मुख्य समाचार

प्रदेश १, बागमती र लुम्बिनीमा भारी वर्षाको सम्भावना

काठमाडाैं, १० साउन । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा ( Axis of Monsoon Trough) पश्चिममा सरदर (normal position)  स्थान भन्दा केही दक्षिण तिर अवस्थित रहेको छ भने पुर्वमा सरदर स्थान (normal position) को  आसपासमा रहेको छ । हाल देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश १, बागमती र लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन /चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको बताएको छ। साउन १० गते (मंगलबार) दिउँसो : देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशका केही स्थानहरूमा… पुरा पढौ

गैरकानुनी रुपमा कल सेन्टर सञ्चालन गर्ने ३६ जना पक्राउ

काठमाडाैं, १० साउन । नेपाल प्रहरीले गैरकानुनी रुपमा कल सेन्टर सञ्चालन गर्ने विदेशी नागरिकसहित ३६ जनालाई पक्राउ गरेको छ । प्रहरीले तीनकुनेमा गैरकानुनी रुपमा सञ्चालन गर्दै आएको स्काई वल्र्ड सर्भिस सेन्टरबाट उनीहरुलाई पक्राउ गरेको हो । नेपाल प्रहरीका प्रवक्ता टेकवहादुर राईका अनुसार पक्राउ पर्नेमा एक चिनीयाँ, दुई भारतीय र ३३ नेपाली नागरिक रहेका छन् । उनले जिल्ला प्रहरी परिसर काठमाडौँ र मातहत नगर प्रहरी कार्यालय, प्रहरी वृत्तसमेतबाट खटिएको प्रहरी टोलीले कार्यालयमा छापा मारी विद्युतीय उपकरणसहित नियन्त्रणमा लिइएको बताए। अस्ति मात्र… पुरा पढौ

नेप्से परिसूचकसँगै कारोबार पनि बढ्यो, ४ अर्ब १० करोड बढीको कारोबार

काठमाडौं, ९ साउन । साताको सेयर कारोबार हुने दोश्रो दिन सोमबार पनि सेयर बजार सकारात्मक लयमा गएको छ । नेप्सेमा लगातार दोश्रो दिनको अर्धशतको पारसँगै लगानीकर्तामा उत्साह थपिएको छ । यसदिन नेप्से परिसूचकसँगै कारोबार रकममा पनि निकै वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ५४.४५ अंकले बढेर २१३२.९६ विन्दुमा उक्लिएको छ । नेप्सेमा २.६२ प्रतिशतको वृद्धि भएको छ । सेन्सेटिभ इण्डेक्स ९.०५ अंकले बढेर ४०७.३८ विन्दुमा पुगेको छ । यसदिन कुल २१४ कम्पनीको सेयर कारोबार भएको छ… पुरा पढौ

आर्थिक वृद्धिलाई सहयोग पुर्याउने मौद्रिक नीतिको कसिलो मक्सद : अधिकारी

काठमाडाैं । नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेकाे मौद्रिक नीति बजारमा कायम तरलताको अभावलाई परिपूरण गर्न र बजारको अपेक्षालाई समेटेर जारी गरेको देखिएको छ । यो सरकारको आर्थिक नीतिलाई सघाउनेगरी ल्याइएको अर्थ क्षेत्रका जानकारहरु बताउँछन्। अर्थक्षेत्रका जानकार तथा बैंकर समेत रहेका युवा तथा साना व्यवसायी स्वरोजगार कोषका कार्यकारी निर्देशक विश्वमोहन अधिकारी भन्छन्- मूलतः आर्थिक वृद्धिलाई सहयोग पुर्याउने यसको कसिलो मक्सद रहेको छ । उत्पादनशील क्षेत्र, उत्पादित वस्तुको निर्यात र कोभिड १९ बाट प्रभावित क्षेत्रका लागि पुनर्कर्जाको सुविधा राम्रा छन् ।… पुरा पढौ

लगानीयोग्य रकमको अभावले उद्योगी व्यवसायीलाई पिरोल्यो : सीएनआई अध्यक्ष विष्णु अग्रवालकाे बिचार

नेपाल उद्योग परिसंघले सन् २०२१ देखि नेपाल सरकारसँगको साझेदारीमा ‘मेक इन नेपाल–स्वदेशी’ वहुवर्षीय अभियान सञ्चालन गरिरहेको छ । घरेलु औद्योगिक उत्पादन वृद्धि गरी नेपाली वस्तु तथा सेवाको पहुँच राष्ट्रिय तथा अन्तराष्ट्रिय बजारमा पुर्याउने यस अभियानको मुख्य लक्ष्य छ । परिसंघले यसै उद्देश्य प्राप्तिका लागि गत जेठ ९ गते मेक इन नेपाल सम्मेलन सम्पन्न गरिसकेको छ । वस्तु र सेवाहरूको उच्च गुणस्तर एवं उचित मूल्यको मानाङ्क कायम गर्न निश्चित मापदण्ड र प्रक्रियासहित छुट्टै स्वदेशी लोगो प्रयोगमा ल्याइएको छ ।स्वदेशी अभियानमा जोडिएका… पुरा पढौ

मन्दाकिनी हाइड्रोपावरकाे सेयर निष्काशन आजदेखि, कहिलेसम्म दिने आवेदन ?

