मुख्य समाचार

नेपाल एयरलाइन्सले दोहा र क्वालालम्पुरबाट भैरहवा उडान गर्दै

काठमाडौं, १५ मङ्सिर । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले कतारको दोहा र मलेसियाको क्वालालम्पुरबाट भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सिधा उडान गर्ने भएको छ । निगमले आगामी पुस ४ गतेदेखि ती दुई गन्तव्यमा उडान सञ्चालन गर्नेगरी नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले उडान अनुमति दिएको जनाइएको छ । निगमका प्रवक्ता अर्चना खड्काले दोहा र क्वालालम्पुरबाट भैरहवा उडान गर्ने उडान तालिका स्वीकृत भएको जानकारी दिइन। उनका अनुसार साताको दुई दिन (आइतबार र मङ्गलबार) काठमाडौँ–दोहा–भैरहवा–काठमाडौँ र साताको एक दिन क्वालालम्पुरदेखि… पुरा पढौ

हजारका ४३ करोड थान नोट छाप्न भारतीय कम्पनीलाई ठेक्का

काठमाडौं, १५ मंसिर । नेपाल राष्ट्र बैंकले एक हजार दरका ४३ करोड थान बैंक नोट छाप्ने जिम्मा भारतीय सरकारी कम्पनीलाई दिएको छ । भारत सरकारको स्वामित्व रहेको भारत प्रतिभूति मुद्रण तथा मुद्रा निर्माण निगम लिमिटेड (सेक्युरिटी प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेसन अफ इन्डिया लिमिटेड) लाई नोट छपाइका लागि ठेक्का दिन लागिएको हो । राष्ट्र बैंकले बुधबार उक्त ठेक्का सम्झौता गर्नेसम्बन्धी आशयपत्र जारी गरेको छ । एक हजार दरका ४३ करोड थान नोटको डिजाइन, छपाइ र ढुवानीको काम भारतीय कम्पनीले नै गर्नेछ… पुरा पढौ

पत्रकारिता पृष्ठभूमिका ९ जना प्रतिनिधिसभा सदस्यमा निर्वाचित

काठमाडौं, १४ मङ्सिर । पत्रकारिता पृष्ठभूमिका ९ जना राजनीतिक दलका नेताहरू सङ्घीय संसद्, प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। पत्रकारिता पृष्ठभूमिबाट नेपाली कांग्रेसबाट वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापा, केन्द्रीय सदस्य रमेश लेखक, स्वतन्त्र उम्मेदवार अमरेशकुमार सिंह, नेकपा (एमाले) बाट नेताहरु गोकुल बाँस्कोटा र सूर्य थापा, राष्ट्रिय स्वतन्त्र पार्टीका संयोजक रवि लामिछाने, सोही पार्टीका नेत्री सोविता गौतम निर्वाचित भए । वरिष्ठ नेता पौडेलले तनहुँ निर्वाचन क्षेत्र नं २ बाट २५ हजार तीन सय ६१ मत प्राप्त गरी विजयी… पुरा पढौ

राष्ट्रिय औद्योगिक व्यापार मेला-२०७९ को तयारी पूरा

पोखरा १४ मंसिर । पोखरामा शुक्रबार देखि राष्ट्रिय औद्योगिक व्यापार मेला आयोजना हुँदै छ । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी र पोखरा उद्योग वाणिज्य संघको आयोजनामा नयाँबजारस्थ्ति प्रदर्शनी केन्द्रमा मेला हुन लागेको हो । मंसिर १६ देखि २५ गते सम्म आयोजना हुने ‘समृद्धि स्टील्स राष्ट्रिय औद्योगिक व्यापार मेला २०७९’ को सम्पूर्ण तयारी पूरा भएको बुधबार मेला स्थलमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । पत्रकार सम्मेलनमा बोल्दै पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष एवं मेला संयोजक पवनकुमार… पुरा पढौ

द भ्वाइसको अन्तिम ८ मा पुगिन् परिजिता बाँस्तोला

काठमाडौं, १४ मंसिर । नेपाली मूलकी परिजिता बाँस्तोला द भ्वाइसको अन्तिम ८ मा पुगेकी छिन् । अमेरिकी संस्करणको टीभी रियालिटी शो को नेपाली समयानुसार बुधबार बिहान भएको एपिसोडबाट दुई जना बाहिरिएका र परिजिता भने अन्तिम आठमा प्रवेश गरेकी हुन् । यो एपिसोडमा उनले एलेसिया काराको गीत ‘स्कार्स टु योर ब्यूटीफुल’ गाएकी थिइन् । आफ्नो गीत परिजिताले गाएपछि क्यानडाकी मौलिक गायिका काराले इन्स्टाग्राम सन्देशमार्फत उनलाई बधाई तथा शुभकामना दिएकी बताइएको छ । प्रबल गुरुङ, निक जोनस, प्रियंका चोपडा लगायतका विश्व सेलिब्रिटीले… पुरा पढौ

