मुख्य समाचार

२६ वर्षमा पनि किन बनेन बागलुङ–कुश्मीशेरा सडक ?

बलेवा, ४ पुस । जिल्लाको दक्षिण क्षेत्रलाई जोड्नेगरी २६ वर्षअघि निर्माण थालिएको बागलुङ–कुश्मीशेरा सडकमा अहिले पनि सर्वसाधारण जोखिमपूर्ण यात्रा गर्छन् । मालढुङ्गादेखि कुश्मीशेरासम्मको २१ किमी सडकको ठाउँठाउँमा गएका पहिरा तथा मर्मत नभएको कच्ची सडकका खाल्डाखुल्डीले सर्वसाधारण जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका हुन् । बागलुङ नगरपालिका–१ मालढुङ्गादेखि वडा नं १० को गलुवासम्मको एक किमी सडक कच्ची छ । गलुवाकै दव्ल्याङमा दुई वर्षअघि झरेको पहिरो नरोकिँदा यात्रा थप जोखिमपूर्ण बनेको हो । यो पहिरो रोकथाम तथा नियन्त्रणका लागि पूर्वाधार कार्यालय बागलुङले तयार… पुरा पढौ

उकालो लाग्यो सेयर बजार, साढे ८८ करोडको कारोबार

काठमाडौं, ४ पुष । १ हप्तादेखि नकारात्मक लयमा गईरहेको सेयरबजार आज भने सकारात्मक लयमा फर्किएको छ । ओरालोको यात्रामा गएको नेपाली सेयर बजार सोमबार सकारात्मक लयमा फर्किएपछि लगानीकर्ताको मनोबल बढेको छ । साताको सेयर कारोबार हुने दोश्रो दिन सोमबार नेप्सेमा दोहोरो अंकको बृद्धि भएको छ । ४ उपसमूहमा रातो लागेको छ । बाँकी ९ वटामा भने हरियो लागेको छ । कारोबार रकममा भने उल्लेखनीय सुधार हुन सकेन । यसदिन कारोबार भने १ अर्ब नाघ्न सकेन । नेपाल स्टक एक्सचेन्जका अनुसार… पुरा पढौ

किन रोकियो भारत तर्फको बिजुली निर्यात ?

काठमाडौं, ४ पुस । नेपाल विद्युत् प्राधिकरणले भारत तर्फको बिजुली निर्यातलाइ राेकेकाे छ । नदीमा जलसतह लगातार घटेपछि प्राधिकरणले भारततर्फको बिजुली निर्यात रोकेको हाे । स्वदेशमै बिजुली आपूर्ति गर्नुपर्ने भएकाले भारतमा हुँदै आएको निर्यात रोकिएको प्राधिकरणका प्रवक्ता एवं भारप्रेषण केन्द्रका प्रमुख सुरेशबहादुर भट्टराईले जानकारी दिएका छन । प्राधिकरणले यसवर्ष कुल ११ अर्ब बराबरको बिजुली भारत निर्यात गरेको छ । गत जेठ १९ गतेदेखि भारत निर्यात सुरु गरेको प्राधिकरणले गत मङ्सिर अन्तिम सातासम्म निर्यात गरेको थियो । सुरुमा ३९ मेगावाटबाट निर्यात… पुरा पढौ

साढे १७ अर्बकाे ट्रेजरी बिल बोलकबोल गर्दै राष्ट्र बैंक

काठमाडौं, ४ पौष । नेपाल राष्ट्र बैंकले ३ वटा अलग-अलग ट्रेजरी बिल जारी गर्न लागेकाे छ । बैंकले १७ अर्ब ५३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्ने भएको हाे । यसमा ९१ दिनका लागि, १८२ दिन र १ वर्षका लागि जारी गर्न लागिएकाे हाे । पुस ५ गते जारी गरिने ट्रेजरी बिलका लागि आज दिउँसो २ बजे बोलकबोल गर्न लागिएकाे छ । बैंकले ९१ दिनको लागि ५ अर्ब ५३ करोड रुपैयाँको ट्रेजरी बील जारी गर्न लागेको छ। यो बिल… पुरा पढौ

गरिमा बैंकले ल्यायो वैदेशिक रोजगार आईपीओ खाता

काठमाडौं, ४ पुस । गरिमा विकास बैंकले वैदेशिक रोजगार आईपीओ खाता सञ्चालनमा ल्याएको छ । नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको ईजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको यो विकास बैंकले वैदेशिक रोजगारमा रहेका नेपालीहरुलाई बैकिङ एवं सेयर मार्केटसम्म पहुँच पुर्याउने उद्देश्यले 'फरेन इम्प्लोयमेन्ट आईपीओ अकाउन्ट' अर्थात् वैदेशिक रोजगारी आईपीओ खाता सञ्चालनमा ल्याएको हो । बैंकको संस्थागत मामिला विभाग प्रमुख भोला प्रसाद तिवारीका अनुसार नेपाल धितोपत्र बोर्डले जारी गरेको निर्देशन अनुसार प्राथमिक सेयर निष्कासन (आईपिओ) जारी गर्ने संस्थाले १०% शेयर वैदेशिक रोजगारमा रहेका नेपालीहरुका… पुरा पढौ

