मुख्य समाचार

आजबाट विश्वकप फुटबल सुरु, नेपाली समय अनुसार राति पौने १० बजे उद्घाटन खेल हुने

काठमाडौं, ४ मंसिर । फिफा विश्वकप फुटबल प्रतियोगिता आजदेखि कतारमा सुरु हुँदैछ । २२ औँ संस्करणको यो प्रतियोगितामा विश्वभरबाट छानिएका ३२ राष्ट्रले प्रतिपस्र्धा गर्दैछन् । प्रत्यक समूहमा ४ वटा देश रहेका छन् भने ८ समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहका शिर्ष दुई टोलि नकआउट चरणमा पुग्नेछन् । उद्घाटन खेल नेपाली समय अनुसार आइतबार राति पौने १० बजे सुरु हुनेछ । जसमा आयोजक कतार र इक्वेडर भिड्ने छन् । विश्व कपका खेलहरु कतारका ८ वटा रङ्गशालामा हुनेछन् । समूह ‘ए’… पुरा पढौ

एफएनसीसीआइका वरिष्ठ उपाध्यक्ष ढकालले गरे मतदान

काठमाडाैं, ४ मंसिर । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष एवं स्थापित उधाेगी चन्द्रप्रसाद ढकालले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा काठमाडौं विशालनगरस्थित मतदान केन्द्रबाट मतदान गरेका छन । वरिष्ठ उपाध्यक्ष ढकालले सबै उधाेगी ब्यबसायी तथा नागरिकहरूलाइ निर्धक्क भएर मतदानमा सहभागी हुन आग्रह समेत गरेका छन । पुरा पढौ

गण्डकी प्रदेशका सबै जिल्लामा शान्तिपुर्ण रूपमा मतदान जारी

पाेखरा, ४ मङ्सिर । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि आज भएको निर्वाचनमा गण्डकी प्रदेशका सबै जिल्लामा शान्तिपुर्ण रूपमा मतदान भइरहेकाे छ । निर्वाचन आयोगको कार्यतालिका अनुसार प्रदेशअन्तर्गतका सबै जिल्लामा मतदान भइरहेको प्रदेश निर्वाचन कार्यालय, पोखराका प्रमुख होमनाथ पराजुलीले बताएका छन । उनका अनुसार अत्यन्त चिसो हुने हिमाल पारीका जिल्ला मनाङ, मुस्ताङमा पनि मतदान सुरु भैसकेको छ । गण्डकी प्रदेशमा आजको निर्वाचनका लागि कुल १६ लाख ६२ हजार दुई सय ४६ मतदाता सहभागी बन्दैछन् । हिमालपारिका जिल्ला मनाङ, मुस्ताङदेखि पहाडी जिल्ला… पुरा पढौ

केन्द्रीय कारागारका कैदीबन्दीले गरे मतदान

काठमाडौं, ४ मङ्सिर । केन्द्रीय कारागार जगन्नाथदेवल मतदान केन्द्रबाट ७ कैदीबन्दीले मतदान गरेका छन् । ८ कैदन्दीको मतदाता नामावलीमा नाम रहे पनि ७ कैदीबन्दीले मतदान गरिसकेको मतदान अधिकृत ईश्वरीप्रसाद अर्यालले जानकारी दिए । एक कैदीबन्दीको भने यसअघि नै अर्को कारागारमा स्थानान्तरण भएको थियो । बिहान ७ बजे नै मतदान सुरु भएमा ८ बजेअगावै उनीहरुले मतदान गरेका हुन् । सो मतदान केन्द्रमा ८ कैदीबन्दी र १२ कर्मचारी गरी २० जनाको मतदाता नामावली कायम थियो । मतदाता सूचीमा रहेका १२ मध्ये ११ कर्मचारी… पुरा पढौ

आफ्ना प्रतिनिधि छान्न देशभर मतदान शुरू

काठमाडौँ, ४ मङ्सिर । संविधानसभाबाट संविधान जारी भएपछि दोस्रोपटक आज बिहान ७ बजेदेखि देशभर प्रतिनिधिसभा एवं प्रदेशसभाका लागि मतदान सुरु भएको छ । ५ वर्ष शासन गर्ने प्रतिनिधि छान्नका लागि भइरहेको यो निर्वाचनमा विभिन्न पेसा र व्यवसायमा रहेका अधिकांश मानिस आफ्नो मतदाता नामावली भएको स्थानमा फर्किसकेका छन् । राष्ट्रिय उत्सवका रुपमा मनाइने यो निर्वाचनमा भाग लिन नसक्ने पेसा र व्यवसायमा रहेकाले भने आफूलाई भाग लिने व्यवस्था नगरिदिएकामा गुनासो गरेका छन् । सरकारी सेवामा रहेर निर्वाचनको प्रक्रियामा खटिनुपर्ने पेसामा रहेकालाई पनि… पुरा पढौ

