मुख्य समाचार

यस्ताे छ आगामी तीन दिनकाे माैसम पूर्वानुमान

काठमाडाैं, २३ साउन । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय, जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा ( Axis of Monsoon Trough) सरदर स्थान भन्दा दक्षिणमा अवस्थित रहेको छ। प्रदेश १, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा सामान्य बदली रही देशका बाँकी भूभागमा आंशिक बदली रहेकको छ। कर्णाली प्रदेशका थोरै  स्थानहरुमा  हल्का  वर्षा भइरहेको छ। श्रावण २३ गते (सोमबार) दिउँसो : देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशका पहाडी भू-भागका केही र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको… पुरा पढौ

विद्यार्थी र अभिभावकको पहिलो रोजाइ: पोखराको एनटिएचएमसी

पाेखरा, २२ साउन । पोखराको छिनेडाँडामा रहेको नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेज (एनटिएचएमसी) नेपालकै पहिलो होटल म्यानेजमेन्ट कलेज हो । विद्यार्थीको पहिलो रोजाइमा पर्ने भएकाले अहिले यो कलेजमा देशभरका विभिन्न जिल्लाबाट विद्यार्थी अध्ययनका लागि आउने गरेका छन् । नेपालकै पहिलो होटल म्यानेजमेन्ट कलेजका रुपमा स्थापना भएको एनटिएचएमसीले सन् १९९९ देखि ब्याचलर इन होटल म्यानेजमेन्ट तथा सन् २००१ देखि प्लस २ मा होटल म्यानेजमेन्टको पढाइ शुरु गरेको हो । यसैगरी कलेजले सन् २००४ देखि ब्याचलर इन बिजनेस एडमिनिस्ट्रेशन (बीबीए) र… पुरा पढौ

कारोबारको पहिलो दिन नेप्से २१२३.८२ विन्दुमा उक्लियो

काठमाडौं, २२ साउन । साताको सेयर कारोबार हुने पहिलो दिन सेयर बजारमा दोहोरो अंकको बृद्धि भएको छ । तेह्र उपसमूहमध्ये जीवन बीमामा मात्रै रातो लागेको छ । जीवन बीमा समूहको सेयर घटेको छ भने बाँकी १२ उपसमूहको सेयरमा हरियो लागेको छ । सबैको सेयर बढेको छ । कारोबार रकम सन्तोषजनक रहेको छ भने लगानीकर्तामा सेयर बजार सकारात्मक लयमा जाँदा उत्साह थपिएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १०.२७ अंकले बढेर २१२३.८२ विन्दुमा उक्लिएको छ । नेप्सेमा ०.४९ प्रतिशतले… पुरा पढौ

पोखरेलद्वारा पाेउवा संघको अध्यक्षमा उम्मेदवारी घोषणा, संघलाई “साझा घर” बनाउने प्रतिबद्धता(भिडियाे)

पोखरा, २२ साउन । गण्डकी प्रदेशकै जेठो संस्था पोखरा उद्योग वाणिज्य संघको ३४ औं महासधवेशन नजिकिदै गर्दा नयाँ नेतृत्वका आकांक्षि उम्मेदवारहरुले आफ्नो उम्मेदवारी घोषणा शुरु गर्न थालेका छन् । आईतबार पोखरामा पत्रकार सम्मेलन गर्दै सदस्य, उपमहासचिव, महासचिव र उपाध्यक्ष भएर ४ कार्यकालकाे अनुभव बटुलि सकेका युवा उम्मेदवार अर्जुन पोखरेलले अध्यक्ष पदमा दावेदारी प्रस्तुत गर्दै व्यावसायीक हकहितका लागि र संघलाई “साझा घर” बनाउने ८ बुदे प्रतिबद्धता व्यक्त गरे । मेरो उम्मेदवारी कुनै प्रकारको बार्गेनिङ गर्नका लागि होईन । म मेरो उम्मेदवारी… पुरा पढौ

गत आवमा वाणिज्य बैंकहरूकाे नाफा २३ प्रतिशतले बढ्याे

काठमाडौं, २२ साउन । वाणिज्य बैंकहरूको नाफा २३ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । गत आर्थिक वर्षको चौथो त्रैमासिकको सार्वजनिक वित्तीय विवरण अनुसार गत आवमा बैङ्कहरूले अघिल्लो आवको तुलनामा २३.१४ प्रतिसतले नाफा बढाउन सफल भएका हुन् । गत आवका वाणिज्य बैङ्कहरूले ७४ अर्ब ८० करोड मुनाफा आर्जन गरेका छन् । गत आवको सुरुवाती देखिनै बैङ्कहरूमा तरलता अभावको बावजुत बैङ्कहरूले आफ्नो मुनाफा बढाउन सफल भएका छन् । याे समयमा ३ वाणिज्य बैङ्कको नाफा घट्दा अन्य २३ ओटा बैङ्कहरूले भने बढाएका छन्… पुरा पढौ

महालक्ष्मी बैंकको नाफा बढ्यो, कस्ता छन अन्य सूचक ?

