मुख्य समाचार

राष्ट्र बैंककाे मौद्रिक नीति समिक्षामा के के भए परिवर्तन ?

काठमाडौं, ११ मंसिर । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समिक्षा गरेको छ । आइतबार राति राष्ट्र बैंकले मौद्रिक नीतिको समिक्षा गरेको हो । राष्ट्र बैंकले समिक्षामार्फत बैंकहरुको स्प्रेड दर घटाइदिएको छ भने लघुवित्तले आधार दर मासिक रुपमा प्रकाशन गर्नुपर्ने नँया व्यवस्था गरेको छ । हाल वाणिज्य बैंकको स्प्रेडदर ४.४ प्रतिशत थियो भने विकास बैंकको ५ प्रतिशत थियो । केन्द्रीय बैकले यसलाई घटाएर क्रमशः ४ प्रतिशत र ४.६ प्रतिशत बनाइदिएको छ । पछिल्लो समय बैंकले धेरै नाफा कमाएको भन्दै उद्योगी व्यवसायीहरुले… पुरा पढौ

यी ७ नयाँ लघुबीमा कम्पनीले पाए लाइसेन्स

काठमाडौं, ११ मंसिर । सरकारले ७ वटा नयाँ लघुबीमा कम्पनीलाई  लाइसेन्स प्रदान गरेको छ । ७ नयाँ लघु बीमा कम्पनीले नेपाल बीमा प्राधिकरणबाट लाइसेन्स पाएका हुन् । लघुबीमाका लागि ३१ कम्पनीले आवेदन दिएका थिए । तीमध्ये प्राधिकरणले ७ वटालाई लाइसेन्स दिएको हो । लाइसेन्स पाउनेमा ३ वटा जीवन लघुबीमा र ४ वटा निर्जीवन लघुबीमा कम्पनी रहेका छन् । लाइसेन्स पाउनेमा जीवन बीमातर्फ गार्डियन माइक्रो लाइफ, क्रेष्ट माइक्रो लाइफ र लिबर्टी माइक्रो लाइफ रहेका छन् । यस्तै निर्जीवनतर्फ ट्रष्ट माइक्रो, नेपाल… पुरा पढौ

१६ अर्ब ६३ कराेड बराबरकाे ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक

काठमाडौं, ११ मंसिर । राष्ट्र बैंकले १६ अर्ब ६३ कराेड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने जानकारी गराएकाे छ । बैंकले मंसिर १२ गते सोमबार अल्पकालीन ऋण उठाउनका लागि बोलकबोल प्रक्रियाबाट ऋणपत्र बिक्री गर्न लागेको जनाएकाे हो । बैंकका अनुसार ९१ दिनकाे लागि ३ अर्ब १३ कराेड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गरिने भएकाे छ । साे ट्रेजरी बिल फागुन १६ गते परिपक्क हुने भएकाे छ । यस्तै,  बैंकले १८२ दिनकाे लागि ६ अर्ब रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेकाे जनाएकाे छ। साे बिल २०८० साल जेठ १६ गते परिपक्क हुनेछ… पुरा पढौ

समानुपातिकतर्फ ८० प्रतिशत मतगणना सकियाे

काठमाडौं, ११ मंसिर । यही मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फ हालसम्म करिब ८० प्रतिशत मतगणना सम्पन्न भएको निर्वाचन आयोगले जनाएकाे छ। सम्पन्न भएको मतगणनाको विवरण निर्वाचन आयोगको सूचना प्रणाली र समानुपातिक प्रणालीको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा अभिलेख हुने क्रम जारी रहेको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए । निर्वाचनका लागि कुल मतदाता १ करोड ७९ लाख १ हजार ८ सय ५० रहेकामा प्रारम्भिक विवरणमा ६१ प्रतिशत मत खसेको अनुमान गरिएकामा सोको ८० प्रतिशत… पुरा पढौ

मौद्रिक नीति सकारात्मक देखिएसँगै चम्कियो सेयरबजार

काठमाडौं, ११ मंसिर । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समिक्षा गर्दै सार्बजनिक गर्ने तयारी गर्दा र बजार अनुकुलको समिक्षा आउने आकलन बढेपछि नेप्सेमा चमक देखिएको छ । साताको पहिलो कारोबार हुने दिन आईतबार सेयर बजारमा हरियाली छाएको छ । १३ उपसमूहमध्ये १२ वटामा हरियो लागेको छ भने एक मात्र म्युचुअल फण्डको घटेको छ । नेप्से परिसूचकका साथमा कारोबार रकममा पनि निकै सुधार आएको छ । नेप्सेमा छाएको यसदिनको हरियाली वातावरणले लगानीकर्ताको मनोबल उच्च बनाएको छ । धमाधम लाभांश घोषणा भईरहेका… पुरा पढौ

