मुख्य समाचार

नवलपरासी दुर्घटना अपडेट : मृतक ४ जनाको सनाखत

नवलपरासी , १६ मङ्सिर । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को धौवादीमा भएको जिप दुर्घटनामा मृत्यु भएका ४ जनाको सनाखत भएको छ । दलदलेबाट डेडगाउँ जाँदै गरेको गण्डकी प्रदेश०४–००१ज–०००६ नंको जिप हुप्सेकोट गाउँपालिका–५ धौवादीको कान्छीपानी नजिकै बिहीबार साँझ दुर्घटना हुँदा उनीहरुको मृत्यु भएको थियो । दुर्घटनामा परी मृत्यु हुनेमा बुलिङटार गाउँपालिका–६ का ६० वर्षीय होमबहादुर रानाभाट, बुलिङटार–५ राइकोटकी ६७ वर्षीया मनसभा बराल, बौदीकाली गाउँपालिका–२ की २८ वर्षीया केसरी दराई र ५८ वर्षीय यामबहादुर ठाडा रहेका प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले जानकारी दिए। दुर्घटनामा परी घाइते… पुरा पढौ

११ महिनामा साढे ५ लाख पर्यटक नेपाल भित्रिए

काठमाडौं, १६ मङ्सिर । पछिल्लो ११ महिनामा ५ लाख ४९ हजार ६ सय ५६ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कानुसार अङ्ग्रेजी वर्षको जनवरीदेखि अक्टोबरसम्म ५ लाख ४९ हजार ६ सय ६५ पर्यटकले नेपाल भ्रमण गरेका हुन् । बोर्डका अनुसार नोभेम्बर महिनामा ७२ हजार ६ सय ५३ पर्यटक नेपाल आएका छन् । अघिल्लो अक्टोबरमा ८८ हजार ५ सय ८२ पर्यटक नेपाल भित्रिएका थिए । अप्रिलमा ६१ हजार ५ सय ८९ र सेप्टेम्बरमा ५८ हजार ३… पुरा पढौ

लोप हुँदै तेल पेल्ने परम्परागत ‘दुनेडी’ कोल

सिमकोट, १६ मङ्सिर । हिमाली जिल्ला हुम्लामा पछिल्लो समय परम्परागत तेल पेल्ने ‘दुनेडी’ कोल लोप हुन थालेको छ । प्रविधिको विकाससँगै यहाँ परम्परागत प्रविधिमा आधारित दुनेडी लोप हुने स्थितिमा पुगेको हो । केही वर्षयता ग्रामीण भेगमा यातायातको सुविधा पुग्नाका साथै विद्युत्को विकासका कारण परम्परागत दुनेडी लोप हुँदै गएको सिमकोट–२ ठेहेका शङ्कर रावलले बताए। उनले भने, “सदरमुकाम सिमकोट नजिक पछिल्लो समय मिलको प्रयोग हुन थालेपछि परम्परागत दुनेडी प्रयोगविहीन हुँदै गएको छ ।” बजारमा पाइने विभिन्न किसिमका प्याकिङ गरिएका धारा र स्वस्तिकलगायत… पुरा पढौ

समानुपातिकतर्फ २७ लाख ६१ हजार मतसहित एमालेको अग्रता

काठमाडौं, १५ मंसिर । प्रतिनिधिसभाको समानुपातिक निर्वाचनतर्फ एक करोड तीन लाख ४६ हजार आठ सय १७ मत गणना हुँदा नेकपा (एमाले) अघि देखिएको छ । निर्वाचन आयोगले बेलुकासम्म सार्वजनिक गरेको मत मरिणामअनुसार २७ लाख ६१ हजार छ सय ४८ मत प्राप्त गरी एमाले सबैभन्दा अघि देखिएको हो । प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फको निर्वाचनमा सबैभन्दा धेरै स्थानमा विजयी नेपाली कांग्रेस २६ लाख ३० हजार एक सय ४१ मत प्राप्त गरी समानुपातिकातर्फ दोस्रो स्थानमा रहेको छ । यसैगरी ११ लाख ६० हजार… पुरा पढौ

बागमती प्रदेशमा अब लाइसेन्स ट्रायलमा ७० अंक ल्याए पास

काठमाडौं, १५ मंसिर । बागमती प्रदेशले सवारी लाइसेन्स ट्रायलमा ७० अंक आए पास हुने व्यवस्था शुरु गरेको छ । बागमती प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रालयले अंक प्रणाली कार्यान्वयन गर्ने परिपत्र जारी गर्दै सवारी अनुमति पत्र सम्बन्धी नयाँ कार्यविधि लागू गरेको हो । यातायात व्यवस्था विभागले अघिल्लो वर्ष नै सो कार्यविधि तयार परेर प्रदेशलाई पठाए पनि प्रदेशहरु यसमा तयार भएका थिएनन । अब भने निर्देशिका जारी भएको झन्डै दुई वर्षपछि बागमती प्रदेशमा यो प्रणाली लागू भएको हो । यो प्रणाली… पुरा पढौ