काठमाडौं, २२ साउन । गत आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमाससम्म महालक्ष्मी विकास बैंक लिमिटेडको खुद नाफा ९५ करोड रुपैयाँ नाघेको छ । संस्थाको हालै सार्वजनिक उक्त अवधिसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफामा अघिल्लो आर्थिक वर्ष २०७७/७८ को तुलनामा वृद्धि भएको हो । विवरण अनुसार आर्थिक वर्ष २०७७/७८ मा कम्पनीले ६६ करोड ९९ हजार रुपैयाँ खुद नाफा कमाएकोमा गत आर्थिक वर्षको सोही अवधिमा बढेर ९५ करोड १९ लाख रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा सञ्चालन आम्दानी तथा सञ्चालन… पुरा पढौ

चन्द्रागिरी हिल्स नाफाउन्मुख: कमायो २ करोड ५५ लाख रुपैयाँ

काठमाडौं, २२ साउन । चन्द्रागिरी हिल्सले गत आर्थिक वर्षका चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । हालै सार्वजनिक भएको उक्त विवरण अनुसार कम्पनीले उक्त अवधिमा २ करोड ५५ लाख ७७ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । यो आँकडा अघिल्लो आर्थिक वर्षको तुलनामा सकारात्मक देखिएको छ । नाफा रकम धेरै नदेखिए पनि कम्पनीले अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा ब्यहोरेको २४ करोड ६२ लाख रुपैयाँ घाटालाई संयोजना गर्दै त्यसपछि २ करोड ५५ लाख रुपैयाँ नाफाका रुपमा आर्जन गर्न सफल भएको… पुरा पढौ

पिपुल्स पावरले साउन ३१ गतेदेखि २४ लाख ६७ हजार ४०० कित्ता सेयर निष्काशन गर्दै

काठमाडौं २२ साउन । पिपुल्स पावरले साउन ३१ गतेदेखि २४ लाख ६७ हजार ४०० कित्ता सेयर निष्काशन गर्न लागेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका जनताका लागि सेयर निष्काशन गरेपछि अहिले सर्वसाधारण जनताका लागि सेयर बिक्री गर्न लागेकाे हाे । साे सेयरमा लगानी गर्न इच्छुक लगानीकर्ताले घटिमा १० तथा ५० हजार कित्ता सेयरका लागि आवेदन दिन पाउने भएका छन्। यसका लागि भदाै ५ गतेसम्म म्याद ताेकिएकाे छ । ताेकिएकाे म्यादसम्म मागे अनुसारकाे आवेदन पेश नभएकाे खण्डमा ढीलाेमा भदाै १४ गतेसम्म… पुरा पढौ

प्रगतिउन्मुख राष्ट्रिय गौरवतर्फका सिंचाइका आयोजना

काठमाडाैं, २२ साउन । सरकारले असाध्यै महत्व दिएर अगाडि बढाएका राष्ट्रिय गौरवका आयोजनाको कार्यप्रगति औसतभन्दा पनि कमजोर रहेको बेला ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतका त्यस्ता परियोजनाले भने आव २०७८/७९ मा भने उल्लेख्य प्रगति गरेका छन् । भौतिक तथा वित्तीय प्रगतिका हिसाबले ती आयोजनाको प्रगति उल्लेख्य रहेको पाइएको छ । मन्त्रालयमातहत विभिन्न सातवटा सिँचाइका आयोजना राष्ट्रिय गौरवका आयोजनाका रूपमा सूचीकृत छन् । मन्त्रालयमातहत रहेका आयोजनामा महाकाली सिँचाइ, रानी जमरा कुलरिया, बबई, भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना, सिक्टा सिँचाइ, सुनकोसी मरिण… पुरा पढौ

यस्ताे छ आगामी तीन दिनकाे माैसम पूर्वानुमान

काठमाडाैं, २२ साउन । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा ( Axis of Monsoon Trough) सरदर स्थान भन्दा दक्षिणमा अवस्थित रहेको छ। हाल देशभर आंशिक देखि सामान्य बदली रही गण्डकी, सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेशका केही  स्थानहरुमा  हल्का  वर्षा भइरहेको छ। श्रावण २२ गते (आइतबार) दिउँसो : देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशका पहाडी भू-भागका केही र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेशका एक वा… पुरा पढौ