मुख्य समाचार

एमाले अध्यक्ष ओलीको क्षेत्रमा शुरु भयो मतगणना

झापा, ५ मंसिर । झापाको क्षेत्र नम्बर ५ मा मतगणना सुरु भएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली उम्मेदवार रहेको यो क्षेत्रको प्रतिनिधिसभा प्रत्यक्षतर्फको मतगणना केहीबेरअघि सुरु भएको हो । यो क्षेत्रमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार खगेन्द्र अधिकारी, राष्ट्रिय स्वतन्त्र पार्टीका सुरेशकुमार पोखरेल प्रतिस्पर्धामा रहेकाले धेरैले चासोका साथ हेरेका छन । पुरा पढौ

अलैँचीबाट आत्मनिर्भर बन्दैछ माछापुच्छ्रे गाउँपालिका

पोखरा, ५ मंसिर । कृषिका लागि निकै उर्बर मानिने कास्कीको माछापुच्छ्रे गाउँपालिकाका किसान अहिले अलैँचीमा आत्मनिर्भर हुँदैछन् । नगदेबाली अलैँचीखेतीले राम्रो प्रतिफल दिन थालेपछि यसतर्फ स्थानीयको आकर्षण बढेको हो । माछापुच्छ्रे–८ कोलेलीका कृषक नरेशराज लामिछानेले करिब ७० रोपनी जग्गामा व्यावसायिकरुपमा अलैँची खेती गर्न थालेका छन् । ज्योति अर्गानिक कृषि फर्मका सञ्चालकसमेत रहेका लामिछाने भन्छन्, “अन्य बालीभन्दा अलैँचीबाट राम्रो मुनाफा भएपछि यसतर्फ ध्यान जान थाल्यो ।” उनले सेपिलो बाँझो जग्गामा अलैँचीखेती हुनेहुँदा खेर गएको जग्गाको उपयोग भएको बताए । स्थानीय किसानले… पुरा पढौ

लाभांशकाे प्रस्ताव पारित गर्न सानिमाले डाक्याे साधारण सभा

काठमाडौं, ५ मंसिर । लाभांशकाे प्रस्ताव पारित गर्न सानिमा बैंकले साधारण सभा डाकेकाे छ । बैंकको वार्षिक साधारण सभा पुस ३ गते हुने भएकाे हाे। साधारण सभामा बैंकले गएकाे आर्थिक वर्षको नाफाबाट १०% बोनस सेयर तथा त्यसकाे कर प्रयोजनार्थ ०.९८% नगद लाभांश सहित १०‍‍.९८ प्रतिशत लाभांश वितरणकाे प्रस्तावलाई पारित गर्नेछ । साधारण सभामा बैंककाे अधिकृत पूँजी १२ अर्ब रुपैयाँबाट बृद्धि गरेर १५ अर्ब रुपैयाँ पुर्याउने प्रस्ताव पेश हुने भएकाे छ । यस्तै सधाले सर्वसाधारण समूहबाट सञ्चालक समितिका लागि २ जना… पुरा पढौ

जिप दुर्घटना अपडेट: मृतक प्रहरी ४ पुगे, सबैको पहिचान खुल्यो

बैतडी, ५ मंसिर । बैतडीमा प्रहरी बोकेको जिप दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या ४ पुगेको छ । मृत्यु हुनेमा सबै प्रहरी कर्मचारी रहेका छन् । मृत्यु हुनेमा प्रहरी सहायक हवल्दार अर्जुन कठायत, प्रहरी जवान लोकबहादुर बाठामगर, रमेश साउँद र विर्खबहादुर विष्ट रहेका बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिए । लोकबहादुर, रमेश र विर्खबहादुरको घटनास्थलमै मुत्यु भएको हो भने अर्जुनको पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा मृत्यु भएको हो । दुर्घटनामा परेर आठ जना प्रहरी र एक चालक घाइते भएका छन्… पुरा पढौ

घट्यो सुन र चाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, ५ मंसिर । प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचन भएको भोलिपल्ट सोमबार नेपाली बजारमा सुनचाँदीको कारोबार घटेकाे भाउमा भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि छापावाला सुनमा रुपैयाँ ६०० तथा चाँदीमा रुपैयाँ १५ ले गिरावट भएको जानकारी दिएको छ । महासंघका अनुसार यसदिन छापावाल सुनमा रुपैयाँ ६०० ले घटेर तोलाको ९७ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि अन्तिम कारोबार भएको दिन मंसिर २ गते छापावाल सुन तोलाको ९८ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो… पुरा पढौ

