मुख्य समाचार

नेप्से ४३.२० अंकले बढ्यो, कारोबारमा नेष्डो लघुवित्त अब्बल

काठमाडौं, २० कार्तिक । साताको सेयर कारेबार हुने पहिलो दिन नेपाली सेयर बजारमा सकारात्मक लय देखिएको छ अघिल्लो हप्ता अधिक दिनहरु नकारात्मक रहेको सेयर बजारमा आजको सुखद् माहोलले लगानीकर्तामा उत्साह जगाएको छ । कारोबार रकममा पनि सुधार भएको पाईएको छ । एकातिर नजिकै प्रदेशसभा तथा प्रतिनिधिसभाको निर्वाचन आईरहेको छ भने यो बेलामा बजारमा रकम चलायमान हुने अपेक्षा रहेको छ । अर्कोतिर बैंक तथा वित्तीय संस्थाहरुको वित्तीय विवरण प्रकाशन तथा लाभांश वितरणको घोषणा लगायतका वित्तीय गतिविधिले बजारलाई चलायमान बनाउने आशा गरिएको… पुरा पढौ

ग्लोबल आइएमई लघुवित्तको सहयाेगले कलशा देवी बनिन् उद्यमी

पर्सा, २० कात्तिक । कलशा देवी भारतको विहारमा जन्मिएकी हुन् । उन्नाईस वर्षको उमेरमा उनी पर्साको सखुवा पर्सौनी गाउँपालिका-५ का सोनालाल साह कानुसँग बिहे गरेर नेपाल आइन् । बिहेअघि परिवारमा खासै दुख गर्नु नपरेका कलशा र सोनालालमा बिहेपछि पारिवारिक जिम्मेवारी थपिँदै गयो । उनी २२ वर्षको हुँदा कलशा देवीले पहिलो सन्तानको रुपमा छोरालाई जन्म दिइन् । सन्तानको पालनपोषण र पढाईमा लाग्ने खर्च बढ्न थाल्यो । आम्दानीको श्रोत खासै राम्रो नभएको उनको आर्थिक स्थिति कमजोर बन्दै दैनिकी समेत चलाउन गाह्रो हुँदै… पुरा पढौ

सिवाईसी नेपाल लघुवित्तको नाफामा उल्लेख्य गिरावट

काठमाडौं, २० कात्तिक । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा पहिलो त्रैमासमा घटेको छ । लघुवित्तले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमास अर्थात् असोज मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा लघुवित्तको खुद नाफा घटेको पाइएको हो । गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले २ करोड ७३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । तर समीक्षा अवधिमा भने लघुवित्तको खुद नाफा १ करोड ५१ लाख ३७ हजार रुपैयाँमा सीमित भएको छ । यो… पुरा पढौ

पोखरा विमानस्थलमा हवाई इन्धन स्टेशन बनाइने

पोखरा, २० कात्तिक । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई इन्धन स्टेशन बनाइने भएको छ । उक्त विमानस्थलमा ६७ करोड २९ लाख ८१ हजार ५ सय २० रुपैयाँको लागतमा हवाई इन्धन भण्डार बनाइने भएको नेपाल आयल निगमले जनाएको छ । यो विमानस्थल आगामी सन् २०२३ को जनवरीदेखि सञ्चालनमा ल्याउने योजना भए पनि विमानस्थल सञ्चालनमा रहेको अवरोध समयमा हट्ने अवस्था नहुँदा विमानस्थल जनवरीदेखि सञ्चालनमा नआउने पक्का भएको छ । स्थानीय व्यवसायी तथा पर्यटनसँग सम्बद्ध संस्थाहरुले भने विमानस्थलले आर्थिक समृद्धिमा महत्वपूर्ण योगदान पुर्याउने भएकाले… पुरा पढौ

एभरेष्ट बैंकको लाभांश घोषणा

काठमाडौं, २० कात्तिक । एभरेष्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट आफ्न सेयरधनीहरुलाई लाभांशको घोषणा गरेको छ । बैंकले आफ्नो हाल कायम रहेको चुक्ता पुँजीको १३ प्रतिशत बोनस सेयर र त्यसको कर प्रयोजनका लागि ७.६८ प्रतिशत नगद लाभांश गरी कुल २०.६८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । गत कात्तिक १८ गते शुक्रबारको बैंकको सञ्चालक समितिको बैठकले उक्त दरको लाभांश वितरण गर्ने निर्णय गरेको बैंकले जनाएको छ । यो लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएर बैंकको आगामी वार्षिक… पुरा पढौ

