मुख्य समाचार

नवलपुरमा उठ्यो रु २४ अर्ब राजस्व, ९८.३१ प्रतिशत प्रगति

नवलपुर, ४ साउन । आन्तरिक राजस्व कार्यालय कावासोतीले गत आर्थिक वर्ष २०७८÷७९ मा लक्ष्य अनुसारको राजस्व सङ्कलन गर्न सकेन । कार्यालयले गत आवका लागि पाएको लक्ष्यभन्दा रु ४१ करोड ५२ लाख २२ हजार कम राजस्व सङ्कलन भएको हो । सो कार्यालयका प्रमुख कर अधिकृत टेकबहादुर अर्यालले गत आर्थिक वर्ष २०७८÷७९ मा रु २४ अर्ब ११ करोड १२ लाख एक हजार राजस्व सङ्कलन गरेको जानकारी दिए। उनका अनुसार कार्यालयले २०७८ साउन १ देखि २०७९ असार ३२ गतेसम्म रु २४ अर्ब ५२… पुरा पढौ

नेपाली रड पहिलो पटक भारत निर्यात, व्यापार घाटा घटाउन सहयोग पुग्ने

काठमाडौं, ४ साउन । वर्तमान सरकारले चालु आर्थिक वर्षको बजेटमा प्रस्तुत गरेको प्रावधानका कारण नेपाली उद्योगीले सिमेन्ट र रड निर्यात गर्न थालेका छन् । बजेटमा निर्यातमा नै छुट दिने व्यवस्था गरिएकाले उद्योगी व्यवसायीले निर्यात सुरु गरेका हुन् । यसबाट व्यापार घाटा घटाउन सहयोग पुग्ने विश्वास लिइएको छ । बजेटमा निर्यातमा छुटको घोषणा भएसँगै श्री स्टिलले आजदेखि रड निर्यात गर्न लागेको हो । रुपन्देहीको सेमरहवामा सञ्चालित उक्त उद्योगले पहिलो चरणमा आज दुई ट्रक रड भारत निर्यात गर्न लागेको जनाएको छ । उद्योगका… पुरा पढौ

आयल निगमले आईओसीलाई बुझायो १६ अर्ब ८० करोड बक्यौता

काठमाडौं, ४ साउन । नेपाल आयल निगमले १६ अर्ब ८० करोड रुपैयाँ बक्यौता रकम भारतीय आयल कर्पोरेशन (आईओसी) लाई बुझाएको छ। निगमले आईओसीलाई तिर्न बाँकी बक्यौता ३१ अर्ब २० करोड रुपैयाँमध्ये १६ अर्ब ८० करोड रुपैयाँ बुझाएको हो। निगमका सहप्रवक्ता पुस्कर कार्कीले सरकारले उपलब्ध गराएको ७ अर्ब, जग्गा धितो राखेर निकालेको ३ अर्ब, फिर्ता पाएको पूर्वाधार विकास शुल्क ५९ करोड, भ्याट फिर्ता २ अर्ब ७५ करोड तथा यस अवधिमा पेट्रोलियम पदार्थ बिक्रीबाट आएको रकम मिलाएर १६ अर्ब ८० करोड रुपैयाँ बुझाएको… पुरा पढौ

सर्लाही भन्सारद्वारा ५३ करोड राजस्व सङ्कलन, कुल लक्ष्यको ८२ प्रतिशत प्रगति

सर्लाही, ४ साउन। जिल्ला भन्सार कार्यालय सर्लाहीले आर्थिक वर्ष २०७८-७९ मा करिब रु ५२ करोड ८२ लाख राजस्व सङ्कलन गरेको छ । कार्यालयले रु ६४ करोड २४ लाख ६१ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो । जिल्ला भन्सार कार्यालयका कार्यालय प्रमुख मुरारीप्रसाद काफ्लेका अनुसार कार्यालयले आर्थिक वर्ष २०७८÷७९ को कुल लक्ष्यको ८२ प्रतिशत बराबर प्रगति गरेको हो । कोरोना महामारी, स्थानीय निकायको निर्वाचन आदिका कारण अझै राजस्व सङ्कलनमा अपेक्षा गरेअनुसारको प्रगति हासिल गर्न नपाएको कार्यालय प्रमुख काफ्लेले बताउनुभयो ।… पुरा पढौ

साढे १८ खर्ब नाघ्यो नेपालको सार्वजनिक ऋण

काठमाडौं, ४ साउन । नेपालको सार्वजनिक ऋण साढे १८ खर्ब नाघेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार गत आर्थिक वर्ष २०७८/७९ को तेस्रो त्रैमासिक अर्थात् चैतसम्म सार्वजनिक ऋण १८ खर्ब ५५ अर्ब ६१ करोड रुपैयाँ पुगेको छ । जसमध्ये बाह्य ऋण मात्रै नौ खर्ब ७६ अर्ब ४५ करोड रुपैयाँ छ । बाँकी आठ खर्ब ७९ अर्ब १५ करोड रुपैयाँ नेपालले आन्तरिक ऋण लिएको छ । समीक्षा अवधिभन्दा अघिल्लो त्रैमासिक अर्थात् पुस मसान्तसम्म नेपालको सार्वजनिक ऋण १७… पुरा पढौ

