मुख्य समाचार

संकुचित मौद्रिक नीतिले आर्थिक गतिविधि घटाउनेछ : चेम्बर

काठमाडौं, ८ साउन । नेपाल चेम्बर अफ कमर्सले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०७९/८० संकुचित मौद्रिक नीतिले समग्र आर्थिक गतिविधि घटाउने धारणा व्यक्त गरेको छ । उद्योग व्यवसायलाई सहज ढंगले सञ्चालन गर्नका लागि लचिलो नीतिको अपेक्षा गरिएकोमा त्यसको ठिक उल्टो विपरीत कर्जा विस्तारको लक्ष्य समेत घटाइएकोले अर्थतन्त्र नै संकुचनमा पर्ने चेम्बरको भनाइ छ । चेम्बरका अनुसार अनिवार्य नगद अनुपात ३ बाट ४ मा पुर्याइनु, वैधानिक तरलता अनुपातको सीमा वृद्धि हुनु एवं मुद्रा प्रदायकको लक्ष्य १२ प्रतिशतमा घटाइनुले बजेटमा उल्लेखित… पुरा पढौ

सन् २०२३-२०३३ लाई नेपाल भ्रमण दशक घोषणा गर्ने सरकारको तयारी

काठमाडौं, ८ साउन । सरकारले सन् २०२३-२०३३ लाई नेपाल भ्रमण दशक घोषणा गर्ने तयारी गरेको छ । आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन पुनरुत्थान कार्ययोजना सार्वजनिक गर्ने क्रममा यो तयारीबारे जानकारी दिएको हो । कार्यक्रममा विभिन्न योजनाको तयारीबारे जानकारी दिँदै मन्त्रालयले आउँदो तीन महिनाभित्र २०२३-२०३३ लाई आधिकारिक रुपमा नेपाल भ्रमण दशक घोषणा गरिसक्ने बताएको छ । कार्यक्रममा उक्त योजनालाई मूर्तरुप दिनका लागि गैरआवासीय नेपाली संघको नेतृत्वमा ‘एक नेपाली एक विदेशी साथी नेपाल पठाऊ अभियान’ पनि सञ्चालन गरिने मन्त्रालयले बताएको… पुरा पढौ

माैद्रिक नीतिपछि नेप्सेमा उछाल, बढ्याे लगानीकर्ताकाे मनाेबल

काठमाडौं, ८ साउन । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गरेपछिको पहिलो कारोबारको दिन आइतबार सेयर बजारमा उछाल आएकाे छ । यो दिन सेयर कारोबार हुने साताको पहिलो दिन पनि हो । माैद्रिक नीति आएपछि यसलाई अर्थव्यवस्था सुधारको कडीको रुपमा लिइएको प्रारम्भिक प्रतिक्रिया आइरहँदा सेयर बजारमा पनि यसको प्रभाव परेको छ । लामो समयसम्म लगानीकर्ताहरुले राष्ट्र बैंकले सेयर धितो कर्जामा लगाएको ४/१२ को क्यापको विरोध गर्दै आएका थिए । नियमनकारी निकाय सेबोनसँग भएको १९ बुँदे सहमतिपछि उनीहरुले आन्दोलनलाई रोकेका थिए… पुरा पढौ

सांसदद्वारा सल्लाघारी दुर्घटनाप्रति सरकारको ध्यानाकर्षण

काठमाडौं, ८ साउन । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसदहरुले भक्तपुरको सल्लाघारमिा भएको दुर्घटनाप्रति सरकारको ध्यानाकर्षण गराए। सांसद प्रेम सुवालले भक्तपुरको सल्लाघारीमा तीन जनाको निधन र केही घाइते हुने गरी आज बस तथा स्कुटरमाथि रुख ढलेको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराए। उनले उक्त दुर्घटनामा मृत्यु भएका परिवारलाई उचित राहत दिन र घाइतेको निःशुल्क उपचारको व्यवस्था मिलाउन सरकारसँग आग्रह गरे। उनले यस्ता घटना अन्य क्षेत्रमा पनि हुनसक्ने भन्दै त्यसतर्फ ध्यान दिन आग्रह गरे। उक्त दुर्घटनामा अन्य १२ जना घाइते भएको जनाइएको… पुरा पढौ

कालिका लघुवित्तको खुद नाफा बढ्याे, निष्क्रिय कर्जा घट्याे

काठमाडाैं, ८ साउन । पाेखरामा केन्द्रीय कार्यालय रहेकाे कालिका लघुवित्त वित्तीय संस्थाकाे आर्थिक वर्ष २०७८–७९ को चौथो त्रैमाससम्मको वित्तीय विवरण अनुसार संस्थाकाे नाफामा उल्लेख्य बृद्दी भएको छ। यस अवधिसम्ममा संस्थाले १२ करोड ८४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको देखिएकाे छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ५ करोड ५२ लाख रुपैयाँ खुद नाफा आर्जन थियो। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १३२.७२ प्रतिशतले बृद्धि भएको हाे । समीक्षा अवधिमा कम्पनीले १ अर्ब ८६ करोड कर्जा सापटी र… पुरा पढौ

अपाङ्गता भएकालाई समान रोजगारीको अवसर दिनु हाम्राे जिम्मेवारी हाे : अध्यक्ष गाेल्छा

