मुख्य समाचार

बन्द भए हिमाली बस्तीका लघुजलविद्युत् आयोजना

चौतारा, ६ असोज । कुनै बेला सिन्धुपाल्चोकको हिमाली बस्तीका लागि वरदान साबित भएका लघुजलविद्युत् आयोजना बन्द भएका छन् । राष्ट्रिय प्रसारण लाइन पुगेपछि रु २५ लाखको लागतमा निर्माण गरिएको इन्द्रावती गाउँपालिका–३ कुञ्चोकमा रहेको २० किलोवाट क्षमताको झ्याँडीखोला लघुजलविद्युत् आयोजना उपभोक्ताले १० वर्षदेखि बन्द गराएका छन् । आयोजनाको तार पोल स्थानीयले भागबन्डा गरेर राष्ट्रिय प्रसारण लाइनमा प्रयोग गरेको स्थानीय टङ्क गिरीले बताए। पाँचपोखरी थाङपाल गाउँपालिका–८ थाङपालधापमा निर्मित जिल्लाकै पहिलो २७ किलोवाटको हाँडीखोला लघुजलविद्युत् परियोजना पनि गाउँमा राष्ट्रिय लाइनको विस्तारसँगै बन्द भएको… पुरा पढौ

समानुपातिकका लागि अस्थायी मतदाता नामावली आजदेखि शुरु

काठमाडौं, ६ असोज । निर्वाचन आयोगबाट प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीअनुसार हुने निर्वाचनका लागि आवश्यक पर्ने अस्थायी मतदाता नामावली सङ्कलन तथा अद्यावधिक आजदेखि शुरु हुँदैछ । अस्थायी मतदाता नामावलीमा समावेश गरिएका मतदाताले प्रतिनिधिसभातर्फको समानुपातिक निर्वाचन प्रणालीतर्फ मात्र मतदान गर्न पाउने व्यवस्था छ । यसरी अस्थायी मतदाता नामावलीमा नाम समावेश हुन आयोगबाट स्वीकृत अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको हुनुपर्नेछ । यस्ता मतदाताले प्रदेशसभातर्फको समानुपातिक निर्वाचन प्रणालीतर्फ भने मतदान गर्न पाउने छैनन् । सर्वोच्च अदालतले मतदाता नामावली ऐन, २०७३ मा… पुरा पढौ

यस्ताे छ आगामी ३ दिनको मौसम पूर्वानुमान

काठमाडौं, ६ असोज । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशको सुदूरपश्चिम प्रदेश र प्रदेश १ मा सामान्य बदली र बाँकी प्रदेशहरूमा आंशिक देखि सामान्य बदली रहेको जनाएको छ। प्रदेश १, मधेश प्रदेश, गण्डकी र बागमती प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको समेत बताइएकाे छ । असोज ६ गते (बिहीबार) दिउँसो : देशभर आंशिक देखि सामान्य बदली रहनेछ।  गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा… पुरा पढौ

४१ व्यक्ति र कम्पनीलाई कर तिर्न कामपाले दियाे १० दिने अल्टिमेटम

काठमाडौं, ५ असोज । काठमाडौं महानगरपालिकाले ४१ ठूला करदातालाई सम्पत्ति र घरबहाल कर तिर्न निर्देशनसहितको पत्र पठाएको छ । महानगरले विभिन्न ४१ संघसंस्था, व्यक्ति, कम्पनी र सरकारी निकायलाई घरजग्गा सम्पत्तिमा लाग्ने कर र घरबहाल कर तिर्न पत्रमार्फत् निर्देशन दिएको हो । यसरी पत्र काटिएकामा रेडक्रस, स्काउट, बरुण वेभरेज, रञ्जना ट्रेड सेन्टर, वर्ल्ड ट्रेड सेन्टर र सीटीसी मल लगायत छन् । यी संस्थालाई १० दिनभित्र वडा कार्यालयमा सम्पत्ति र घरबहाल कर तिर्न भनिएको छ । नतिरेको खणंडमा सरकारी बाँकी सरह असुल… पुरा पढौ

नेप्से १८४८.८२ विन्दुमा उक्लियो, कारोबार ७२ करोडमा सीमित

काठमाडौं, ५ असोज । साताको सेयर कारोबार हुने चौथो दिन बुधबार नेपाली सेयरबजार एक साताको नकारात्मक लयलाई परिवर्तन गर्दै सकारात्मक यात्रामा फर्केको छ । नेप्से सकारात्मक लयतर्फ फर्कदा लगानीकर्ताको मनोबल बढेको छ । तर कारोबार रकममा भने उल्लेखनिय प्रगति हुन सकेन । काराेबार रकम अर्बमा समेत पुग्न सकेन। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ११.२२ अंकले बढेर १८४८.८२ विन्दुमा उक्लिएको छ । सेन्सेटिभ इण्डेक्स २.०१ अंकले बढेर ३६०.८८ विन्दुमा पुगेकाे छ । यसदिन कुल २२६ कम्पनीको सेयर कारोबार भएको छ… पुरा पढौ