आज आन्तरिकतर्फ चार्टर्ड उडान मात्रै हुने

काठमाडौं ४ मंसिर । प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनका दिन मुलुकको आन्तरिक उडान नहुने भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिकतर्फ चार्टर्ड उडान मात्रै हुने विमानस्थल कार्यालयले जनाएको छ । विमानस्थल कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार आइतबार तारा एयरले चार वटा चार्टर्ड उडानका लागि अनुमति लिएको छ । तारा एयरले लुक्लाबाट काठमाडौँ पर्यटक ल्याउनका लागि चार्टर्ड उडान गर्ने जनाइएको छ । हेलिकप्टरको पनि केही उद्धार उडान हुने विमानस्थलले जनाएको छ । अन्तर्राष्ट्रियतर्फ भने नियमित उडान हुने विमानस्थलका प्रवक्ता सिटौलाले बताए। आन्तरिकतर्फ… पुरा पढौ

ढुक्क भएर मतदान गर्न प्रमुख आयुक्तको आह्वान (भिडियाे)

काठमाडौं, ४ मंसिर । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आज मङ्सिर ४ गते आइतबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा भाग लिई आफ्नो मताधिकार प्रयोग गर्न मतदातालाई आह्वान गरेका छन् । उनले संविधानले प्रत्याभूत गरेको जनताको प्रतिस्पर्धात्मक लोकतान्त्रिक शासन प्रणाली, जनतामा निहित सार्वभौमसत्ता, नागरिक स्वतन्त्रता, मौलिक हक, बालिग मताधिकार, आवधिक निर्वाचन र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको जगमा हुन गइरहेको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन, २०७९ लाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गराउन निर्वाचनको… पुरा पढौ

लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न निर्वाचनको विशेष महत्व छ : राष्ट्रपति

काठमाडौं, ३ मंसिर । राष्ट्रपति विद्यादेवी भण्डारीले स्वस्थ र सबल लोकतन्त्रबाट शान्ति, स्थायित्व र समृद्धिको राष्ट्रिय लक्ष्य हाँसिल गर्न सकिने बताएकि छन् । राष्ट्रपति भण्डारीद्वारा शनिबार प्रकाशित सन्देशमा लेखिएकाे छ, 'आईतबार मंसिर ४ गते देशमा प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचन हुन गइरहेको छ । जननिर्वाचित संविधानसभाद्वारा निर्मित नेपालको संविधानले सुनिश्चित गरेको संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न यस आम निर्वाचनको ऐतिहासिक महत्व रहेको छ । निष्पक्ष, भयरहित र स्वतन्त्र वातावरणमा नागरिकले मताधिकार प्रयोग गर्दै सम्पन्न हुने आमनिर्वाचनबाट लोकतान्त्रिक प्रणाली र… पुरा पढौ

ओरेन्टल सहकारीले गर्‍यो बचतकर्ताको ११ अर्ब हिनामिना

काठमाडौं, ३ मङ्सिर । समस्याग्रस्त एउटै सहकारीले बचतकर्ताको रु १० अर्ब ८३ करोड ८२ लाख ५६ हजार एक सय ७४ हिनामिना गरेको तथ्य फेला परेको छ । सरकारले २०७४ साल कात्तिक २० गते समस्याग्रस्त घोषणा गरेको ओरेन्टल को-अपरेटिभ लिमिटेडले देशभर नौ वटा शाखा खोली रु १० अर्ब भन्दामाथि बचत सङ्कलन गरेर भागेको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले जनाएको छ । समितिले सहकारीका बचतकर्ताको साँवा, ब्याज, शेयर र अपार्टमेन्टको समेत गरी रु १० अर्बभन्दा माथि पैसा फिर्ता गर्नुपर्ने अभिलेख रहेको समितिले… पुरा पढौ

निर्वाचनमा खटिएका कर्मचारीलाई प्रमुख आयुक्तको निर्देशन

काठमाडौं, ३ मङ्सिर । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनमा खटिने कर्मचारीलाई कुनै आग्रह, पूर्वाग्रहबाट प्रभावित नभई निष्ठापूर्वक निर्वाचन सम्पन्न गराउन प्रतिबद्ध हुन निर्देशन दिएका छन् । उनले निर्वाचनको मतदान तथा मतगणनामा खटिने कर्मचारीलाई जिम्मेवारीको गरिमा र मर्यादालाई कायम राखी काम गर्न विशेष निर्देशन दिए । उनले मतदान तथा मतगणनाको कार्य मर्यादित र व्यवस्थित बनाउने सङ्कल्प गर्न, संविधान, प्रचलित ऐन, कानून, आचारसंहिता, निर्वाचनसम्बन्धी निर्देशिका, कार्यविधि र निर्देशनको पूर्णरूपमा पालना गर्न निर्देशन दिए । व्यक्तिगत, संस्थागत एवं पदीय रूपमा स्वतन्त्र र निष्पक्ष… पुरा पढौ