मुख्य समाचार

यस्ताे छ आगामी तीन दिनकाे माैसम पूर्वानुमान

काठमाडाैं, १५ साउन । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा ( Axis of Monsoon Trough) पश्चिममा सरदर स्थान (normal position)  को  आसपासमा रहेको जनाएकाे छ। पूर्वमा सरदर स्थान (normal position) भन्दा केही उत्तरतिर अवस्थित रहेको छ । देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश १ का थोरै स्थानहरूमा र बागमती प्रदेश, गण्डकी  प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ। श्रावण १५ गते (आइतबार) दिउँसो : देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। देशका… पुरा पढौ

पिपुल फोरमको वैदेशिक रोजगार कानून सम्बन्धी संचारकर्मिहरुका लागि अभिमुखिकरण सम्पन्न

पोखरा, १४ साउन । वैदेशिक रोजगार सम्बन्धी कानुनका विज्ञ सोम लुईटेलले वैदेशिक रोजगारका सन्दर्भमा आईपर्ने समस्याहरुको बारेमा सचेत रहनु पर्ने आवश्यक्ता औंल्याएका छन् । यसमा संचारकर्मिहरुकाे भूमिका महत्वपूर्ण हुने उनले बताए । मानव अधिकारका लागि जनमञ्च (पिपुल फोरम)ले शनिबार पोखरामा आयोजित वैदेशिक रोजगार कानून सम्बन्धी संचारकर्मिहरुका लागि एक दिने अभिमुखिकरण कार्यक्रममा प्रशिक्षक अधिवक्ता लुईटेलले देश अहिले कृषि प्रधान देश नभएर रेमिट्यान्स प्रधान देश भएको बताए । पोहोरसम्म ६३ लाख मानिसले श्रम स्वीकृति लिएकोमा यसपालि ६ लाख थपिदा हालसम्म ६९ लाखले… पुरा पढौ

टान नेतृत्वका लागि चुनावी दौडधुप शुरु, चारजना प्रत्यासी प्रचारमा व्यस्त

काठमाडौं, १४ साउन । पर्वतीय पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ नेपाल (टान)को अध्यक्ष पदका लागि चार व्यवसायीबीच चुनावी दौडधुप चलेको छ । यही साउन ३० गतेका लागि तय गरिएको टानको ४४औँ साधारणसभा एवं निर्वाचनमा अध्यक्षका प्रत्याशीले उम्मेदवारी घोषणा गरेर चुनावी प्रतिबद्धतापत्रसमेत सार्वजनिक गरिसकेका छन् । साथै उनीहरुले निर्वाचनको माहोल आफ्नो पक्षमा पार्न दौडधूप र छलफललाई तीव्रता दिएका छन् । टान अध्यक्षका लागि पर्यटन व्यवसायी नीलहरि बाँस्तोला, राजेन्द्रप्रसाद सापकोटा, बोधराज भण्डारी र कमल सापकोटा विभिन्न माध्यमबाट उम्मेदवारी घोषणा… पुरा पढौ

वीरगञ्जमा रु २८ करोडको लागतमा एक हजार क्षमताको होल्डिङ सेन्टरकाे निर्माण अन्तिम चरणमा

वीरगञ्ज, १४ साउन । पर्साको वीरगञ्जमा करिब एक हजार जना अटाउने होल्डिङ सेन्टर निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । पूर्वाधारको सबै काम सम्पन्न भइसकेको छ भने एक सय श्ययामा अक्सिजन जडानको काम मात्र बाँकी छ । निर्माणको जिम्मा पाएको हनुमान कन्सट्रक्सनका इञ्चार्ज विशाल दाहालका अनुसार गत वर्ष कोरोना सङ्क्रमण दर बढ्दै गएपछि सीमानाकाबाट नेपाल भित्रिनेलाई क्वारेन्टिनमा राख्न सरकारले वीरगञ्ज नाकामा होल्डिङ सेन्टर निर्माण कार्य अघि बढाएको हो । “निर्माण कार्य अन्तिम चरणमा पुगेको छ”, दाहालले भने। निमार्णाधीन संरचनाको व्यवस्थापनको… पुरा पढौ

सवारी साधनबाट ७१ लाख ४२ हजार राजस्व सङ्कलन

वालिङ, १४ साउन । जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्जाले सवारी कारबाहीबाट रु ७१ लाख ४२ हजार पाँच सय राजस्व सङ्कलन गरेको छ । कार्यालयले आव २०७८÷७९ मा नौ हजार नौ सय १६ सवारी साधनलाई कारबाही गरी उक्त राजस्व सङ्कलन गरेको हो । सिट क्षमताभन्दा बढी यात्रु चढाउने, चालक अनुमतिपत्र विना सवारी चलाउने, तीव्र गतिमा चलाउने, अनावश्यक हर्नको प्रयोग गर्ने, सवारीको स्वरुप परिवर्तन गर्ने, अनावश्यक स्टिकर टाँस्ने, अस्पष्ट नम्बर प्लेट भएका सवारी साधनलाई कारबाही गरिएको जिल्ला ट्राफिक कार्यालयका प्रमुख मीनबहादुर कुँवरले… पुरा पढौ

