मुख्य समाचार

सुन र चाँदी दुवैको भाउ बढ्यो, तोलाको कति?

काठमाडौं, २९ कार्तिक । साताको सुनचाँदीको कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ । यसदिन छापावाल सुनमा रुपैयाँ १ हजार तथा चाँदीमा रुपैयाँ ३० ले बृद्धि भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार पहेलो धातु छापावाल सुनमा रुपैयाँ १ हजारले बढेर तोलाको ९८ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि सोमबार छापावाल सुनको भाउ तोलाको ९७ हजार २ सय रुपैयाँ कायम भई कारोबार भएको थियो । तेजाबी सुनमा पनि आज रुपैयाँ १ हजारले… पुरा पढौ

बैंक अफ काठमाण्डू र ग्लोबल आइएमईले डाके साधारणसभा

काठमाडौं, २९ कार्तिक । बैंक अफ काठमाण्डू र ग्लोबल आइएमई बैंकले मंसिर २३ गते साधारणसभा आव्हान गरेका छन् । दुबै बैंकले लाभांश वितरणकाे प्रस्ताव तथा मर्जरकाे प्रस्तावलाई पारित गर्नका लागि साधारण सभा बाेलाएका हुन्। बैंक अफ काठमाण्डूले २८औँ वार्षिक साधारणसभा मंसिर २३ गते काठमाडौँ टुडिखेलमा रहेकाे त्रिभुवन आर्मी अफिसर्स क्लबमा पूर्वान्ह १० बजे बाेलाएकाे छ। सभाबाट ६ प्रतिशत बोनस सेयर तथा करकाे प्रयोजनसहित १४.९५ प्रतिशत नगद लाभांश वितरणकाे प्रस्ताव पारित हुनेछ। उता ग्लोबल आइएमई बैंकले १६औँ साधारण सभा काठमाडौँ गैह्रीधारामा… पुरा पढौ

पिपुल्स हाइड्रोपावरकाे सेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं, २९ कार्तिक । पिपुल्स हाइड्रोपावर कम्पनीकाे सेयरमा आवेदन दिने आज अन्तिम दिन बाँकी रहेकाे छ । कम्पनीले कात्तिक २५ गतेदेखि सर्वसाधारणका लागि सेयर निष्काशन तथा बिक्री खुला गरेको थियाे । कम्पनीले आयोजना प्रभावित क्षेत्रका जनताका लागि सेयर निष्काशन गरेपछि सर्वसाधारणका लागि ५६ लाख ६ हजार ३९० कित्ता सेयर निष्काशन गरेको हो। आयोजन प्रभावित क्षेत्रका जनतालाई सेयर बाँडफाँड गर्दा बिक्री नभएकाे ८ लाख ६ हजार ३९० कित्तासहित ५६ लाख ६ हजार ३९० कित्ता सेयर निष्काशन गरिएकाे हो। उक्त सेयरबाट २… पुरा पढौ

इन्भेस्टमेन्ट कम्पनीमार्फत हुने वैदेशिक लगानीमा सीमा नलाग्ने

काठमाडौं, २९ कात्तिक । सरकारले इन्भेस्टमेन्ट कम्पनीमार्फत नेपालमा लगानी गर्न चाहने गैरआवासीय नेपालीलाई विदेशी लगानीको न्यूनतम सीमा लागू नहुने व्यवस्था गरेको छ । देशभित्र लगानीको मात्रामा विस्तार होस् र त्यसको मात्रामा उल्लेख्य मात्रामा वृद्धि होस् भन्ने लक्ष्यका साथ त्यस्तो व्यवस्था गरेको हो । सरकारले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ को दफा ३ को उपदफाले दिएको अधिकार प्रयोग गरी विदेशी लगानीको न्यूनतम सीमा तोक्ने सम्बन्धमा आवश्यक व्यवस्था गरेको हो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका तर्फबाट नेपाल राजपत्रमा प्रकाशित… पुरा पढौ

भारतबाट अवैधरूपमा भित्र्याइएको अस्वस्थकर माछा नष्ट

भरतपुर, २९ कात्तिक । भारतबाट अवैधरूपमा नेपाल भित्र्याइएको अस्वस्थकर माछा चितवनमा नष्ट गरिएको छ । नवलपरासीको बर्दघाटबाट काठमाडौँ लैजाँदै गरेको अवस्थामा पङ्गासियस जातका माछा कृषकले सशस्त्र प्रहरी बलको सहयोगमा नियन्त्रणमा लिएर सोमबार नष्ट गरेका हुन् । लु३च ३३३६ नंको योद्धा पिकअप गाडीमा ५० वटा कार्टुनमा राखिएका दुई हजार किलो माछा चितवनको रामनगरमा नियन्त्रणमा लिएर नष्ट गरिएको छ । नष्ट गरिएको माछाको बजार मूल्य करिब रु चार लाख हुने जनाइएको छ । कागजपत्र र अवस्था हेर्दा नेपाली बिलमा भारतीय माछा ल्याएको… पुरा पढौ

राजनीतिक दलको डिजिटल प्रचारले विदेशी मुद्रा सञ्चितिमा असर, ६७ हजार ३६ अमेरिकी डलर बराबरकाे खर्च

