मुख्य समाचार

मौद्रिक नीति सकारात्मक, कार्यान्वयन भने चुनौतीपूर्ण: सिबिफिन

काठमाडौं, १० साउन । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल, सिबिफिनले हालै जारी भएको मौद्रिक नीति समग्रमा सकारात्मक भए पनि यसको कार्यान्वयन चुनौतीपूर्ण हुने धारण व्यक्त गरेको छ। संस्थाले आज एक विज्ञप्ति जारी गर्दै यस्‍तो धारणा सार्वजनिक गरेको हो। 'उत्पादन र उत्पादकत्व अभिवृद्धिमा विशेष जोड दिँदै आत्मनिर्भर अर्थतन्त्रको निर्माण गर्ने लक्ष्यका साथ जारी भएको र वर्तमान अर्थव्यवस्थाको सुधारका लागि कसिलो बनाइएको मौद्रिक नीतिले लिएका लक्ष्यहरुको प्राप्ति र अवलम्बन गरेका कतिपय व्यवस्थाहरुको कार्यान्वयन भने चुनौतीपूर्ण हुने सिबिफिनले ठहर गरेको छ,' विज्ञप्तिमा… पुरा पढौ

राष्ट्रपतिबाट विभिन्न मुलुकका लागि चार राजदूत नियुक्त, काे कहाँका लागि ?

काठमाडौं, १० साउन । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा विभिन्न मुलुकका लागि नेपाली राजदूत नियुक्त गरेकी छन् । राष्ट्रपति भण्डारीले डा शर्मिला पराजुली (ढकाल)लाई स्पेनका लागि नेपालको आवासीय राजदूतमा, मिलनराज तुलाधारलाई रूसी महासङ्घका लागि नेपालको आवासीय राजदूतमा, प्राडा राम स्वार्थ रायलाई डेनमार्कका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गरेकी हुन्। गणतन्त्र भारतका लागि नेपालको आवासीय राजदूत डा शङ्करप्रसाद शर्मालाई भूटानका लागिसमेत गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गरेकाे राष्ट्रपतिको कार्यालयद्वारा जारी… पुरा पढौ

अर्थ मन्त्रालयको सीसीटीभी फुटेज ‘रिकभर’, फरेन्सिक विज्ञसँग परामर्श गरिने

काठमाडौं, १० साउन । अर्थ मन्त्रालयको डिलिट भएको गत जेठ १४ गतेको सीसीटीभी फुटेज ‘रिकभर’ गरिएको छ । नेपाल प्रहरीको विज्ञ टोलीले जेठ १४ गतेको ५१ वटा भिडियो फुटेज रिकभर गरेर संसदीय विशेष छानविन समितिमा बुझाएको हो । तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथि गत जेठ १४ गते राति बजेट निर्माणको क्रममा अनधिकृत व्यक्तिलाई संलग्न गराएको आरोप लागेको थियो भने उनले सीसीटीभी फुटेज १३ दिनपछि आफैं डिलिट हुने प्रविधि रहेको जवाफ दिएका थिए। सीसीटीभी फुटेज आफैं डिलिट भएको जवाफ गैरजिम्मेवार भएको भन्दै… पुरा पढौ

नयाँ आर्थिक वर्षको पहिलो सातामै बैंकहरूको ६३ अर्ब निक्षेप घट्नुमा यस्ताे छ कारण

काठमाडौं, १० साउन । नयाँ आर्थिक वर्षको पहिलो साता साउनमा वाणिज्य बैंकहरूको ६३ अर्ब रुपैयाँ निक्षेप घटेको छ। नेपाल बैंकर्स संघका अनुसार असार मसान्तको तुलनामा साउन पहिलो सातामा वाणिज्य बैंकको निक्षेप ६३ अर्ब रुपैयाँले घटेको हो । असार मसान्तसम्म वाणिज्य बैंकहरूको कुल निक्षेप संकलन ४५ खर्ब ४१ अर्ब रुपैयाँ रहेकोमा साउन पहिलो सातामा ६३ अर्ब रुपैयाँले घटेर ४४ खर्ब ७८ अर्ब रुपैयाँ कायम भएको हो। यस्तै, वाणिज्य बैंकहरुको कर्जा लगानी पनि १० अर्ब रुपैयाँले घटेको छ । वाणिज्य बैंकहरुले असार… पुरा पढौ

ग्लोबल आइएमई लघुवित्तकाे खुद नाफा २५ करोड नाघ्याे

काठमाडाैं, १० साउन । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म २५ करोड ५ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएकाे छ । संस्थाकाे गत आर्थिक वर्षको असार मसान्तसम्ममा प्रकाशित अपरिष्कृत वित्तीय विवरण अनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा लघुवित्तको अधिकांश सूचकहरूकाे सुधारसंगै साे नाफा गर्न सफल भएकाे हाे । लघुवित्तकाे याे २५ करोड ५ लाख रुपैयाँ खुद नाफा आर्जन अघिल्लो आर्थिक वर्षको सोही अवधिकोभन्दा १०.०५ प्रतिशत बढी देखिएकाे छ । अघिल्लो वर्ष साेहि अवधिमा… पुरा पढौ

गत आर्थिक वर्षमा कति बढ्याे बैंकहरूकाे नन बैंकिङ एसेट ?

