मुख्य समाचार

१८७६.४१ विन्दुमा झर्यो नेप्से, लक्ष्मी बैंकको कारोबार २१ कराेड

काठमाडौं, २ असोज । सातामा सेयरकाे पहिलो कारोबार हुने दिनमा सेयर बजार सकारात्मक लयमा जाला कि भन्ने लगानीकर्ताको अपेक्षा अपूरो भएको छ । साताको सेयर कारोबार हुने पहिलो दिन आईतबार नेपाली सेयर बजारले आरालोको यात्रा तय गर्दा लगानीकर्ताको मनोबल घटेको छ । ठीक यहि समयमा नेपाल धितोपत्र बोर्डले आज नयाँ स्टक एक्सचेन्ज, कमोडिटिज एक्सचेन्ज र ब्रोकर लाइसेन्सका लागि आवेदन खुला गरेपछि त्यसैकाे असर सेयर बजारमा देखिएकाे छ । पुँजीबजारकाे विकास र विस्तारका लागि कदम सकारात्मक भएपनि शुरुआती दिनमा त्यसकाे नकारात्मक… पुरा पढौ

मानवअधिकार रक्षककाे सुरक्षाका लागि प्रभावकारी कानून आवश्यक : पोखरेल

पोखरा, २ असोज । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकीले मानवअधिकार रक्षकको अवस्थाका बारेमा पाेखरामा छलफल गरेको छ । आज आयोजना गरिएको प्रदेशस्तरीय छलफलमा बोल्दै गण्डकी प्रदेश सभाका सचिव हरिराज पोखरेलले अन्याय र अत्याचारको विरुद्धमा लड्ने व्यक्ति नै मानवअधिकार रक्षक भएकाले उनिहरुको रक्षाका लागि प्रभावकारी कानूनको आवश्यकता औंल्याए । सेवा प्रदायकले सेवाग्राहीको नजरबाट हेर्दा समाजका हरेक क्षेत्रमा विकृति र विसंगति व्याप्त रहेको उनको भनाइ थियो । सन् २०२१ को तथ्यांक हेर्दा २ सय जना मानवअधिकार रक्षकमाथि दुर्व्यवहार भएको तथ्यांक प्रस्तुत… पुरा पढौ

निलम्बित प्रधानन्यायाधीश राणाको निवासबाहिर सुरक्षामा कडाई

काठमाडौं, २ असोज । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको निवासमा प्रहरीको निगरानी बढाइएको छ । महाअभियोग प्रस्ताव आएसँगै निलम्बित जबराले आफू सर्वोच्च अदालत आउने उद्घोष गरेपछि बालुवाटारमा रहेको उनको निवास अगाडि प्रहरीको तैनाती बढाइएको हो । सुरक्षाकर्मीले जबरा निवासबाट बाहिर जान सक्ने भएकाले त्यहाँबाट निस्कने सबै सवारीको कडाईका साथ निगरानी गरिरहेका छन् । संसदको कार्यकाल सकिएसँगै आफूमाथिको महाअभियोग प्रस्ताव पनि स्वतः निष्कृय भएको उनको तर्क छ । त्यसै तर्कमा टेकेर उनले आज सर्वोच्च अदालतमा उपस्थित हुने बताएका थिए । यसैलाई… पुरा पढौ

विमानस्थल निजगढमै उपयुक्त : विज्ञ समूह

काठमाडौं, २ असाेज । प्रधानमन्त्री शेरबहादुर देउवालाई अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्बन्धमा सरकारले गठन गरेको विज्ञ समूहले अध्ययन प्रतिवेदन हस्तान्तरण गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान आयोजित कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डययनमन्त्री जीवनराम श्रेष्ठको उपस्थितिमा विज्ञ समूहका संयोजक वीरेन्द्रबहादुर देउजाले प्रधानमन्त्री देउवालाई प्रतिवेदन हस्तान्तरण गरे। सर्वोच्च अदालतको परमादेशअनुसार पूर्ण क्षमताको अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि अध्ययन गरी प्रतिवेदन पेश गर्न मन्त्रिपरिषद्को गत साउन २६ गतेको निर्णयानुसार गठित विज्ञ समूहले अध्ययन प्रतिवेदन तयार गरेको हो । नेपालको दूरगामी विकास तथा… पुरा पढौ

‘जलवायु सङ्कटकाल’ घोषणाको तयारीमा वन मन्त्रालय

काठमाडौं, २ असोज । वन मन्त्रालयले ‘जलवायु सङ्कटकाल’ घोषणा गर्ने तयारी गरेको छ । जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसङ्घीय सम्मेलन (कोप–२७) को मिति नजिकिँदै गर्दा वन तथा वातावरण मन्त्रालयले ‘जलवायु सङ्कटकाल’ घोषणा गरेर विश्वको ध्यान केन्द्रित गर्ने योजना बनाएको हो । संयुक्त राष्ट्रसङ्घले नै विश्वभर जलवायु परिवर्तनका कारण मानवीय सङ्कट सुरु भएको भनेकाले नेपाल जस्तो उच्च जोखिमयुक्त मुलुक पनि यस विषयमा गम्भीर हुन जरुरी रहेको निष्कर्षमा वन तथा वातावरण मन्त्रालय पुगेको बताइएको छ । वन तथा वातावरणमन्त्री प्रदीप यादवले ‘जलवायु सङ्कटकाल’ घोषणा… पुरा पढौ

