मुख्य समाचार

२४औं पोखरा सडक महोत्सव पौष १३ देखि

पोखरा, २२ मंसिर । रेष्टुरेण्ट एण्ड बार एशोसियशन (रेवान) पोखराले अंग्रेजी नया वर्षको अवसरमा आयोजना गर्दै आएको पाेखरा सडक महोत्सव पुस १३ देखि १७ गतेसम्म आयोजना हुने भएको छ। आयोजक रेवानले विहीबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा साे जानकारी दिइएको हो । “सडकमै नाचौं, सडकमै खाउँ, सडकै रमाउँ” भन्ने नाराका साथ हुने महोत्सव लेकसाईडको ३ किलोमिटर क्षेत्रमा हुनेछ । खहरेदेखि हल्लनचोकहुँदै फिस्टेल गेटसम्मको तीन किलोमिटर क्षेत्रमा महोत्सव हुने संयोजक नरेश भट्टराईले जानकारी दिए । रेवान पोखराले सडक महोत्सवमा विभिन्न क्षेत्रको… पुरा पढौ

लाभांश र प्राप्तिकाे प्रस्ताव अनुमाेदन गर्न सेञ्चुरी र प्रभु बैंकले बाेलाए साधारण सभा

काठमाडौं, २२ मंसिर । सेञ्चुरी कमर्सियल बैंक र प्रभु बैंकले लाभांश तथा प्राप्तिकाे प्रस्तावलाई अनुमाेदन गर्नका लागि पुस १४ गते साधारण सभा बाेलाएका छन्। सेञ्चुरी बैंकले १२ औं साधारण सभा काठमाडौं भद्रकालीमा रहेकाे आर्मी अफिसर्स क्लबमा बाेलाएकाे छ । सभा पूर्वान्ह ९ बजे बाेलाइएकाे छ । प्रभु बैंकको २१ औं साधारण सभा काठमाडौं बबरमहलस्थित बैंकको केन्द्रिय कार्यालयमा पूर्वान्ह ९ बजे नै बाेलाइएकाे छ । साधारण सभामा प्रभु बैंकले सेञ्चुरी बैंकलाई १ बराबर १ रेसियाेमा एक्वायर गर्ने र प्राप्तिका लागि गरिएका… पुरा पढौ

यसकारण ३ वर्षदेखि अलपत्र छ गुल्मीको फुटबल रङ्गशाला

गुल्मी, २२ मंसिर । गुल्मीमा निर्माणाधीन लखन थापा अन्तर्राष्ट्रिय फुटबल रङ्गशाला विगत ३ वर्षदेखि अलपत्र परेको छ । जिल्लाको इस्मा गाउँपालिका–६ अम्मरपुर बुल्मचौरमा निर्माण गर्न लागिएको रङ्गशालाको पहिलो चरणको काम विसं २०७६ चैतमा सम्पन्न भए पनि दोस्रो चरणको काम सुरु हुन सकेको छैन । राष्ट्रिय खेलकुद परिषद्मार्फत ठेक्का भई पहिलो चरणमा माटो काट्ने, भर्ने, पर्खाल निर्माण र दुबो रोप्ने काम २ करोड ८० लाखमा सम्पन्न भएको निर्माणको जिम्मा पाएको सुनकोसी अभियान जेभी काठमाडौंका इञ्जीनियर पृथ्वीबहादुर शाहीले जानकारी दिए । बुल्मचौरलाई… पुरा पढौ

चितवनका दर्जन बढी गाउँमा अझै टिप्दैन मोबाइल नेटवर्क

भरतपुर, २२ मंसिर । कञ्चनपुरबाट शिक्षण पेसाका लागि चितवनको इच्छाकामना गाँउपालिका–१ को आधारभूत विद्यालय भाराङमा आएकी सरस्वती रायमाझीको घरमा सम्पर्क नभएको एक साता भयो । घरका सदस्य र आफन्तसँग कुराकानी गर्ने मन हुँदाहुँदै पनि उनले मोबाइलको नेटवर्क नहुँदा फोन गर्न पाएकी छैनन् । “फोन सम्पर्क नहुँदा मन आत्तिन्छ”, उनले भनिन्”, “यहाँ आएको एक वर्ष भयो नेटवर्कको समस्या उस्तै छ ।” भाराङ आसपासका एक दर्जन गाउँमा मोबाइलको नेटवर्क नहुँदा स्थानीय फोन सेवाबाट बन्चित भएका छन् । कोलभञ्ज्याङकी लालमाया चेपाङ मोबाइलको नेटवर्क… पुरा पढौ

सानिमा लाइफ र समिट लघुवित्तको सेयर कारोबार फुकुवा

काठमाडौं, २२ मंसिर । सानिमा लाइफ इन्स्योरेन्स र समिट लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार फुकुवा भएको छ । नेपाल स्टक एक्सचेञ्जले मर्जर प्रयोजनका लागि रोक्का रहेका यी दुई कम्पनीको सेयर कारोबार फुकुवा गरेको हो । यी दुवै कम्पनीको आधारभूत सेयरधनीको बाहेक अन्य सेयरधनीको सेयर कारोबार फुकुवा गरिएको नेप्सेले जनाएको छ । धितोपत्र दर्ता गराएका संगठित संस्था एक आपसमा गाभ्ने गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका अनुसार मर्जर प्रकृया रहेका दुवै कम्पनीले सेयर कारोबार फुकुवा गर्न गरेको अनुरोधका आधारमा फुकुवा गरिएको बुझिएको… पुरा पढौ

किन घरबाटै बोरा बोकेर विद्यालय जान्छन् यी विद्यार्थी ?