काठमाडाैं, ९ साउन । मन्दाकिनी हाइड्रोपावरले आजदेखि सर्वसाधारणका लागि ११ लाख ७६ हजार ७३ कित्ता सेयर निष्काशन गरेकाे छ । कम्पनीले प्रतिकित्ता रू १०० अंकित मूल्यकाे ११ लाख ७६ हजार ७३ कित्ता साधारण सेयर बिक्रीमा ल्याएकाे हाे । निष्काशन गरिएकाे कुल सेयरबाट २३ हजार ५२१ कित्ता सेयर कर्मचारीहरुका लागि रहेकाे छ । ५८ हजार ८०३ कित्ता सामूहिक लगानी कोषको लागि रहेकाे छ। बाँकी रहने १० लाख ९३ हजार ७४८ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन पाउनेछन्। सेयरमा लगानी गर्न चाहने लगानीकर्ताले… पुरा पढौ

विपत बाजा बजाएर आउँदैन, पूर्व तयारी गराैं

गलकोट, ९ साउन । वैशाख यता मात्रै बागलुङमा चट्याङबाट पाँच जनाले ज्यान गुमाइसकेका छन् । जिल्लामा चट्याङबाट बर्सेनि जनधनको क्षति भइरहेको छ । चट्याङबाट बच्न नागरिक सेचत हुन आवश्यक छ । जिल्लामा मनसुन जन्य प्राकृतिक प्रकोप बढ्दो अवस्थामा रहँदा विपद् व्यवस्थापन कार्यको तयारी थालिएको छ । भनिन्छ–‘विपति बाजा बजाएर आउँदैन ।’ त्यसैले हरेक वर्षायामसँगै अपुरणीय जनधनको क्षति हुन्छ । यस्तो क्षतिमा स्थानीय सरकार, सरोकारवाला र स्वयं आमनागरिकले पूर्ववत् सचेतता, योजना र तयारीमा यथेष्ट ध्यान दिनसके विपत्ति रोक्न सकिने ठाउँमा नियन्त्रणसमेत… पुरा पढौ

साडे ४१ कराेड लागतकाे महुरे-फोक्सिङटार सडक कालोपत्रको काम अन्यौलमा

खोटाङ, ९ साउन । सगरमाथा राष्ट्रिय राजमार्गमा पर्ने दिक्तेल–गाईघाट सडकखण्डको महुरे–फोक्सिङटार ९४९ किलोमिटर सडक कालोपत्रको काम अलपत्र परेको छ । दिक्तेलबाट तराईका जिल्ला जोड्ने सबैभन्दा छोटो मार्गमा पर्ने उक्त सडक कालोपत्र ठेकेदार कम्पनीको लापर्बाहीले अलपत्र परेको हो । मध्यपाडी लोकमार्गबाट छुट्टिने महुरेदेखि राजापानीको सिम्पानी ९२२ किलोमिटर सडक कालोपत्रको काम भारत कन्ट्रक्सन÷सिद्धी शाही जेभी तथा सिम्पानी भञ्ज्याङदेखि फोक्सिङटार ९२७ किलोमिटर० सडकखण्डको काम देवनारायण पवन÷मैनाचुली÷खाम्पाचे जेभीले जिम्मा लिएको थियो । कालोपत्रको काम सम्पन्न गरेर सडक विभागलाई हस्तान्तरण गरिसक्नुपर्ने उक्त सडक अहिले हिलो… पुरा पढौ

अर्थतन्त्रका चूनौती सम्बोधन गर्न सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः प्रधानमन्त्री देउवा

काठमाडौं, ९ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले बढ्दो उपभोगसँगै मुलुकले धान्न नसक्ने गरी बढिरहेको व्यापार घाटा कम गर्ने कार्यमा दत्तचित्त भएर लाग्न उद्योगी व्यवसायीलाई आग्रह गरेका छन् । विदेशी मुद्राको घट्दो सञ्चिति, सुस्त बन्दै गइरहेको उत्पादनमूलक क्षेत्र, घट्दो कृषि उत्पादन र उत्पादकत्व, बढ्दो बेरोजगारी आदिका कारण मुलुकको अर्थतन्त्रलाई थप बिग्रन नदिन बुद्धिमत्तापूर्ण ढङ्गले वित्त तथा मौद्रिक नीतिलाई कार्यान्वयन गर्नुपर्ने खाँचो प्रधानमन्त्री देउवाले औँल्याए । नेपाल उद्योग परिसङ्घको १९ औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले कोभिड–१९ महामारीले शिथिल बनाएको हाम्रो अर्थतन्त्र रुस… पुरा पढौ

भदाैमा गर्ने भनिएकाे यस वर्षको ‘नाडा अटो शो-२०२२’ स्थगन

काठमाडौं, ८ साउन । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले (नाडा) भदौमा आयोजना गर्ने गरी तयारी गरेको यस वर्षको ‘नाडा अटो शो–२०२२’ स्थगन भएको छ । नाडा कार्यसमितिको आज बसेको बैठकले अटो शो केही समयका लागि स्थगन गर्ने निर्णय गरेको हो । नाडाले आगामी भदौ ७ गतेदेखि १२ गतेसम्म काठमाडौँमा अटो शो आयोजना गर्ने तयारी गरेको थियो । सरकारले साउन १ गतेदेखि सवारी साधन आयातमा लगाएको प्रतिबन्ध हटाउने आश्वासनअनुसार अटो शो को तयारी थालेको नाडाले प्रतिबन्ध लम्बिएसँगै अटो शो स्थगन गरेको हो… पुरा पढौ