मुस्ताङ घोषणापत्र जारी गर्दै सकियाे मुस्ताङ पैरवी सम्मेलन

जोमसोम, ५ असोज । वन तथा वातावरण मन्त्रालयद्वारा मङ्गलबारदेखि मुस्ताङमा आयोजना गरिएको अन्तर्राष्ट्रिय दिगो पर्वतीय विकास वर्ष, २०२२ मुस्ताङ पैरवी सम्मेलन सम्पन्न भएको छ । उक्त सम्मेलनले आज दिगो पर्वतीय समाधानका लागि मुस्ताङ घोषणापत्र जारी गरेको छ । उक्त सम्मेलनले नेपाल सरकारबाट प्रदेश सरकार, स्थानीय सरकार, स्थानीय समुदाय तथा विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय साझेदारसँगको समन्वयमा अन्तर्राष्ट्रिय दिगो पर्वतीय विकास वर्ष, २०२२ को सन्दर्भमा २०७९ असोज ४ र ५ गने मुस्ताङमा आयोजित दिगो पर्वतीय समाधानका लागि मुस्ताङ पैरवी सम्मेलनले घोषणापत्र जारी गरेको छ… पुरा पढौ

वस्तुको मूल्य र आर्थिक विकाससम्बन्धी बृहत् अन्तरक्रिया

काठमाडौं, ५ असोज । विश्व बैंकसँगको सहकार्यमा वस्तुको मूल्य र आर्थिक विकास सम्बन्धी बृहत अन्तरक्रिया बैठक सम्पन्न भएको छ । नेपाल आर्थिक संघ र बैंक तथा वित्तीय संस्था परिसंघ (सिबिफिन) ले आयोजना गरेको अन्तरक्रिया बढेको मुद्रास्फीति, वित्तीय घाटा, विश्वव्यापी वस्तुको मूल्यवृद्धि र नेपालसहित दक्षिण एसियामा यसको प्रभावका विषयमा केन्द्रित रहेको थियो । साथै नेपालको अर्थतन्त्र भारतीय अर्थतन्त्रसँग जोडिएकोले भारतीय रुपैयाँसँगको अनपेगिङ गर्दा हुने फाइदा र बेफाइदाका विषयमा पनि अन्तरक्रियामा छलफल गरिएको थियो । यसबारेमा सिबिफिनका अध्यक्ष गोल्यानले भने, ‘जब भारतीय… पुरा पढौ

यती एयरलाइन्सले एक वर्षमा दियाे १० लाख यात्रुलाई सेवा

काठमाडौं, ५ असाेज । निजी क्षेत्रको यती एयरलाइन्सले एक वर्षको अवधिमा १० लाखभन्दा बढी यात्रुलाई सेवा प्रदान गरेको छ । काठमाडौँबाट भद्रपुर, विराटनगर, जनकपुर, सिमरा, पोखरा, भैरहवा, नेपालगञ्जलगायतका विमानस्थल र पर्वतीय उडान भर्दै आएको यती एयरलाइन्सले एक वर्षको अवधिमा १० लाख ५ हजार ६ सय ७७ यात्रुलाई यात्रुसेवा प्रदान गरेको हो। एयरलाइन्सले आज आफ्नो २४औँ वार्षिकोत्सवका अवसरमा जारी गरेको विज्ञप्तिमा एक वर्षमा १५ हजार नौ सय २५ वटा उडानमार्फत यात्रुलाई सेवा प्रदान गरेको जनाइएको छ । यतीले हवाइ सेवा प्रदान… पुरा पढौ

राष्ट्रपतिको कदम असंवैधानिक: सत्तारुढ चार दल

काठमाडौं, ५ असोज । सत्ता गठबन्धनमा रहेका चार राजनीतिक दलले राष्ट्रपति विद्यादेवी भण्डारीको कदम असंवैधानिक भएको बताएका छन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले संयुक्त विज्ञप्ति जारी गर्दै नागरिकता विधेयक प्रमाणीकरण नगरी राष्ट्रपतिले संविधानको पालना गर्नुपर्ने कर्तव्यको संवैधानिक व्यवस्थामाथि नै प्रहार गरेको निष्कर्ष निकालेको  छ । विज्ञप्तिमा राष्ट्रपतिको यो गैर संवैधानिक कदमबाट जनताले निर्वाचित गरेको संघीय संसदको घोर अपमान र अवमूल्यन भएको उल्लेख गरिएको छ । कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल… पुरा पढौ

जापान सरकारले नेपाललाई किन दियाे १६ अर्ब ?

काठमाडौं, ५ असोज । जापान सरकारले नेपाललाई १६ अर्ब बराबरको आर्थिक सहयोग प्रदान गरेको छ । यसरी प्राप्त सहयोगमा २ अर्ब बराबर अनुदान र १४ अर्ब ३० करोड बराबर ऋणका रुपमा रहेको छ । काठमाडौँ र पोखराको सहरी प्रसारण तथा वितरण प्रणाली सुधार आयोजना कार्यान्वयनका लागि जापानले १४ अर्ब २० करोड ऋण सहयोग गरेको हो । वार्षिक ०.०१ प्रतिशत ब्याजदर रहेको सहुलियतपूर्ण ऋणको भुक्तानी अवधि ३० वर्ष र थप १० वर्ष ग्रेस अवधि हुने व्यवस्था मिलाइएको छ ।  यसैगरी पूर्वी… पुरा पढौ