मुख्य समाचार

प्रत्यक्षतर्फको नतिजा ३ दिनभित्र आउनेछ: थपलिया

काठमाडौं, १ मंसिर । आगामी प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यको निर्वाचनको नतिजा ३ दिनभित्र सार्वजनिक गर्ने निर्वाचन आयोगको योजना रहेको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बताएका छन । निर्वाचनको तयारीबारे जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचन भएको ३ दिन अर्थात् मङ्सिर ७ गते बेलुकासम्ममा प्रत्यक्षतर्फकाे सबै नतिजा सार्वजनिक गरिसकिने कार्ययोजना रहेकाे बताएका हुन । “सबै मतपेटिकाहरू सङ्कलन भएको लगत्तैदेखि मतगणना प्रारम्भ हुनेछ”, उनले भने, “तीन दिनभित्र प्रत्यक्षतर्फ र त्यसको पाँच दिनभित्र समानुपातिकका सबै मतगणना सक्ने… पुरा पढौ

४ महिनामा साढे १९ प्रतिशत मात्र बजेट खर्च: महालेखा प्रतिवेदन

काठमाडौं, १ मंसिर । चालु आर्थिक वर्षको शुरुवाती ४ महिनामा सरकारी बजेट खर्च साढे १९ प्रतिशत मात्रै भएको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार कात्तिक मसान्तसम्म ३ खर्ब ५० अर्ब ९८ करोड ७३ लाख खर्च भएको हो । जुन वार्षिक विनियोजित बजेटको १९ दशमलव ५७ प्रतिशत बराबर हो । यस अवधिमा चालुतर्फ २३ दशमलव ७८ प्रतिशत बजेट खर्च भएको छ । चालु आवका लागि चालु शीर्षकमा ११ खर्ब ८३ अर्ब २३ करोड ५१ लाख बजेट बिनियोजन भएकोमा कात्तिक मसान्तसम्ममा २… पुरा पढौ

आजदेखि मदिरा ओसारपसार, बिक्री र सेवनमा रोक

काठमाडौं, १ मंसिर । जिल्ला प्रशासन कार्यालय काठमाडौँले आजदेखि जिल्लामा मदिरा बिक्री वितरण, ओसारपसार र सेवनमा रोक लगाएको छ । प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनका लागि आज राति १२ बजेदेखि नै मतदान कार्य सम्पन्न नभएसम्म र मतगणनास्थल वरपर गणनासम्पन्न नभएसम्मका लागि मदिरा ओसारपसार, बिक्री वितरण तथा सेवनमा रोक लगाइएको सहायक प्रमुख जिल्ला अधिकारी सुप्रभा खनाल ढुंगेलले जानकारी दिइन् । जारी सूचनाको परिपालना नगरेमा कानुन बमोजिम कारबाही हुने चेतावनी दिइएको छ । यस्तै प्रशासन कार्यालय काठमाडौँले बुधबार पनि एक विज्ञप्तिमार्फत… पुरा पढौ

१ वर्षमा थपिए साढे ७ लाख करदाता

काठमाडौं, १ मंसिर । राष्ट्रिय कर दिवस साताव्यापी रुपमा मनाइने भएको छ । आन्तरिक राजस्व विभागले आजदेखि एक हप्तासम्म विभिन्न कार्यक्रम गरेर कर दिवस मनाउन लागिएको जानकारी दिएको छ । विभागका महानिर्देशक रितेशकुमार शाक्यले राष्ट्रिय कर दिवसका अवसरमा हरेक करदाता कार्यालयले प्रथम करदातालाई सम्मान गर्ने, उद्योगी व्यवसायीलगायत करदाताका छाता सङ्गठनसँग विभिन्न छलफल तथा अन्तरक्रियालगायत विभिन्न कार्यक्रम गर्न लागिएको बताए । यसवर्षको कर दिवसको नारा 'स्वेच्छिक सहभागितासहितको फराकिलो कराधार: दिगो र उत्पादनमुखी अर्थतन्त्रको आधार' रहेको छ । करदाता आफैले स्वेच्छिक रुपमा… पुरा पढौ

२५.५७ अंकले बढ्यो नेप्से, कारोबारमा रिडी पावर अब्बल

काठमाडौं, १ मंसिर । साताको अन्तिम कारोबार हुने दिन बिहिबार नेपाली सेयर बजारमा अघिल्लो दिनकै हरियाली वातावरण देखिएको छ । यसले सेयर लगानीकर्ताहरुलाई उत्साही बनाएको छ । निर्वाचनको बेलामा धेरै मात्रामा रकम चलायमान हुने र बजारमा छरिने अपेक्ष गरिरहेको बेलामा चुनाव आउन ४ दिन बाँकी रहँदा सेयर बजारको उकालो लागेको यात्राले बजारमा सुधार हुन लागेको हो कि भन्ने आशा बढाएको छ । सूचकहरुका साथमा यसदिन कारोबारमा पनि सुधार भएको छ भने कारोबार १ अर्ब माथि पुगेको छ । नेपाल स्टक… पुरा पढौ