अश्लील भिडियो बनाएर यूट्युबमा पोस्ट गर्ने व्यक्ति पक्राऊ

काठमाडौं, १४ मंसिर । यूट्युब मार्फत अश्लिलता फैलाउने एक जनालाई प्रहरीले पक्राऊ गरेको छ । पक्राऊ पर्नेमा मकवानपुरको हेटौंडा उप-महानगरपालिका वडा नम्बर ४, हुप्राचौर बस्ने २० वर्षीय प्रतिक भनिने नविन खड्का रहेको प्रहरीले जनाएको छ । पक्राऊ परेका खड्काले प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा सुरक्षाका लागि खटाइएका म्यादी प्रहरीको सन्दर्भमा भिडियो बनाएर यूट्युबमा अपलोड गरेका थिए । उक्त भिडियो म्यादी प्रहरीमाथि विभिन्न आक्षेप तथा लान्छना लगाएर समाजमा अपाच्य हुने शब्दहरुको प्रयोग गरी नकारात्मक सन्देश प्रवाह गर्ने र निर्वाचनमा… पुरा पढौ

राष्ट्र बैंकले डेढ अर्ब रुपैयाँ मुद्दती निक्षेपमा राख्ने

काठमाडौं, १४ मंसिर । नेपाल राष्ट्र बैंकले विभिन्न कोषमा रहेको डेढ अर्ब रुपैयाँ मुद्दति निक्षेपमा राख्ने भएको छ । केन्द्रीय बैंकले वाणिज्य बैंक, विकास बैंक तथा फाइनान्स कम्पनीहरुको मुद्दती निक्षेपमा ३६६ दिन अवधिको लागि उक्त रकम लगानी गर्ने बताइएको छ । राष्ट्र बैंकका अनुसार ‘क’ वर्गका वाणिज्य बैंकमा १ अर्ब २२ करोड ५३ लाख रुपैयाँ तथा ‘ख’ वर्गका विकास बैंकहरुमा २२ करोड ९७ लाख रुपैयाँ राखिनेछ । यस्तै ‘ग’ वर्गका वित्त कम्पनीहरुमा ७ करोड ६५ लाख रुपैयाँ गरी कुल १… पुरा पढौ

समानुपातिकतर्फ १ करोड मतगणना: एमालेको अग्रता कायमै

काठमाडौं, १४ मंसिर । प्रतिनिधिसभा सदस्यको समानुपातिक प्रणालीतर्फ हालसम्म १ करोड ४२ हजार ९ सय ३२ मतगणना भएको छ । निर्वाचनका लागि कुल मतदाता १ करोड ७९ लाख ८ हजार ८ सय ५० रहेका थिए । प्रारम्भिक विवरणमा ६१ प्रतिशत (१ करोड ९ लाख ७३ हजार २७) मत खसेकामा अब करिब ९ लाख मतगणना बाँकी रहेको देखिएको छ । निर्वाचन आयोगको सूचना प्रणालीमा प्रविष्ट भएअनुसार उक्त प्रणालीतर्फ प्रमुख प्रतिपक्षी दल नेकपा ९एमाले० ले निरन्तर अग्रता लिइरहेको छ । हालसम्म उक्त… पुरा पढौ

नेप्सेमा सामान्य गिरावट, कारोबार रकम पनि प्रभावित

काठमाडौं, १४ मंसिर । साताको सेयर कारोबार हुने चौथो दिन बुधबार नेपाली सेयर बजार ओरालोको यात्रामा गएको छ । नेप्सेमा परिसूचक ३.५१ अंकले घटेर १९४९.८५ विन्दुमा झरेको छ । अधिकांश सूचकांकहरुको साथसाथै कारोबार रकममा पनि प्रगति हुन सकेन । नेप्सेमा पुराबृत्ति भएको ओरालोको यात्राले लगानीकर्ताको मनोबल घटाएको छ । उनीहरु पर्ख र हेरकाे स्थितिमा रहेका छन् । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ३.५१ अंकले घटेर १९४९.८५ विन्दुमा झरेको छ । नेप्सेमा ०.३२ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स ०.८५ अंकले… पुरा पढौ

बोटबाटै बिक्छन् सिगानाका सुन्तला

बागलुङ, १४ मंसिर । सुन्तला गाउँका नामले परिचय बनाएको बागलुङ नगरपालिका–८ सिगानामा बोटबाटै सुन्तला बिक्री हुन थालेको छ । सिगानाका यामबहादुर केसीले आफ्ना एक दर्जन सुन्तलाका बोटलाई एकमुष्ठ ४५ हजारमा पोखराका व्यापारीलाई बिक्री गरे । सुन्तला व्यापारीले बोटबाटै टिपेर सुन्तला लैजाने गरी सिगानाका अधिकांश सुन्तला किसानले सम्झौता गर्ने गरेका छन् भने केहीले आफै टिपेर पोखरा पठाउने गरेका छन् । यामबहादुर मात्रै नभई सिगानाका अर्का किसान टोपबहादुर केसीले आफ्नो सुन्तला बगान २ लाखमा व्यापारीलाई बिक्री गर्ने सम्झौता गरिसकेका छन् । अर्का… पुरा पढौ