मुख्य समाचार

राष्ट्रिय वाणिज्य बैंककाे खुद नाफा ५ अर्ब २१ करोड बढी, ईपीएस भने घट्याे

काठमाडौं, २० साउन । राष्ट्रिय वाणिज्य बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ५ अर्ब २१ करोड ४२ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएकाे छ । तर बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) भने घटेकाे छ । बैंकको सार्वजनिक भएकाे अपरिष्कृत वित्तीय विवरण अनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिकोभन्दा बैंकको खुद नाफा ३७.३८ प्रतिशतले बढेकाे हो। अघिल्लो आर्थिक वर्षमा बैंकले ३ अर्ब ७९ करोड ५४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। बैंकको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफामा भएकाे बृद्धिसँगै खुद नाफामा… पुरा पढौ

मरासिनी प्रधानमन्त्री कार्यालयमा, अर्थ सचिवको जिम्मेवारी कृष्णहरी पुष्करलाई

काठमाडौं, २० साउन । जनार्दन शर्मा अर्थ मन्त्रीमा पुन: नियुक्त भएलगत्तै बिदामा बसेका अर्थ मन्त्रालयका (अर्थ) सचिव मधु मरासिनीलाई सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयमा सरुवा गरेको छ। बिहीबार बसेको बसेको मन्त्रिपरिषद्‌को बैठकले उनलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयमा काम गर्नेगरी सरुवा गरेको हो। जेठ १४ गते बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिको प्रवेश गराएर करको दर हेरफेर गरेको आरोप लागेपछि मरासिनी अर्थमन्त्री शर्मासँग असन्तुष्ट भएका थिए। उक्त प्रकरणमा सचिवहरुको समेत आलोचना भएपछि उनी बिदामा बसेका थिए। असार २२ गते प्रतिनिधि सभाले छानबिन… पुरा पढौ

लगानीकर्ताको हित र सुरक्षा बोर्डको मुख्य प्राथमिकतामा : हमाल

काठमाडौं, २० साउन नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले लगानीकर्ताको हित र सुरक्षा बोर्डको मुख्य प्राथमिकता रहेको बताएका छन्र । नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज) ले आयोजना गरेको ‘पूँजी बजारको वर्तमान अवस्था र आगामी पाँच वर्षको सम्भावना’ विषयक अन्तरक्रिया कार्यक्रममा अध्यक्ष हमालले बोर्डले धितोपत्र बजारमा रहेका समस्या समाधान गर्दै लगानीकर्ताको लगानी सुरक्षा गर्नुपर्ने बताए । धितोपत्र बजारमा लगानीका अन्य उपकरणको कारोबार सहज बनाइने उल्लेख गर्दै उनले बजारमा रियल सेक्टरलाई यसै वर्षबाट पूँजी बजारमा भित्र्याइने जानकारी दिए। स्वच्छ र पारदर्शीरूपमा बुक बिल्डिङ… पुरा पढौ

प्रजातान्त्रिक खेमाबाट टान निर्वाचनमा बाँस्तोला आधिकारिक उम्मेदवार

काठमाडाैं, २० साउन । प्रजातान्त्रिक खेमाका पर्यटन व्यवसायीहरुका तर्फबाट ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)को आगामी निर्वाचनमा अध्यक्ष पदका लागि वरिष्ठ पर्यटन व्यवसायी निलहरि बाँस्तोलालाई आधिकारिक उम्मेदवार बनाइने भएको छ । नेपाली कांग्रेसको शुभेच्छुक दुई भिन्दाभिन्दै सङ्गठनले टानको आगामी साउन ३० गते हुने निर्वाचनका लागि व्यवसायी बाँस्तोलालाई समर्थन गर्ने निर्णय गरेको हो । नेपाल पर्यटन व्यवसायी सङ्घ (निट नेपाल) र नेपाल लोकतान्त्रिक पर्यटन व्यवसायी सङ्घले संयुक्त कार्यक्रम गरी टानको अध्यक्षमा बाँस्तोलालाई समर्थन गर्ने निर्णय गरेको निट नेपालका अध्यक्ष दीपक महतले… पुरा पढौ

देशभर बदली, गण्डकी, कर्णाली, प्रदेश १ र सुदूरपश्चिममा वर्षा

काठमाडाैं, २० साउन । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा ( Axis of Monsoon Trough) सरदर स्थानको दक्षिणमा अवस्थित रहेको छ । देशभर आंशिक देखि सामान्य बदली रही गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा, प्रदेश १ र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। श्रावण २0 गते (शुक्रबार) दिउँसो : देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको… पुरा पढौ

