मुख्य समाचार

निर्वाचन खर्च विवरण नबुझाउने उम्मेदवारलाई साढे ७ लाख जरिवानासहित कारबाही

काठमाडौं, १ असाेज। निर्वाचन आयोगले निर्वाचनसम्बन्धी कानुन तथा आचारसंहिताबमोजिम गत वैशाख ३० गतेको स्थानीय तहको निर्वाचनमा भएको खर्च विवरण नबुझाउने उम्मेदवारलाई रु सात लाख ५० हजारसम्मको जरिवनासहित कारबाही गरेको छ । निर्वाचन आयोग ऐन, २०७३ को दफा २५, स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ६४ को उपदफा ४ र स्थानीय तह निर्वाचन नियमावली, २०७३ को नियम ४० बमोजिम निर्वाचन परिणाम घोषणा भएको मितिले ३० दिनभित्र निर्वाचन खर्चको विवरण नबुझाउने उम्मेदवारलाई कारबाही गरिएको हो । निर्वाचन खर्चको विवरण नबुझाउने एक… पुरा पढौ

प्रदेश १, मधेश, कर्णाली, सुदूरपश्चिम, बागमती र लुम्बिनीमा वर्षाकाे सम्भावना

काठमाडाै‌, १ असाेज । उर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा पश्चिमी भू-भागमा सरदर स्थानमा र पूर्वी भू-भागमा सरदर स्थान भन्दा उत्तरमा अवस्थित रहेको जनाएकाे छ। साथै भारतको उत्तर प्रदेशको आसपासमा न्यून चापीय क्षेत्र पनि अवस्थित रहेको छ। हाल देशको प्रदेश १, मधेश प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य देखि पूर्ण बदली रही बाँकी प्रदेशमा आंशिक देखि सामान्यतया बदली रहेको छ । प्रदेश १, मधेश प्रदेश, कर्णाली, सुदूरपश्चिम, बागमती प्रदेश, लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम… पुरा पढौ

भैरहवा विमानस्थलबाट जजिरा एयरको सातामा ७ उडान

काठमाडौं, १ असाेज । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आजदेखि जजिरा एयरवेजले हप्तामा सातवटा उडान सुरु गरेको छ । गएको जेठदेखि हप्ताको तीन उडान भर्दै आएको कुवेतको जजिरा एयरवेजले सात उडान सुरु गरेको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले जनाएको छ । भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा वैदेशिक यात्रामा जाने यात्रुको सङ्ख्या बढ्दै गएपछि जजिरा एयरवेजले आफ्नो उडान हप्तामा सातै दिन राखेको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक ई प्रदीप अधिकारीले जानकारी दिए। अनुसार भैरहवामा श्रमको कार्यालय सञ्चालनमा आएसँगै यात्रु… पुरा पढौ

सिक्लेस हाइड्रोपावरकाे सेयरमा आवेदनको ओइराे, १ अर्ब १० करोड बढीकाे माग

काठमाडौं, ३१ भदाै । सिक्लेस हाइड्रोपावरकाे सेयरमा आवेदनको ओइराे लागेकाे छ । कम्पनीले बुधबारबाट जारी गरेकाे सेयरमा १ अर्ब १० करोड ३७ लाख ४५ हजार रुपैयाँ बराबरको १ करोड १० लाख ३७ हजार ४५० कित्ता सयरका लागि आवेदन परेको छ । सेयरमा ९ लाख ७२ हजार ७९३ आवेदन परेको छ । सीडीएस एन्ड क्लियरिङ लिमिटेडले जनाए अनुसार सर्वसाधारणले शुक्रबारसम्म १ अर्ब १० करोड ३७ लाख ४५ हजार रुपैयाँ बराबरको १ करोड १० लाख ३७ हजार ९४५ कित्ताका लागि आवेदन दिएका हुन् ।   कम्पनीले… पुरा पढौ

प्रमुख श्रम गन्तव्य मुलुक साउदीसँग छिट्टै श्रम समझदारी हुने

काठमाडौं, ३१ भदौ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले प्रमुख श्रम गन्तव्य मुलुक साउदी अरेबियासँग छिट्टै श्रम सम्झौता हुने बताएका छन् । शिष्टाचार भेटका लागि आज सिंहदरबार पुगेका नेपालका लागि साउदी अरेबियाका राजदूत साद नासेर अब्दुल्ला अबु हैमदलाई मन्त्री कुँवरले दुई देशबीचको श्रम सम्झौताको काम अगाडि बढिरहेको बताए। सो अवसरमा उनीहरुबीच साउदीमा काम गर्ने नेपाली श्रमिकको सुरक्षाका विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ । मन्त्री कुँवरले साउदी अरेबियामा काम गर्दै आएका नेपालीको समस्या र उनीहरुको सुरक्षाका लागि सहकार्य… पुरा पढौ

