कलन लक्ष्यभन्दा न्यून देखिएको छ । आन्तरिक राजस्व विभागका अनुसार मङ्सिर मसान्तसम्मको राजस्व सङ्कलन लक्ष्यभन्दा भन्दा १३ दशमलव ६३ प्रतिशत विन्दुले कम हो । विभागले मङ्सिर मसान्तसम्ममा रु एक खर्ब ७४ अर्ब ३७ करोड ५४ लाख ७८ हजार बराबर आन्तरिक राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको थियो । तर यो अवधिसम्ममा रु एक खर्ब ५० अर्ब ६० करोड १८ लाख ८० हजार बराबर मात्रै उठेको छ… पुरा पढौ

नारायणगढ-मुग्लिन सडक आजदेखि दिउँसो बन्द हुने

चितवन, ५ पुस । नारायणगढ–मुग्लिन सडकखण्डमा आजदेखि दैनिक चार घण्टा सवारी आवागमन रोकिने भएको छ । सडकखण्डमा पर्ने पुलको निर्माणका लागि भित्तो काट्नुपर्ने भएकाले सवारी रोक्न लागिएको हो । एक महिनाका लागि सडक रोकेर काम गर्न लागिएको हो । सडक बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म रोकिने छ । भौगोलिकरूपमा कठिन ठाउँमा रहेका सिमलताल, कालीखोला, तुइन खोला र चिसेन्जी खोला पुल निर्माणका लागि पहाड काट्नेलगायतका कामका लागि सवारी आवागमन रोक्न लागिएको हो । प्रमुख जिल्ला अधिकारी अस्मान तामाङका अनुसार नारायणगढतर्फबाट… पुरा पढौ

नेपाल र श्रीलङ्काबीच आपसी सहयोग र सहकार्यमा जोड

काठमाडौं, ४ पुस । नेपाल र श्रीलङ्काबीच आपसी सहयोग र सद्भाव वृद्धि गरी द्विपक्षीय सम्बन्ध विस्तारमा ध्यान दिइनुपर्ने बताइएको छ । नेपाल र श्रीलङ्काबीच कूटनीतिक सम्बन्ध कायम भएको ६५औँ वर्षको उपलक्ष्यमा नेपालस्थित श्रीलङ्काली दूतावास र नेपाल विश्व सम्बन्ध परिषद्द्वारा आज आयोजित कार्यक्रममा वक्ताहरूले पारस्परिक सहयोग र सहकार्यका आधारमा सम्बन्ध विस्तार गर्नुपर्ने धारणा व्यक्त गरे। दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) र असंलग्न आन्दोलनका संस्थापक राष्ट्र नेपाल र श्रीलङ्काबीच पर्यटन, कृषि, शिक्षा, स्वास्थ, व्यापार, धार्मिक तथा सांस्कृतिक क्षेत्रमा सहयोग र सहकार्यको… पुरा पढौ

सट्टेबाजीमा करोडौं कारोबार गर्छन् नेपाली एजेन्ट

काठमाडौं, ४ पुस । विश्वकप फुटबललगायत विभिन्न खेलमा सट्टेबाजीमा नेपाली एजेन्ट सक्रिय रहेका छन् । एजेन्टमध्ये एक व्यक्तिले वर्षमा सट्टाबाजीमा करोडौँ कारोबार गर्ने पाइएको छ । नेपाली एजेन्ट रहेका एक व्यक्तिको २५ मध्ये सात बैंक खाताको कारोबार परीक्षण गर्दा १ वर्षको अन्तरालमा सट्टेबाजीमा साँढे दुई करोड बराबरको कारोबार गरेको पाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए । खेलमा बढी रकम हारेका व्यक्तिको पहिचान गरी प्रलोभन देखाएर सट्टेबाजीको एजेन्ट बनाएको प्रहरीको भनाइ छ । सट्टेबाजीमा प्रयोग… पुरा पढौ

केन्द्रीय बैंकले ५ अर्बको विकास ऋणपत्र बिक्री गर्ने

काठमाडौं, ४ पुस । नेपाल राष्ट्र बैंकले ५ अर्ब बराबरको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । ‘ विकास ऋणपत्र २०८३ ज’ नाम दिइएको सो ऋणपत्रको अवधि ४ वर्ष रहेको छ । केन्द्रीय बैंकले बोलकबोल प्रक्रियामार्फत यही पुस ६ गते बुधबार उक्त ऋणपत्रको बिक्री गर्ने बताएको छ । ऋणपत्रमा अर्धवार्षिक रुपमा ब्याज भुक्तानी हुने र त्यसमा कुनै पनि ब्याजकर नलाग्ने बताइएको छ । बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, सङ्गठित संस्था र नेपाली नागरिकले ऋणपत्र खरिद गर्न सक्ने प्रावधान राखिएको… पुरा पढौ

पत्रकार जगतलाई विकाससंगै जोडेर लैजान आवश्यक : मुख्यमन्त्री पोखरेल

पोखरा, ४ पौष । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले नयाँ राजनीतिक संरचनाको अभ्यासमा रहेकोले जनताले सोचे, खाेजे अनुरुपको कार्य गर्न नसकिएको बताएका छन् । उनले अबका दिनमा संचारजगतलाई विकासका कार्यहरुमा संगै जोडेर लैजान आवश्यक भएकाे बताए । उनले भने, 'यसाे गरियाे भने राम्रा कामकाे राम्राे र खराब कामहरुकाे प्रत्यक्ष खबरदारि हुन्छ ।' जनताका त धेरै अपेक्षाहरु हुन्छन् तर हामी संघीय संरचनाका काम गर्न गएपछि केहि काम गर्दै र केहि सिक्ने अवसर पनि भएको बताए । उनले प्रदेश सरकारले ६०… पुरा पढौ