मुख्य समाचार

कुल पुँजीको कर्जा सीमा र न्यून अवधि तोकिँदा तरलताको अभाव : महासङ्घ

काठमाडौं, ४ असाेज । नेपाल उद्योग व्यापार महासङ्घले चालु पूँजीको कर्जाको सीमा वार्षिक अनुमानित कारोबारका आधारमा तोकिनु र कर्जाको अवधि एक वर्षभन्दा कम हुनुपर्ने राष्ट्र बैंकको निर्देशनले मुलुकको अर्थतन्त्रमा देखिएको समस्या समाधान हुन नसक्ने भन्दै तत्काल सच्याउन माग गरेको छ । महासङ्घका महासचिव खिमनारायण पराजुलीले एक विज्ञप्ति जारी गर्दै कूल पूँजीको कर्जा सीमा र कर्जाको न्यून अवधि तोकिँदा तरलताको अभाव भएको वर्तमान अवस्थामा निकै अव्यावहारिक भएको जनाए। नेपाल राष्ट्र बैंकले गत भदौ ७ गते चालु पूँजी कर्जा मार्ग दर्शन जारी… पुरा पढौ

भन्सार छलेर ल्याइएका १४ कार्टुन माछा नष्ट

भरतपुर, ४ असोज । भारतबाट भन्सार छलेर ल्याइएका माछा नष्ट गरिएको छ । चितवनको भरतपुर महानगरपालिका–१ रामनगरबाट अवैधरूपमा भित्र्याइएका १४ कार्टुन माछा नियन्त्रणमा लिएर नष्ट गरिएको हो । वीरगन्ज महानगरपालिका–२५ बस्ने ३० वर्षीय पुष्प साहले पोखरा जाँदै गरेको ना७ख ८८२२ नंको रात्रिबसको डिक्कीमा लोड गरेर ल्याएको माछा इलाका प्रहरी कार्यालय रामनगर, सशस्त्र प्रहरी बल आँपटारी र मत्स्य व्यवसायी सङ्घले संयुक्तरूपमा नियन्त्रणमा लिएका हुन् । बसमा १२ कार्टुन नैनी माछा, एक–एक कार्टुन रहु र पङ्गास माछा ल्याइएको थियो । करिब पाँच… पुरा पढौ

प्रदेश १, बागमती, गण्डकी प्रदेश, लुम्बिनी र सुदूरपश्चिममा वर्षाको सम्भावना

काठमाडौं, ४ असाेज । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा  सरदर स्थानको आसपासमा अवस्थित रहेको जनाएकाे छ। हाल देशभर आंशिक देखि सामान्य बदली रही  देशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित हल्का  वर्षा भइरहेको जनाएकाे छ।  असोज ४ गते (मंगलबार) दिउँसो : देशभर आंशिक देखि सामान्य बदली रहनेछ। प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम, लुम्बिनी प्रदेशको एक-दुई… पुरा पढौ

नबिल फ्लेक्सी क्याप फण्ड र सानिमा ग्रोथ फण्ड निष्कासनमा सेबाेनकाे स्वीकृति

काठमाडौं, ३ असाेज । नेपाल धितोपत्र बोर्डले थप २ वटा म्युचुअल फण्ड निष्कासन गर्नका लागि अनुमति दिएकाे छ । सेबाेनले नबिल फ्लेक्सी क्याप फण्ड र सानिमा ग्रोथ फण्ड निष्कासन गर्नका लागि स्वीकृति दिएकाे हाे । "नबिल फ्लेक्सी क्याप फण्ड" याे खुल्लामुखी याेजना हाे। कोषकाे प्रवद्धक नबिल बैंक लिमिटेड रहेकाे छ भने योजना व्यवस्थापक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेकाे छ । "नबिल फ्लेक्सी क्याप फण्ड" काे ७ करोड ५० लाख इकाई निष्कासन हुनेछ । "सानिमा ग्रोथ फण्ड" याे बन्दमुखी याेजना हाे । कोषकाे प्रवद्धक सानिमा बैंक लिमिटेड रहेकाे छ भने… पुरा पढौ

सान्जेन जलविद्युतको सेयरमा मंगलबारसम्म आवेदन दिन पाइने

काठमाडौं, ३ असाेज । सेयरमा लगानी गर्न चाहने लगानीकर्ताका लागि असाेज ४ गतेसम्म सेयरकाे माग फाराम भर्ने अन्तिम माैका रहेकाे छ । लगानीकर्ताले सान्जेन जलविद्युत कम्पनीले बिक्रीमा ल्याएकाे सेयरमा मंगलबारसम्म आवेदन दिन सकिने भएकाे हाे । हालसम्म सेयरमा २३ करोड ८ लाख १४ हजार रुपैयाँ बराबरको आवेदन पेश भएकाे छ । आइतबार बेलुकासम्ममा १२ हजार ८२ जना आवेदकले २३ लाख ८ हजार १४० कित्ताका लागि आवेदन पेश गरेका छन् । कम्पनीका अनुसार १३ लाख ४१ हजार ८६० कित्ता सेयर बिक्री… पुरा पढौ

