मुख्य समाचार

पूर्वअर्थमन्त्रीकाे छानबिन पूरा नहुँदै सकिदैछ संसदीय समितिको समय

काठमाडौं, ५ साउन । बजेटमा करको दर हेरफेरबारे छानबिन गर्न बनेको संसदीय विशेष समितिको समय छानबिन नसकिँदै सकिने भएको छ । दिइएको समयमा छानबिन नसकिएपछि समितिले थप समय माग्ने तयारी गरेको छ । समितिले अर्थ मन्त्रालयको सीसीटीभीको हार्डडिक्स रिकभर गर्न नेपाल प्रहरीको फरेन्सिक ल्याबमा पठाएको छ । त्यसको रिपोर्ट आउन १० दिन समय लाग्ने भनेकाले समय नपुग्ने देखिएको एक सदस्यले बताए । ती सदस्यले भने, ‘कम्तीमा १० दिन समय मागेर भोलि पत्र पठाउँछौं, कति दिन थप हुन्छ थाहा छैन ।’… पुरा पढौ

पिपुल्स पावरकाे सेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाडाैं, ५ साउन । पिपुल्स पावरले निष्काशन तथा बिक्रीमा ल्याएकाे ६ लाख ३२ हजार ६०० कित्ता सेयरमा आवेदन दिने आज बिहिबार अन्तिम दिन रहेको छ । कम्पनीले असार ८ गतेदेखि आयोजना प्रभावित क्षेत्रका जनताका लागि साे सेयर निष्काशन गरेकाे थियाे । पिपुल्स पावरले जारी पूँजी ६३ करोड २६ लाख रुपैयाँको १० प्रतिशतले हुने प्रतिकित्ता १०० अंकित दरकाे ६ लाख ३२ हजार ६०० कित्ता शेयर निष्काशन गरेको हो। इलामकाे इलाम नगरपालिका वडा नं. १ र ४ तथा आयोजनाबाट अति प्रभावित क्षेत्रका… पुरा पढौ

प्रदेश १, मधेश, बागमती, गण्डकी र लुम्बिनीमा मध्यम वर्षा

काठमाडाैं, ५ साउन । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा (Axis of Monsoon Trough) सरदर (normal position) स्थान भन्दा केहि उत्तरतिर अवस्थित रहेको जनाएकाे छ। देशभर सामान्य देखि पूर्ण बदली रहेको छ। प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन /चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको बिभागले जनाएकाे छ। साउन ५ गते (बिहीबार) दिउँसो : देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशको पहाडी भू-भागका धेरै स्थानहरूमा र… पुरा पढौ

निष्काशनकाे पहिलो दिनमै श्वेत-गंगा हाइड्रोकाे सेयर ओभरसब्सक्राइब्ड, कतिले दिए आवेदन ?

काठमाडौं, ५ साउन । श्वेत गंगा हाइड्रोपावर एण्ड कन्ट्रक्सन लिमिटेडले निष्काशन गरेको सेयरमा पहिलो दिनमै मागभन्दा बढी आवेदन पेश भएको छ। कम्पनीले बुधबारदेखि सर्वसाधारणका लागि रु १०० अंकित दरको २३ लाख ८९ हजार ५०० कित्ता सेयर सर्वसाधारणका लागि बिक्रीमा ल्याएकोमा पहिलो दिनकै ओभरसब्सक्राइब्ड भएको हो । सिडिएस एण्ड क्लियरिङका अनुसार बेलुकासम्म ३ लाख ५० हजार ४९८ आवेदन परेको छ भने ४० करोड ९२ लाख ४५ हजार रुपैयाँ बराबरको ४० लाख ९२ हजार ४५० कित्ता सेयर माग गरिएको हो । यो… पुरा पढौ

अब विदेश यात्रा गर्दा २ सय डलरभन्दा बढि लान नपाइने

काठमाडौं, ४ साउन । अबदेखि विदेश यात्रा गर्दा २ सय डलरभन्दा बढी सटही गर्न नपाइने भएको छ । नेपाल राष्ट्र बैंकले आज एउटा निर्देशन जारी गर्दै विदेश भ्रमणमा जाने नेपाली नागरिकलाई राहदानी बापत् अधिकतम २ सय अमेरिकी डलरसम्मको मात्रै सटही सुविधा प्रदान गर्ने व्यवस्था गरेको हो । राष्ट्र बैंकले विदेशी विनिमय कारोबार गर्न इजाजत प्राप्त निकायलाई एकीकृत परिपत्र जारी गरेको छ । 'नेपाल राष्ट्र बैंक मनिचेञ्जर इजाजतपत्र तथा निरीक्षण नियमावली, २०७७ को विनियम ९ को उपविनियम (४) को खण्ड (घ)… पुरा पढौ