पहिलो चौमासिकमा आयकर र भ्याट लक्ष्यभन्दा कम संकलन

काठमाडौं, ११ मंसिर । चालु आर्थिक वर्ष २०७९-८० को पहिलो चौमासिक अवधिमा आयकर र मूल्य अभिवृद्धिकर (भ्याट) सङ्कलन लक्ष्यभन्दा न्यून देखिएको छ । आन्तरिक राजस्व विभागको तथ्याङ्कअनुसार कात्तिक मसान्तसम्ममा अन्तःशुल्कतर्फको राजस्व मात्रै लक्ष्यअनुसार सङ्कलन भएको देखिएको हो । विभागका अनुसार आयकर पहिलो चौमासिक लक्ष्यको ८१.९ प्रतिशत बराबर सङ्कलन भएको छ । कात्तिक मसान्तसम्ममा ४८ अर्ब ९१ करोड ७ लाख ५८ हजार आयकर सङ्कलन गर्ने सरकारी लक्ष्य छ । यो अवधिसम्मको वास्तविक आयकर सङ्कलन भने ३८ अर्ब २९ करोड ६६ लाख… पुरा पढौ

समानुपातिकतर्फ मतगणना जारी, एमाले २३ लाख १६ हजार मतसहित अगाडी

काठमाडौं, ११ मंसिर । प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिकतर्फको मतगणना जारी छ । निर्वाचन आयोगले आज दिउसाेसम्म कूल ८४ लाख २१ हजार सात सय ५३ मत गणना सम्पन्न गरेको छ । मतगणना निरन्तर भइरहेको आयोगले जनाएको छ । पछिल्लो विवरण अनुसार मतपरिमाणमा नेकपा एमालेले २३ लाख १६ हजार सात सय ३६ मत प्राप्त गरेको छ । दोस्रोमा रहेको नेपाली कांग्रेसले २२ लाख १८ हजार सात सय ४६ मत प्राप्त गरेको छ । तेस्रोमा रहेको नेकपा माओवादी केन्द्रले नौ लाख ६९ हजार… पुरा पढौ

थारु कला संस्कृतिको संरक्षणमा नयाँ पुस्ताको आकर्षण

दाङ, ११ मंसिर । थारु जातिको कला र संस्कृति संरक्षणमा नयाँ पुस्ताको आकर्षण बढ्दै गएको छ । जिल्लामा हुने विभिन्न कार्यक्रमसँगै मेला तथा महोत्सवमा थारु जातिको मौलिक संस्कृतिका रुपमा रहेका नृत्यको माग बढ्न थालेपछि उक्त कला र संस्कृतिको संरक्षणसँगै विकासमा नयाँ पुस्ताको अग्रसरता बढ्दै गएको हो । विद्यालयसँगै जिल्लामा हुने विभिन्न कार्यक्रम तथा सभा सम्मेलनमा थारु जातिसँग सम्बन्धित नाचको माग हुन थालेपछि समूह बनाएर सहभागी हुने गरेको घोराही उमहानगरपालिका–१० निवासी अनिता चौधरी बताउँछिन् । ११ कक्षामा अध्ययनरत उनी पछिल्लो समय… पुरा पढौ

लयमा फर्कँदैछन् भोटेकोसीका होटल र रिसोर्ट

सिन्धुपाल्चोक, ११ मंसिर । पछिल्लो समय सिन्धुपाल्चोकको भोटेकोसीमा आन्तरिक तथा बाह्य पर्यटकको भीड लाग्न थालेको छ । विश्वकै उत्कृष्ट १५ बन्जीजम्पभित्र पर्ने सो स्थानमा कोभिड महामारीसँगै पर्यटन सुस्ताएको थियो । भोटेकोसीमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन वढेको पर्यटन व्यवसायी शङ्खर भुजेलले बताए । उनका अनुसार केही वर्षअघिसम्म विदेशी पर्यटकमात्र देखिने बन्जीमा अहिले ९० प्रतिशत आन्तरिक पर्यटक देखिन्छन् । विराटनगरकी प्रतीक्षा घिमिरेले अष्ट्रेलियाबाट नेपाल आएका बेला मनोरञ्जनका लागि भोटेकोसीमा बन्जी गर्न आएको सुनाइन् । द्रुतगतिमा बग्ने भोटेकोसी नदीको १ सय ६०… पुरा पढौ

चन्द्रागिरिमा १ अर्ब लागतको खानेपानी आयोजना स्वीकृत

काठमाडौं, ११ मंसिर । चन्द्रागिरि नगरपालिकामा ‘सहरी खानेपानी तथा सरसफाइ क्षेत्रगत आयोजना’ कार्यान्वयनमा आउने भएको छ । चन्द्रागिरिको खानेपानी तथा ढल निकासको दीर्घकालीन समाधान खोज्न कार्यान्वयनमा ल्याइएको सो आयोजना चन्द्रागिरी–१२ र १४ वडाबाट सुरुआत हुने र ११, १३ र १५ मा पनि सञ्चालन हुने जनाइएको छ । साथै निकट भविष्यमा नगरका बाँकी सबै वडामा आयोजना सञ्चालन हुने बताइएको छ । एसियाली विकास बैंकको आर्थिक एवं प्राविधिक सहयोगमा खानेपानी मन्त्रालय, खानेपानी तथा ढल व्यवस्था विभागले चन्द्रागिरिका ती वडामा पहिलोपटक करिब रु… पुरा पढौ