मुख्य समाचार

क्याथे प्यासिफिक एयरवेजले हङ्कङ-काठमाडौं उडान भर्ने

काठमाडौं, २१ साउन । हङ्कङको ध्वजाबाहक वायुसेवा कम्पनी क्याथे प्यासिफिक एयरवेजले आगामी असोज दोस्रो सातादेखि हङ्कङ–काठमाडौं–हङ्कङ उडान भर्ने भएको छ । एयरवेजले असोज १५ (अक्टोबर १ तारिख) देखि सातामा एउटा उडान भर्नेगरी नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणबाट अनुमति लिएको हो । प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार क्याथे एयरवेजले उडानका लागि सम्पूर्ण प्रक्रिया पूरा गरिसकेको र मात्रै स्लट मिलाउन बाँकी रहेको छ । एयरवेजले दिउँसोको समयमा स्लट मागेको छ । प्राधिकरणले रातिको समयमा स्लट व्यवस्थापन गर्न सकिने भएकाले अझै उडानको टुङ्गो लागि… पुरा पढौ

सेञ्चुरी बैंकले कमायाे १ अर्ब ३५ करोड,यस्तो छ ईपिएस

काठमाडाैं, २१ साउन । सेञ्चुरी बैंकले १ अर्ब ३५ करोड रुपैयाँ नाफा कमाउन सफल भएकाे छ । बैंककाे सार्वजनिक भएकाे वित्तीय विवरण अनुसार गत आर्थिक वर्षको चौथो त्रैमाससम्म साे नाफा कमाउन सफल भएकाे हाे। बैंकको नाफा सँगै वितरणयोग्य नाफा रू ९१ करोड रहेकाे छ। खुद ब्याज आम्दानीमा ३१ प्रतिशतले र सञ्चालन आम्दानीमा २६ प्रतिशतले बृद्धि भएकाे छ। बैंकले निक्षेप संकलनमा ५.८४ प्रतिशतले बृद्धि गरेकाे छ भने कर्जा लगानीमा १३.८० प्रतिशतले बढेकाे जनाएकाे छ। बैंककाे चुक्ता पूँजी ९ अर्ब ५५ करोड… पुरा पढौ

मेगा बैंककाे नाफामा २१.७८ प्रतिशतले बृद्धि, लाभांश वितरण क्षमता कति ?

काठमाडाैं, २१ साउन । मेगा बैंकले बैंकले रू २ अर्ब ८३ करोड खुद नाफा कमाउन सफल भएकाे छ । बैंककाे गत आर्थिक वर्षकाे वितरणयोग्य मुनाफा रू १ अर्ब ६३ करोड रहेकाे छ। बैंकले वर्ष २०७८/७९ साे नाफाबाट ११ प्रतिशतको लाभांश वितरणकाे क्षमता राखेकाे छ । सेयर प्रिमियम २० करोड ७८ लाख रुपैयाँ पनि वितरणयाेग्य रहेकाेले ११.४३ प्रतिशत लाभांश वितरण गर्नसक्ने क्षमता कायम गरेकाे छ।  मेगाले खूद मुनाफामा पनि बृद्धि गरेकाे छ । बैंकले रू २ अर्ब ८३ करोड नाफा कमाएकाे छ… पुरा पढौ

मेलम्ची तटीय क्षेत्र जोखिममा, आकस्मिक बाढीको चेतावनी

सिन्धुपाल्चोक, २१ साउन । सिन्धुपाल्चोक जिल्लाको घुम्थाङ, धाप, नाकाते, र आसपास ठूलो वर्षा भएको छ । यस क्षेत्रमा पछिल्लो तीनदेखि छ घण्टा ठूलो वर्षा मापन गरिएको भन्दै जल तथा मौसम विज्ञान विभागले जिल्लाको मेलम्ची, बलेफी र अन्य साना खोलामा आकस्मिक बाढीको चेतावनी दिएको छ । बाढी पुर्वानुमान महाशाखाले कमजोर भिरालो जमिनमा पहिरोको जोखिम हुन सक्ने भन्दै बिहान १० बजेसम्म उच्च सतर्कता अपनाउन सो क्षेत्रका बासिन्दालाई आग्रह गरेको छ । खोला निकै बढेको चनौटेका बलचित खड्काले जानकारी दिनुभएको छ । तालामाराङ्का… पुरा पढौ

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य ६ महिनायताकै सस्ताे, प्रति ब्यारेल कति ?