भारतीय पुँजीबजारका उत्कृष्ट अभ्यास अनुकरणीय: सेबोन

काठमाडौं, ४ साउन । नेपाल धितोपत्र बोर्ड(सेबोन)को पदाधिकारी टोली भारतीय पुँजीबजारको अध्ययन भ्रमण गरेर फर्किएको छ । टोली भारतीय पुँजी बजारको नियामक निकाय सेक्युरिटीज एण्ड एक्सचेञ्ज बोर्ड अफ इण्डिया (सेबी) को निमन्त्रणामा गत असार २७ गतेदेखिचार दिने अध्ययन भ्रमणमा गएको थियो। सेबोन अध्यक्ष रमेशकुमार हमालको नेतृत्वमा रहेको टोलीले सेबी, बम्बई स्टक एक्सचेञ्ज(बीएसई), नेशनल इन्स्टिच्युट अफ सेक्युरिटी मार्केट्स(एनआईएसएम) र मल्टी कमोडिटी एक्सचेज अफ इण्डिया(एमसीएक्स) का उच्च पदाधिकारीसँग भेटघाट तथा विभिन्न विषयमा छलफल गरेको सेबोनका सहायक प्रवक्ता तेजप्रसाद देवकोटाले जानकारी दिए ।  भ्रमणका क्रममा सेबी अध्यक्ष माधवी… पुरा पढौ

नेप्सेको माहोल सकारात्मक बन्दै, शिवम् सिमेन्ट्सले गर्यो १६ करोड बढीको कारोबार

काठमाडौं, ४ साउन । साताको सेयर कारोबार हुने चौथो दिन बुधबार नेपाली सेयर बजारमा दोहोरो अंकको बृद्धि भएको छ । १३ उप समूहको सकारात्मक लयमा क्रमभंगता भएको छ भने कारोबार अघिल्लो दिनको तुलनामा कमि देखिएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ४.८९ अंकले बढेर २०५०.५९ विन्दुमा चढेको छ भने नेप्से ०.२४ प्रतिशतले बढेको छ । सेन्सेटिभ इण्डेक्स ०.९७ अंकले बढेर ३९२.५० विन्दुमा पुगेको छ । कुल २१५ कम्पनीको सेयर खरिदबिक्री भएको छ । ४१ लाख ३३ हजार ७०९… पुरा पढौ

एमालेद्वारा पूर्ववत् स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्न माग

काठमाडौं, ४ साउन । नेकपा (एमाले) ले स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्न सरकारसँग माग गरेको छ । एमाले स्वास्थ्य तथा जनसङ्ख्या विभागका प्रमुख योगेश भट्टराईले आज विज्ञप्ति जारी गर्दै बीमा कार्यक्रममा सेवा प्रदायक संस्थाबाट हुनसक्ने गलत क्रियाकलापमाथि निगरानी र अनुगमन गर्दै पूर्ववत् व्यवस्थाअनुरुप नै स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्न माग गरे। विभागले देशका विभिन्न अस्पतालबाट स्वास्थ्य बीमा कार्यक्रम बन्द गरिएको र आम नागरिकले सहज ढङ्गले उपयोग गर्न पाउनुपर्ने बीमाका बारेमा आएका विभिन्न समाचारप्रति ध्यानाकर्षणसमेत भएको जनाएको छ । “बजेटमा उल्लेख… पुरा पढौ

नवलपुरमा उठ्यो रु २४ अर्ब राजस्व, ९८.३१ प्रतिशत प्रगति

नवलपुर, ४ साउन । आन्तरिक राजस्व कार्यालय कावासोतीले गत आर्थिक वर्ष २०७८÷७९ मा लक्ष्य अनुसारको राजस्व सङ्कलन गर्न सकेन । कार्यालयले गत आवका लागि पाएको लक्ष्यभन्दा रु ४१ करोड ५२ लाख २२ हजार कम राजस्व सङ्कलन भएको हो । सो कार्यालयका प्रमुख कर अधिकृत टेकबहादुर अर्यालले गत आर्थिक वर्ष २०७८÷७९ मा रु २४ अर्ब ११ करोड १२ लाख एक हजार राजस्व सङ्कलन गरेको जानकारी दिए। उनका अनुसार कार्यालयले २०७८ साउन १ देखि २०७९ असार ३२ गतेसम्म रु २४ अर्ब ५२… पुरा पढौ

नेपाली रड पहिलो पटक भारत निर्यात, व्यापार घाटा घटाउन सहयोग पुग्ने

काठमाडौं, ४ साउन । वर्तमान सरकारले चालु आर्थिक वर्षको बजेटमा प्रस्तुत गरेको प्रावधानका कारण नेपाली उद्योगीले सिमेन्ट र रड निर्यात गर्न थालेका छन् । बजेटमा निर्यातमा नै छुट दिने व्यवस्था गरिएकाले उद्योगी व्यवसायीले निर्यात सुरु गरेका हुन् । यसबाट व्यापार घाटा घटाउन सहयोग पुग्ने विश्वास लिइएको छ । बजेटमा निर्यातमा छुटको घोषणा भएसँगै श्री स्टिलले आजदेखि रड निर्यात गर्न लागेको हो । रुपन्देहीको सेमरहवामा सञ्चालित उक्त उद्योगले पहिलो चरणमा आज दुई ट्रक रड भारत निर्यात गर्न लागेको जनाएको छ । उद्योगका… पुरा पढौ