रौतहट, २२ मंसिर । रौतहटको फतुवा विजयपुर नगरपालिकाको एउटा माध्यमिक विद्यालयमा विद्यार्थीहरु सधैं घरबाट बोरा बोकेर जान्छन् । विद्यालयमा बस्नका लागि डेस्क र बेन्च नहुँदा बालबालिका बोरा लिएर विद्यालय जान बाध्य भएका हुन् । नगरपालिकाको वडा नम्बर २ मा रहेको श्री माध्यमिक विद्यालयमा डेस्क र बेन्च नभएपछि १ देखि ६ कक्षासम्म अध्ययन गर्ने बालबालिका बस्नका लागि बोरा लिएर विद्यालय जान बाध्य भएका स्थानीय बताउँछन् । कक्षा १० सम्म रहेको उक्त विद्यालयमा ७४८ जना बालबालिका अध्ययन गर्छन् । जसमध्ये कक्षा १… पुरा पढौ

प्रदूषण जाँच पास नहुने गाडी चलाउँदै हुनुहुन्छ? १ लाख जरिबाना तिर्नुपर्ला !

काठमाडौं, २२ मंसिर । वन तथा वातावरण विभागले सवारी धनीलाई प्रदूषण जाँच गरी मापदण्ड पूरा गरेर मात्र गाडी चलाउन आग्रह गरेको छ । विभागले आज एक सूचना प्रकाशित गरी वायु प्रदूषणको मुख्य कारण गाडीबाट निस्कने धुवाँ र खुलारुपमा जलाउने फोहर रहेको भन्दै प्रदूषण जाँच गरेर मात्र सवारी साधन चलाउन आग्रह गरेको हो । अबका दिनमा विभागले गाडीको धुवाँ निस्कासनको अवस्थाबारे परीक्षणलाई प्रभावकारी बनाउनेसमेत विभागले जनाएको छ । पछिल्लो समय धुवाँ परीक्षण गर्दा मापदण्डभन्दा धेरै प्रदूषण गराइरहेका गाडी फेला परेका छन्… पुरा पढौ

एलन मस्कलाई उछिन्दै अर्नाल्ट बने विश्वका धनाढ्य

काठमाडौं, २२ मंसिर । विश्वका धनी व्यक्तिको ताजा सूचीबाट सबैभन्दा धनि व्यक्ति एलन मस्क पछाडी परेका छन् । अमेरिकी बिजनेस म्यागेजिन फोर्ब्सले सन् २०२२ का लागि सार्वजनिक गरेको रिपाेर्टका अनुसार ट्विटर र टेस्लाका प्रमुख कार्यकारी अधिकृत एलन मस्क विश्वको सबैभन्दा धनी व्यक्तिको उपाधिबाट पछि परेका हुन्। एलन मस्कलाई लक्जरीयस ब्रान्ड लुईस भिटनकाे प्रमुख कम्पनी एलभिएमएचका प्रमुख कार्यकारी बर्नार्ड अर्नाल्टले पछि पारेका हुन्। फोर्ब्सको सूचीमा अर्नाल्ट १८५.३ बिलियन डलरको मालिक दर्ज भएर पहिलाे स्थानमा रहेकाे उल्लेख छ । फोर्ब्समा छापिएकाे रिपोर्टका… पुरा पढौ

रासायनिक मलको माग उच्च, आधा मात्रै मौज्दात

विराटनगर, २२ मङ्सिर । तोरी र गहुँ खेतीको लागि चाहिने रासायनिक मलको अभाव भएको छ । किसानको मागअनुसार रासायनिक मल परिपूर्ति हुन नसक्दा पूर्वीका किसानलाई मलको अभाव भएको हो । विराटनगरस्थित कृषि सामग्री कम्पनी लिमिटेडको प्रादेशिक कार्यालयका अनुसार भण्डार रहेको मलको भन्दा दोब्बर माग रहेको छ । गहुँ छर्ने बेलमा डिएपी र युरिया मल लिन किसान भौतारिनुपर्ने अवस्था छ । प्रादेशिक कार्यालयमा हाल युरिया तीन हजार सात सय ७२ दशमलव छ सय ५० मेट्रिक टन र डिएपी पाँच हजार नौ… पुरा पढौ

७ दलले कटाए ‘थ्रेस होल्ड’, समानुपातिकमा एमाले ३४ सिटसहित पहिलाे, अन्य दलको कति ?

काठमाडौं, २२ मंसिर । निर्वाचन आयोगले मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीको अन्तिम मतपरिणाम सार्वजनिक गरेको छ । समानुपातिक निर्वाचन प्रणालीमा सात राजनीतिक दलले मात्र ‘थ्रेस होल्ड’ अर्थात् खसेको कूल सदर मतको न्यूनतम तीन प्रतिशत कटाएका छन् । प्रतिनिधिसभामा सात राजनीतिक दलले ९२ लाख ७१ हजार सात सय १२ मत प्राप्त गरेका छन् । यजसअनुसार नेकपा (एमाले) ले कूल सदर मतको ३० दशमलव ६९ प्रतिशत मत प्राप्त गरी ३४ सिट प्राप्त गरेको छ भने नेपाली… पुरा पढौ