साउन १३ गतेदेखि सयपत्री हाइड्रोपावरले सेयर निष्कासन गर्दै

काठमाडाैं, ४ साउन । सेयरमा लगानीका लागि मिति पर्खेर बसिरहेका लगानीकर्ताकाे लागि सेयरमा आवेदन दिने माैका आएकाे छ । सयपत्री हाइड्रोपावरले साउन १३ गतेदेखि सेयर निष्कासन तथा बिक्रीमा ल्याउने भएपछि याे माैका जुर्ने भएकाे हाे । कम्पनीले आयोजना प्रभावित क्षेत्रका जनताका लागि सेयर निष्कासन गरेपछि ७ लाख २१ हजार ६० कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो। आयोजना प्रभावित क्षेत्रका जनताकाे लागि ६ लाख कित्ता सेयर निष्काशन गरिएकाेमा बाँकी रहेको १ लाख २१ हजार ६० कित्तासहित ७ लाख २१… पुरा पढौ

आजदेखि श्वेत गंगा हाइड्रोको २२ लाख ७० हजार कित्ता आईपीओ बिक्री खुला, कति दिने आवेदन ?

काठमाडौं‌, ४ साउन । श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले आज (साउन ४ गते) देखि प्राथमिक सेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका वासिन्दाहरूका लागि आईपीओ निष्काशन गरेपश्चात अब सर्वसाधारणका लागि निष्काशन गरेको हो । कम्पनीले जारी पूँजी १ अर्ब ५९ करोड ३० लाख रुपैयाँको १५ प्रतिशतले हुन आउने प्रतिसेयर १०० अंकित मूल्यका २३ लाख ८९ हजार ५०० कित्ता साधारण सेयर निष्काशन गरेको हो । जसमध्ये ५ प्रतिशत अर्थात १ लाख १९ हजार ४७५… पुरा पढौ

अविरल वर्षासँगै सेतीमा आएकाे बाढीले सडक कटान गरेपछि यातायात ठप्प

बझाङ, ४ साउन । बझाङमा सेती नदीले सडक कटान गरेपछि यातायात सेवा बन्द भएको छ । नदीमा पानीको बहाव बढेपछि सदरमुकाम चैनपुर जोड्ने सडक कटान हुन थालेको हो । नदीको पानीले जयपृथ्वी राजमार्गअन्तर्गत जालेजगरमा सडक कटान गरेपछि यातायात बन्द भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर विष्टका अनुसार सेतीको बाढीले जालेबगरमा सडक कटान भइरहेको छ । अहिले साना सवारीसाधन आवतजावत भइरहे पनि ठूला सवारीसाधन भने ठप्प छन् । गत वर्ष असोज ३१ गतेदेखि कात्तिक ३ गतेसम्म परेको… पुरा पढौ

श्वेत गंगा हाइड्रोपावरकाे सेयर खुल्याे, कहिलेसम्म दिने आवेदन ?

काठमाडाैं, ४ साउन । श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सनकाे करिब २४ लाख कित्ता सेयर आजबाट निष्काशन तथा बिक्रीमा ल्याइएकाे छ। कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्रका जनताकालागि सेयर निष्काशन गरिएकाे थियाे । कम्पनीले जारी पूँजी १ अर्ब ५९ करोड ३० लाखकाे १५ प्रतिशतले हुने प्रतिसेयर १०० अंकित दरकाे २३ लाख ८९ हजार ५०० कित्ता साधारण सेयर बिक्रीमा ल्याएकाे हाे । साे सेयरबाट १ लाख १९ हजार ४७५ कित्ता सामूहिक लगानी कोषहरुका लागि रहेकाे छ। बाँकी हुने २२ लाख ७० हजार २५… पुरा पढौ

रू ३ अर्बकाे ‘नेपाल एसबिआई बैंक ऋणपत्र २०८३’ मा आवेदन दिने आज अन्तिम दिन

काठमाडाैं, ४ साउन । नेपाल एसबिआई बैंकले बिक्रीमा ल्याएकाे ३ अर्ब रूपैयाँ बराबरकाे ऋणपत्रमा आवेदन दिने आज बुधबार अन्तिम दिन बाँकी रहेकाे छ । बैंकले असार २२ गतेदेखि ३० लाख कित्ता ऋणपत्र जारी गरेकाे थियाे । ‘नेपाल एसबिआई बैंक ऋणपत्र २०८३’ नामक ऋणपत्रकाे अवधि ५ वर्षकाे रहेकाे छ । साे ऋणपत्र प्रतिकित्ता १ हजार रुपैयाँ अंकित दरकाे ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता रहेकाे छ । यसबाट १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता सर्वसाधारणका लागि रहेकाे… पुरा पढौ