मुख्य समाचार

नागरिकता विधेयक पारित भएकाेमा एनआरएनएले गर्याे स्वागत

लन्डन, ८ साउन । प्रतिनिधिसभाद्वारा ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ परित भएकोमा गैरआवासीय नेपाली सङ्घले स्वागत गरेको छ । सदनले गत शुक्रबार बहुप्रतिक्षित सो बिधेयकलाई पारित गरेको थियो । गैरआवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद्का कार्यकारी अध्यक्ष कुल आचार्यले विधेयक पारित भएसंगै विश्वभर रहेका नेपालीहरूलाई मातृभूमिसँग जोड्ने र नेपालमा विदेशी लगानी भित्र्याउन सहज हुने बताए। सङ्घको स्थापनाकालदेखि नै गैरआवासीय नेपाली सङ्घले प्रवासी नेपालीहरूसँग रहेको सीप, स्रोत र पूँजी नेपालको हित र उन्नतिमा परिचालन गर्न जोड दिँदै आएको स्मरण गरे।… पुरा पढौ

अब नेपालमा पनि सुविधायुक्त गुड्ने मिनी अस्पताल

काठमाडौं, ८ साउन नेपालमा सामान्य खालको स्टेचर र केही उपकरण भएका र मध्यम खालका बिरामीलाई ओसारपसार गर्न सक्ने एम्बुलेन्स चल्छन् । त्यही पनि भौगोलिक अवस्था, सडक जाम सुविधा अभावले बिरामीको बीच बाटोमै मृत्यु हुने अवस्थाको सामना गरिरहनुपरेको छ । तर अस्पतालमा मात्र प्राप्त हुने महत्वपूर्ण सेवा भेन्टिलेटर, बिरामी निगरानी मेसिन, सिरिन्ज पम्प, इन्फ्युजन पम्प, अक्सिजन कन्सेन्ट्रेटर, इसिजी मेसिन, अल्ट्रासाउन्ड मेसिनलगायतका उपकरण कुनै एउटा गाडीमा हुन्छ । त्यसभित्र एउटा होइन छ÷छवटा सुविधायुक्त शय्या र साथमा सिसीक्यामेरा । मिनी अस्पतालका रूपमा रहेका… पुरा पढौ

सामाजिक सुरक्षा कोषद्वारा व्याज र प्रतिफल योगदानकर्ताको खातामा जम्मा

काठमाडाैं, ७ साउन । सामाजिक सुरक्षा कोषले आर्थिक वर्ष २०७७÷७८ को योगदान रकमबाट प्राप्त व्याजका साथै एक प्रतिशत प्रतिफल रकम योगदानकर्ताको खातामा जम्मा गरेको छ । कोष सञ्चालक समितिको बैठकले वृद्धावस्था सुरक्षा योजनामा योगदान गर्ने योगदानकर्ताको अघिल्लो आवको योगदान रकमको ६.७५ प्रतिशत व्याज र थप एक प्रतिशत प्रतिफल थप गर्ने निर्णय गरेको थियो । कोषले कोरोना महामारीको समयमा सरकारका तर्फबाट योगदानकर्ताको खातामा जम्मा गर्नुपर्ने योगदान रकमको बाँकी अंशसमेत जम्मा गरिदिएको छ । योगदानकर्ताको खातमा बाँकी १६ प्रतिशत रकम जम्मा गरिएको कोषका… पुरा पढौ

हुलाक टिकटले देशको सभ्यता जोगाएको छ : मन्त्री थापा

पाेखरा, ७ साउन । गण्डकी प्रदेश सरकारका कानून, संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दु कुमार थापाले हुलाक टिकटले देशको सभ्यता झल्किने बताएका छन् । पश्चिमाञ्चल फिलाटेलिक सोसाइटीले शनिबार पोखरामा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताए । ‘हुलाक टिकट मार्फत देशको सभ्यता जोगिएको छ । कला, संस्कृतिको संरक्षण गर्दै एतिहासिक महत्वका विषयवस्तुलाई टिकट मार्फत झल्किाउनु आफैमा महत्वपूर्ण काम हो । पश्चिमाञ्चल फिलाटेलिक सोसाइटीले एतिहासिक महत्व बोकेका टिकटहरुलाई संकलन गरी संरक्षण गरेको काम प्रशंसनिय छ ।’, उनले भने। मन्त्री थापाले… पुरा पढौ

वर्तमान र भविष्यको सुनौलो जीवन र खाद्य सुरक्षाका लागि ‘माटो जोगाऔं’ : नबिन पुन(भिडियाे)

काठमाडौं, ७ साउन । माटो जोगाऔं (Save Soil) अभियानको सन्देश पुर्याउन ७५ दिने नेपालको मेचिकाली म्याराथन दौडमा निस्किएका पर्वतका यम बहादुर चोचाङ्गी (नबिन पुन मगर) ले १ हजार ७५४ किलोमिटर दौड पूरा गरेका छन् । उनले यस दौड अन्तर्गत ३५०० किलोमिटर म्याराथन दौड पूरा गर्ने बताए । पोखरामा म्याराथन दाैडकाे ४१ दिनमा स्थानिय सरकारका पदाधिकारीहरुसंग माटो जोगाऔं अभियानका बारेमा छलफल गरेर उनी मध्यपहाडी लोकमार्ग हुँदै शनिबार पश्चिमतिर लागेका छन् । काठमाडौंबाट शुरु भएको उनको म्याराथन दौड प्रदेश १, मधेश प्रदेश… पुरा पढौ

प्रभु बैंककाे नाफा २ अर्ब ६० करोड बढी, वितरण योग्य मुनाफा कति ?