काठमाडौं, २१ साउन । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा गिरावट भएकाे छ । याे गिरावट बितेका ६ महिनायताकाे सबैभन्दा सस्तो भएको हाे जनाइएकाे छ । अहिले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा गिरावट भएर प्रति ब्यारेल ८८ डलर कायम भएकाे छ । याे बितेका ६ महिना यताकाे सबैभन्दा सस्ताे भाउ हाे । शुक्रबार कच्चा तेलको मूल्यमा गिरावट भएर प्रतिब्यारेल ८८.५२ डलरमा झर्याे । ब्रेण्ट क्रुड तेल प्रति ब्यारेल ९३.७७ डलरमा खरिदब्रिकी भइरहेको छ । अन्तर्राष्ट्रिय बजारमा परेकाे आर्थिक संकटको कारण कच्चा… पुरा पढौ

नेपाल बैंकले कमायाे रुपैयाँ ३ अर्ब २६ करोड नाफा, यस्ता छन् अन्य सूचक

काठमाडौं, २१ साउन । नेपाल बैंककाे नाफामा बृद्धि भएकाे छ । बैंककाे सार्वजनिक भएकाे वित्तीय विवरण अनुसार गत आर्थिक वर्षको चौथो त्रैमाससम्म नाफा १० प्रतिशतले बढेकाे छ । तर बैंककाे नाफामा बृद्धि भएपनि लाभांश बहन गर्ने शक्तिमा कमि देखिएकाे छ । बैंकले गत आर्थिक वर्षकाे असार मसान्तसम्ममा रु ३ अर्ब २६ करोड नाफा कमाएको छ। याे नाफा १०.२९ प्रतिशतले बढी हो। अघिल्लो आर्थिक वर्षमा याे नाफा २ अर्ब ९६ करोड रुपैयाँ रहेकाे थियाे । बैंकको नाफा बढेकाे भएपनि जगेडामा ६१… पुरा पढौ

५.३ रेक्टरस्केलको भूकम्प : केन्द्रविन्दू नुवाकोटको बेलकोटगढी

काठमाडौं, २१ साउन । नुवाकोटको बेलकोटगढी केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ५ बजेर २६ मिनेट जाँदा नुवाकोट जिल्लाको बेलकोटगढी आसपास केन्द्रबिन्दु भएर ५.३ रेक्टरस्केलको भूकम्प गएको हो । उक्त भूकम्प गोरखा भूकम्पको पराकम्प भएको सो केन्द्रका भूकम्पविद् डा मुकुन्द भट्टराईले जानकारी दिए। उक्त भूकम्पको धक्का नुवाकोट, रसुवा, धादिङ र काठमाडौँ उपत्यकाभित्र महसुस गरिएको थियो । भूकम्पका कारण काठमाडौँ उपत्यकाभित्र मानिस घरबाहिर निस्केका थिए । यसअघि साउन १५ गते पनि खोटाङको… पुरा पढौ

प्रतिनिधिसभा र प्रदेशको निर्वाचनका लागि साउन २२ देखि ३१ गतेसम्म दल दर्ता आह्वान

काठमाडाैं, २१ साउन । निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ता आह्वान गरेको छ । प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचनमा भाग लिनका लागि यही साउन २२ देखि ३१ गतेसम्म दल दर्ताका लागि आयोगले आह्वान गरेको हो । यही साउन १९ गतेसम्म आयोगमा दर्ता भएका राजनीतिक दलले संविधानको धारा २७१ बमोजिम निर्वाचन आयोगको कार्यालयमा दल दर्ताका लागि निवेदन दिन सक्नेछन् । दल दर्ताको निवेदनको… पुरा पढौ

प्रदेश १, बाग्मती र गण्डकीका केहि स्थानमा भारी वर्षाको सम्भावना

काठमाडाैं, २१ साउन । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा ( Axis of Monsoon Trough) सरदर स्थान भन्दा दक्षिणमा अवस्थित रहेको जनाएकाे छ । देशभर सामान्य बदली रही प्रदेश १, बागमती  प्रदेशको केहि  स्थानहरुमा  र बाँकी प्रदेशका  एक/दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ। श्रावण २१ गते (शनिबार) दिउँसो : देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशका पहाडी भू-भागका केही र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।… पुरा पढौ

विदेशी पर्यटक भित्र्याउने लक्ष्यसंगै पहिलो पब्लिक ट्राभल्स एजेन्सि सञ्चालनमा

काठमाडाैं, २१ साउन । नेपालमा बढीभन्दा बढी विदेशी पर्यटक भित्र्याउने र नेपालीलाई विदेश भ्रमणको प्रबन्धन गर्ने लक्ष्यका साथ गुरु ट्राभल्स लिमिटेड स्थापना गरिएको छ । पहिलो पब्लिक लिमिटेड ट्राभल्स कम्पनी दाबी गरिएको ट्राभल्सले नेपालको पर्यटनलाई अझै सबल बनाउँदै पर्यटनको लाभ आम नेपालीसम्म पु¥याउने लक्ष्य लिएको छ । काठमाडौंको दरबारमा कार्यालय रहेको उक्त ट्राभल्सको एक कार्यक्रमबीच ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले उद्घाटन गरिन्। बढीभन्दा बढी पर्यटक नेपाल भित्र्याउने र नेपालीहरुका लागि बाह्य भ्रमण प्रबन्धन गर्ने लक्ष्यका साथ ट्राभल स्थापना गरिएको… पुरा पढौ