मुख्य समाचार

रुपन्देही सीमामा सुरक्षा कडा, मालवाहक गाडीको लामो लाइन

भैरहवा, ३ मङ्सिर। आइतबार हुने मतदानलाई लक्षित गरी रुपन्देहीको सीमा नाका बेलहियालाई कडा बनाइएको छ । सीमामा कडाइ गरिएसँगै दुवैतर्फ मालवाहक गाडीको लामो लाइन लागेको छ । नेपालबाट भारत जाने खाली गाडीका साथै नेपाल भ्रमणमा आएका भारतीय पर्यटक र नेपालमा मतदानका लागि आउँदै गरेका नेपाली पनि रोकिएका छन् । मङ्सिर १ गते राति १२ बजेदेखि नेपाल–भारत सीमा बन्द हुने भनिए पनि व्यावहारिकरूपमा त्यो सम्भव नहुने देखेपछि कडा जाँच गरी सुरक्षाकर्मीले दुवैतर्फका सर्वसाधारणलाई आवागमन गर्न दिएका छन् । सीमामै भेटिएका रुपन्देहीका… पुरा पढौ

सार्वजनिक बिदाका कारण सेयर बजार अब मंसिर ६ गते खुल्ने

काठमाडाैं, ३ मंसिर । नेपाली सेयर बजारमा सेयरकाे कारोबार अब यही मङ्सिर ६ गते मङ्गलबारकाे दिन मात्रै खुल्ने भएको छ । शुक्रबार र शनिबार काराेबार नहुने दिन हुन् । निर्वाचनकाे कारण आइतबार र सोमबारसमेत सार्वजनिक बिदा दिइएकाले अब सेयर काराेबार मङ्सिर ६ गते मङ्गलबार खुल्ने नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । मङ्सिर ४ गते आइतबार प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुँदैछ । सरकारले निर्वाचनलाई केन्द्रमा राखेर ४ र ५ गते बिदा सार्वजनिक बिदा दिएको छ । त्यसकारण सेयर कारोबार पनि ती… पुरा पढौ

आचारसंहिता उल्लङ्घन गर्ने तीन उम्मेदवार र आठ सरकारी कर्मचारीलाई स्पष्टीकरण

काठमाडाैं, ३ मंसिर । स्थिर समयमा चुनावी प्रचारप्रसार गरेको तथा निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भन्दै निर्वाचन आयोगले आज तीनजना उम्मेदवार र आठजना सरकारी कर्मचारीलाई स्पष्टीकरण सोधेको छ । आयोगले आज पत्र काट्दै २४ घण्टाभित्र स्पष्टीकरण दिन भनेको हो । आयोगका अनुसार बारा क्षेत्र नं ४ मा प्रतिनिधिसभा सदस्यका लागि नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार कृष्णकुमार श्रेष्ठ र सोही क्षेत्र ४ (२) का लागि प्रदेशसभा सदस्यका लागि लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार जितेन्द्र सोनललाई स्पष्टीकरण सोधिएको छ । निर्वाचनको स्थिर अवधि सुरु… पुरा पढौ

यस्ताे छ आगामी तीन दिनकाे माैसम पूर्वानुमान

काठमाडाैं, ३ मंसिर । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। देशको पहाडी तथा हिमाली भू-भागहरुमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ।  मंसिर ०३ गते  (शनिबार) दिउँसो: प्रदेश १, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी  भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ र गण्डकी प्रदेशका हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपातको संभावना रहेको छ। राती:  प्रदेश १, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी  भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। गण्डकी प्रदेशको हिमाली भू-भागका एक वा दुई… पुरा पढौ

उपत्यकाका कुन निर्वाचन क्षेत्रमा कति छन मतदान स्थल ?

काठमाडौं, २ मंसिर । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि आइतबार देशभर एकै चरणमा मतदान हुँदैछ । प्रतिनिधिसभाका लागि प्रत्यक्ष र समानुपातिक गरी २ सय ७५ र प्रदेशसभाका लागि प्रत्यक्ष र समानुपातिक गरी ५ सय ५० पदका लागि ११ हजार ५ सय ४३ उम्मेदवार प्रतिस्पर्धामा छन् । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ २ हजार १ सय ८९ पुरुष र २ सय २५ महिला गरी कुल २ हजार ४ सय १२ तथा समानुपातिकतर्फ १ हजार १२ पुरुष र १ हजार १ सय ८७ महिला… पुरा पढौ

