मुख्य समाचार

देशभर बदली, मेघ गर्जन चट्याङसहित वर्षाकाे संभावना

काठमाडाैं, २ असाेज । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा पश्चिमी भू-भागमा सरदर स्थानमा र पूर्वी भू-भागमा सरदर स्थान भन्दा उत्तरमा अवस्थित रहेको जनाएकाे छ । हाल देशभर सामान्य बदली रही सुदूरपश्चिम तथा लुम्बिनी प्रदेशको थोरै स्थान र बाँकी प्रदेशको एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ। असोज २ गते (आइतबार) दिउँसो : देशभर आंशिक देखि सामान्यतया बदली रहनेछ। देशका पहाडी भू-भागका केही स्थानहरूमा र बाँकी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको… पुरा पढौ

करेन्ट लागेका साथीलाई बचाउन लाग्दा झण्डै आफैं सिद्धिएको : उपसचिव पाेखरेल

नेपाल सरकारको उपसचिव, ईश्वरीप्रसाद पोखरेल नेपाली राजनीतिक तथा प्रशासनिक क्षेत्रमा शिक्षा सेवाका माध्यमबाट धेरै चिरपरिचित व्यक्तित्व हुन् । प्रशासनिक क्षेत्रमा हुने गरेका बेथितिका बारेमा एक्लै प्रश्न उठाउँदै माइतीघर मण्डलामा उभिएर ब्यानर समाएर सच्चिन अनुनय गर्ने उनै हुन् । विद्राेही स्वभावका उनका बारेमा सरकारी जागीर, घरगृहस्थ र शिक्षादीक्षा तथा सामाजिक दायित्वका विषयमा नेपाली सञ्चारजगतले धेरै प्रश्न गर्दै आएको छ । तिनै उपसचिवले आफ्ना विगतका ऐतिहासिक कालखण्डको घटनावली स्मरण गर्दा कहाली लाग्दो कालको साक्षात्कार गर्न पुगेको विवरण पनि प्रस्तुत गरेका छन् ।… पुरा पढौ

प्रतिनिधिसभाको चालु अधिवेशन अन्त्य

काठमाडौं, २ असाेज । प्रतिनिधिसभाको चालु ११औँ अधिवेशन गएराति १२ः०० देखि अन्त्य भएको छ । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको शनिवारकाे बैठकमा सो सम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउँदै उक्त जानकारी गराएका थिए । नेपालको संविधानअनुसार सरकारको सिफारिसमा राष्ट्रपतिले संसद्को अधिवेशन प्रारम्भ र अन्त्य गर्ने संवैधानिक व्यवस्था छ । पुरा पढौ

वरिष्ठ आँखा चिकित्सक डा रुइत र प्रेरक ज्ञवाली अभिनन्दित

काठमाडौं, १ असोज । नागरिक समूहले तिलगङ्गा आँखा अस्पतालका निर्देशक तथा वरिष्ठ आँखा चिकित्सक डा सन्दुक रुइत र प्रेरक वक्ता सुधन ज्ञवालीलाई अभिनन्दन तथा सम्मान गरेको छ । समूहले आज आयोजित ‘अबको दृष्टि, स्वाभिमानसहितको समृद्धि’ विषयक अन्तक्र्रिया तथा अभिनन्दन कार्यक्रममा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उनीहरूलाई अभिनन्दन गरे। पूर्वी पहाडी जिल्ला ताप्लेजुङको चिनियाँ सीमावर्ती गाउँ ओलाङचुङगोलामा जन्मिएका डा रूइतलाई सन् २००६ मा रमन म्याग्सेसे पुरस्कार प्रदान गरिएको थियो । विश्वविख्यात सरल र कम लागतको मोतियाविन्दुको चिकित्सा पद्धति ‘रुइतेक्टोमी’ का सुरुआतकर्ताका रूपमा… पुरा पढौ

मिटरब्याज पीडित र सरकारबीच सम्झौता, आन्दोलनका कार्यक्रम स्थगित

काठमाडौं, १ असोज । गृहमन्त्रालय र मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर सङ्घर्ष समितिबीच पाँच बुँदे सहमति भएको छ । सहमतिपछि सङ्घर्ष समितिले काठमाडौँको माइतीघरमा साढे एक महिनाभन्दा लामो समयदेखि गर्दै आएकाे आन्दोलनका कार्यक्रम स्थगित गर्ने जनाएको छ । गृहमन्त्री बालकृष्ण खाणको समुपस्थितिमा गृहमन्त्रालयमा आज भएको वार्तामा पाँचबुँदे सहमति भएको हो । सहमतिमा मन्त्रालयका तर्फबाट मिटरब्याज अपराध नियन्त्रण सिफारिस कार्यदलका संयोजकसमेत रहेका सहसचिव डा भीष्मकुमार भुसाल तथा सङ्घर्ष समितिकोतर्फबाट अध्यक्ष रामसुरत गुप्ताले हस्ताक्षर गरे। मन्त्रालय र समितिबीच मिटरब्याजी परिवारको सम्पत्ति छानविन… पुरा पढौ