पर्वतीय र समुद्री टापु राष्ट्रको हितका लागि अझै पर्याप्त अन्तर्राष्ट्रिय कानुन बन्न बाँकीः राष्ट्रपति भण्डारी

काठमाडौं, १४ साउन । राष्ट्रपति विद्यादेवी भण्डारीले पर्वतीय र समुद्री टापु राष्ट्रको हितका लागि अझै पर्याप्त अन्तर्राष्ट्रिय कानुन बन्न बाँकी नै रहेको बताएकी छन् । नेपाल अन्तर्राष्ट्रिय कानुन समाज तथा एशियाली अन्तर्राष्ट्रिय कानुन समाजद्वारा ललितपुरमा आज आयोजित ‘अन्तर्राष्ट्रिय कानुनसम्बन्धी एशिया क्षेत्रीय सम्मेलन’ उद्घाटन गर्दै उनले जलवायु परिवर्तन विश्वमै ठूलो चुनौतीका रुपमा खडा भएको उल्लेख गरिन् । जलवायु परिवर्तनको असरलाई सम्बोधन गर्न पनि अन्तर्राष्ट्रिय कानुनको आवश्यकता भएको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले भनिन्, “विगत तीन दशकयता जलवायु परिवर्तनका बारेमा अनेकौँ अन्तर्राष्ट्रिय सम्मेलन… पुरा पढौ

गण्डकी प्रदेशमा पर्यटन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मत पारित

पाेखरा, १४ साउन । गण्डकी प्रदेशसभा बैठकले गण्डकी प्रदेशमा पर्यटन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मत पारित गरेको छ । बैठकमा प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र शर्मा कँडेलले विधायन समितिको प्रतिवेदनसहित विधेयक पारित गरियोस् भन्ने प्रस्ताव गरेका थिए। यसअघि विधेयक माथिको छलफलमा भाग लिँदै प्रदेशसभा सदस्य राजीव पहारीले गण्डकी प्रदेश आफैँमा पर्यटकीयस्थल भएको बताए। प्रकृति, संस्कृति एवम् साहसिक पर्यटनका दृष्टिले यो प्रदेश महत्वपूर्ण रहेको उनले बताए। प्रदेशको समृद्धिका लागि पर्यटन महत्वपूर्ण रहेको उल्लेख गर्दै उनले विधेयक महत्वपूर्ण बन्ने… पुरा पढौ

नागरिकता विधेयक पारित भएपछि मातृभूमिप्रतिको दायित्व बढ्यो : एनआरएनए

काठमाडाैं, १४ साउन । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले सङ्घीय संसद्को दुवै सदनबाट नागरिकता विधेयक पारित भएसँगै ‘एक पटकको नेपाली, सधैँको नेपाली’ भन्ने नाराले सार्थकता पाएको जनाएको छ । सङ्घले एक विज्ञप्ति जारी गर्दै विधेयक पारित भएपछि गैरआवसीय नेपालीको मातृभूमिप्रतिको दायित्व अझै बढेको महसुस भएको जनाएको हो । नेपालको संविधानको २०७२ को धारा १४ मा गैरआवासीय नेपालीलाई गैरआवासीय नेपाली नागरिकता प्रदान गरिने व्यवस्था छ । सो नागरिकता पाउने व्यक्तिलाई आमनेपाली सरह आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार प्राप्त हुनेछ । त्यस्तो नागरिकता… पुरा पढौ

सङ्घीय र प्रदेशको चुनावमा एक भएर लाग्न अध्यक्ष ओलीको आग्रह

झापा, १४ साउन । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी सङ्घीय र प्रदेशको चुनावमा एकताबद्ध भएर लाग्न झापाका पार्टी कार्यकर्ताहरुलाई आग्रह गरेका छन् । विर्तामोडमा नेकपा एमाले झापाले आयोजना गरेको जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले हालै सम्पन्न स्थानीय तह निर्वाचनमा जनताले एमालेलाई लोकप्रिय जनमत प्रदान गरेता पनि पार्टी पङ्क्ति पूर्णरुपमा एकताबद्ध हुन नसकेको गुनासो गरे। अध्यक्ष ओलीले भने, “आन्तरिक एकतालाई बलियो बनाउँदै पार्टीमा लय मिलाएर चल्नुपर्छ, विरासत फर्काउन गाह्रो छैन ।” उनले झापा आमूल परिवर्तनको आन्दोलनको… पुरा पढौ

प्रदेश १, गण्डकी, लुम्बिनी र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना

काठमाडाैं, १४ साउन । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय, जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा ( Axis of Monsoon Trough) पश्चिममा सरदर स्थान (normal position)  को  आसपासमा रहेको छ भने पूर्वमा सरदर स्थान (normal position) भन्दा केही उत्तरतिर अवस्थित रहेको छ । हाल देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश १, बागमती प्रदेश र लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ। श्रावण १४ गते (शनिबार) दिउँसो : देशभर सामान्य बदली रहनेछ। देशका धेरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित… पुरा पढौ