२१ करोडभन्दा बढीका इण्डक्सन र इन्फ्रारेड चुलो आयात

काठमाडौं, १५ मंसिर । चालु आर्थिक वर्ष २०७९/८० को शुरुवाती ४ महिनामा नेपालमा २१ करोड रुपैयाँभन्दा बढीको इण्डक्सन तथा इन्फ्रारेड चुलो आयात भएको छ । भन्सार विभागले हालै अद्यावधिक गरेको वैदेशिक व्यापारको कात्तिक महिनासम्मको समग्र तथ्याङ्क अनुसार नेपालमा छिमेकी राष्ट्र चीन र भारतसहित संयुक्त अरब ईमिरेट्सबाट गरी २१ करोड ७२ लाख ३८ हजार रुपैयाँ बराबरका १ लाख १० हजार ९०३ थान इण्डक्सन तथा इन्फ्रारेड चुलो आयात भएको पाइएको छ । यी चुलोहरु आयात बापत सरकारलाई ३ करोड ७ लाख ४४… पुरा पढौ

समानुपातिक मतमा एमालेको अग्रता, दोस्रो कांग्रेस 

काठमाडौं, १५ मंसिर । यही मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनकोे समानुपातिकतर्फको मत गणना जारी छ । आज अपराह्न साढे २ बजेसम्मको तथ्याङ्कअनुसार प्रतिनिधिसभा र ६ वटा प्रदेशसभाको समानुपातिकतर्फ नेकपा ९एमाले०को अग्रता कायम छ । प्रदेश नं १, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको समानुपातिकमा सो पार्टी अगाडि रहेको पाइएको छ । हालसम्मको १ करोड २ लाख ८२ हजार ७ सय १९ सदर मतमध्ये एमालेले प्रतिनिधिसभातर्फ २७ लाख ३५ हजार ८ सय १७ मत प्राप्त गरेको छ… पुरा पढौ

कला र संस्कृतिमा नेपाल विश्वकै समृद्ध देश : प्रम देउवा

काठमाडौं, १५ मंसिर । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल कला, संस्कृतिको दृष्टिले विश्वकै धनी र समृद्ध मुलुक भएको बताएका छन् । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको १३औँ प्राज्ञसभाको उद्घाटन गर्दै उनले नेपालको प्राचीन वस्तु तथा स्थापत्यकला, मूर्तिकला, चित्रकला र सङ्गीत एवं नाट्य स्वदेशमा मात्र नभएर विदेशमा पनि उत्तिकै प्रसिद्ध र लोकप्रिय रहेको बताएका हुन् । कला साधक र सर्जक देशका अमूल्यनिधि भएको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले कलाकारले सिर्जना गरेका कलाकृति देशका अमूल्य सम्पत्ति एवं मुलुकको पहिचानका महत्वपूर्ण प्रतीक भएकाले यसको संरक्षण गरिनुपर्नेमा जोड… पुरा पढौ

नेप्सेमा दोहोरो अंकको वृद्धि, कारोबारमा नबिल बैंक अब्बल

काठमाडौं, १५ मंसिर । साताको सेयर कारोबार हुने पाँचौ तथा अन्तिम दिन बिहिबार सेयर बजार दोहोरो अंकले उकालो लागेको छ । यो हप्ता दिनदिनै सकारात्मक र नकारात्मक बन्दै आएको सेयर बजारको दृश्य यो दिन भने सकारात्मक लयमा देखिएपछि लगानीकर्ताहरुमा उत्साह थपेको छ । अर्थमन्त्री जनार्दन शर्मा तथा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले देशकाे अर्थतन्त्र सकारात्समक लयमा जान लागेकाे कुराहरु गरेकाे भाेलिपल्ट बिहिबार सेयर बजारले पनि उकालाेकाे यात्रा तय गरेकाे छ ।  यो समयमा बैंक तथा वित्तीय संस्थाहरुका वित्तीय रीपोर्टहरु आईरहेका,… पुरा पढौ

अर्थतन्त्र सङ्कटमा छैन: अर्थमन्त्री शर्मा

काठमाडौं, १५ मंसिर । अर्थमन्त्री जनार्दन शर्माले मुलुकको अर्थतन्त्र सङ्कटमा नरहेको बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज ९सेजन०को २६औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा उनले अर्थतन्त्रमा सङ्कट नभएको बरु केही चुनौती भने अझै बाँकी रहेको बताएका हुन् । 'अर्थतन्त्र सङ्कटमा छ भन्नु बुझाइमा कमजोरी हो', उनले भने, 'यद्यपि केही चुनौती छन् त्यसका लागि निजी क्षेत्रसँगको सहकार्यमा समस्या समाधान गर्नुपर्छ ।' अर्थमन्त्री शर्माले अर्थतन्त्रका सूचकाङ्क राम्रो हुँदै गएको  स्पष्ट पारे । पछिल्लो समय विदेशी मुद्रा सञ्चिति र विप्रेषण आप्रवाह बढ्दै… पुरा पढौ