मुख्य समाचार

श्रीमतीको साथले कलाकारितामा सक्रियता बढेको छ: आचार्य

काठमाडौं, २१ कात्तिक । करिब ५ दशकदेखि नेपाली कलाकारिता क्षेत्रमा निरन्तर सक्रिय नाम हो, हरिवंश आचार्य । उमेरले ६५ वर्ष पार गरेका आचार्यको सक्रियतामा अझै पनि कमी आएको छैन । आचार्य अझै पनि रङ्गमञ्चका साथै चलचित्र निर्माण तथा अभिनयमा उत्तिकै सक्रिय छन् । उनी विज्ञापन, म्युजिक भिडियोसँगै फिल्ममा काम गरिरहेकै छन् ।  लामो समयसम्म यस क्षेत्रमा सक्रिय हास्यकलाकार आचार्यले श्रीमती मीरा आचार्यको निधनपछि करिब १ वर्ष सक्रिय जीवन बिताएनन् । उक्त अवधिभर चलचित्र लगायतमा काम गरेनन् । तर रमिला पाठकसँग… पुरा पढौ

सुनवल सबस्टेसन निर्माण अन्तिम चरणमा

नवलपरासी, २१ कात्तिक । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)मा सञ्चालनमा रहेका र आगामी दिनमा खुल्ने उद्योगलाई पर्याप्त, भरपर्दो र गुणस्तरीय विद्युत् आपूर्तिका लागि निर्माणाधीन १ सय ३२ केभी सुनवल सबस्टेसनको निर्माण अन्तिम चरणमा पुगेको छ । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सुनवल नगरपालिका-७ मा निर्माणाधीन सबस्टेसनको निर्माण एक महिनाभित्र सम्पन्न गरी सञ्चालनमा ल्याउने लक्ष्यसहित काम भइरहेको छ । सबस्टेसनका उपकरण जडान धमाधम भइरहेको छ । १ सय ३२, १ सय ३३ र १ सय ११ केभी सबस्टेसनमा ६३ एमभिएका दुई वटा, २२… पुरा पढौ

अर्घाखाँचीबाट दिल्लीसम्म बस सेवा सञ्चालन

अर्घाखाँची, २१ कात्तिक अर्घाखाँचीको सन्धिखर्कबाट भारतको नयाँ दिल्लीसम्म सुविधासम्पन्न नेपाल–भारत मैत्री बस सेवा सञ्चालन भएको छ । सन्धिखर्कबाट नयाँ दिल्लीसम्म एसी बस सेवा सञ्चालन भएपछि रोजगारी तथा अन्य कामका लागि भारत जाने यात्रुहरु खुसी भएका छन् । सन्धिखर्कदेखि गोरुसिङ्गे, नेपालगञ्ज, लख्खिनपुर हुँदै दिल्लीसम्म बस पुग्नेछ । सन्धिखर्कबाट झन्डै ९ सय किलोमिटरको दूरीमा दिल्ली रहेको छ । बसमा ३६ सिट, दुई चालक, दुई परिचालक रहने र बसको भाडादर ३ हजार २ सय रुपैयाँ पर्ने बताइएको छ  । तत्कालका लागि हप्ताको ३… पुरा पढौ

४ अर्ब लगानीमा नेपालमा टाइल्स कम्पनी खोल्दै कजारिया

काठमाडौं, २१ कात्तिक । नेपालमा हालसम्मकै सबैभन्दा ठूलो टाइल्स कम्पनी स्थापना हुने भएको छ । भारतीय टाइल्स कम्पनी कजारिया सेरामिक्सले नेपालमा हालसम्मकै ठूलो टाइल्स उत्पादन कम्पनी स्थापना गर्ने भएको हो । यसका लागि कजारिया सेरामिक्सले नेपालको व्यापारिक समूह रमेश कर्प सँग नेपालमा ठूलो टायल्स  सम्झौता गरेको छ । यो सम्झौता अनुसार कजारियाले नेपालमा ४ अर्ब रुपैयाँ लगानी गर्नेछ । यसबाट नेपालमा हालसम्मकै सबैभन्दा ठूलो टाइल्स उत्पादन कम्पनीको स्थापना गरिनेछ ।   सम्झौतापत्रमा रमेश कर्पका तर्फबाट कार्यकारी निर्देशक प्रतिक जलान र कजारिया… पुरा पढौ

समीट लघुवित्तको नाफा ५२.८१ प्रतिशतले घट्यो, ईपीएस कति ?