दसैंको साइत असोज १९ गते ११ः५१ बजे (सूचीसहित)

काठमाडौं, ३१ भदौ । यस वर्ष विजयादशमीको साइत असोज १९ गते बुधबार बिहान ११ः५१ बजे उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । त्यस दिन बिहान १०ः३४ बजे देवी विसर्जन गरी ११ः५१ बजेको साइतमा मान्यजनबाट देवीको प्रसादका रूपमा टीका लगाउन सकिने समितिले जनाएको छ । पूर्वी मोहडा गरेर टीका लगाउनुपर्ने पनि समितिले जनाएको छ । विजयादशमीका दिन दिनभर टीका लगाउन सकिने भए पनि साइतमै टीका लगाउन चाहनेका लागि यो साइत दिइएको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए।… पुरा पढौ

भारतबाट फेरि घटेर आयो इन्धनको मूल्य

काठमाडौं, ३१ भदौ । भारतीय आयल निगम आईओसीले फेरि पेट्रोलियम पदार्थको घटेको मूल्यसूची पठाएको छ । आज नेपाल आयल निगमलाई प्राप्त भएको नयाँ मूल्य सूची अनुसार पेट्रोलमा प्रतिलिटर ६ रुपैयाँ ५५ पैसा तथा डिजेलमा ४२ पैसा घटेको छ । हवाई इन्धनको मूल्य प्रतिलिटर १ रुपैयाँ घटेको निगमका सह प्रवक्ता पुष्कर कार्कीले सफलआवाजलाई बताए । उनले भने, 'भारतबाट पेट्रोल, डिजेल र हवाई इन्धनमा क्रमश: ६ रुपैयाँ ५५ पैसा, ४२ पैसा र १ रुपैयाँ घटेर आएको छ । यो मूल्य अनुसार निगमको… पुरा पढौ

थापागाउँ क्षेत्रमा महानगरको डोजर

काठमाडौं, ३१ भदौ । काठमाडौं महानगरपालिकाले थापागाउँ र नयाँ बानेश्वर क्षेत्रमा पनि डोजर लगाएको छ । त्यस क्षेत्रमा सडक मिचेर बनाइएका घर टहरामा डोजर चलाइएको हो । आज महानगरले ६ मिटर चौडा बाटो रहेको थापागाउँ क्षेत्रको गल्लीमा डोजर लगाएको हो । बाटो मिचेर बनाइएका तीन वटा पक्की घरले मिचेको भागमा डोजर लगाइएको महानगरले जनाएको छ । यो क्रममा दुई वटा टहरा पनि हटाइएको छ । थापागाउँबाहेक नयाँबानेश्वर क्षेत्रका अनधिकृत संरचनामा पनि डोजर लगाइएको छ । नयाँ बानेश्वरको सडक सीमा मिचेर… पुरा पढौ

नेप्से परिसूचक १९१०.३८ विन्दुमा झर्याे

कठमाडौं, ३१ भदाै । साताको सेयर कारोबार हुने अन्तिम दिन शुक्रबार पनि सेयर बजारको ओरालोको यात्राले निरन्तरता लिएको छ । अघिल्लाे दिन बैंकहरूमा ब्याजदर बढाउने बैंकर्स संघकाे निर्णय भएसंगै त्यसकाे प्रभाव यसदिनकाे काराेबारमा देखिएकाे छ । नेप्से परिसूचकसंगै यसदिन कारोबार रकममा पनि कमि भएको छ । नेप्सेमा भईरहेको यसप्रकारको उल्टो दौडले अन्ततः लगानीकर्ताको मनोबल घटाएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १४.१० अंकले घटेर १९१०.३८ विन्दुमा झरेको छ । नेप्सेमा ०.७३ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स २.२३ अंकले… पुरा पढौ

जनकपुरधामका अधिकांश सडक कालोपत्रे

जनकपुरधाम, ३१ भदौ । जनकपुरधाम उपमहानगरपालिकाले आफ्ना अधिकांश सडक फराकिलो र कालोपत्र बनाएको छ । यसका कारण पछिल्लो समय जनकपुरधाम बजार क्षेत्रको स्वरुप नै परिवर्तन भएको छ । मधेस प्रदेशको राजधानी घोषणा हुनुअघिसम्म अतिक्रमण र जीर्ण रहेका नगर क्षेत्रका अधिकांश मुख्य तथा सहायक सडक यतिबेला स्तरोन्नतिसँगै कालोपत्र भएपछि नगर क्षेत्रको स्वरुप फेरिएको हो । 'केही वर्षअघिसम्म एकातिर नगर क्षेत्रका अधिकांश सडक अतिक्रमणमा परेका थिए भने अर्कातिर सडकमा ग्राभेल र खाल्डाखुल्डी भएर जीर्ण बनेको थियो', जनकपुरधाम उपमहानगरपालिका–४ का स्थानीय किशोर झाले… पुरा पढौ