बजार नपाएपछि गोदाममै थन्किए अल्लोका कपडा

म्याग्दी, ४ पुस । म्याग्दीमा अल्लोबाट उत्पादन गरिएका कपडा बजार अभावले थन्किएका छन् । जङ्गलमा खेर गएको अल्लोलाई सदुपयोग गरी गाउँमै उद्योग स्थापना गरेर अल्लोका कपडा बनाउँदै आएकाका उद्यमी बजार अभावले समस्यामा परेका हुन् । विगत ६ वर्षदेखि धौलागिरि गाउँपालिका–७ धारापानीमा नेचुरल नेप्लिज ह्यान्डी क्राफ्ट प्रोडक्ट एन्ड मार्केटिङ उद्योग सञ्चालन गरी अल्लो कपडा उत्पादन गर्दै आएका युवा उद्यमी किरन थापाले उत्पादन भएका कपडाको बजारीकरणमा समस्या भएको गुनासो गरे ।  उनले अल्लोबाट उत्पादन गरेको कपडालाई कोट, पाइन्ट, टोपी, झोला, जुत्तालगायतका सामग्री… पुरा पढौ

प्रि ओपन सेसन: नेप्सेमा झिनो अंकको वृद्धि

काठमाडौं, ४ पुस । साताको कारोबार हुने दोस्रो दिन आज सोमबारको प्रि-ओपन सेसनमा नेप्से परिसूचकमा झिनो अंकको बढोत्तरी भएको छ । अघिल्लो कारोबार दिन अर्थात आइतबार २७.५४ अंक घटेर १८५५.०६ विन्दुमा बन्द भएको नेप्से, आजको यो सेसनमा ०।१२ अंक बढेर १८५५.१९ विन्दुमा पुगेको हो । सो सेसनमा सेन्सेटिभ इण्डेक्स पनि ०.०१ अंक बढेको छ । आझ सोमबारको प्रि-ओपन सेसनमा ८ वटा स्टकको ३ लाख ७५ हजार ६१४ रुपैयाँ बराबरको १ हजार २६० कित्ता सेयर खरिदबिक्री भएको छ । यीमध्ये ६… पुरा पढौ

निफ्राको ऋणपत्रमा पुस १४ सम्म आवेदन दिन सकिने

काठमाडौं, ४ पुस । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको ऋणपत्रमा आवेदन दिने म्याद लम्बिएको छ । कम्पनीले गत मंसिर २९ गतेदेखि निष्कासन तथा बिक्री खुला गरेको ऋणपत्रमा आवेदन दिने मिति आगमी पुस १४ गतेसम्मका लागि लम्ब्याइएको हो । बैंकले वार्षिक ७ प्रतिशत ब्याज दिनेगरी ७ वर्ष अवधिको रहेको ‘निफ्रा उर्जा ऋणपत्र ७ प्रतिशत २०८५र८६’ का लागि आवेदन दिने म्याद थपिएको हो । बैंकले प्रति ऋणपत्र १ हजार अंकित दरका ५ अर्ब रुपैयाँ बराबरको ५० लाख कित्ता ऋणपत्र निष्कासन गरेको हो ।… पुरा पढौ

अन्तर्राष्ट्रिय नवीकरणीय ऊर्जा सम्मेलन काठमाडौंमा सुरु

काठमाडौं, ४ पुस । नवीकरणीय ऊर्जा प्रयोग तथा जलवायु परिवर्तनबारे भइरहेका अन्तर्राष्ट्रिय अभ्यास, सिकाइ र अनुभव आदानप्रदान गर्ने उद्देश्यले शतप्रतिशत नवीकरणीय ऊर्जा नीति, अभ्यास र अनुभव’ विषयक अन्तर्राष्ट्रिय सम्मेलन शुरु भएको छ । विश्व तापक्रम वृद्धिदरलाई १ दशमलव ५ डिग्री सेल्सियसमा नियन्त्रण गर्दै दीगो विकास लक्ष्य प्राप्ति गर्न खनिज इन्धनको प्रयोगलाई घटाउनुपर्ने हुँदा नवीकरणीय ऊर्जा भरपर्दाे विकल्पका रूपमा लिइएको छ । खनिज इन्धनको प्रयोगलाई क्रमशः घटाउँदै जलविद्युत्, सौर्य ऊर्जालगायत नवीकरणीय ऊर्जाको उत्पादन र उपयोग बढाउँदा आर्थिक, वातावरणीय र मानवीय स्वास्थ्यलगायत… पुरा पढौ

३६ वर्षपछि अर्जेन्टिनालाई विश्वकपको उपाधिमा ह्याट्रिक

काठमाडौं, ४ पुस । अर्जेन्टिनाले ३६ वर्षपछि फिफा विश्वकप फुटबल प्रतियोगिताको उपाधि उचालेको छ । कतारको दोहास्थित लुसेल रङ्गशालामा भएको २२औँ संस्करणको फाइनल खेलमा फ्रान्सलाई टाइब्रेकरमा ४–२ गोलअन्तरले हराउदै अर्जेन्टिनाले विश्वकपको उपाधिमा ह्याट्रिक गरेको हो । यसअघि अर्जेन्टिनाले सन् १९७८ र १९८६ मा दुई पटक उपाधि जितिसकेको छ । अर्जेन्टिना विश्वपकपको समूह चरणको पहिलो खेलमा साउदी अरेवियासँग पराजित भएपनि उपाधि उचाल्न सफल भयो । अर्जेन्टिना यसअघि सन् २०१४ मा फाइनल पुगेको थियो । उक्त फाइनलमा अर्जेन्टिना जर्मनीसँग पराजित भएको थियो… पुरा पढौ