मुख्य समाचार

चालीसौँ बिपी स्मृति दिवस आज मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडाैं, ६ साउन । जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको योगदानको स्मरण गरी ४० औँ स्मृति दिवस आज मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर सङ्घर्ष गरेका कोइरालाको विसं २०३९ साउन ६ गते निधन भएको थियो । उनले नेपाली साहित्यका क्षेत्रमा पनि महत्वपूर्ण योगदान पु¥याए। कोइरालाको जन्म १९७१ भदौ २४ गते भएको हो । विसं २०१५ को संसदीय निर्वाचनपछि २०१६ जेठमा उनी पहिलो निर्वाचित प्रधानमन्त्री बने। नेपाली साहित्यमा मनोवैज्ञानिक यथार्थवादी धाराका प्रवर्तक कोइरालाका डेढ दर्जन कृति प्रकाशित छन्… पुरा पढौ

‘इन्टर्न’ माथिको शोषण रोक्न जिफन्टले अभियान चलाउने

काठमाडाैं, ६ साउन । नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) ले इन्टर्न (तालिमे) को नाममा श्रमिकमाथि शोषण भइरहेको भन्दै यसका विरुद्धमा अभियान चलाउने भएको छ । जिफन्टले आठौँ महाधिवेशनपछि सञ्चालन गर्ने एउटा मुख्य अभियान यसलाई नै बनाउने भएको हो । यसले श्रम बजारमा भइरहेको एउटा शोषणको अन्त्य हुने जिफन्टको निश्कर्ष छ । जिफन्टको यही साउन ७ गतेदेखि १० गतेसम्म हुने आठौँ राष्ट्रिय महाधिवेशनको तयारीका सम्बन्धमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा जिफन्टका अध्यक्ष विनोद श्रेष्ठले इन्टर्नका नाममा विनापैसा काममा लगाउने मात्र नभई… पुरा पढौ

पुँजीबजार सुधारका लागि यस्तो छ चेम्बरको नीतिगत सुझाव

काठमाडौं, ५ साउन । नेपाल चेम्बर अफ कमर्सले पुँजीबजारको विकासका लागि सरोकारवाला सरकारी निकायलाई नीतिगत सुझाव दिएको छ । पुँजीबजारको स्थिरता तथा लगानीमैत्री वातावरण सिर्जनाका लागि चेम्बरका तर्फबाट अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक तथा नेपाल धितोपत्र बोर्डलगायतका सरकारी निकायलाई छुट्टाछुट्टै नीतिगत सुझाव पेश गरिएको चेम्बरका अध्यक्ष राजेन्द्र मल्ल जानकारी दिए । मल्लका अनुसार विभिन्न कारणले पछिल्लो समय पुँजीबजार धरासायी बन्दै गएको र लगानीकर्ताहरु निकै समस्यामा परेकाले समाधानका लागि सरोकारवाला तीन वटै निकायमा छुट्टा छुट्टै सुझाव पेश गर्नुपरेको हो । चेम्बरले… पुरा पढौ

बिजुलीकाे व्यापार बढाउन उच्च क्षमताका अन्तरदेशीय प्रसारण पूर्वाधारमा लगानी गर्नुपर्नेमा जाेड

काठमाडाैं, ५ साउन । नेपालको ऊर्जा क्षेत्रको विकासका लागि पनि उच्च क्षमताका अन्तरदेशीय प्रसारण लाइनको निर्माण हुनुपर्नेमा जोड दिइएको छ । गत जेठदेखि नेपालले भारतमा दैनिक ३६४ मेगावाट बराबरको बिजुली निर्यात गरिरहेको सन्दर्भमा प्रसारण पूर्वाधारको विकासलाई प्रमुख प्राथमिकतामा राख्नुपर्नेमा सरोकार भएका व्यक्ति वा निकायले जोड दिएका छन् । हाल नेपाल र भारत जोड्ने ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइन मात्रै सञ्चालनमा छ । सो प्रसारण लाइनको क्षमता ४०० केभीको हो । अन्य प्रसारण लाइन पनि सञ्चालनमा छन् तर, ती प्रसारण लाइनको क्षमता… पुरा पढौ

नेपाल लाइफ इन्स्योरेन्सको सीईओ प्रवीणरमण पराजुलीकाे पदबहाली

काठमाडौं, ५ साउन । नेपाल लाइफ इन्स्योरेन्सका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रवीण रमण पराजुलीले बुधबार पदभार ग्रहण गरेका छन् । बीमा समितिको स्वीकृतिपश्चात् कम्पनीले पराजुलीलाई ४ वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको थियो ।  कम्पनीको सञ्चालक समितिको ३४१ औं बैठकको निर्णय अनुसार उनले बुधबार देखिनै प्रमुख कार्यकारी अधिकृतको रुपमा पद बहाली गरेको कम्पनीका सूचना अधिकारी बिनोद कुमार भुजेलले सफलआवाजलाई जानकारी दिए। उनले भने,  'बीमा समितिबाट बुधबार ढिलो पत्र आएको र पत्र पाएकै दिनदेखि पदबहाली हुने उल्लेख भएकाले बुधबार… पुरा पढौ

