मुख्य समाचार

सयपत्री हाइड्रोकाे सेयर बाँडफाँड सकियाे, ६७ हजारले १० कित्ता र ६ जनाले पाए ११ कित्ता सेयर

काठमाडौं, २४ साउन । सयपत्री हाइड्रोपावरकाे सेयर बाँडफाँड आज बिहान सम्पन्न भएकाे छ । साे सेयर धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक रहेकाे एनआईबिएल एस क्यापिटलको कार्यालयमा बाँडफाँड गरिएकाे हाे । सेयरमा माग गरेकाेभन्दा बढी आवेदन परेको थियाे । याेग्य छानिएका आवेदनबाट घटिमा १० कित्ताको दरले सेयरकाे बाँडफाँड गरिएकाे हाे । ६७ हजार ५८ आवेदकले १० कित्ताका दरले सेयर हात पारेका छन्। याेग्य ठहरिएका आवेदकमध्ये ६ जनाले थप ११/११ कित्ताका दरले सेयर पाउन सफल भएका छन्। बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलले… पुरा पढौ

गत आवमा नेपालमै भए ९७ हजार मोटरसाइकल एसेम्बल

प्रतीकात्मक तस्बिर
काठमाडौं, २४ साउन । नेपालमा गत आर्थिक वर्ष २०७८/७९ मा अन्य देशबाट पार्टपुर्जा झिकाई ९७ हजार २४० थान मोटरसाइकल तथा स्कुटर एसेम्बल गरिएका छन् । तीमध्ये १२५ सीसीसम्मका मोटरसाइल र स्कुटर ४२ हजार ४६, १२५ देखि २०० सीसीका मोटरसाइकल ३८ हजार २२ तथा २०० देखि २५० सीसीका मोटरसाइकल १६ हजार ८१४ थान ल्याएर एसेम्बल गरिएको तथ्याङ्क छ । यस्तै २५० देखि ४०० सीसी क्षमताका ३५८ सीसीका मोटरसाइकल पनि पार्टपुर्जा आयात गरेर नेपालमै एसेम्बल गरिएको छ । केही समययता आधिकारिक कम्पनीहरुले… पुरा पढौ

पश्चिम सेती र एसआर ६ आयोजना निर्माणको ठेक्का भारतीय कम्पनी एनएचपीसीलाई

काठमाडौं, २४ साउन । लगानी बोर्ड नेपालले ७५० मेगावाटको जलाशययुक्त पश्चिम सेती जलविद्युत् आयोजना र ४५० मेगावाटको एसआर ६ जलविद्युत आयोजना निर्माणको लागि भारतीय कम्पनीलाई अध्ययन अनुमतिपत्र दिने निर्णय गरेको छ ।बोर्डले गत २३ जेठमा यसका लागि प्रक्रिया अघि बढाउने निर्णय गरेको थियो । बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्टका अनुसार सोमबार बसेको बैठकले भारतीय कम्पनी एनएचपीसी इन्डिया लिमिटेडलाई अध्ययन अनुमतिपत्र प्रदान गर्नेसम्बनधी समझदारीपत्रलाई स्वीकृत गरेको छ । चिनियाँ कम्पनी थ्री गर्जेजसँगकाे सम्झौता तोडिएपछि अलपत्र पारेको आयोजना एनएचपीसीलाई दिन… पुरा पढौ

विदेशी मुद्रा अपचलन अभियोगमा ४ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं, २४ साउन । राजस्व अनुसन्धान विभागले विदेशी विनिमय अपचलनसम्बन्धी विषयमा ६९ लाख ९९ हजार रुपैयाँ बिगो कायम गरी ३ जनाविरुद्ध मुद्दा दायर गरेको छ। विभागले सोमबार नुवाकोटका नवराज ढुंगाना, फणिन्द्रप्रसाद ढुंगाना, सुवासजंग पाण्डे र प्रज्वल ढुंगानाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो। महानगरीय प्रहरी कार्यालय रानीपोखरी, महानगरीय वृत्त बालाजुको संयुक्त टोलीले विशेष सूचनाको आधारमा नवराज ढुंगानालाई ६९ लाख ९९ हजार रुपैयाँसहित पक्राउ गरी प्रहरी प्रतिवेदन साथ थप अनुसन्धानका लागि राजस्व अनुसन्धान विभागमा पठाएको थियो । खानतलासी तथा वार्मादी… पुरा पढौ

सरकारले असमान रुपमा तलबमान बढाएको विरोधमा देशभरका नासुहरू आज बिदामा

काठमाडौं, २४ साउन । सरकारले असमान रुपमा तलबमान बढाएको विरोधमा देशभरका नायब सुब्बा (नासु) हरु आज (मंगलबार) बिदामा बस्ने भएका छन् । बजेटमा घोषणा गरेभन्दा असमान ढंगले सरकारले कर्मचारीको तलब बढाएको भन्दै केही दिन यता आन्दोलन गर्दै आएका नासुहरु आज बिदामा बसेर सांकेतिक रुपमा सरकारको विरोध गर्ने भएका हुन् । काठमाडौं, भक्तपुर र ललितपुरका नासुहरुले हिजो (सोमबार) सिहंदरबारको अर्थ मन्त्रालयमा भेला भएर असमान तलब वृद्धिको विरुद्ध आन्दोलन गरेका थिए । हिजो पेन डाउन गरेर काम ठप्प बनाएका उनीहरु आज बिदामा… पुरा पढौ

धौलागिरी लघुवित्तकाे सेयर खुल्याे, कहिलेसम्म दिने आवेदन ?