काठमाडौं, २१ कार्तिक । समीट लघुवित्त वित्तीय संस्थाकाे खुद नाफा घटेकाे छ । संस्थाकाे सार्वजिनक भएकाे चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण अनुसार गएकाे वर्षकोभन्दा लघुवित्तको खुद नाफा ५२.८१ प्रतिशतले घटेको हाे । लघुवित्तको खुद नाफा ५२.८१ प्रतिशतले घटेर १ करोड ८५ लाख रुपैयाँ कायम भएकाे छ। गएकाे आर्थिक वर्ष संस्थाकाे खुद नाफा ३ करोड ९२ लाख रुपैयाँ रहेकाे थियो। लघुवित्तकाे खुद ब्याज आम्दानी, खुद फि र कमिशन आम्दानीमा भएकाे कमिकाे कारण नाफा घटेकाे जनाइएकाे छ । लघुवित्तकाे ईपिएस… पुरा पढौ

एनआईसी एशिया लघुवित्तको नाफा घट्यो

काठमाडौं, २१ कार्तिक । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा घटेको छ । संस्थाले हालै सार्वजनिक गरेको उक्त अवधिसम्मको अपरिष्कृत वित्तीय विवरणमा यस्तो देखिएको छ । विवरण अनुसार लघुवित्तको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेखेय घटेको हो । चालु आर्थिक वर्षको असोज मसान्तसम्म संस्थाको खुद नाफा अघिल्लो वर्षको सोही अवधिको तुलनामा ६८.१८ प्रतिशतले घटेर ६ करोड ५७ लाख रुपैयाँमा आइपुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले २० करोड ६७… पुरा पढौ

ग्लोबल आइएमई लघुवित्तको नाफा र ईपिएस दुjवै घट्यो

काठमाडौं, २१ कार्तिक । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाकाे नाफामा गिरावट भएकाे छ । संस्थाकाे सार्वजिनक भएकाे चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरणका अनुसार गएकाे आर्थिक वर्षकोभन्दा लघुवित्तको खुद नाफा ५८.१५ प्रतिशतले घटेको हाे । संस्थाकाे खुद नाफा ५८.१५ प्रतिशत घटेर २ करोड ६७ लाख रुपैयाँमा आएकाे छ। गएकाे वर्ष याे नाफा ६ करोड ३९ लाख रहेकाे थियो। लघुवित्तकाे खुद ब्याज आम्दानी घटेकाे छ । खुद फि र कमिशन आम्दानी घटेकाेले लघुवित्तको नाफा घटेकाे हाे । खुद ब्याज आम्दानी… पुरा पढौ

दसैँ तिहारमा मात्रै १ करोडको तेह्रथुमे ढाका कपडा बिक्री

म्याङलुङ, २१ कात्तिक । दसैँ र तिहारको अवसरमा तेह्रथुमका ढाका उद्यमीले रु एक करोडभन्दा बढीका ढाकाका सामग्री बिक्री गरेका छन् । गत वर्ष कोरोनाले ठप्प रहेको ढाकाको व्यापार यस वर्ष बढेको छ । विगतका वर्षमा कोरोना कहरले ढाका कपडाको व्यापारमा निकै नै कमी आएको थियो । यस वर्ष उत्साहजनक बिक्री भएको न्यू तेह्रथुम धागो तथा ढाका पसलकी सञ्चालक शोभा दाहालले बताए। कोरोनाले विगतका वर्षमा व्यापार ठप्प रहे पनि यस वर्ष कोरोना कम भएकाले र तेह्रथुमलाई ढाकाको राजधानी घोषणा भएसँगै ढाकाको… पुरा पढौ

प्रदेश १, बागमती र गण्डकीमा हल्का वर्षाको सम्भावना   

काठमाडाैं, २१ कार्तिक । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहेको छ।   कार्तिक २१ गते  (सोमबार) दिउँसो:  देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली  रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।   राती:   देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ ।  कार्तिक २२ गते  (मंगलबार) दिउँसो:   पहाडी भू-भागमा आंशिक बदली  रही बाँकी भू-भागमा आंशिक बदली देखि… पुरा पढौ

माछापुच्छ्रेको अलैंची जोनमा किन पुग्याे जिससकाे टोली ?

कास्की, २० कार्तिक । जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलसहितको टोलीले कास्कीको माछापुच्छ्रे गाँउपालिका-८ स्थित अलैँचीको सुपरजोन मानिने कोलेली र धितालको स्थलगत अनुगमन गरेको छ ।  प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गतको अनुदानमा गरिएको अलैँची खेतीको अनुगमनको क्रममा प्रमुख पौडेल नगदे बालीको रुपमा चिनिने अलैँची खेती प्रति कृषकहरु निकै उत्साहित सँगै खेती विस्तारका लागि कृषकबाट माग भएको बताए । 'माछापुच्छ्रेबासीलाई अलैँची खेतीबाटै आत्मनिर्भर बनाउन सकिने सम्भावना प्रशस्त रहेछ । सेपिलो जग्गामा हुने अलैची खेतीमा कृषकको उत्साह र मेहनत पनि राम्रो… पुरा पढौ