मुख्य समाचार

युनिलिभरको लाभांश घोषणा

काठमाडौं, १७ । युनिलिभर नेपाल लिमिटेडले आफ्ना सेयरधनीका लागि लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षका लागि प्रतिकित्ता १ हजार २१५ रुपैयाँ लाभांश दिने निर्णय गरेको हो । यो लाभांश पाँच वर्षयताकै सर्वाधिक भएको बताइएको छ । कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट कायम सेयरधनीहरुलाई नगद लाभांश प्रदान गर्ने निर्णय गरेको हो । यसरी प्रस्तावित लाभांश कम्पनीको आगामी साधारणसभाले अनुमोदन गरेपछि सेयरधनीको खातामा आउने जनाइएको छ । साधारणसभा र लाभांश प्रयोजनका लागि कम्पनीले आगामी मंसिर ४ देखि २०… पुरा पढौ

अतिक्रमणको चपेटामा ढोरपाटन सिकार आरक्ष

बागलुङ, १७ कात्तिक । बागलुङ, म्याग्दी र रुकुम गरी तीन जिल्लामा फैलिएको ढोरपाटन सिकार आरक्षण केन्द्र अतिक्रमणको चपेटामा परेको छ । केन्द्रको १ सय ७५ हेक्टर जमिन अतिक्रमण भएको छ । केन्द्रका प्रमुख संरक्षण अधिकृत बीरेन्द्रप्रसाद कँडेलले विभिन्न ३४ स्थानमा जमिन अतिक्रमण भएको जानकारी दिए । आरक्षण केन्द्रले गत वर्ष म्याग्दीको गुर्जाघाटमा अतिक्रमणमा परेको दश हेक्टर जमिन खाली गराएको थियो । उक्त क्षेत्रमा म्याग्दीका स्थानीयले अस्थायी टहरा निर्माण गरी मौसमी बसाइ गर्दै आएका थिए । गत वर्ष अस्थायी गोठ हटाएर… पुरा पढौ

नबिल म्युचुअल फन्डका २ योजनाको बुक क्लोज शुक्रबार

काठमाडौं, १७ कात्तिक । नबिल म्युचुअल फन्डअन्तर्गत सञ्चालित दुईवटा योजनाको लाभांश सुरक्षित गर्ने आज कात्तिक १७ गते अन्तिम दिन रहेको छ । नबिल म्युचुअल फन्डले सञ्चालन गरेको नबिल ब्यालेन्स्ड फन्ड–२ र नबिल इक्विटी फन्डको आर्थिक वर्ष २०७८-७९ का लागि घोषित लाभांश आजसम्म सुरक्षित गर्न सकिने म्याद तोकिएको छ । यी दुवै योजनाको लाभांश वितरणको लागि कम्पनीले भोलि कात्तिक १८ गते शुक्रबार बुक क्लोज गर्ने भएको छ । आजसम्म नेप्सेमा कारोबार भइ कायम रहेका सेयरधनी उक्त लाभांशको हकदार हुन योग्य हुनेछन्… पुरा पढौ

अर्थ मन्त्रालयले थाल्यो त्रैमासिक राजस्व संकलनको समीक्षा

काठमाडौं, १७ कात्तिक । अर्थ मन्त्रालयले पहिलो त्रैमासको राजस्व संकलनबारे समीक्षा सुरु गरेको छ । आज बिहीबार आन्तरिक राजस्व विभाग र भन्सार विभागका प्रतिनिधिसँग समीक्षा छलफल गरिएको हो । चालु आर्थिक वर्षको पहिलो त्रैमास बितेर वित्तीय विवरण आउने क्रम जारी रहँदा मन्त्रालयले यो अवधिमा संकलित राजस्वका बारेमा समीक्षा गर्न थालेको हो । यो धेरै वस्तुहरुमाथि आयात प्रतिबन्ध लागिरहँदा विदेशी मुद्रा सञ्चितिमा केही सकारात्मक संकेत देखिए पनि सरकारको राजस्वमा भने नकारात्मक असर परेको छ । यो अवधिमा आन्तरिक राजस्व तथा भन्सार… पुरा पढौ

इष्टर्न हाइड्रोकाे सेयर बाँडफाँट, १३ लाखकाे हात खाली

काठमाडौं, १७ कार्तिक । इष्टर्न हाइड्रोपावर लिमिटेडको आज सेयर बाँडफाँड सम्पन्न भएकाे छ। कम्पनीले असोज २८ गतेदेखि ६ गतेसम्म करोड ७० लाख ३१ हजार रुपैयाँ बराबरको ६ लाख ७० हजार ३१० कित्ता सेयर बिक्रीमा ल्याएकाे थियो। साे सेयरबाट १३ हजार ४०६ कित्ता कर्मचारीहरुका लागि र ३३ हजार ५१५ कित्ता सामूहिक लगानी कोषका लागि रहेकाे छ । बाँकी ६ लाख २३ हजार २८९ कित्ता र कर्मचारीका लागि सुरक्षित गरिएकाे सेयरमा आवेदन नपरेकोसहित ६ लाख २५ हजार १९० कित्ता सेयर सर्वसाधारणका लागि… पुरा पढौ

फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको नाफा र ईपीएस दुवैमा वृद्धि

काठमाडौं, १७ कार्तिक । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाकाे खुद नाफामा बृद्धि भएकाे छ । संस्थाकाे सार्वजनिक भएकाे चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणका अनुसार गएकाे वर्षको सोही अवधिकोभन्दा खुद नाफामा बृद्धि भएकाे हाे। लघुवित्तको खुद नाफामा ६१.७९ प्रतिशतले बढेकाे छ । यसरी बढेकाे नाफा रु ६ करोड ३७ लाख ७१ हजार भएकाे छ। गएकाे वर्ष यस्ताे नाफा ३ करोड ९४ लाख रुपैयाँ रहेकाे थियो। लघुवित्तकाे खुद ब्याज आम्दानीमा बृद्धि भएपछि र इम्पेरमेन्ट चार्ज रिभर्स भएकाे कारणले नाफामा… पुरा पढौ

क्षतिपूर्ति नदिँदा पुल निर्माणमा ढिलाइ

भरतपुर, १७ कात्तिक । घरटहराको क्षतिपूर्ति नदिँदा नारायणगढ–मुग्लिन सडकखण्डका पुल निर्माणमा ढिलाइ भएको छ । सडकखण्डमा निर्माणाधीन १५ पुलमध्ये नौवटा पुल छेउमा रहेका घरटहराको क्षतिपूर्ति नदिँदा निर्माणमा ढिलाइ भएको हो । पुल छेउका घरटहरा भत्काउन नपाउँदा निर्माण कम्पनीले काम गर्न पाएका छैनन् । नारायणगढ–मुग्लिन सडक आयोजनाका प्रमुख किरण कार्कीका अनुसार पुलसँग जोडिएका २६ घरटहराको क्षतिपूर्ति सरकारले उपलब्ध गराउनुपर्नेछ । प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको मुआब्जा निर्धारण समितिले नापजाँच र मूल्याङ्कनको काम गरेर सिफारिस गरिसकेको कार्कीले बताए। “सडकखण्डमा पर्ने पुल आसपासका… पुरा पढौ

प्रदेश १ को जैविक मल उद्योग बन्द हुने अवस्थामा

पथरी, १७ कात्तिक । पछिल्लो ५ वर्षदेखि सञ्चालनमा आएको प्रदेश नं १ को उचित जैविक मल उद्योग बन्द हुने अवस्थामा पुगेको छ । विसं २०७४ मा मोरङको पथरीशनिश्चरे–२ मा तत्कालीन मुख्यमन्त्री शेरधन राईले उद्घाटन गरेको प्रदेश नं १ को एक मात्र जैविक मल उद्योग सञ्चालनमा आए देखिनै घाटामा चल्दै आएको छ । ३ करोड ५० लाखको लगानीमा १५ वटा कृषि सहकारी संस्था र तीन वटा किसान समूहले एक बिघा क्षेत्रफल भाडामा लिएर यो उद्योग सञ्चालनमा ल्याएका हुन् । जैविक मल… पुरा पढौ

एन आई सी एशिया बैंककाे प्रमुख कार्यकारी अधिकृतमा रोशन कुमार न्यौपाने दाेहाेरिए

काठमाडाैं, १६ कात्तिक । एन आई सी एशिया बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा रोशन कुमार न्यौपाने पुर्ननियुक्त भएका छन । हाल बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत रहेका न्यौपानेलाई बैंक सञ्चालक समितिले २०७९ मंसिर १५ गतेदेखि लागू हुनेगरी प्रमुख कार्यकारी अधिकृतको पदमा थप ४ वर्षको अवधिको लागि पुर्ननियुक्त गर्ने निर्णय गरेको बताएकाे छ । सन् २००८ अप्रिलदेखि तत्कालिन बैंक अफ एशिया नेपाल लिमिटेडमा २८ वर्षको उमेरमा आन्तरिक लेखा परीक्षण विभागको इन्चार्जको जिम्मेवारीबाट बैंकको सेवामा जोडिएका न्यौपाने प्रमुख जोखिम अधिकृत हुँदै… पुरा पढौ

नयाँ स्टक एक्सचेन्जको लाइसेन्स विरुद्ध अर्को रिट दायर

काठमाडौं, १६ कात्तिक । सर्वोच्च अदालतमा नयाँ स्टक एक्सचेन्जको लाइसेन्स विरुद्ध अर्को एउटा मुद्दा दायर भएको छ । दायर भएको मुद्दामा नयाँ लाइसेन्स बाँड्नका लागि संशोधन गरिएका नियमावलीहरु खारेज हुनु पर्ने मुख्य माग दावी गरिएको छ । उक्त मुद्दा अधिवक्ता अमृत खरेलले दायर गरेको बुझिएको छ । उक्त रिट निवेदनमा नेपालको संविधान तथा प्रचलित ऐनहरुसँग बाझिने गरी नियमावली संशोधन गरिएको आरोप लगाइको छ । खरेलले प्रधानमन्त्री एवम् मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय, नेपाल धितोपत्र बोर्ड, तथा नेपाल स्टक एक्सचेन्जलाई विपक्षी बनाएर… पुरा पढौ