काठमाडाैं, ७ साउन । प्रभु बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म २ अर्ब ६० करोड ३ लाख रुपैयाँ खुद नाफा कमाएको छ। बैंकले प्रकाशन गरेकाे अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकले गत आर्थिक वर्षको सोही अवधिकोभन्दा खुद नाफा कमाएकाे हाे । बैंकले गएकाे असार अन्तिमसम्ममा २ अर्ब ६० करोड ३ लाख रुपैयाँ खुद नाफा कमाएकोमा याे नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिकोभन्दा ५१.११ प्रतिशत बढी हो। पहिलेकाे आर्थिक वर्षको सोही अवधिमा बैंककाे खुद नाफा १ अर्ब ४८ करोड २४ लाख रहेकाे… पुरा पढौ

सन् २०२२ को नोभेम्बरदेखि कतारमा सुरु हुने विश्वकपका लागि नेपाली श्रमिक लैजान अनुमति

काठमाडाैं, ७ साउन । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सन् २०२२ को नोभेम्बरदेखि कतारमा सुरु हुने विश्वकप फुटबल प्रतियोगिताका लागि नेपाली श्रमिक लैजान अनुमति दिएको छ । प्रतियोगिता अवधिभर कतारका विभिन्न कम्पनीले छोटो अवधिका लागि नेपाली श्रमिक लिन चाहेकाले मन्त्रालयले अनुमति दिएको हो । सो अवधिका लागि सरकारले नेपाली श्रमिक पठाउँदा सबै प्रक्रिया पूरा गरेर पठाउने निर्णयसमेत गरेको छ । काम नै छोटो अवधिका लागि पठाउने भएकाले उनीहरुको श्रम स्वीकृति प्रदान गरेर नै पठाउने निर्णय गरेको श्रम, रोजगार तथा… पुरा पढौ

गोसाइँकुण्ड मेलाका लागि खाद्यान्न ढुवानी सुरू, तयारी तिब्र

रसुवा, ७ साउन । पवित्र तीर्थ गोसाइँकुण्डको विशेष मेला भर्न निलाद्री पर्वत पुग्ने भक्तजनलाई भोजनको व्यवस्था मिलाउन स्थानीय व्यवसायीले खाद्यान्न ढुवानी गर्न थालेका छन् । यही साउन २७ गते जनैपूर्णिमा लाग्ने गोसाइँकुण्डको विशेष धार्मिक मेलामा १५ हजार भक्तजन आउने गोसाइँकुण्ड क्षेत्र विकास समितिले आकलन गरेलगत्तै धार्मिक मार्गका होटल व्यवसायीले खाद्यान्न जोहो गर्न थालेको लौरी विनायकका व्यवसायी पासाङ ग्याल्पो तामाङले बताए । धुञ्चेमा ४३, तिवारी बगरमा दुई, खन्तिमा दुई, देउरालीमा एक, डिम्सामा दुई, चन्दनबारीमा सात, चोलाङपाटीमा दुई, लौरी विनायकमा तीन र… पुरा पढौ

सेयर बजारका नीतिगत व्यवस्था लगानीकर्ताका लागि सुखद्, कारोबार बढ्ने संकेत

काठमाडौ, ७ साउन । शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिले सेयर कर्जामा रहेको ४/१२ को क्यापमा केही परिमार्जन गरेको छ। केन्द्रीय बैंकले मौद्रिक नीतिमार्फत सेयर बजारसम्बन्धी ४/१२ बाहेक पनि लगानीकर्ताका लागि सकारात्मक हुने अन्य थुप्रै नीतिगत व्यवस्था गरेको छ । ती नीतिगत व्यवस्थामा सेयर धितो कर्जामा न्यूनतम सीमा खारेजी, बैंक तथा वित्तीय संस्थाको मर्जर तथा प्राप्तिको समयमा सेयर कारोबार नरोकिनेसम्मका रहेका छन्। विषम परिस्थितिमा कस्तो मौद्रिक नीति आउला भनेर पर्खिरहेका लगानीकर्ताहरुमा यी व्यवस्थाहरुले सकारात्मकता छाएको देखिन्छ… पुरा पढौ

भक्तपुरमा आज पाँचौँ अरुण थापा स्मृति साँझ हुँदै

भादगाउँ, ७ साउन । नेपाली सुगम आधुनिक सङ्गीतका एक अमर गायक तथा सङ्गीतकार अरुण थापाको ‘२३ औँ स्मृति दिवस २०७९’का अवसरमा भक्तपुर साङ्गीतिक समाजको आयोजनामा ‘अरुण थापा स्मृति साँझ’ हुने भएको छ । समाजले थापाको स्मृतिमा लगातार पाँचौँ पटक स्मृति साँझ आयोजना गर्न लागेको हो । कार्यक्रममा भक्तपुरका स्थानीय कलाकारले स्व थापाका गीत गुनगुनाउने छन् । कार्यक्रममा सत्यनारायण मानन्धर, लक्ष्मण पलिखेल, राजेश शाही, रोशन धौभडेल, विनोदराज ढुङ्गेल, आधीश्री कसपाल र नवीन्द्रलाल कर्माचार्यले स्व थापाका गीत गाउने आयोजक समाजका अध्यक्ष प्रवीण… पुरा पढौ