धितोपत्र बोर्डद्वारा नयाँ स्टक एक्सचेञ्जका लागि आवेदन माग

काठमाडौं, २ असोज । नेपाल धितोपत्र बोर्डले नयाँ स्टक एक्सचेन्जका लागि आवेदन माग गरेको छ । बोर्डले ब्रोकर, नयाँ स्टक एक्सचेञ्ज तथा नयाँ वस्तु विनिमय बजार सञ्चालनको लागि आवेदन माग गरेको हो । यसका अगि बोर्डले सूचना जारी गरेको छ । धितोपत्र दलाल तथा धितोपत्र व्यापारीको रुपमा धितोपत्र व्यवसाय गर्न इच्छुक तथा धितोपत्र सम्बन्धी ऐन तथा नियमावली बमोजिम योग्यता पुगेका संस्थाले तीस दिनभित्र आवेदन दिनसक्ने बोर्डले जनाएको छ । यसका लागि धितोपत्र व्यवसायी नियमावली, २०६४ मा तोकिए बमोजिम निवेदन, निवेदन… पुरा पढौ

राष्ट्रपतिले दिइन जितिया पर्वको शुभकामना

काठमाडौं, २ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले जितिया पर्वका अवसरमा शुभकामना व्यक्त गरेकी छिन् । उनले सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यका लागि शुभकामना व्यक्त गरेकी हुन‍् । राष्ट्रपतिको कार्यालयबाट जारी सन्देशमा राष्ट्रपति भण्डारीले जितिया पर्वजस्ता मौलिक चाडपर्वको माध्यमबाट भूगोल, जाति, भाषा र संस्कृतिका हिसाबले विविधतायुक्त नेपाली समाजमा आपसी सम्मान, सद्भाव र सहिष्णुताको भावना जागृत गर्दै बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरेकी छिन् । 'एकातिर हामीले हाम्रा भौतिक तथा अभौतिक सांस्कृतिक सम्पदाहरूको संरक्षण र… पुरा पढौ

पर्साका २ पालिकाद्वारा १ अर्ब बढीकाे बजेट सार्वजनिक

वीरगञ्ज, २ असोज । पर्साका २ पालिकाले आर्थिक वर्ष २०७९-८० को नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन् । आव २०७९-८० बजेट गत असार १० गते नै प्रस्तुत गरी सार्वजनिक गर्नुपर्ने भए पनि पर्साको बहुदरमाई नगरपालिका र कालिकामाई गाउँपालिकाले बल्ल बजेट सार्वजनिक गरेका छन् । लामो समयदेखि जनप्रतिनिधिबीच बजेट बाँडफाँटमा विवाद देखिएपछि दुवै पालिकाको बजेट सार्वजनिक हुनसकेको थिएन । बहुदरमाई नगरपालिकाले रु ६७ करोड ७९ लाख ११ हजार बराबरको अनुमानित बजेट प्रस्तुत गरेको छ । सङ्घीय सरकारको समानीकरण अनुदानतर्फ रु १३… पुरा पढौ

संस्कृतिका विशिष्ट पहिचानका विशेषतालाई जितिया पर्वले समेटेको छ : प्रधानमन्त्री देउवा

काठमाडौं, २ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको तराई क्षेत्रमा धार्मिक र सांस्कृतिक महत्वका साथ मनाइने जितिया पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुस्वास्थ्य र दीर्घायूको शुभकामना व्यक्त गरेका छन्। आश्विन कृष्ण अष्टमीका दिन विशेषगरी तराईबासी मधेसी र थारु महिलाहरूले जितिया पर्वलाई आफ्नो सन्तानको सुख, शान्ति र प्रगतिको कामनासहित मनाउने एउटा उत्साहजनक एवं विशिष्ट पहिचान भएको पर्व हो । उनले शुभकामना सन्देशमार्फत हाम्रा संस्कृति र संस्कारमा रहेका विशिष्ट पहिचानका विशेषतालाई जितिया पर्वले पनि समेटेको उल्लेख गरेका छन् ।… पुरा पढौ

झापामा भारतबाट आयातित मरेको माछा बिक्रीमा रोक

बनियानी, २ असोज । झापाका माईपूर्वका स्थानीय तहमा भारतबाट आयात हुने मरेको माछा बिक्री–वितरणमा रोक लगाउने निर्णय गरिएको छ । जिल्लाको बिर्तामोडमा सरोकारवाला निकायहरूसँग भएको छलफलमा उक्त निर्णय गरिएको हो। बिर्तामोड नगरपालिका नगरप्रमुख पवित्रा महतारा प्रसाईँकाे अध्यक्षतामा जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय, कृषि ज्ञान केन्द्र, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय र माईपूर्व (बुद्धशान्ति, बिर्तामोड, कनकाई, अर्जुनधारा, कचनकवल, झापा गाउँपालिका)का पालिका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख प्रशासकीय अधिकृतहरूको भेलाले भारतबाट आयात गरिने मरेका माछा बिक्री–वितरणमा रोक लगाउने निर्णय… पुरा पढौ