मुख्य समाचार

मुगुको स्याउले पाएन बजार

मुगु, ५ असोज । मुगुको स्याउले बजार नपाउँदा किसानले घरकै शीतभण्डारणमा थुपारेर राख्न बाध्य भएका छन् । स्याउ किसान टक्कबहादुर शाहीले भने, “लगातारको अविरल वर्षाले सडक सञ्जाल अवरुद्ध भयो, सडक नखुलेपछि स्याउ भण्डारण गरिएर राखियो, अहिले स्याउले बजार नै पाएन। स्याउले बजार नपाउँदा कुहिन्छ कि भन्ने चिन्ता छ । यस वर्ष स्याउको उत्पादन बढेसँगै यहाँका किसान निकै खुसी थिए । उनले भने, “छ वर्षदेखि स्याउ बेचेर घर खर्च धान्दै आएको छु, यसवर्ष स्याउ उत्पादन बढेको छ तर बजार पाउन समस्या… पुरा पढौ

नाडा इभि एक्स्पोमा ‘इभि चौतारी सेमिनार’ हुने

काठमाडौं, ५ असोज । 'नाडा इभि एक्स्पो २०२२' का बेला दैनिक दिउँसो २ बजेदेखि ५ बजेसम्म नाडा इभि चौतारी सेमिनार सञ्चालन हुने भएको छ । यो सेमिनार नाडाले यूएसएआईडीको सहकार्यमा सञ्चालन गर्ने बताइएको छ । नेपाल अटोमोबाइल डिलर्स एसोसियशन नाडाले यही असोज ७ देखि ९ गतेसम्म आयोजना गर्ने 'नाडा इभि एक्स्पो २०२२' चलिरहँदा नाडा इभि चौतारी सेमिनार पनि सञ्चालन हुने नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेतीले जानकारी दिएका छन् । नाडा इभि चौतारी सेमिनार विशुद्ध विद्युतीय सवारी, ऊर्जा, सरकारी नीति, विद्युतीय सवारी… पुरा पढौ

सुनचाँदीको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार?

काठमाडौं, ५ असोज । साताको सुनचाँदीको कारोबार हुने चौथो दिन बुधबार नेपाली बजारमा सुनचाँदीको भाउ ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा रुपैयाँ ५०० तथा चाँदीमा रुपैयाँ १० ले गिरावट भएको हाे । यसदिन छापावाल सुनमा रुपैयाँ ५०० ले घटेर तोलाको ९१ हजार ३०० रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि मंगलबार छापावाल सुनको भाउ रुपैयाँ ४०० ले बढेर तोलाको ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । आज तेजाबी सुनमा पनि रुपैयाँ ५०० ले घटेर तोलाको… पुरा पढौ

नवलपुरमा उत्पादित दूध, मासु र अण्डा अन्य जिल्लामा समेत बिक्री

त्रिवेणी, ५ असोज । पछिल्लो समय नवलपरासी ( बर्दघाट सुस्तापूर्व) नवलपुरमा दूध, मासु र अण्डा पर्याप्त उत्पादन भएको छ । दूध, मासु र अण्डा जिल्लामा खपत भएर बाहिरसमेत बिक्री हुने गरेको छ । भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नवलपुरमा प्रमुख डा ऋषभ गुरागाईँका अनुसार दूध प्रतिवर्ष प्रतिव्यक्ति ९१ लिटर आवश्यकता रहेकाेमा नवलपुरमा २ सय ८१ लिटर उपलब्ध रहेको छ । जिल्लामा प्रतिवर्ष प्रतिव्यक्तिका आधारमा १ सय ९० लिटर बढी दूध उत्पादन हुने गरेको छ । गत वर्षको तथ्याङ्कानुसार… पुरा पढौ

राधी विद्युत कम्पनीको हकप्रदमा कहिलेसम्म दिने आवेदन ?

काठमाडौं, ५ असाेज । राधी विद्युत कम्पनीले आजदेखि ९५ लाख ३५ हजार ७६०.९९ कित्ता हकप्रद सेयर बिक्रीमा ल्याएकाे छ। कम्पनीले १ः१.४७५२ काे रेसियाेमा हकप्रद सेयर बिक्रीमा ल्याएकाे हाे । कम्पनीले सेयर बिक्रीका लागि भदौ १२ गते बुक क्लोज गरेकाे थियाे । भदौ ११ गतेसम्म नेपाल स्टक एक्सचेन्जमा सेयर काराेबार गरी कायम भएका सेयरधनीहरुले हकप्रद सेयरमा आवेदन दिन पाउनेछन् ।  इच्छुक लगानीकर्ताले सेयरमा असोज २५ गतेसम्म आवेदन दिन सक्नेछन् । यसका लागि मुक्तिनाथ क्यापिटल, अपि पावर कम्पनी, ट्रेड टावर थापाथली, मुक्तिनाथ… पुरा पढौ