५८ मध्ये ९ वटा लघुवित्तले कमाए नाफा

काठमाडौं, ५ मंसिर । चालु आर्थिक वर्ष २०७९–८० को पहिलो त्रैमाससम्म ४९ वटा लघुवित्तकाे नाफा घटेकाे छ । ९ वटा लघुवित्तले भने नाफा कमाउन सफल भएका छन् । यस अवधिमा ५८ संस्थाको नाफा गएकाे वर्षकोभन्दा ३९.३९% ले घटेकाे देखिन्छ । यसरी घटेकाे रकम १ अर्ब ७२ करोड ४ लाख रुपैयाँ रहेकाे छ । गएकाे वर्षउनीहरुकाे नाफा रु २ अर्ब ८३ करोड ८४ लाख रहेकाे थियाे । लघुवित्तहरुको खराब कर्जा बढेकाे छ । प्रोभिजनमा धेरै रकम छुट्याएपछि नाफामा कमि भएकाे। उनीहरुकाे… पुरा पढौ

निङलाडी खोलामा जिप दुर्घटना, तीन प्रहरीको मृत्यु

बैतडी, ५ मङ्सिर । बैतडीमा प्रहरी सवार जिप दुर्घटनामा परेको छ । दशरथचन्द राजमार्गअन्तर्गत पाटन नगरपालिका–४ निङलाडी खोला भन्ने स्थानमा से१ज ८५४ नम्बरको जिप दुर्घटनामा परेको हो । मतपेटिका पु¥याएर फर्कदै गरेको नेपाल प्रहरी टोली सवार जिप दुर्घटनामा हँदा तीन प्रहरीको घटनास्थलमै मृत्यु भएको बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिए। उनले भने, “तीन जनाको मृत्यु भएको भन्ने खबर आको छ, उद्धार जारी रहेको आएको खबर छ, म आफैँ घटनास्थल जाँदैछु ।” जिप सडकबाट करिब तीन सय मिटर तल… पुरा पढौ

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आजदेखि क्यालिब्रेसन फ्लाइट

काठमाडौं, ५ मंसिर । मुलुककै तेस्रो अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा आजदेखि यान्त्रिक परीक्षण उडान ‘क्यालिब्रेसन फ्लाइट’ सञ्चालन हुँदैछ । यान्त्रिक उडानका लागि सम्पूर्ण तयारी पूरा भएको नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार पोखरा विमानस्थलमा एक साता यान्त्रिक उडान हुनेछ । उक्त प्रयोजनका लागि एरोथाई कम्पनीको जहाज शनिबार नै पोखरा विमानस्थलमा छ । प्राधिकरणले मङ्सिर ५ देखि १२ गतेसम्मको यान्त्रिक उडानको तालिका बनाएको हो । यान्त्रिक उडानमा एयर ट्राफिक कन्ट्रोलर,… पुरा पढौ

काठमाडौंका १० वटै क्षेत्रमा बिहानदेखि मतगणना शुरु

काठमाडौं, ५ मंसिर । काठमाडौंका १० वटै निर्वाचन क्षेत्रमा आज बिहानैदेखि मतगणना सुरु गर्ने तयारी गरिएको छ । काठमाडौँका मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाका अनुसार सर्वदलीय सहमतिका आधारमा बिहानदेखि मतगणना थालिएकाे छ । काठमाडौँ निर्वाचन क्षेत्र नं १ को मतगणना बिहान ८ बजेदेखि शुरू भएकाे छ । काठमाडौँ क्षेत्र नं १ को मतगणना अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वर, क्षेत्र नं २ को कागेश्वरी मनोहरा नगरपालिकाको थलीस्थित राधाकृष्ण मन्दिर, क्षेत्र नं ३ को गोकर्णेश्वर नगरपालिकाको जोरपाटीस्थित चामुण्डा मावि, क्षेत्र नं ४… पुरा पढौ

यस्ताे छ आगामी ३ दिनकाे माैसम पूर्वानुमान

काठमाडौं, ५ मंसिर । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव र बंगालको खाडीमा बनेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको जनाएकाे  छ। जसका कारण गण्डकी प्रदेश  र कर्णाली प्रदेशको पहाडी  भू-भागमा आंशिक बदली रही बाँकी  भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।  मंसिर ०५  गते  (सोमबार) दिउँसो: प्रदेश १ लगायत गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशको पहाडी  भू-भागमा आंशिक बदली रही बाँकी  भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। राती:  प्रदेश १, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी  भू-भागमा आंशिक बदली रही बाँकी  भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। मंसिर ०६  गते  (मंगलबार)  दिउँसो: प्रदेश १ लगायत  गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी  भू-भागमा आंशिक बदली रही बाँकी  भू-भागमा… पुरा पढौ