नेपालकाे संवैधानिक इतिहास र यसको विकासक्रम

"संविधान त्यस्तो दस्तावेज हो, जसले सरकारका मुख्य अङ्गहरुकाे गठन र कार्यपद्धतिलाई व्यवस्थित गर्ने कार्य गर्दछ”- यो भनाई बेलायती संविधानविद् सर आइवर जेनिकको हो । आधुनिक संविधानलाई देशको मूल कानुनको रुपमा व्याख्या गरिएको छ । नेपाल सरकारको वैधानिक कानुन २००४ र नेपालको अन्तरिम शासन विधान २००७ ले यो कुरालाई स्विकार गरेको पाइदैन । संविधानको इतिहासलाई हेर्दा आरस्तुको पालादेखि नै संविधानको अस्तित्व प्रष्ट हुन आउछ। उनले ५८ वटा देशका संविधानको अध्ययन गरेको इतिहासले बताउँछ। यद्यपि त्यस बखतका संविधानहरु लिखित थिएनन । लिखित… पुरा पढौ

सिक्लेस हाइड्रोपावरको सेयरमा १६ गुणा ओभर सब्सक्राइब्ड

काठमाडौं, २ असाेज । सिक्लेस हाइड्रोपावरले बिक्रीमा ल्याएकाे सेयरमा आज अन्तिम दिनसम्म आउँदा १६ गुणा बढीले ओभर सब्सक्राइब्ड भएकाे छ ।  कम्पनीले सर्वसाधारणका लागि भदौ २९ गतेदेखि रु १०० रुपैयाँ अंकित मूल्यकाे ११ लाख ५० हजार कित्ता सेयर बिक्रीमा ल्याएकाे थियो। यसमा आवेदन दिन पाइने म्याद आजसम्म ताेकिएकाे थियाे । कुल सेयरबाट ५७ हजार ५०० कित्ता सामूहिक लगानी कोषका लागि रहेकाे छ । ३४ हजार ५०० कित्ता सेयर कर्मचारीका लागि रहेकाे छ भने बाँकी १० लाख ५८ हजार कित्ताका लागि… पुरा पढौ

मुक्तिनाथ आशिर्वाद बचत खातामा १ करोड १ लाखकाे बीमा

काठमाडौं, २ असाेज । मुक्तिनाथ विकास बैंकले १ करोड १ लाख रूपैयाँसम्मको बीमा सुविधा दिने “मुक्तिनाथ आशिर्वाद बचत खाता” योजना ल्याएको छ । बैंकले निक्षेपकर्ताहरुको हितकाे लागि लाभदायी ब्याजदर रहेकाे साे याेजना नेपालमै पहिलो पटक सञ्चालनमा ल्याएको दावि गरेकाे छ । 'बैंकले अब खुशीको छैन कुनै सीमा' मूलमन्त्रका साथ मुक्तिनाथ आर्शिवाद बचत खाता संचालनमा ल्याएको हाे। यस नयाँ योजनामा बैंकमा तोकिएको रकम अनुसारको खाता खोलेका ग्राहकले लाभदायी ब्याजदरका साथमा १ करोड १ लाख सम्मको बीमा सुविधा पाउने भएका छन् ।… पुरा पढौ

‘टुकुचामाथि बनेका संरचना तत्काल नभत्काउनू’ : उच्च अदालत

काठमाडौ, २ असोज । टुकुचा खोलाको सुरुङमाथि बनेका संरचना तत्काल नभत्काउन उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।  आइतबार न्यायाधीश दिपेन्द्रबहादुर बमको एकल इजलासले जारी गरेको आदेशमा 'कानुनबमोजिम रित पुर्‍याएर संरचना बनाएकाले उचित मुआब्जा नदिई संरचनाहरू हटाउन नमिल्ने' उल्लेख गरिएको छ । अदालतले अन्तरिम आदेशको छलफलका लागि अदालतले दुवै पक्षलाई बुधबार बोलाएको छ । काठमाडौं महानगरका मेयर बालेन शाहको अगुवाईमा असन, जयनेपाल हल, धोबिखोला करिडोर लगायतका ठाउँमा सार्वजनिक जग्गमा मिचेर र नक्शापास नगरी बनाइएका संरचना भत्काउने क्रम जारी छ । सार्वजनिक… पुरा पढौ

नेपाल र विश्व बैंकबीच १८ अर्ब ऋण सम्झौतामा हस्ताक्षर

काठमाडौं, २ असोज । नेपाल सरकार र विश्व बैंकबीच क्षेत्रीय यातायात तथा व्यापार आवद्धता अभिवृद्धि तथा आवद्धता आयोजनाका लागि २७ करोड ५० लाख डलर (रु ३४ अर्ब ९६ करोड ) र डिजिटल नेपाल गतिवृद्धि (डिएनए) आयोजनाका लागि १४ करोड डलर (रु १८ अर्ब)को सहुलियतपूर्ण ऋणसम्बन्धी वित्तीय सम्झौतामा हस्ताक्षर भएको छ । अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ तथा विश्व बैङ्कका दक्षिण एसिया क्षेत्रीय उपाध्यक्ष मार्टिन राइजरको उपस्थितिमा नेपाल सरकारका तर्फबाट अर्थ मन्त्रालयका सचिव कृष्णहरि पुष्कर र माल्दिभ्स, नेपाल र श्रीलङ्काका लागि विश्व… पुरा पढौ