मतदान केन्द्र पहुँचयोग्य बनाइएको छ: प्रमुख आयुक्त थपलिया

काठमाडौं, २ मंसिर । प्रमुख आयुक्त दिनेशकुमार थपलियाले गत स्थानीय तहको निर्वाचनका क्रममा पर्यवेक्षक संस्थाहरूबाट प्राप्त सुझावका आधारमा यही मंसिर मङ्‍सिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनमा मतदानस्थल र मतदान केन्द्रहरू मतदाताका लागि पहुँचयोग्य र सहज बनाइएकाे बताएका छन् । प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनको प्रारम्भिक पर्यवेक्षण प्रतिवेदनको समीक्षाका लागि आम निर्वाचन पर्यवेक्षण समिति (जियोक) ले आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै प्रमुख आयुक्त थपलियाले आयोगले सबै पर्यवेक्षक संस्थाहरूबाट प्राप्त वस्तुगत सुझावलाई आयोगले… पुरा पढौ

नेपाल एयरलाइन्सले भैरहवाबाट नयाँदिल्ली उडान गर्ने

काठमाडौं, २ मंसिर । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतको नयाँदिल्लीमा उडान गर्ने भएको छ । राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सले मङ्सिर १२ गतेदेखि गौतमबुद्ध विमानस्थलबाट आफ्नो पहिलो अन्तर्राष्ट्रिय उडानका रुपमा नयाँदिल्ली उडान गर्ने भएको हो । भैरहवा–नयाँदिल्ली गन्तव्यमा साताको चार उडान सञ्चालनको तयारी भएको निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिइन। उनका अनुसार सोमबार, बुधबार, शुक्रबार र शनिबार उडान गर्ने गरी उडान तालिका स्वीकृतिका लागि प्राधिकरणसमक्ष पेश गरिएको छ । निगमको न्यारोबडी ए ३२० जहाजले काठमाडौँदेखि… पुरा पढौ

साढे पाँच महिनामा १० अर्ब ३८ करोडको बिजुली बिक्री

काठमाडौं, २ मंसिर । बिजुली निर्यातबाट मुलुकले रु १० अर्ब ३८ करोड ९६ लाख बराबरको आम्दानी गरेको छ । पछिल्लो विवरणअनुसार यस वर्षको पहिलो साढे पाँच महिनामा गरिएको बिजुलीको निर्यातबाटै उल्लेखित आम्दानी भएको हो । देशभित्र खपत गरी अतिरिक्त भएको एक अर्ब २६ करोड २५ लाख ३८ हजार युनिट बिजुली नेपाल विद्युत प्राधिकरणले निर्यात गरेको हो । यो गत कात्तिकसम्मको विवरण हो । प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत्् गत १९ जेठदेखि इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आइएक्स)को डे-अहेड… पुरा पढौ

नक्कली मतपत्र, स्वस्तिक छाप र नगदसहित २ जना पक्राऊ

वीरगञ्ज, २ मंसिर । ठूलो परिमाणमा नक्कली मतपत्र र स्वस्तिक छापसहित वीरगञ्जबाट दुईजनालाई पक्राउ गरिएको छ । पक्राऊ पर्नेमा वीरगञ्ज महानगरपालिका-१६, इनर्वाका ३३ वर्षीय राजन सिंह र बाराको कलैया उपमहानगरपालिका-१६ का २३ वर्षीय अमिरी राउत रहेको प्रहरीले जनाएको छ । बागमती प्रदेश ०१–०२५ च ६६३६ नम्बरको कारमा कलैयाबाट वीरगञ्ज आउँदै गर्दा बिहीबार राति जाँच गर्ने क्रममा उनीहरुलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले पक्राउ गरेको थियो । सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट वीरगञ्जका सशस्त्र प्रहरी निरीक्षक रबिन्द्र भट्ट… पुरा पढौ

किवी खेतीबाट म्याग्दीका पुनले वार्षिक २ लाखभन्दा बढी कमाए

म्याग्दी, २ मंसिर । म्याग्दी बेनी नगरपालिका वडा नं ३ मा लछु पुनले आठ वर्षअघि किवी खेती भित्र्याए । कोदो र मकै फल्ने बारीमा किवी खेती सुरु गरेका उनले अहिले यसबाट राम्रो आम्दानी गर्न थालेका छन् । पुनका अनुसार किवी खेतीबाट अहिले वार्षिक २ लाखभन्दा बढी आम्दानी भइरहेको छ । उनले ३५ वटा बोटबाट किवी खेती सुरु गरेका थिए । “वर्षमा १० पाथी कोदो फल्ने बारीमा लगाएको किवीबाट अहिले राम्रो आम्दानी भइरहेको छ”, उनले भने, “धेरै दुःख गर्न पनि नपर्ने… पुरा पढौ