फेरि नेप्सेमा गिरावट, लगानीकर्ता मौद्रिक नीति पर्खिँदै

काठमाडौं, ५ साउन । नेपाल राष्ट्र बैंकले शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्ने बताएको अघिल्लो दिनमै सेयर बजार ओरालो लागेको छ। लगातार हप्ता दिन बढी उकालो लागेको सेयर बजार बिहिबार पुनः ओरालो लागेको हो । गएको मंगलबारदेखि नेपाली सेयर बजार सकारात्मक लयमा जाँदा लगानीकर्ताहरु उत्साहित भएका थिए। विभिन्न घटनाक्रमहरुका चरणहरु पार गरिसकेका लगानीकर्ताहरु मौद्रिक नीति आउनु अघिकाे दिनमा केही हच्किएका छन् । फेरि उनीहरु नेपाल राष्ट्र बैंकले कस्तो मौद्रिक नीति ल्याउने हो भनेर त्यसको पखाईमा रहेका छन्। नेपाल स्टक एक्सचेन्जका अनुसार… पुरा पढौ

मौद्रिक नीति छिट्टै आउने संकेत, प्रधानमन्त्रीसमक्ष आज ब्रिफिङ

काठमाडाैं, ५ साउन । नेपाल राष्ट्र बैंकले मस्यौदा गरेको चालु आर्थिक वर्षको मौद्रिक नीतिको ब्रिफिङ प्रधानमन्त्रीसमक्ष आज हुने भएको छ। राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई अर्थ मन्त्रालयको समेत कार्यभार सम्हालिरहेका प्रधानमन्त्री शेरबहादुर देउबाले मौद्रिक नीतिको ब्रिफिङका लागि आजको समय दिएकाे बुझिएको छ। साउनको शुरुमै सार्वजनिक हुने भनिएको मौद्रिक नीति ब्रिफिङका लागि प्रधानमन्त्री देउबाले समय नदिएकाले अगाडि बढ्न सकेको थिएन। राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले केही दिन अघि मौद्रिक नीति तयारीको अवस्थामा रहेको तर ब्रिफिङको समय नमिलेकाले कहिले सार्वजनिक हुन्छ भन्ने… पुरा पढौ

शेयर बजार विस्तार हुँदै, ७ अर्ब २० करोडको आइपिओ बिक्री, ७ अर्बकै प्रतीक्षा

काठमाडाैं, ५ साउन । पछिल्ला दिनमा शेयर बजार क्रमशः विस्तार हुँदै गइरहेको पाइएको छ । साधारण शेयर बिक्रीमा भएको उल्लेख्य वृद्धि, हितग्राही खाता खोल्ने क्रममा भएको वृद्धिलगायतका कारणले पनि बजार विस्तार भएको पाइएको छ । सरकारले वास्तविक क्षेत्रका कम्पनीलाई पनि साधारण शेयर बिक्रीका लागि अभिप्रेरित गरेको छ । सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार ५२ लाख ६० हजार २५१ वटा हितग्राही खाता खुलेका छन् । त्यस्तै ४३ लाख ६८ हजार ६३९ मेरो शेयरको अकाण्ट खुलेको छ । कूल ८ अर्ब ५८… पुरा पढौ

विश्वासको ऊर्जाले तेस्रो वर्षमा

सफल मिडिया हाउस प्रालिद्वारा सञ्चालित न्युज पोर्टल सफल आवाज डटकम (www.safalawaj.com)आजबाट तेस्रो वर्षमा प्रवेश गरेको छ। निरन्तर र अबिचलित यो यात्राको खुसी हाम्रा समस्त पाठकसँग बाँड्न पाउँदा हामी गौरवान्वित र थप उत्साहित छौं । विशेष धन्यवाद तपाईं आदरणीय पाठक वर्गलाई, जसले हामीलाई विश्वास गर्नुभयो । त्यही विश्वासको जगमा हामी उभियौं । पाठकवर्गको साथ हाम्रा लागि सुखद् अनुभव रह्यो । जसका कारण पाठकलाई हाम्रो अनलाइन समाचारको भरपर्दो माध्यम बनिरहेको छ । दोस्रो वार्षिकोत्सवको अवसरमा हाम्रा समस्त पाठक, विज्ञापनदाता, शुभेच्छुक, लेखक, सहकर्मी… पुरा पढौ

गोल्डन ओक १२ औं कृति अवार्डस् आगामी भाद्र २६ गते हुने

काठमाडौं, ५ साउन । नेपाल विज्ञापन संघ आनले १२औं कृति अवार्डस् आगामी भाद्र २६ गते आयोजना गर्ने भएको छ। आनले २०६० सालदेखि गर्दै आएको यो समारोहको यसपटकको संस्करणको नाम गोल्डेन ओक १२औं कृति अवार्डस् रहेको छ। विज्ञापन सिर्जनशीलतालाई सम्मान गर्ने कृति अवार्ड् १२औं संस्करणको टाईटल स्पोन्सर हिमालयन डिष्टिलरी लिमिटेडको गोल्डेन ओक ब्राण्ड रहेको छ। १२औं संस्करणको कृति अवार्ड्स प्रायोजनका लागि काठमाडौंमा बुधबार संघका तर्फबाट अध्यक्ष्य सोमप्रसाद धिताल र कम्पनीका तर्फबाट जावलाखेल ग्रुप अफ इण्डष्ट्रिजका ग्रुप कार्यकारी निर्देशक सशीन जोशीले हस्ताक्षर… पुरा पढौ