पोखरा, १९ कार्तिक । आगामी मंसिर ४ गते हुने प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनका लागि दलहरु यतिबेला चुनावी प्रचारमा व्यस्त रहेका छन् । निर्वाचन आयोगले तयारीका कामहरु गरिरहेको छ भने नागरिक समाजसंग आवद्ध संघ, संस्थाहरुले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, धाँधलिरहित र विश्वसनीय बनाउन सरोकारवालाहरुसंग छलफल गर्दै निचोडका कुराहरु मतदाता समक्ष पुरेयाईरहेका छन् । यसैक्रममा सयपत्री समाज पोखराले शनिवार पोखरामा दलका प्रतिनिधि, अधिकारकर्मि, संघ, संस्थाका प्रतिनिधि, नागरिक समाजका अगुवा, संचारकर्मि, कानून व्यवसायी र निर्वाचन आयोगका प्रनितिधिसहितको “स्वतन्त्र, निष्पक्ष र विश्वसनीय निर्वाचन” विषयक एक…
पुरा पढौ