दोस्रो पटक पनि प्रमाणीकरण भएन नागरिकता विधेयक

काठमाडौं, ५ असाेज । सङ्घीय संसद्का दुबै सदन (प्रतिनिधिसभा र राष्ट्रियसभा) ले दुई पटक पारित गरेको नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक निर्धारित समयभित्र प्रमाणिकरण हुन सकेन । सभामुख अग्प्रिसाद सापकोटाले पछिल्लो पटक उक्त विधेयक गत भदौ २० गते प्रमाणित गरी राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रमाणिकरणका लागि पठाएका थिए । नेपालको संविधानअनुसार राष्ट्रपतिले प्रमाणिकरण गरिसक्नुपर्ने १५ दिनको समयावधि आज राति १२ बजे समाप्त भएको छ । मङ्गलबार राति १२ बजेसम्म उक्त विधेयक प्रमाणिकरण नभएको राष्ट्रपतिका प्रमुख स्वकीय सचिव… पुरा पढौ

बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिममा मध्यम वर्षा

काठमाडौं, ५ असाेज । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले ओडिसा र पश्चिम बंगाल आसपास रहेको न्यून चापिय क्षेत्रको सामान्य प्रभाव रहेको जनाएकाे छ। हाल देशको बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा सामान्य भई केही स्थानहरुमा मेघ गर्जन र चट्याङ सहित हल्का देखी मध्यम वर्षा भईरहेको छ। बांकी प्रदेशहरुमा आंशिक देखि सामान्य बदली भइ एक-दुई स्थानहरुमा हल्का वर्षा भईरहेको छ।  असोज ५ गते (बुधबार) दिउँसो : देशभर आंशिक देखि सामान्य बदली रहनेछ। लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी… पुरा पढौ

यस्ताे छ नाडा ईभी एक्सपोमा नबिल बैंकको इलेक्ट्रिक गाडी कर्जा सम्बन्धी विशेष योजना

काठमाडौं, ४ असाेज । नबिल बैंकले चाडपर्वकाे अवसर पारेर इलेक्ट्रिक गाडीकाे कर्जा सम्बन्धी विशेष योजना ल्याएको छ।  बैंकले याे याेजना अनुसारकाे सुविधा नाडा ईभी एक्सपो-२०२२ मा उपलव्ध गराउने भएकाे छ । नाडाले असोज ६ गतेदेखि असोज ९ गतेसम्म काठमाडौंस्थित भृकुटीमण्डपमा आयोजना गर्न लागेकाे छ । बैंक नाडा ईभी एक्सपो–२०२२ मा सहभागी भएर ग्राहकका लागि निःशुल्क क्रेडिट कार्ड र विशेष छुट दिने भएकाे छ। बैंकले वातावरण तथा दिगो विकासका लागि विद्युतीय सवारीसाधनको आवश्यकता रहेको बताउँदै विशेष छुटकाे अफर ल्याएकाे बताएकाे छ… पुरा पढौ

सान्जेन जलविद्युतको आईपीओमा आवेदन दिने म्याद थप

काठमाडौं, ४ असोज । सान्जेन जलविद्युत कम्पनी लिमिटेडको आईपीओमा आवेदन दिने म्याद थप गरिएको छ । कम्पनीले गत भदौ ५ गतेदेखि निष्कासन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने म्याद आजसम्म रहेको थियो । तर माग बमोजिम आवेदन नपरेपछि कम्पनीले आगामी असोज ३० गतेसम्ममा लागि म्याद लम्ब्याएको हो । सिडिएस एन्ड क्लियरिङका अनुसार आज मंगलबार बिहान १० बजेसम्मा अति प्रभावितमा ६ लाख ४१ हजार ५६०, न्यून प्रभावितमा १८ लाख ४ हजार ६१०, प्रभावितमा २ लाख २७ हजार ४२० तथा सामान्य… पुरा पढौ

काभ्रेमा स्याटलाइटमार्फत इन्टरनेट उपलब्ध गराउन छलफल

काभ्रेपलाञ्चोक, ४ असोज । स्याटलाईटमार्फत नेपालका ग्रामीण भेगमा इन्टरनेट सेवा प्रदान गर्नेबारे काभ्रेपलाञ्चोकको धुलिखेलमा बृहत छलफलको आयोजना गरिएको छ । एशिया प्यासिफिक टेलिकम्युनिटी र नेपाल दूरसञ्चार प्राधिकरणको आयोजनामा ‘वर्तमान प्रविधिको प्रयोग र यसको उपादेयता’ विषयक तीन दिने दक्षिण एशियाली कार्यशालामा इन्टरनेट सेवामा नयाँ प्रविधिको विकासबारे छलफल हुनेछ । कार्यशालामा नेपालको ग्रामीण भेगमा स्याटलाइटमार्फत इन्टरनेट सेवा प्रदान गर्न तथा दक्षिण एशियामा टेलिकम्यूनिकेशनको क्षेत्रमा गर्न सकिने नयाँ प्रविधिको विषयमा वृहत छलफल हुनेछ । कार्यशालामा नेपाल, भारत, बङ्गलादेश, अफ्गानिस्तान, श्रीलङ्का, पाकिस्तान, माल्दिभ्स र… पुरा पढौ