काठमाडौं, ८ साउन । फरक क्षमता भएका ऊर्जावान व्यक्तिलाई रोजगारको अवसर दिलाउने उद्देश्यले त्यस्ता अपाङ्गता भएका व्यक्ति र रोजगारदातालाई एकै थलोमा भेला गराउन रोजगार सम्मेलन (इम्प्ल्यायरर्स मिट) २०२२ को आयोजना गरिएको छ । अपाङ्गता सुनिश्चित रोजगार अभियानअन्र्तगत ‘अपाङ्गता समावेशी रोजगारका लागि सँगसँगै’ भन्ने नाराका साथ सो सम्मेलन आयोजना गरिएको हो । द लेप्रोसी मिशन नेपालको प्राविधिक तथा आर्थिक सहयोगमा राष्ट्रिय अपाङ्ग महासङ्घ र नेपाल उद्योग वाणिज्य महासङ्घसँगको सहकार्यमा सञ्चालित रोजगारबिहिन अपाङ्गता भएका व्यक्तिका लागि ऊर्जाशील अवसर (फाउण्ड) परियोजनाको आयोजनामा भएको… पुरा पढौ

मौद्रिक नीतिबारे व्यवसायीहरूकाे यस्ताे छ प्रतिक्रिया

काठमाडौं, ८ साउन । गत शुक्रबार नेपाल राष्ट्र बैंकले जारी गरेको चालु आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिमाथि विभिन्न सरोकारवालाहरुको प्रतिक्रिया आउने क्रम जारी छ। अधिकांश व्यवसायीहरुले मौद्रिक नीति मिश्रित खालको रहेको प्रतिकृया दिँदै आइरहेका छन्। बैंक तथा वित्तीय संस्थाले परिस्थितिजन्य र सेयर बजारका सरोकारवालाहरुले सकारात्मक रहेको टिप्पणी गरेको मौद्रिक नीतिलाई व्यवसायीहरूले भने बाध्यताले सन्तोषजनक भएको विचार व्यक्त गरेका छन् । राष्ट्र बैंकले यसअघि भने झैं कसिलो रुपमा ल्याएको मौद्रिक नीतिले केही विषयमा कडाई गरेको तर अन्य धेरै क्षेत्रमा अपेक्षित… पुरा पढौ

अभियान लघुवित्तको आईपीओ साउन १८ गतेदेखि आउँदै

काठमाडौं, ८ साउन । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ आगामी साउन १८ गतेदेखि निष्कासन तथा बिक्री खुला हुने भएको छ। उक्त लघुवित्तद्वारा प्रति सेयर १०० रुपैयाँ अंकित मूल्य भएका ९ करोड ७५ लाख रुपैयाँ बराबरको ९ लाख ७५ हजार कित्ता आईपीओ जारी गर्न लागिएको हो। कुल ९ लाख ७५ हजार कित्ता सेयरमध्ये ०.५ प्रतिशतले हुन आउने १२ हजार ५०० कित्ता संस्थाकै कर्मचारीहरुका लागि तथा ५ प्रतिशतले हुन आउने ४८ हजार ७५० कित्ता सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ ।… पुरा पढौ

७५ लाखमा बन्याे ‘पाको पार्क’, विकास निर्माणमा एकताबद्ध होऔं : ऊर्जामन्त्री भुसाल

ललितपुर, ८ साउन । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले विकासका निर्माणका काममा एकताबद्ध भएर अगाडि बढ्न आग्रह गरेकिन् छ । ललितपुरको गोदावरी नगरपालिका वडा नं १२ ठेचोमा आज ‘पाको पार्क’ उद्घाटन कार्यक्रममा उनले विकास निर्माण निरन्तरको प्रक्रिया भएकाले सबैको ऐक्यबद्धता आवश्यक हुने बताइन। मन्त्री भुसालले भनिन्, “विकास निर्माणकार्यमा एउटै मनले समन्वयकारी भूमिका निर्वाह गर्नुपर्छ । निर्वाचनका बेला विभिन्न दलका नाममा मत मागे पनि विकासका काममा हामी एक मत छौँ, हुनुपर्छ । सधैँ जनताको काममा एकताबद्ध भएर लाग्छौँ ।” उनले… पुरा पढौ

श्वेत गंगा हाइड्रोपावरकाे सेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाडाैं, ८ साउन । श्वेत गंगा हाइड्रोपावरले निष्काशन गरेकाे सेयरमा आवेदन दिने आज अन्तिम दिन बाँकी रहेको छ। कम्पनीले साउन ४ गतेदेखि २३ लाख ८९ हजार ५०० कित्ता साधारण सेयर निष्काशन गरेको थियाे । कम्पनीले आयोजना प्रभावित क्षेत्रका जनताका लागि सेयर जारी गरेकाे हाे । कम्पनीकाे जारी पूँजी १ अर्ब ५९ करोड ३० लाख रुपैयाँ बराबरको १५ प्रतिशतले हुने प्रतिशेयर रू १०० अंकित दरकाे २३ लाख ८९ हजार ५०० कित्ता साधारण बिक्रिमा ल्याइएकाे हाे । कुल सेयरबाट ५ प्रतिशतले १… पुरा पढौ