काठमाडौं, ५ पुस । नेपाल विद्युत प्राधिकरणले आगामी पुस ११ गतेदेखि आफ्ना पोलमा राखिएका दूरसञ्चार, केबल टी।भी। तथा इन्टरनेट सेवा प्रदायकहरूका तार काटिदिने भएको छ । प्राधिकरणले एउटा सूचना जारी गरी पुस ११ बाट आफ्ना पोलमा रहेका दूरसञ्चार, केबल टी।भी। तथा इन्टरनेट सेवा प्रदायकहरूले राखेका केबल तथा उपकरणहरू हटाइदिने बताएको हो । प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालयले यसअघि नै ४५ दिने सूचना जारी गरेर व्यवस्थापन गर्न आग्रह गरे पनि केबल टेलिभिजन, दूरसञ्चार तथा इन्टरनेट सेवा प्रदायकहरुले हालसम्म व्यवस्थापन नगरेकाले…
पुरा पढौ