काठमाडौं, २४ साउन । धौलागिरी लघुवित्त वित्तीय संस्थाले आजदेखि ३ करोड ३१ लाख रुपैयाँ बराबरको सेयर बिक्रीमा ल्याएकाे छ । संस्थाले जारी पूँजी १० करोड ३१ लाख रुपैयाँको ३२.१० प्रतिशत सेयर बिक्रीमा ल्याएकाे हाे । लघुवित्तले प्रतिसेयर १०० रुपैयाँ अंकित दरकाे ३ करोड ३१ लाख रुपैयाँ बराबरको ३ लाख ३१ हजार कित्ता सेयर निष्काशन गरेकाे हाे । बिक्रीमा ल्याइएकाे ३ लाख ३१ हजार कित्ता सेयरमध्ये ५ हजार १५५ कित्ता कर्मचारीहरुका लागि रहेकाे छ । १६ हजार ५५० कित्ता सामूहिक लगानी… पुरा पढौ

बैंकहरुको निक्षेप संकलनमा कमी, कर्जामा भने बृद्धि

काठमाडाैं, २४ साउन । बाणिज्य बैंकहरुको निक्षेप संकलन बढ्न सकेकाे छैन। नयाँ आर्थिक २०७९, ८० शुरू भएपछि घट्न थालेको बैंकहरुको निक्षेप संकलन साउनकाे अन्तिमसम्म आउनै लाग्दा ४ अर्ब रुपैयाँ कमि देखिएकाे छ। साउन पहिलो सातामा ६४ अर्ब रुपैयाँ घटेको बैंकहरुको निक्षेप संकलन दोस्रो साता २८ अर्ब रुपैयाँले घटेको थियो भने तेस्रो साता ४ अर्ब रुपैयाँले घटेको छ। साउनकाे तेश्राे सातासम्म बैंकहरुले रू ४४ खर्ब ४६ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन्। असार अन्तिमसम्ममा निक्षेप संकलन ४५ खर्ब ४१ अर्ब रहेकाे… पुरा पढौ

सयपत्री हाइड्रोकाे सेयर आज बिहान १० वजे बाँडफाँड हुँदै

काठमाडौं, २४ साउन । सयपत्री हाइड्रोपावरको सेयर आज बिहान १० बजे बाँडफाँड गरिदैंछ । प्रि-अलटमेन्ट साउन २२ गते सम्पन्न भएपछि बाँडफाँडकाे याे चरणमा आएकाे बिक्री प्रबन्धक एनआइबीएल क्यापिटलले जनाएको छ । मागभन्दा २५.७१ गुणा बढी आवेदन परेकोले बाँडफाँड गोलाप्रथाबाट गरिदैंछ । आवेदन दिएकामध्ये ६७ हजार ५८ जनाले मात्र सेयर पाउनेछन् भने बाँकी १४ लाख ५६ हजार ६४४ जनाकाे हात रित्तै हुनेछन् । सयपत्री हाइड्राेकाे सेयरमा १५ लाख २३ हजार ७०३ जनाकाे आवेदनबाट १ करोड ७२ लाख ४५ हजार ८० कित्ता… पुरा पढौ

डोलेश्वरमा तीर्थालु बोकेको बस दुर्घटना, १४ जना घाइते

भक्तपुर, २३ साउन । साउनको चौथो सोमबार आज सूर्यविनायक नगरपालिका–८ सिपाडोलको प्रसिद्ध मन्दिर डोलेश्वर महादेव मन्दिरमा दर्शन गरेर फर्किएका यात्रु र स्थानीयवासी सवार यात्रुबाहक बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । डोलेश्वरबाट यात्रु बोकेर भक्तपुरतर्फ आउँदै गरेको बा३ख ३७८४ नम्बरको यात्रुबाहक बस आज वडा कार्यालय नजिकै सडकमै पल्टिँदा १४ यात्रु घाइते भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए । डोलेश्वरबाट वडा कार्यालयतर्फ आउने क्रममा ओरालोमा बस आफै अनियन्त्रित भएर सडकमै पल्टिएको जानकारी दिँदै… पुरा पढौ

नेपाललाई प्लाष्टिक प्रदूषण मुक्त बनाउनेछाैं : मन्त्री यादव

काठमाडौँ, २३ साउन । वन तथा वातावरणमन्त्री प्रदीप यादवले नेपाललाई प्लाष्टिक प्रदूषण मुक्त बनाउन आफु प्रतिबद्ध रहेको बताएका छन् ।  दक्षिण एसियाली देशहरुमा रहेका नदी तथा समुद्रलाई प्लाष्टिक प्रदूषण मुक्त बनाउन दक्षिण एसिया सहकारी वातावरण कार्यक्रम (सासेप) ले आज आयोजना गरेको बृहत् कार्यशालामा बोल्दै मन्त्री यादवले नेपाललाई प्लाष्टिकजन्य फोहर र प्रदूषण नियन्त्रण गर्न लागिपरेको बताए । “प्लाष्टिकजन्य प्रदूषण अहिलेको सबैभन्दा ठूलो समस्यामध्ये एक हो, यसको समाधान खोज्न हामीले ढिलो गर्नु हुँदैन,” मन्त्री यादवले भने । कार्यक्रममा देश तथा विदेशका सरोकारवाला,… पुरा पढौ