गहुँ र चिनी आयातका लागि सरकारले गर्‍यो आवेदन माग

काठमाडौं, १९ साउन । सरकारले गहुँ र चिनी आयात गर्न व्यवसायीलाई आवेदन दिन सूचना प्रकाशन गरेकाे छ ।  उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बिहिबार सूचना प्रकाशित गरेर छिमेकी देश भारतबाट गहुँ र चिनी आयात गर्नका लागि व्यवसायीलाई आवेदन पेश गर्न सूचना जारी गरेकाे हाे । इच्छुक खरिदकर्ताले साउन २८ गतेसम्म मन्त्रालयमा पुग्ने गरी ईमेलबाट आवेदन दिन आव्हान गरिएकाे छ।  रसिया यूक्रेनबीच युद्ध चलेकाे बेला भारतले नेपाल लगायतका धेरै देशमा गहुँकाे निर्यातमा राेक लगाएकाे थियाे । तर भारत सरकारले चीनमा निर्यातका… पुरा पढौ

गुणस्तरहीन खाद्यवस्तु उत्पादन गर्ने ११५ कम्पनीमाथि मुद्दा दायर

काठमाडौं, १९ साउन । खाद्य ऐन, २०२३ विपरीत अखाद्य वस्तु उत्पादन गर्ने १ सय १५ उत्पादक कम्पनी कानुनी कारबाहीमा पर्ने भएका छन् । खाद्यान्नमा लेबल नभएका, न्यूनगुणस्तर भएका, ऐन नियमविपरीत, दूषित, अनुज्ञापत्र नलिएका र कोलिफर्म मिसिएका खाद्य तथा पेयपदार्थ उत्पादन गरेका ती कम्पनीलाई खाद्य ऐन, २०२३ बमोजिम कानुनी कारबाही गरिने भएको हो । कारबाहीमा पर्ने कम्पनीमा दालमोठ, मासु, तरकारी, मिक्स मसला तथा अन्य मसलाजन्य पदार्थ, पाउरोटी, दही, दाना, प्रशोधित पिउने पानी, चाउचाउ, चिया, मुसुरोको दाल, घ्यू, आयातित तोरीको तेल, गाईवस्तुको… पुरा पढौ

पाँचौ दिनमा नेप्से २१५२.२७ विन्दुमा झर्यो, कारोबार रकम ३ अर्ब ३६ करोडमा सिमित

काठमाडौं, १९ साउन । साताको सेयर कारोबार हुने पाँचौ दिन बिहिबार पनि सेयर बजार ओरालोको यात्रामा गएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकममा पनि कमि देखिएको छ भने सम्पूर्ण सूचकहरु राताम्मै भएका छन् । नेपाल राष्टङ बैंकले बैंक, वित्तीय संस्था तथा लघुवित्त वित्तीय संस्थाहरुको लागि मौद्रिक नीतको तोकिएको मापदण्ड अनुसार कार्यान्वयनमा जानका लागि थप संशोधनसहित एकिकृत निर्देशन जारी गरेको भोलिपल्ट सेयर बजार राताम्मै हुँदा फेरि लगानीकर्ताहरुको मनोबल घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ३८.६१ अंकले घटेर… पुरा पढौ

७ महिनामा ३ लाख विदेशी पर्यटक नेपाल भित्रिए

काठमाडौं, १९ साउन । सन् २०२२ को ७ महिनामा झण्डै ३ लाख विदेशी पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन विभागलाई उद्धृत गर्दै नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कानुसार जनवरीदेखि जुलाई महिनासम्म हवाईमार्ग भएर दुई लाख ८५ हजार तीन सय ६३ विदेशी पर्यटक नेपाल भ्रमणमा आएका छन् । पछिल्लो जुलाईमा ४४ हजार चार सय ६२ पर्यटक आएका छन् । सन् २०१९ को जुलाई महिनामा ५८ हजार आठ सय ११ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । जुलाईमा छिमेकी मुलुक भारतबाट सबैभन्दा… पुरा पढौ

एनएमबि बैंकको नाफा पौने ४ अर्ब, ईपीएस कति?

काठमाडौं, १९ साउन । एनएमबि बैंकले गत आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमाससम्म पौने ४ अर्ब रुपैयाँ नाफा आर्जन गरेको छ । हालै सार्वजनिक गरिएको उक्त अवधिसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकको खुद नाफा ३ अर्ब  ७० करोड रुपैयाँ पुगेको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा ३६ प्रतिशतले बढी हो । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ८९ करोड रुपैयाँले बढेको छ । अघिल्लो आर्थिक वर्षमा बैंकको खुद ब्याज आम्दानी ५ अर्ब ६६ करोड रहेकोमा गत आर्थिक वर्षको सोही… पुरा पढौ