मुख्य समाचार

अन्तर्राष्ट्रिय सहायताको करिब रु ३७ अर्ब शोधभर्ना हुन बाँकी

काठमाडौं, मंसिर। वैदेशिक ऋण र अनुदानबाट स्रोत व्यहोरिने गरी वार्षिक बजेटमा राखिएका योजना तथा कार्यक्रमको करिब रु ३७ अर्ब शोधभर्ना हुन बाँकी रहेको देखिएको छ । महालेखा नियन्त्रक कार्यालयले तयार पारेर अघिल्लो हप्ता अर्थ मन्त्रालयलाई बुझाएको गत आर्थिक वर्ष २०७८/७९ को केन्द्रीय लेखाको एकीकृत वित्तीय विवरणानुसार विभिन्न दातृ निकायबाट रु ३६ अर्ब ९० करोड २२ लाख ५७ हजार चार सय ५४ शोधभर्ना हुन बाँकी रहेको देखिएको हो । जसमध्ये वैदेशिक अनुदानतर्फ रु १५ अर्ब २७ करोड ८५ लाख ४६ हजार… पुरा पढौ

निर्वाचन पछिको लोकतन्त्र, अर्थतन्त्र र सामाजिक न्यायको संभावना विषयक बहस सम्पन्न

पाेखरा, १० मंसिर । 'निर्वाचन पछिको लोकतन्त्र, अर्थतन्त्र र सामाजिक न्यायको संभावना' विषयक बहस कार्यक्रम आज पोखरामा सम्पन्न भएकाे छ । कार्यक्रम एफइएस(फ्रेडरिक एबर्ट स्टिफटुङ्ग) नेपालकाे सहयाेगमा सयपत्री समाज कास्कीकाे आयोजनामा गरिएकाे हाे । निर्वाचन लोकतन्त्रको प्राणवायु हो । यसका बारेमा हुने छलफलबाट समाजिक तथा राजनीतिक प्रक्रियालाई जिवन्त बनाउने काम गर्दछ । लोकतान्त्रिक प्रणालीको सवलीकरणबाट सहयोग पुग्छ भन्ने मान्यता रहेको बक्ताहरूले बताए। कार्यक्रमको शुरुआतमा अवधारणा प्रस्तुत गर्दै पृथ्वीनारायण क्याम्पस राजनीति शास्त्र विभागका सहप्राध्यापक गिरधारी सुवेदीले नेपालमा वित्तीय संघीयताबाट सिर्जित अवसर… पुरा पढौ

गत आर्थिक वर्षमा साढे २८ अर्ब बेरुजु थपियो : महालेखा

काठमाडौं, १० मंसिर । गत आर्थिक वर्ष २०७८/७९ को आन्तरिक लेखा परीक्षणबाट २८ अर्ब ४९ करोड ३५ लाख ९२ हजार सात सय ८३ बेरुजु देखिएको छ । आर्थिक कार्यविधि तथा तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ७५ मा केन्द्रीय लेखाको एकीकृत वित्तीय विवरण तयार गरी कात्तिक १५ गतेभित्र महालेखा परीक्षकको कार्यालयमा पठाइसक्नुपर्ने व्यवस्था रहेको छ । महालेखा नियन्त्रक कार्यालयले तयार पारेको गत आर्थिक वर्षको केन्द्रीय लेखाको एकीकृत वित्तीय विवरणअनुसार असुल गर्नुपर्ने बेरुजु रु एक अर्ब १२ करोड एक लाख… पुरा पढौ

विएफएसआई पार्टनरसीप समिट सम्पन्न, तरलता अभाव चाडैं समाधान हुने गभर्नर अधिकारीकाे दाबी

काठमाडौ, १० मंसिर । बैंकिङ्घ, फाइनान्स एण्ड इन्स्योरेन्स इन्टिच्युट अफ नेपाल र इण्डिया–नेपाल सेन्टर, पिएचडि चेम्बर अफ कमर्श भारतको सहकार्यमा नेपाल इण्डिया विएफएसआई पार्टनरसीप समिट –२०२२ सम्पन्न भएको छ । नेपाल र भारतका बैंक तथा वित्तिय संस्थाहरुबीच के कस्ता कार्यहरुमा सहभागिता गर्न सकिन्छ, दुईदेशबीच लगानी, रेमिटेन्स्, व्यापार, बैंकिङ्ग विषयहरुमा के कस्ता समस्याहरु छन् र ती समस्याहरु निवारण गर्नका लागि के कस्ता नीतिगत सुधारको आवश्यकता पर्दछ भन्ने विषयहरु छलफल गर्ने उद्देश्यले याे समिट अायाेजना गरिएकाे हाे । कार्यक्रमको उद्घाटन नेपाल राष्ट्र… पुरा पढौ

निर्वाचन अपडेटः समानुपातिकतर्फ १८ लाख मतसहित नेकपा एमालेकाे अग्रता कायमै, कांग्रेस दाेस्राे

काठमाडाैं, १० मंसिर। प्रतिनिधिसभा र प्रदेशसभातर्फको समानुपातिकको मतगणना जारी रहेकाे छ । प्रतिनिधिसभाको समानुपातिकतर्फ नेकपा (एमाले)ले सुरुआतदेखि नै अग्रता कायम गरिररहेको छ । निर्वाचन आयोगको तथ्याङ्क अनुसार बिहान १०ः३० सम्म एमालेले १८ लाख ९ हजार ४ सय १७ मत प्राप्त गरेको छ । कांग्रेसले १७ लाख ४४ हजार ६९ मत, राष्ट्रिय स्वतन्त्र पार्टीले ७ लाख ८७ हजार ७ सय ४७, नेकपा (माओवादी केन्द्र) ले ७ लाख ६७ हजार ३ सय ६ मत प्राप्त गरेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले ४… पुरा पढौ