काठमाडौं, २८ कात्तिक । प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि अब १ हप्ता मात्रै बाँकी छ । उम्मेदवारहरू आफ्ना कार्यकर्ताका दलबलसहित चुनावी प्रचारमा व्यस्त छन् । मतदाता रिझाउने सबैको आफ्नै लगन र शैली जारी छ । त्यसमा आधुनिक सूचना प्रविधिको प्रयोग पनि भरपूर देखिन्छ । फेसबुक, ट्वीटर, इन्स्टाग्राम, टिकटकलगायत सामाजिक सञ्जाल र इन्टरनेटमा आधारित अन्य प्लेटफर्ममार्फत प्रचार चलिरहेका छन् । जुन स्वभाविक एवं आवश्यकता नै भइसक्यो । तर ‘चुनावमय सञ्जाल’का अन्तरकुन्तर खोज्दा त्यहाँ समस्याका अनेकौं गाँठा भेटिन्छन् । सञ्जालमा चलिरहेका चुनाव… पुरा पढौ

मर्जरमा गएका बैंकलाई पुषभित्रै एकीकृत कारोबार गर्न परिपत्र

काठमाडौं, २८ कात्तिक । नेपाल राष्ट्र बैंकले १० वटा बैंकलाई परिपत्र गरेर पुस मसान्तभित्रै एकीकृत कारोबार गर्न निर्देशन दिएको छ । अधिकांश बैंकले मर्जरको प्रारम्भिक सम्झौता गरे पनि एकीकृत कारोबारमा अझै नगएका कारण केन्द्रीय बैंकले कडाई गर्न लागेको बुझिएको छ ।  अन्तिम समयमा आएर मर्जर भाँडिएको हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकको प्रवृति नदोहोरियोस् भन्ने हिसाबले पनि राष्ट्र बैंकको परिपत्र आएको आकलन गरिएको छ ।हालसम्म नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक, हिमालयन बैंक र सिभिल बैंक, ग्लोबल आइएमई बैंक र बैंक अफ… पुरा पढौ

नक्कली सुन धितो राखी ठगी गर्ने सुनार पक्राऊ

कास्की, २८ कात्तिक । नक्कली सुन धितो राखेर बैंकबाट २४ लाख कर्जा लिएर साँवा ब्याज नबुझाउने एक जनालाई प्रहरीले पोखराबाट पक्राऊ गरेको छ । पक्राऊ पर्नेमा पर्वत जिल्लाको कुश्मा नगरपालिका वडा नं ३ स्थायी घर भएर हाल कास्की जिल्ला, पोखरा महानगरपालिका वडा नं १८ सराङकोट बस्ने २५ वर्षीय अभिसेक सुनार रहेको प्रहरीले जनाएको छ । उनले विभिन्न मितिमा विभिन्न खालका नक्कली सुनका गरगहनाहरू धितोमा राखेर बिरौटामा रहेको राष्ट्रिय वाणिज्य बैंकबाट १६ लाख ६० हजार तथा पृथ्वीचोकमा रहेको राष्ट्रिय वाणिज्य बैंकबाट… पुरा पढौ

नयाँ पुस्ताका कलाकर्मीसँग प्रधानमन्त्री देउवाको अन्तरक्रिया

काठमाडौं, २८ कात्तिक । प्रधानमन्त्री शेरबहादुर देउवाले नयाँ पुस्ताका कलाकर्मीहरूसँग अन्तरक्रिया गरेका छन् । उनले पत्नी आरजु राणा देउवासँगै आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा ३० भन्दा बढी नयाँपुस्ताका मोडल, कलाकारलाई भेट्दै निर्वाचन सम्पन्न गर्नेतर्फ सकारात्मक भूमिका निर्वाह गर्न आग्रह गरे । “निष्पक्ष भएर क्षणिक लोभ, लालचभन्दा पनि योग्य उम्मेदवारहरूलाई छानेर मतदान गर्न प्रेरित गर्नुस्”, प्रधानमन्त्री देउवाले भने, “निर्वाचनमा युवापुस्ताको सहभागिता बलियो हुनुपर्छ भन्ने सन्देश तपाईंहरूले दिनुपर्यो ।” उनले नेपाली कला क्षेत्रको समस्या समधानका निमित आफू सदैव तयार रहेको बताए ।… पुरा पढौ

१९०४ विन्दुमाथि उक्लियो नेप्से, परिसूचकसँगै कारोबारमा सुधार

काठमाडौं, २८ कार्तिक । साताको सेयर कारोबार हुने दोेश्रो दिन सोमबार नेपाली सेयर बजारमा हरियाली वातावरण देखिएको छ । लगातारको सेयर बजारको गिर्दो स्थितिले लगानीकर्ताहरुको मनोबल माथि उठ्न नसकिरहेको बेला आजको उकालो लागेको दृश्यले उत्साही बनाएको छ । नेपाल स्टक एक्सचेन्ज नेप्सेका अनुसार कारोबारमा अघिल्लो दिनकाे तुलनामा सुधार भएको छ भने आज पनि एक अर्बको घेरोभन्दा माथि भने जान सकेन । नेप्से परिसूचक २१.२६ अंकले बढेर १९०४.४३ विन्दुमा उक्लिएको छ । नेप्सेमा १.१३ प्रतिशतले बृद्धि भएको छ । सेन्सेटिभ इण्डेक्स… पुरा पढौ