सानिमा ग्रोथ फण्डको इकाई: आवेदन दिने म्याद कार्तिक ३०

काठमाडौं, २० कार्तिक । सानिमा क्यापिटलकाे सानिमा ग्रोथ फण्डको इकाईका लागि आवेदन दिने म्याद यहि कार्तिक ३० गतेसम्म लम्बिएकाे छ । क्यापिटलले कात्तिककाे १६ गतेदेखि सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने सो बन्दमुखि योजना ल्याएकाे थियाे । क्यापिटलले साे ग्रोथ फण्डको प्रतिइकाई १० रुपैयाँका दरको १२ करोड बराबरकाे इकाई निष्काशन गरेको थियाे । त्यसबाट १ करोड ५६ लाखकाे १३ प्रतिशत इकाई कोषकाे प्रबर्धक रहेकाे सानिमा बैंकका लागि रहेकाे छ । २४ लाख इकाई भने योजना व्यवस्थापक रहेकाे सानिमा क्यापिटल लिमिटेडका… पुरा पढौ

एकैदिन उल्लेख्य बढ्यो सुनचाँदीको भाउ

काठमाडौं, २० कार्तिक । साताको सुनचाँदीको कारोबार हुने पहिलो दिन आईतबार नेपाली बजारमा सुनचाँदीको भाउ ह्वात्तै बढेको छ । छापावाल सुनमा यसदिन रुपैयाँ १४०० तथा सेतो धातु चाँदीमा रुपैयाँ ५० ले बृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा यसदिन रुपैयाँ १४०० ले बढेर तोलाको ९४ हजार ५०० रुपैयाँमा काराेबार भईरहेको छ । यसअघि अन्तिम कारोबार भएको दिन शुक्रबार छापावाल सुन तोलाको ९३ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । सो दिन छापावाला सुनमा रुपैयाँ १०० ले… पुरा पढौ

बढ्याे छिमेक लघुवित्तकाे नाफा, ईपिएस कति ?

काठमाडौं, २० कार्तिक । छिमेक लघुवित्त वित्तीय संस्थाले खुद नाफा बढाएकाे छ । संस्था सार्जजनिक भएकाे चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको विवरणका अनुसार गएकाे वर्षको सोही अवधिकोभन्दा खुद नाफा बढेको देखिन्छ । लघुवित्तको खुद नाफामा ५३.७१ प्रतिशतले बढेकाे छ । यसरी बढेकाे नाफा रुपैयाँ ३२ करोड ९१ लाख ८ हजार पुगेको छ। गएकाे आर्थिक वर्षमा संस्थाको नाफा रुपैयाँ २१ करोड ४१ लाख थियाे । संस्थाकाे खुद ब्याज आम्दानीमा ३८.६२ प्रतिशतले बढेको छ । सञ्चालन आम्दानी २९.८५ प्रतिशतले बढेको देखिन्छ। संस्थाकाे… पुरा पढौ

मदन भण्डारी विश्वविद्यालयको यस्ताे छ ‘माष्टर प्लान’

काभ्रेपलाञ्चोक,२० कात्तिक। काभ्रेको पाँचखालमा निर्माण हुने मदन भण्डारी विश्वविद्यालयको ‘माष्टर प्लान’ निर्माण सम्पन्न भएको छ । निर्माण प्रक्रिया अघि बढाउन वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए)को तयारी गरिने मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय पूर्वाधार निर्माण समितिले जनाएको छ। ‘मदन भण्डारी विश्वविद्यालय विधेयक, २०७६’ गत असार तेस्रो साता परिमार्जनसहित सङ्घीय संसद्बारा पारित भएसँगै यसको निर्माण प्रक्रियाका लागि थप बाटो खुलेको हो । यस्तै दर्ताको दुई वर्षपछि पारित विधेयकमा ‘मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय’लाई ‘मदन भण्डारी युनिभर्सिटी’ नामाकरण गरिएको छ । प्राविधिक… पुरा पढौ

राना परिवारकाे आम्दानीको मुख्य स्रोत बन्यो तरकारी खेती

कंचनपुर , २० कात्तिक । अन्य बालीभन्दा तरकारीमा बढी फाइदा हुन थालेपछि कञ्चनपुरको भीमदत्त नगरपालिका–१६ नयाँ बस्तीका किसान तरकारी खेतीमा लागेका छन् । यहाँ रहेका ४१ राना परिवार सबैले तरकारी खेती गर्दै आएका छन् । विसं २०६३ देखि समूह बनाएर व्यावसायिक तरकारी खेतीको सुरुआत गरेको यहाँका किसान नाथुराम रानाले बताए। “विसं २०६३ मा ७५ बोट बैगुन लगाएर तरकारी खेती सुरु गरेँ”, विगत सम्झिँदै उनले भने, “अहिले खेती विस्तार गर्दै १५ कठ्ठामा पु¥याएको छु ।” यहाँका किसानले दुई कठ्ठादेखि दुई÷तीन बिघासम्ममा… पुरा पढौ