मुख्य समाचार

ठूला आयोजनाको निर्माण निर्धारित समयमा सम्पन्न गर्न मन्त्री चौधरीले दिए निर्देशन

काठमाडौं, ११ साउन । सहरी विकासमन्त्री मेटमणि चौधरीले ठूला र विशेष आयोजनाको निर्माण कार्य निर्धारित समयमा नै सम्पन्न गर्न निर्देशन दिएका छन् । कार्यभार सम्हालेको एक महिना पुगेको अवसरमा मन्त्री चौधरीले निर्माणको काम समयमा नै सम्पन्न गर्न कार्ययोजना बनाएर अघि बढ्नुपर्ने बताए। कार्यभार सम्हालेको यस अवधिमा नयाँ सहरतर्फ ११ वटा भवन निर्माण, चार सय सडक बत्ती जडान, पाँच हाटबजार, दुई बसपार्क, पाँच खेल मैदान, पाँच पार्क निर्माण, तीन खानेपानी आयोजना निर्माण र तीन वटा जग्गा एकीकरण आयोजनाको सुरुआत गरेको पनि… पुरा पढौ

यसरी हेर्नुहोस् एसइईको नतिजा

काठमाडौं, ११ साउन । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा केही बेरअघि सार्वजनिक गरेको छ।  परीक्षा बोर्डका अनुसार कुल सहभागी ४ लाख ९५ हजार ७५१ परीक्षार्थीमध्ये परीक्षामा कुल ९ हजार ६६३ ले ३.६ देखि ४, ४१ हजार ६२७ ले ३.२ देखि ३.६, ६९ हजार ९०० जनाले २.८ देखि ३.२, ९० हजार ७५८ ले २.४ देखि २.८, १ लाख १२ हजार ७३३ ले २.० देखि २.४, १ लाख ५९४ ले १.६ देखि २.०, ४४ हजार ५८६ ले १.२… पुरा पढौ

राष्ट्र बैंकले १ अर्ब २० कराेड मुद्दती निक्षेपमा लगानी गर्दै

काठमाडौं, ११ साउन । नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको १ अर्ब २० कराेड रुपैयाँ बराबरकाे रकम मुद्दती निक्षेपमा लगानी गर्ने जानकारी दिएकाे छ । राष्ट्र बैंकले एक सूचना प्रकाशित गरेर इजाजत प्राप्त बैंक, बित्तीय संस्थाहरुले कुल लगानी याेग्य रकममध्ये २०७९ भदाै २ गतेदेखि २०८० भदाै २ गतेसम्म ३६७ दिनकाे निक्षेपकाे लागि आव्हान गरेकाे हाे ।   राष्ट्र बैंकले ‘क’ वर्गका वाणिज्य बैंकमा ९६ कराेड रुपैयाँ लगानी गर्नेछ । ‘ख’ वर्गका राष्ट्रिय स्तरका विकास बैंकहरुमा १८ करोड रुपैयाँ र ‘ग’ वर्गका राष्ट्रिय… पुरा पढौ

एसइई नतिजा प्रकाशित, ९ हजार बढीले ल्याए ३.६ देखि ४ जीपीए(यसरी हेर्नुहाेस्)

काठमाडौं, ११ साउन । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा अहिले सार्वजनिक गरेको छ। यसका लागि केही बेरअघि परीक्षा बोर्डको बैठक बसेको थियो । बोर्डका अनुसार यस पटक ९ हजार ६३३ परीक्षार्थीले ३.६ देखि ४ जीपीए ल्याएका छन् ।   बोर्डले यसअघि आज दिउँसो तीन बजे नतिजा सार्वजनिक गर्ने बताए पनि बैठक लम्बिएका कारण केही ढिलो गरी नतिजा आएको हो। परीक्षा गत वैशाख ९ देखि २० गतेसम्म भौतिक रुरपमा सञ्चालन भएको थियो । यसअघिका लागातर २ वर्ष भने कोरोनाका कारण भौतिक… पुरा पढौ

फेरि नेप्सेको उकालोको यात्रा शुरु, फाइनान्सतिर देखियो लगानीर्ताको झुकाव

काठमाडौं, ११ साउन । साताको सेयर कारोबार हुने दोश्रो दिन नेपाली सेयर बजारमा दोहोरो अंकको बृद्धि भएको छ । दुई दिन लगातार उकालो लागेर अघिल्लो दिन ओरालो लागेको नेप्सेमा आजको सकारात्मक माहोलले लगानीकर्तालाई उत्साही बनाएको छ । नेपाल स्टक एक्सचन्जका अनुसार नेप्से परिसूचक २३.८३ अंकले बढेर २१११.९९ विन्दुमा उक्लिएको छ । नेप्सेमा १.१४ प्रतिशतले बृद्धि भएको छ भने सेन्सेटिभ इण्डेक्स ४.५३ अंकले बढेर ४०२.९२ विन्दुमा पुगेको छ । यसदिन कुल २२७ कम्पनीको सेयर खरिदबिक्री भएको छ । ७५ लाख ८… पुरा पढौ

