मुख्य समाचार

गुरुङ घरबासमा मौलिक कोदोको ढिँडो र सिस्नोको तरकारी

नवलपुर, १५ कार्तिक । स्थानीय संस्कृति र परिकार पस्किएर पाहुनाको स्वागतसँगै आर्थिकस्तर विकासका लागि खोलिएका कतिपय घरबासलाई आधुनिकताले छुँदै गएको छ । स्थानीय संस्कृति, रहनसहन र खानाका परिकार छाडेर आवासीय घरमा परिणत भएका त्यस्ता घरबासका लागि नवलपुरको लहापेमा रहेको गुरुङ घरबास सिकाइको केन्द्र बनेको छ । जिल्लाको दुर्गम पहाडी क्षेत्रमा रहेको गुरुङ घरबासले पाहुनालाई स्थानीय परिकारको स्वाद चखाउँदै आएको छ । त्यतिमात्रै होइन, स्थानीय संस्कृति रहनसहन प्रस्तुत गरी पाहुनालाई आकर्षित गर्दै आएको छ । नवलपरासी ९बर्दघाट सुस्तापूर्व० नवलपुरको पहाडी क्षेत्रअन्तर्गत… पुरा पढौ

घट्यो नबिल इन्भेष्टमेन्ट बैंकिङका तीनवटै म्युचुअल फन्डको न्याभ

काठमाडौं, १५ कार्तिक । नबिल इन्भेष्टमेन्ट बैंकिङका तीनवटै म्युचुअल फन्डहरुको प्रतिइकाई खुद सम्पति मूल्य घटेकाे छ । बैंकिङकाे असोज महिनामा प्रतिइकाई खुद सम्पति मूल्य घटेको हाे । बैंकिङका अनुसार नबिल इक्विटी फन्डको २२ पैसाले घटेर ९ रुपैयाँ ९३ पैसा कायम भएकाे छ । भदाैमा याे १० रुपैयाँ १५ पैसा थियो । फन्डकाे असोजसम्म ८२ करोड ८२ लाख रुपैयाँ बराबरको सूचीकृत सेयर होल्ड भएकाे देखिन्छ। भदौ महिनामा ८५ करोड २३ रुपैयाँको सेयर होल्ड थियो ।  नबिल इक्विटी फन्डको बैंक मौज्दात बढेकाे… पुरा पढौ

आईसीएफसी फाइनान्सकाे खुद नाफा घट्याे, ईपीएस कति ?

काठमाडौं, १५ कार्तिक । आईसीएफसी फाइनान्सकाे चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मकाे वित्तीय विवरणलाई हेर्दा फाइनान्सको खुद नाफा र प्रतिसेयर आम्दानी घटेकाे छ । फाइनान्सकाे सार्वजनिक भएकाे वित्तीय विवरण अनुसार गएकाे आर्थिक वर्षको तुलनामा खुद नाफा र प्रतिसेयर आम्दानी घटेकाे हाे । यस आर्थिक वर्षको पहिलो तीन महिनामा फाइनान्सकाे खुद नाफा ३ करोड ३४ लाख ५८ हजार रुपैयाँ रहेकाे छ । यो नाफा गएकाे वर्षकोभन्दा २९.७९ प्रतिशतले घटी हो। गएकाे आर्थिक वर्षमा फाइनान्सकाे खुद नाफा ४ करोड ७६ लाख रुपैयाँ रहेकाे… पुरा पढौ

प्राधिकरणले सोध्यो ‘वायुसेवा निगमलाई २४ घण्टे स्पष्टीकरण’

काठमाडौं, १५ कार्तिक। उडान तालिका स्वीकृत नगराई यात्रुलाई बोर्डिङ पास दिएको भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) लाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । प्राधिकरणले प्रेस विज्ञप्ति जारी गर्दै उडान स्वीकृत नभई बोर्डिङ पास दिएर विमानस्थलको सुरक्षामा गम्भीर असर परेकोप्रति चासो जनाउँदै निगमलाई स्पष्टीकरण सोधेको हो । निगमका प्रवक्ता जगन्नाथ निरौलाले निगमको लापर्बाहीले यात्रुलाई दुःख दिएको घटनाप्रति जवाफ मागेर स्पष्टीकरण सोधिएको बताए। अनुमतिबिना नै यात्रुलाई बोर्डिङ पास दिएर अलपत्र पार्ने निगमलाई २४ घण्टाभित्र के कारणले उडान… पुरा पढौ

देशभर मौसम सफा, एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना

काठमाडौं, १५ कार्तिक। ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। देशभर मौसम सामान्यतया सफा रहेको छ।  कार्तिक १५ गते  (मंगलबार) दिउँसो:  देशका पहाडी भू-भागहरूमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । देशको पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । राती: देशका पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १,गण्डकी र सुदुर पश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । कार्तिक १६ गते  (बुधबार) दिउँसो: देशका पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी… पुरा पढौ