काठमाडौं, १० साउन । वाणिज्य बैंकहरूको गैर बैंकिङ सम्पत्ति (नन बैंकिङ एसेट) बढेको छ ।नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरूको वार्षिक नियमन प्रतिवेदन सार्वजनिक गर्दै गैर बैंकिङ सम्पत्ति बढेको देखाएको हो । अघिल्लो आर्थिक वर्षमा बैंकहरूको गैर बैंकिङ सम्पत्ति १३.२१ प्रतिशतले बढेको हो । सरकारी स्वामित्वमा रहेका बैंकहरूको गैर बैंकिङ सम्पत्ति भने १४.२३ प्रतिशतले बढेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । वाणिज्य बैंकहरूसँग कुल ६ अर्ब ७७ करोड ३० लाख रुपैयाँको नन् बैंकिङ एसेट छ । नेपाल राष्ट्र बैंकका अनुसार निजी… पुरा पढौ

मौद्रिक नीतिप्रति उद्योग वाणिज्य महासंघको टिप्पणी : तरलतामा थप दबाब हुने देखियो

काठमाडौं, १० साउन । नेपाल उद्योग वाणिज्य महासङ्घले मौद्रिक नीतिले आठ महिनादेखि बजारमा देखिएको तरलता अवस्थामा थप दबाब सिर्जना गर्ने देखिएको बताएको छ । नेपाल राष्ट्र बैङ्कले गत शुक्रबार सार्वजनिक गरेको मौद्रिक नीतिले गत वर्षभन्दा करिब ७ प्रतिशत बिन्दुले कम कर्जा प्रवाह हुने प्रक्षेपण गरेको बजारबाट तरलता प्रशोचन गर्ने र उपभोग न्यूनीकरण गरी कर्जाको ब्याजदर बढाउने नीति लिएको महासङ्घको धारणा छ । विदेशी मुद्रा आर्जनको स्रोत बढाउने उपायभन्दा पनि कर्जा नियन्त्रण गरी खर्च कटौती गर्नेतर्फ नीति देखिएको र उत्पादनमूलक क्षेत्रमा… पुरा पढौ

३ अर्ब लगानीमा विराटनगरमा कसले खाेल्दैछ चेन होटेल ?

विराटनगर, १० साउन । बिराटनगरमा ३ अर्ब लगानीमा चेन होटेल खुल्ने भएको छ। यसका लागि सेञ्चुरी ग्रुप र होटेल र्याडिसनबीच विराटनगरमा र्याडिसन खोल्ने सम्बन्धमा दुईपक्षीय हस्ताक्षर समेत भएको छ । सेञ्चुरी ग्रुप अफ कम्पनीका अध्यक्ष मोती दुगड र र्रयाडिसन ग्रुपका दक्षिण एशिया प्रबन्ध निर्देशक जुबिना सक्जेनाबीच ¥याडिसन खोल्ने सम्बन्धमा हस्ताक्षर भएको हो । सेञ्चुरी मलसहित विश्वस्तरको होटेल खुल्दा नेपालको आर्थिक समृद्धिमा योगदान हुने व्यवसायी दुगडले बताए । ३ अर्ब लगानीमा बन्ने १४६ कोठाको सो होटेलमा बृहत् सभाहल, जिमखाना, व्यापारिक मलसमेत… पुरा पढौ

बङ्गलादेशमा पर्यटन प्रवर्धन गर्दै नेपालका फोटो पत्रकार

काठमाडौं, १० साउन । राष्ट्रिय फोटो पत्रकार समूह नेपालको रजत महोत्सवका अबसरमा मुलुकको पर्यटन प्रवर्धन गर्ने उद्देश्यले बङ्लादेशको ढाकामा फोटो प्रदर्शनी गरिएको छ । समूहका अध्यक्ष तथा राससका फोटो पत्रकार प्रदीपराज वन्त र कोषाध्यक्ष सागर श्रेष्ठले ढाकामा फोटो प्रदर्शनीमार्फत नेपाल घुम्न जाऊँ भनी सन्देश प्रवाह गरे । उनीहरुले नेपाल आकर्षिक पर्यटकीय क्षेत्र रहेकाले घुमेर मनोरञ्जन लिन आह्वानसमेत गरे। ‘अमेजिङ नेपाल’ नाम दिएर आयोजना गरिएको फोटो प्रदर्शनीमा नेपालका पर्यटकीय क्षेत्रका दुई दर्जनभन्दा बढी तस्वीरहरु प्रदर्शन गरिएको थियो । समूहका अध्यक्ष वन्तले… पुरा पढौ

धवलागिरी गाउँपालिका गुर्जामा जुवातास र धूम्रपान सेवनमा प्रतिबन्ध

म्याग्दी, १० साउन । म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जामा जुवातास खेल्न, धूम्रपान र सूर्ती सेवन गर्न प्रतिबन्ध लगाइएको छ । वडाका जनप्रतिनिधीहरुको बैठकले जुवातास,धूम्रपान सेवनमा प्रतिबन्ध लगाउनुका साथै तोकिएको भन्दा अन्य समय मदिरा सेवन गर्नेलाई जरिवाना तिराउने निर्णय गरेको छ । चुरोट, खैनी सेवनलाई पूर्णप्रतिबन्ध र बिहान ५ देखि साँझ ५ बजेसम्म जाँडरक्सी सेवन गर्न प्रतिबन्ध लगाइएको वडा अध्यक्ष झकबहादुर छन्त्यालले बताए। “तोकिएको भन्दा अन्य समय मदिरा सेवन गर्नेलाई पहिलो पटक सम्झाई बुझाई, दोस्रो पटक रु. १०० र तेस्रो पटक देखि दोब्बरका… पुरा पढौ