भारतबाट घटेर आयो पेट्रोलको मूल्य

काठमाडौं, १ म‌सिर । इन्डियन आयल कर्पोरेशन (आईओसी) ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ । इन्डियन आयल कर्पोरेसनबाट निगमलाई बुधबार प्राप्त नयाँ मूल्यसूची अनुसार पेट्रोलमा ३ रुपैयाँ ३४ पैसा घटेर आएको छ । यसैगरी डिजेलमा भने १ रुपैयाँ २५ पैसा प्रतिलिटर बढेर आएको छ । यसरी दैनिक अत्यधिक खपत हुने पेट्रोलमा मूल्य घटेर आएसँगै निगमलाई प्रतिलिटर १० रूपैयाँ ७६ पैसा नाफा हुने बुझिएको छ । यसैगरी डिजेलमा १ रुपैयाँ २५ पैसा बढेर आएकाले प्रतिलिटर १० रूपैयाँ ८६ पैसा… पुरा पढौ

बर्खास्तीकाे कारण प्रमाणित नगरे सनसनी मच्चिने अडियो-भिडियो ल्याउँछु : पूर्वमन्त्री खड्का

पोखरा, १ मंसिर । मेरो यो अपमानजनक बर्हिगमनका बारेमा गण्डकी प्रदेश सरकारका मुख्यमन्त्रीको नियत खराब होईन भन्ने कुराको जवाफ उहाँँले प्रमाणित गरेर मलाई दिनुपर्छ । होईन भने म चुप लागेर बस्दिन । मलाई परेको पीडाबाट मुक्त नभई मैले छोड्नेवाला छैन । अन्याय त गर्नु भएननि । यसका बारेमा मुख्यमन्त्रीको चित्तबुझ्दो जवाफ पाईन भने म निर्वाचनपछि लगत्तै अडियो, भिडियोसहित सनसनि मच्चाउने कुरा लिएर आउँछु । यी माथीकाे भनाइ हालै बर्खास्तमा परेका गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात व्यवस्था… पुरा पढौ

सिद्धार्थ इन्स्योरेन्सको खुद नाफा घट्यो

काठमाडौं, १ मंसिर । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा सिद्धार्थ इन्स्योरेन्स लिमिटेडको खुद नाफा घटेको छ । हालै कम्पनीले सार्वजनिक गरेको असोज मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीले समीक्षा अवधिमा ५ करोड १२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो आँकडा आर्थिक वर्षको यहि अवधिको तुलनामा ५.६५ प्रतिशतले कम हो । कम्पनीले अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म ५ करोड ४३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । हालको समीक्षा अवधिमा कम्पनीको खुद बीमाशुल्क भने ३०.१५ प्रतिशतको बढोत्तरी भएर… पुरा पढौ

लाखौँ लगानी गरेर रोपेको फूल बाख्रालाई खुवाउनु परेपछि…

तेह्रथुम, १ मंसिर । करेसाबारी र आँगनको शोभा बढाउँछ फूलले । घरको शोभा बढाउन मात्र होइन यति बेला व्यावसायिक रुपमा फूल खेती गर्न पनि थालिएको छ  । विभिन्न चाडपर्व, कार्यक्रम र उत्सवमा फूलको मालाको प्रयोग हुन थालेपछि व्यावसायिक रुपमा फूलखेती गर्नेहरु बढेका छन् । तेह्रथुमको फेदाप गाउँपालिका–२ ओयाक्जुङका किसान महेन्द्र तामाङले १ लाख लागतमा फूल खेती गरे । तिहारमा फूलको माग बढी हुने र जिल्लामा अरु फूल व्यावसायिक पनि नभएकाले उनले फूल खेती सुरु गरेका हुन् । थोरै लगानीबाट मनग्य… पुरा पढौ

काभ्रेकाे कुशादेवीमा पुसदेखि प्याराग्लाइडिङ सञ्चालन हुने

काभ्रे, १ मङ्सिर । काभ्रेकाे पनौती नगरपालिका स्थित कुशादेवी क्षेत्रमा आउँदो पुसदेखि प्याराग्लाइडिङ सञ्चालन हुने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गत साउनमा काभ्रेपलाञ्चोकको फुल्चोकी–कुशादेवी क्षेत्रमा स्थानीय फुल्चोकी एड्भेन्चर प्रालिलाई प्याराग्लाइडिङ सञ्चालनको अनुमति दिएको हो । उक्त स्थानमा प्याराग्लाइडिङ सञ्चालनार्थ नागरिक उड्डयन प्राधिकरणमा प्राविधिक प्रक्रियाको काम भइरहेको छ । प्राधिकरणबाट सञ्चालन निर्देशन जारी भएपछि व्यावसायिक उडान गर्ने तयारी गरिने प्रालिका अध्यक्ष छवि हुमागाईले बताए। “मन्त्रालयबाट गत साउनमा व्यावसायिकरुपमा प्याराग्लाइडिङ सञ्चालन अनुमति पाएका छौँ, प्राधिकरणले प्राविधिक प्रक्रियाको काम… पुरा पढौ