‘सरोजगोपाल स्मृति सांगीतिक साँझ’ सम्पन्न

पोखरा, १ असोज । गायक सरोजगोपाल बज्राचार्यको आठौं स्मृति दिवसका अवसरमा शनिबार पोखरामा ‘सरोजगोपाल स्मृति सांगीतिक साँझ’ सम्पन्न भएको छ । पोखरेली युवा सांस्कृतिक परिवारले संस्थाका संस्थापक अध्यक्ष रहेका गायक बज्राचार्यको सम्झनामा आयोजना गरेको सांगीतिक साँझमा विभिन्न गायक गायिकाहरुले बज्राचार्यद्धारा स्वरबद्ध गीतहरु प्रस्तुत गरेका थिए । कार्यक्रममा कलाकार बाबा राणा, तारा थापा, कविता आलेमगर, रामभक्त जोजिजू, इतु जोजिजू, विनोद बानियाँ, विनित जोजिजू, फिरोजगोपाल बज्राचार्य र आनन्दराज बज्राचार्यले प्रस्तुति दिएका थिए । ‘करोडौं मुटुहरुकाे एउटै ढुकढुकी नेपाल, जोवन साँचेको मैले, गाइले… पुरा पढौ

लोकतन्त्र, राष्ट्रियता र विकासको अभियानले हार्न हुँदैन : अध्यक्ष ओली

काठमाडौं, १ असोज । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाली जनता, लोकतन्त्र, राष्ट्रियता र विकासको अभियानले हार्न नहुने बताए भएको छ । संविधान दिवसका अवसरमा एमालेले आज आयोजना गरेको पदयात्रा (वाकथन) मा उनले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा देश, जनता, लोकतन्त्र, संविधान, भ्रष्टाचार विरोधी अभियान, सुशासनको प्रयास र विकासको अभियानलाई हार्न नदिने बताए। उनले संविधान जारी गरेपछि सामाजिक, राजनीतिक, आर्थिक, सांस्कृतिक क्षेत्रमा असाधारण प्रगति हासिल गरेको बताए। उनले संविधान दिवसलाई जनताको दिवस मनाउनुपर्ने भन्दै लोकतन्त्र, राष्ट्रियता,… पुरा पढौ

सुदूरमा पहिरो र डुबान : अछाममा १७ जनाको मृत्यु

महेन्द्रनगर, १ असोज । लगातारको वर्षासँगै आएको पहिरो र डुबानका कारण सुदूरपश्चिम प्रदेश नराम्ररी प्रभावित बनेको छ । पहिराका कारण अछाममा ठूलो जनधनको क्षति भएको छ । अछामका निमित्त प्रमुख जिल्ला अधिकारी दीपेश रिजालका अनुसार जिल्लाका विभिन्न पालिकामा पहिरोमा परी हालसम्म १७ जनाको मृत्यु भएको छ भने छ जना बेपत्ता छन् । उनका अनुसार घाइते ११ जनाको उद्धार गरी नेपाली सेनाको हेलिकप्टरमा उपचारका लागि सुर्खेत लगिएको छ । उपचारका लागि जिल्ला अस्पताल लगिएको छ । हालसम्म तुर्माखाँद गाउँपालिका–५ मा चार,… पुरा पढौ

एनआईसी एशिया बैंकको ‘दशैं-तिहार महोत्सव’: भाटभटेनी, सेल्सबेरी, बिगमार्ट लगायतमा २०% छुट

काठमाडौं, १ असाेज । समयअनुरुप ग्राहकमैत्री योजना ल्याउदै गतिशील बैंकिङ्गको अभ्यास गर्दै आईरहेको यस एन आई सी एशिया बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्नका निमित्त नेपालीहरूको महान चाड दशैं, तिहार, छठ लगायतका पर्वको पावन अवसरमा आफ्ना ग्राहक महानुभावहरू समक्ष ‘दशैं–तिहार महोत्सव’ योजना सार्वजनिक गरेको छ । यस योजनामार्फत भाटभटेनी सुपरमार्केट, सेल्सबेरी, बिगमार्ट, साथीमार्ट (५ वटा शाखामा) लगायत दर्जनौ मर्चेन्टहरूमा विभिन्न सामग्री खरिद गरी डिजिटल भुक्तानी गर्दा २० प्रतिशतसम्म क्यासब्याक तथा छुट प्राप्त हुने नायब प्रमुख कार्यकारी अधिकृत, प्रमुख सूचना अधिकारीले सुधिर नाथ पाण्डेले जानकारी दिएका छन्… पुरा पढौ

दसैँका लागि अग्रिम टिकट बुकिङ खुला

काठमाडौं, १ असाेज । दसैँ, तिहार तथा छठ पर्व मनाउन घर जाने यात्रुलाई लक्ष्य गरेर सरकारले आजदेखि अग्रिम टिकट बुकिङ खुला गरेको छ ।देशका विभिन्न क्षेत्रबाट सङ्घीय राजधानी काठमाडौँमा अध्ययन, व्यापार, व्यवसाय तथा रोजगारीका लागि आएकाहरु चडपर्व मनाउन घर जानेहरुका लागि अग्रिम टिकट बुकिङ खुला गरिएको हो । एकैपटक लाखौँ व्यक्तिले काठमाडौँ छोड्ने हुँदा यात्रुको भीड बढ्ने भएकोले विगतदेखि नै दसैँ अगाडि टिकटको अग्रिम बुकिङ खुला गरिँदै आइएको छ । यातायात व्यवसायी, ट्राफिक प्रहरी र सरोकारवाला निकायको सहकार्यमा गत भदौ… पुरा पढौ