मुख्य समाचार

आयात घटेकाले विदेशी मुद्रा सञ्चितिको लक्ष्य हासिल भएकाे केन्द्रीय बैंककाे भनाई

काठमाडौं, २ मंसिर । गत आवमा वैदेशिक मुद्रा सञ्चिति कायम गर्न नसकेको राष्ट्र बैंकले चालु आवको शुरुवाती ३ महिनामा विदेशी मुद्रा सञ्चितिको लक्ष्य हासिल गरेको छ । केन्द्रीय बैंकले मौद्रिक नीतिमार्फत मूल्य वृद्धिलाई ७ प्रतिशतमा सीमित राख्ने र ७ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने विदेशी मुद्रा सञ्चिति कायम राख्ने लक्ष्य लिएको थियो । नेपाल राष्ट्र बैंकले लिएको नीतिमध्ये मूल्य वृद्धिको लक्ष्य भने यो अवधिसम्म पूरा हुन सकेको छैन । धेरै आयात हुने मोटरसाइकल, गाडी, मदिरा र मोबाइलको आयातमा… पुरा पढौ

स्थानीय पाठ्यक्रम : पढ्दै सिक्दै विद्यार्थी

नवलपरासी, २ मंसिर । नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को कावासोती नगरपालिकाले यसै शैक्षिकसत्रदेखि स्थानीय पाठ्यक्रम लागू गरेको छ । नगरपालिकाले सबै विद्यालयमा स्थानीय पाठ्यक्रम ‘मेरो कावासोती: मेरो गौरव’ लागू गरेको हो । विद्यालय शिक्षामा राष्ट्रिय पाठ्यक्रमले नसमेटेको नैतिक शिक्षासहित स्थानीय विषयवस्तुलाई प्राथमिकतामा राखेर पाठ्यक्रम तयारी गरी लागू गरिएको कावासोतीका नगरप्रमुख विष्णुप्रसाद भुसालले बताए । “स्थानीय पाठ्यक्रममा हाम्रो नगरपालिकाभित्रको प्राकृतिक सम्पदा, स्थानीय पेसा व्यवसाय र आर्थिक क्रियाकलाप, सामाजिक संस्था, आनिबानी तथा स्वास्थ्य, प्राकृतिक प्रकोप र जोखिम व्यवस्थापनका साथै यहाँको संस्कार, संस्कृति तथा रहनसहन, योग… पुरा पढौ

नेपाल पुनर्बीमा कम्पनीकाे नाफा १०.४४ प्रतिशतले वृद्धि

काठमाडौं, २ मंसिर । नेपाल पुनर्बीमा कम्पनीकाे नाफामा बृद्धि भएकाे छ । कम्पनीकाे सार्वजनिक भएकाे गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण अनुसार समे नाफा देखिएकाे हाे । साे अवधिमा निर्जीवन बीमा व्यवसाबाट ५६ करोड ५० लाख ४४ हजार रुपैयाँ नाफा कमाएको देखिन्छ । यस्तै जीवन बीमातर्फ १० करोड ८८ लाख ३१ हजार रुपैयाँ नाफा कमाउन सफल भएकाे छ। कम्पनीकाे दुवै बीमा व्यवसायबाट ६७ करोड ३८ लाख रुपैयाँ नाफा भएकाे छ । याे नाफा गएकाे वर्षकोभन्दा १०.४४ प्रतिशतले बढी हो।… पुरा पढौ

एनआईसी एशिया: ‘भिडियो केवाईसी’बाटै ग्राहक पहिचान

काठमाडौं २ मंसिर । ‘डिजिटल फस्ट बैंक’ बन्ने दीर्घकालीन रणनीति अनुरुप सम्पूर्ण बैंकिङ्ग सेवा तथा सुविधाहरू क्रमिकरुपले डिजिटल माध्यमबाट प्रदान गर्ने अठोट लिएको एन आई सी एशिया बैंकमा अब भिडियो केवाईसीबाटै ग्राहककाे केवाईसी विवरण अद्यावधिक गर्न सकिने बैंकका नायब प्रमुख कार्यकारी अधिकृत (प्रमुख सूचना अधिकारी) सुधिर नाथ पाण्डेले जानकारी दिएका छन् । घर वा अफिसबाटै आफ्नो खाताको केवाईसी विवरण अद्यावधिक गर्न सकिने याे नवीन सुविधाको प्रयोग गर्न ग्राहकले बैंकको वेबसाइट www.nicasiabank.com मा रहेको Online Application ट्याब गरी इकेवाईसी छनौट गरी आफ्नो खाता… पुरा पढौ

लाभांश पारित गर्न स्टान्डर्ड चार्टर्ड बैंकले बाेलायाे साधारणसभा

काठमाडौं, २ मंसिर । स्टान्डर्ड चार्टर्ड बैंकले लाभांश वितरणकाे प्रस्ताव पारित गर्न मंसिर २५ गते साधारण सभा बाेलाएकाे छ । बैंकले काठमाडौं भद्रकालीमा रहेकाे आर्मी अफिसर्स क्लब ३६औं वार्षिक साधारण सभा बाेलाएकाे हाे । बैंककाे साधारण सभाबाट गएकाे वर्षको मुनाफाबाट लगानीकार्तालाई दिन वितरण गर्नका लागि प्रस्ताव गरिएको १६.५१% नगद लाभांश वितरणकाे प्रस्ताव पारित गरिनेछ ।  सभाले गएकाे आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब र नगद प्रवाहका बारेमा भइरहेका विषयमा छलफल गरी पारित गर्ने कार्यक्रमकाे सूची रहेकाे छ । यस्तै सभाका… पुरा पढौ