यो वर्ष आर्थिक वृद्धिदर ५.८, मूल्य वृद्धि ६.३ प्रतिशत: विश्व बैंक

काठमाडौं, १४ कात्तिक । विश्व बैंकले सन् २०२२ मा नेपालको आर्थिक वृद्धिदर ५.८ प्रतिशत रहने आकलन गरेको छ । ‘नेपाल डेभलपमेन्ट अपडेट, अक्टोबर २०२२’ प्रतिवेदन आज सार्वजनिक गर्दै विश्व बैंकले यसवर्ष स्थिर बजार मूल्यका आधारमा नेपालको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) मा ५.८ प्रतिशतले बढ्ने आकलन गरेको हो । सन् २०२३ मा ५.१ र सन् २०२४ मा ४.९ प्रतिशतले जिडिपी वृद्धि हुने विश्व बैंकको प्रक्षेपण छ । यसअघि अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले अघिल्लो साता ‘वर्ल्ड इकनोमिक आउटलुक : काउन्टरिङ द… पुरा पढौ

विद्युत खपत र निर्यातका लागि पूर्वाधार विस्तार गर्दै प्राधिकरण

काठमाडौं, १४ कात्तिक । नेपाल विद्युत् प्राधिकरणले उत्पादित विद्युत आन्तरिक रुपमै खपत गर्नका लागि प्रसारण तथा वितरण प्रणालीलाई थप विस्तार र सुदृढ गर्ने भएको छ । यसबाहेक आन्तरिक खपत गरी बढी भएको विद्युत भारत र बङ्गलादेश निर्यातका लागि समेत पूर्वाधार विस्तारमा प्राधिकरण जुटेको हो । विद्युत् खपत वृद्धिको सम्भावना रहेका प्रदेश नं १ अन्तर्गतका सुनसरी, मोरङ र झापा जिल्लालाई लक्षित गरी प्राधिकरणले उच्च क्षमताका विद्युत् प्रसारण तथा वितरण लाइनका पूर्वाधार संरचना बनाउने तयारी सुरु गरेको छ । साथै, भारत र… पुरा पढौ

निफ्राले ३ महिनामै कमायाे ३७ करोड ८६ लाख

काठमाडौं, १४ कार्तिक । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले चालू आर्थिक वर्षको पहिलो तीन महिनामा ३७ करोड ८६ लाख ७९ हजार नाफा आर्जन गरेको छ । बैंकले प्रकाशित गरेको ३ महिनाको अपरिष्कृत वित्तीय विवरण अनुसार यो गत आवको सोही अवधिको तुलनामा ५६ दशमवल ४६ प्रतिशतले बढी हो । बैंकले गत आवको सोही अवधिमा २४ करोड २० लाख २७ हजार नाफा कमाएको थियो । निफ्राको नियामकीय समायोजन (रेगुलेटरी एड्जस्टमेन्ट) पछिको नाफा भने रु २९ करोड ८५ लाख ७७ हजार छ । जुन… पुरा पढौ

लामिछानेविरुद्ध जबरजस्ती करणीको कसूरमा मुद्दा दायर 

काठमाडौं, १४ कात्तिक । नाबालिग बलात्कार आरोपमा प्रहरी हिरासतमा रहेका क्रिकेटर सन्दीप लामिछानेविरूद्ध आज जबरजस्ती करणीको कसूरमा मुद्दा दायर गरिएको छ । उनीविरुद्ध आज जबरजस्ती करणीको कसूरमा मुद्दा दायर भएको जिल्ला सरकारी वकिलको कार्यालयले जनाएको छ । जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले जिल्ला अदालतमा सोमबार अभियोग पत्र दर्ता गराएको हो । पीडित किशोरी १६ वर्ष वा त्योभन्दा बढी १८ वर्षभन्दा कम उमेरको भए १० देखि १२ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ । त्यही अनुसार अभियोग पत्रमा अधिकतम सजायको मागदावी… पुरा पढौ

वित्तीय विवरणकाे प्रभाव : सेयर बजार उकालो लाग्न शुरु

काठमाडौं, १४ कार्तिक । साताको सेयर कारोबार हुने दोश्रो दिन तथा तिहार बिदापछिको पहिलो कारोबार भएको सोमबारको दिन नेप्सेले हरियालीको संकेत देखाएको छ । नेप्सेमा छाएको हरियालीको दृश्यले सेयर बजार अब उकालो लाग्न शुरु गरेको होकि भन्ने आँकलन गरिएको छ । यहि समयमा बैंकहरुले धमाधम चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरणहरु प्रकाशमा ल्याईरहेका छन् भने उनीहरुको वित्तीय अवस्था औसतमा राम्रो भएको कारण तिहार बिदा लगत्तै सेयर बजारमा त्यसको सकारात्मक प्रभाव परेको हो । एउटा उपसमूह बाहेक अन्य सबै १२… पुरा पढौ