रसुवागढीको आईपीओमा साउन ३१ गतेसम्म आवेदन दिन सकिने

काठमाडौं, ११ साउन । रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले आईपीओमा आवेदन दिने म्याद २१ दिन थप गरेको छ । कम्पनीले गत असार १३ गतेदेखि निष्कासन गरेको आईपीओमा माग गरेजति आवेदन नपरेकाले म्याद थप गरिएको बुझिएको छ। कम्पनीले गत असार १३ गते खुलाएको आईपीओको समयसीमा शुरुमा असार २७ गतेसम्म तोकेको थियो तर उक्त समयसम्म मागअनुसारको आवेदन नपरेमा साउन १० गतेसम्म समय थप गर्न सकिने व्यवस्था थियो। साउन १० गतेसम्म लम्ब्याइएको म्यादभित्र पनि माग बमोजिम आवेदन नपर्ने देखिएकोले कम्पनीले २१ दिन थप गरेको… पुरा पढौ

नेपाल इन्भेस्टमेन्ट बैंकको खुद नाफा १४.८३ प्रतिशतले बढ्यो

काठमाडौं, ११ साउन । नेपाल इन्भेस्टमेन्ट बैंकले आर्थिक वर्षको चौथो त्रैमासमा ४ अर्बमाथि खुद नाफा आर्जन गरेको छ। कम्पनीले हालै प्रकाशित गरेको चौथो त्रैमासको अपरिस्कृत वित्तीय विवरणमा खुद नाफा अघिल्लो वर्षको सोही अवधिको तुलनामा १४.८३ प्रतिशतले बढेको उल्लेख छ। आर्थिक वर्ष २०७७/७८ मा बैंकले ३ अर्ब ५५ करोड खुद नाफा गरेकोमा गत आर्थिक वर्षमा भने १४.८३ प्रतिशतले बढेर बैंकको खुद नाफा ४ अर्ब ८ करोड ६३ लाख ८४ हजार रुपैयाँ पुगेको हो। उक्त अवधिमा बैंकको वितरणयोग्य नाफा पनि २ अर्ब… पुरा पढौ

महाकाली सन्धिको २७ वर्षपछि नेपालले दोधारा-चाँदनीमा नहर निर्माण गर्दै

महेन्द्रनगर, ११ साउन । महेन्द्रनगर, ११ साउन । नेपाल–भारतबीच भएको एकीकृत महाकाली सन्धिको अढाइ दशकपछि कञ्चनपुरको दोधारा–चाँदनीमा नहर निर्माण गरिने भएको छ । सन्धिको २७ वर्षपछि नेपालले नहर निर्माणको तयारी गर्न लागेको हो । महाकाली सन्धि अनुसार भारतले नेपाललाई दोधारा–चाँदनीमा सिचाइका लागि ३५० क्युसेक पानी नहरमार्फत उपलब्ध गराउनुपर्ने थियो । यसका लागि भारतले शारदा नहरबाट नेपाल सीमासम्म एक हजार एक सय मिटर नहर निर्माण गर्नुपर्ने छ । तर भारतले निर्माण गर्ने नहरको अझै टुङ्गो छैन । नेपालले यसैवर्षदेखि आफ्नोतर्फ नहर… पुरा पढौ

साढे १३ करोड बढीकाे आईपीओ जारी गर्न यी २ कम्पनीले बोर्डबाट पाए अनुमति

काठमाडौं, ११ साउन । धितोपत्र बोर्डले १३ करोड ७२ रुपैयाँको १३ लाख ७२ हजार कित्ता साधारण सेयर (आईपीओ) निष्कासन गर्न दुई कम्पनीलाइ अनुमति दिएकाे छ । धितोपत्र बोर्डबाट इन्टर्न हाईड्रोपावर र खप्तड लघुवित्त वित्तीय संस्थाले आईपिओ निष्कासनकाे अनुमति पाएको हो। आईपीओ निष्कासन गर्न अनुमति पाएको इन्ष्टर्नले प्रतिकित्ता १ सय रुपैयाँका दरले १२ करोड ४० लाख रुपैयाँको १२ लाख ४० हजार कित्ता सेयर निष्कासन गर्नेछ । कम्पनीले आयोजना प्रभावित र सर्वसाधारणलाई उक्त रकमको आईपीओ निष्कासन गर्नेछ । कम्पनीको बिक्री प्रबन्धकमा एनएमबी… पुरा पढौ

मन्दाकिनी हाइड्रोपावरको आईपीओका लागि पर्यो ८ लाखभन्दा बढी आवेदन

काठमाडौ, ११ साउन । मन्दाकिनी हाइड्रोपावर लिमिटेडले जारी गरेको आईपीओका लागि ८ लाखभन्दा बढीको आवेदन परेको छ । कम्पनीले यही साउन ९ गतेदेखि जारी गरेको आईपीओमा मंगलबार सम्म ८ लाख १० हजार ९५३ आवेदन परेको सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका सूचना अधिकारी सुरेश न्यौपानेले सफल आवाजलाई जानकारी दिए। न्यौपानेका अनुसार उक्त समयसम्म जम्मा ९३ करोड २४ लाख २२ हजार रुपैयाँ बराबरको ९३ लाख २४ हजार २२० कित्ता सेयरको लागि आवेदन परेको र यो आँकडा सर्वसाधारणलाई छुट्टयाइएको १० लाख ९३ हजार ७४९… पुरा पढौ