कृषिमा नै समृद्धिको खोजी गर्दै म्याग्दीका किसान

गलेश्वर, २ मङ्सिर । म्याग्दीका ग्रामीण क्षेत्रमा टनेल (प्लाष्टिकका घर)ले जिल्लामा फस्टाउँदै गएको कृषि पेसालाई उजागर गरेका छन् । टनेलभित्र लटरम्मै तरकारी फलेका छन् । टनेलभित्र लगाएका र फलेका तरकारीको रेखदेख, गोडमेल र बिक्री वितरणमा अहिले ग्रामीण क्षेत्रका किसानले चासो दिन थालेका छन् । ती प्लाष्टिकका टनेलभित्र विभिन्न थरिका बेमौसमी तरकारी फलेका छन् । अधिकांश टनेलमा गोलभेँडा फलिरहेका छन् भने केही टनेलभित्र सिमी, बोडी, साग, मुला र अन्य धेरै थरिका तरकारी झुलिरहेका देखिन्छन् । म्याग्दीका ज्यामरुककोट, अर्मन, बाबियाचौर, तोरीपानी, सिङ्गा,… पुरा पढौ

उच्च पहाडको शिरमा पर्यटकीय आकर्षणको केन्द्र बन्दै रिगताल

ढोरपाटन, २ मङ्सिर । उच्च पहाडको शिरमा छ रिगताल । चिसो हावापानी, शान्त वातावरण र मनै लोभ्याउने चराचुरुङ्गीको चिरबिर आवाज । आन्तरिक पर्यटकको चहलपहल भइरहने पातीहाल्ने र रिगताल यतिबेला धेरै पर्यटकलाई स्वागत गर्न कुरिरहेका छन् । निसीखोलाको शिर मानिने रिगतालबाट देखिने मनमोहक दृश्यले हजारौँलाई लोभ्याएको छ । पातीहाल्ने र रिगतालको सौन्दर्यसँग रमाउन पछिल्लो समय दैनिक सयौँ पर्यटक यहाँ आउने गरेका छन् । गण्डकी प्रदेशको निसीखोला गाउँपालिका र लुम्बिनी प्रदेशको पूर्वीरुकुमको सिमानामा रहेको यो ताल निसीखोला गाउँको चिनारीका रूपमा लिइन थालिएको छ… पुरा पढौ

यी हुन् मतगणना पूरा नभएसम्म गर्नै नहुने कार्य

काठमाडौं, २ मंसिर । केन्द्रीय आचारसंहिता अनुगमन समितिले मतगणना पूरा नभएसम्म गर्नै नहुने कार्यहरु बारे सबै सचेत रहन निर्देश गरेकाे छ । १. निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३  को दफा २४ को उपदफा (५) मा कसैले पनि मतदान हुने दिनभन्दा अठचालिस घण्टा अघिदेखि मतगणनाको काम पूरा नभएसम्म कुनै उम्मेदवार वा राजनीतिक दलको पक्ष वा विपक्षमा मतदान गर्ने वा नगर्ने उद्देश्यले सभा बोलाउन वा आयोजना गर्न, जुलुस निकाल्न वा नाराबाजी गर्न तथा अन्य कुनै पनि प्रकारले प्रचारप्रसार गर्न वा गराउन… पुरा पढौ

मौन अवधिमा प्रचार गरेमा रु २५ हजार जरिवाना : आयोग

काठमाडौं, २ मङ्सिर । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि गएराति १२ वजेदेखि मौन अवधि जारि रहेकाे छ । निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ मा कसैले पनि मतदान हुने दिनभन्दा ४८ घण्टा अघिदेखि मतगणनाको काम पूरा नभएसम्मको अवधिमा दल तथा उम्मेदवारको पक्षमा प्रचारप्रसार गर्न नपाउने व्यवस्था गरेको छ । यस अवधिमा कुनै उम्मेदवार वा राजनीतिक दलको पक्ष वा विपक्षमा मतदान गर्ने वा नगर्ने उद्देश्यले सभा बोलाउन वा आयोजना गर्न, जुलुस निकाल्न वा नाराबाजी गर्न तथा… पुरा पढौ

जलवायु परिवर्तन र वातावरणका मुद्दामा नेताहरुकाे मत समान

काठमाडौं, १ मङ्सिर  । प्रमुख राजनीतिक दल जलवायु परिवर्तन र वातावरणका मुद्दामा एकै ठाउँमा देखिएका छन् । यही मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि प्रमुख दलले सार्वजनिक गरेको घोषणापत्रमा जलवायु परिवर्तन र वातावरणका मुद्दालाई प्राथमिकता दिएको देखिएको छ । नेपाल जलवायु परिवर्तनका हिसाबले उच्च जोखिममा रहेको मुलुक भएको भन्दै प्रमुख दलले आफ्नो चुनावी घोषणापत्रमा यी विषयलाई प्राथमिकतामा राखेको जनाएका हुन् । नेपाल जलवायु परिवर्तन र वातावरणका हिसाबले जोखिममा परेकाले विकसित मुलुकले हाम्रो जस्तो मुलुकमा अनुदान सहयोग… पुरा पढौ