१९ औँ हस्तकला व्यापार मेला मङ्सिर २३ देखि आयोजना हुने

काठमाडौं, १० मंसिर। नेपाल हस्तकला महासङ्घको आयोजनामा १९ औँ हस्तकला व्यापार मेला हुने भएको छ । महासङ्घको आयोजना तथा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र र उद्योग वाणिज्य क्षेत्रका विभिन्न सङ्घ, संस्थाको सहयोगमा आगामी यही मङ्सिर २३ देखि २७ गतेसम्म मेला आयोजना हुन लागेको छ । अध्यक्ष प्रचण्ड शाक्यले ह्यात होटलमा पाँच दिनसम्म हुने मेलामा हस्तकलाका एक सय ५० कक्ष रहने जानकारी दिए। मेलामा फिलगिरी, थोज्यामाज्या (धातु पत्रकला) र पौभा थाङ्का गरी तीनवटा विधाका कला प्रदर्शनी… पुरा पढौ

प्रतिनिधिसभा समानुपातिक मतमा एमालेको अग्रता

काठमाडौं, १० मंसिर । प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फ नेकपा (एमाले) ले १७ लाखभन्दा बढी मत प्राप्त गरेको छ । निर्वाचन आयोगले आज विहान ५ बजेसम्म अद्यावधिक गरेको मतपरिणाम अनुसार एमालेले १७ लाख १७ हजार ३६ मत प्राप्त गरेको छ । त्यसैगरी नेपाली कांग्रेसले १६ लाख ३२ हजार छ सय ६४ मत प्राप्त गरेको छ । घण्टी चिह्न भएको राष्ट्रिय स्वतन्त्र पार्टीले सात लाख ४५ हजार पाँच सय ६१ मत प्राप्त गरेको छ भने नेकपा (माओवादी केन्द्र) ले अहिलेसम्म सात लाख… पुरा पढौ

सार्वजनिक ऋण बढ्याे, १ खर्ब २१ अर्ब साँवा-ब्याज भुक्तानी

काठमाडौं, १० मंसिर । नेपालको सार्वजनिक ऋण बढ्दै गएसँगै त्यसका लागि हरेक वर्ष तिर्नुपर्ने साँवा र ब्याजको दायित्व पनि थपिँदै गएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार गत आर्थिक वर्ष २०७८-७९ मा मात्र नेपालले कुल १ खर्ब २१ अर्ब ऋण तिरेको छ। महालेखा नियन्त्रक कार्यालयले गत आव २०७८-७९ को विनियोजन, राजस्व, धरौटी, कार्यसञ्चालन कोष तथा अन्य सरकारी कोषको आन्तरिक लेखापरीक्षण गरी तयार पारिएको आन्तरिक लेखा परीक्षणको एकीकृत वार्षिक प्रतिवेदन अघिल्लो हप्ता अर्थ मन्त्रालयलाई बुझाएको थियो । उक्त प्रतिवेदनअनुसार गत आवमा… पुरा पढौ

निफ्राकाे साधारण सभा आज, लाभांश पारित गर्ने

काठमाडौं, १० मंसिर । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले आज शनिबार वार्षिक साधारण सभा डाकेकाे छ । सभाबाट कम्पनीले दिने ४.२१% नगद लाभांशकाे प्रस्ताव अनुमाेदन हुनेछ। साधारण सभामा आर्थिक वर्ष २०७८–७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका एजेण्डाहरुमाथि छलफल गरी पारित गरिनेछ ।  सभाबाट आर्थिक वर्ष २०७९–८० का लागि लेखापरीक्षककाे नियुक्ति र पारिश्रमिक ताेक्ने, बैंकको प्रबन्धपत्र संशोधन लगायतका कार्य गर्नका लागि जिम्मेवारी सञ्चालक समितिलाई दिने प्रस्ताव छलफलपछि पारित गरिनेछ ।  साधारण सभालाई मध्येनजर गर्दै कम्पनीले मंसिर १ गते… पुरा पढौ

प्रतिनिधिसभा निर्वाचन: प्रधानमन्त्री देउवासहित ६ जना बहालवाला मन्त्री निर्वाचित, ५ पराजित

काठमाडौं, १० मंसिर । प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ प्रधानमन्त्री देउवासहित वर्तमान सरकारका छ मन्त्री निर्वाचित भएका छन् । निर्वाचन आयोगबाट प्राप्त विवरणअनुसार हालसम्म पाँच मन्त्री पराजित भएका छन् भने तीन मन्त्री उम्मेदवार बनेको स्थानमा मतगणना जारी छ । प्रधानमन्त्री शेरबहादुर देउवा डडेलधुरा क्षेत्र नं १ बाट १२ हजार चार सय ३२ मतान्तरसहित विजयी भए। उनले २५ हजार पाँच सय ३४ मत प्राप्त गरे। निकटम् प्रतिद्वन्द्वी स्वन्तन्त्र उम्मेदवार सागर ढकालले १२ हजार ४२ मत प्राप्त गरे। श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री… पुरा पढौ