मुख्य समाचार

रघुगङ्गा र अन्नपूर्ण गाउँपालिकामा घरदैलोमै सामाजिक सुरक्षा भत्ता वितरण

म्याग्दी, ४ साउन । सामाजिक सुरक्षा भत्ता लिन सास्ती व्यहोर्नुपरेको जनगुनासो बढिरहेका बेला म्याग्दीका दुई स्थानीय तहले घरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेका छन् । रघुगङ्गा र अन्नपूर्ण गाउँपालिकाले नीतिगत निर्णय गरेर पालिकाको केन्द्रमा रहेको बैंकमार्फत वितरण हुने सामाजिक सुरक्षा भत्ता वडा र बस्तीस्तरमै पुगेर वितरण गर्ने प्रबन्ध मिलाएका हुन् । रघुगङ्गा गाउँपालिकाले वडा र बस्तीस्तरमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आएको छ । बैंकिङ प्रणालीमार्फत वितरण हुँदै आएको सामाजिक सुरक्षा भत्तालाई लाभग्राहीको थप सहजताका लागि गाउँपालिकाको… पुरा पढौ

पृथ्वीराजमार्गको याम्पा–आँबुखैरेनी सडक अवरुद्ध

दमौली, ४ साउन । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको याम्पा–आँबुखैरेनी सडकखण्ड अवरुद्ध भएको छ । मङ्गलबार राति परेको वर्षाका कारण आज बिहान बन्दीपुर गाउँपालिका–५ याम्पास्थित सडकमा पहिरो खस्दा उक्त खण्ड अवरुद्ध भएको हो । सडकमाथिबाट खसेको पहिराका कारण उक्त खण्ड दुईतर्फीरूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए। पहिरो हटाएर राजमार्ग सञ्चालन गराउने काम भइरहेको उनले बताए । पृथ्वीराजमार्ग विस्तारका लागि उक्त ठाउँमा भित्ता काट्ने काम भइरहँदा बेला–बेलामा पहिरो खसेर राजमार्ग अवरुद्ध हुने गरेको छ । पुरा पढौ

११ आर्थिक विधेयक संसदमा अलपत्र, छिटो पारित गर्न चेम्बरको माग

काठमाडौं, ४ साउन । प्रतिनिधि सभामा विभिन्न ११ आर्थिक विधेयकहरू विचाराधीन अवस्थामा रोकिएका छन् । अर्थसम्बन्धी ती विधेयकहरू पारित नहुँदा निजी क्षेत्रको समस्याहरू सम्बोधन हुन सकेको छैन । यसबीचमा नेपाल चेम्बर अफ कमर्सले विचाराधीन विभिन्न विधेयकहरू पारित गर्न सभामुख अग्निप्रसाद सापकोटासँग माग गरेको छ । मंगलवार सभामुखलाई भेटी चेम्बरका प्रतिनिधिले संसद्मा विचाराधीन अर्थसँग सम्बन्धित विधेयक पारित गर्न माग गरेका हुन् । चेम्बर अध्यक्ष राजेन्द्र मल्लसहित पदाधिकारीले विधेयकहरू रोकिँदा निजी क्षेत्रसँग सम्बन्धित कतिपय समस्या सम्बोधन हुन नसकेको सभामुख सापकोटासँग गुनासो गरेका… पुरा पढौ

साउन ६ गतेदेखि पोखरामा बृत्ति परामर्श तथा रोजगार मेला आयोजना हुने

पोखरा, ३ साउन । आगामी साउन ६ गतेदेखि पोखरामा बृत्ति परामर्श तथा रोजगार मेला आयोजना हुने भएकाे छ । शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालय, गण्डकी प्रदेशको आयोजना, नेपाल सरकार तथा स्वीस सरकारको द्वीपक्षीय सहयोगमा पोखरामा साउन ६ गतेदेखि ८ गतेसम्म पोखरा प्रदर्शनी केन्द्रमा “बृत्ति परामर्श तथा रोजगार मेला” २०७९ आयोजना हुने भएकाे हाे। “समृद्ध गण्डकीको आधार उद्यमशीलता र रोजगार” भन्ने मूल नाराका साथ आयोजना हुने बृत्ति विकास परामर्श तथा रोजगार मेलामा प्राविधिक शिक्षा तथा व्यावसायीक तालिमका विषयमा… पुरा पढौ

विचाराधीन आर्थिक विधेयक यही अधिवेशनबाट टुंगो लगाउन चेम्बरले गर्याे सभामुखकाे ध्यानाकर्षण

काठमाडौं, ३ साउन । नेपाल चेम्बर अफ कमर्सले प्रतिनिधिसभामा विचाराधीन ११ ओटा विधेयकहरु अघि बढाउन सभामुख अग्नि सापकोटाको ध्यानाकर्षण गराएको छ। अर्थतन्त्रसँग सम्बन्धित विभिन्न ११ ‌ओटा विधेयक विचाराधीन रहेकाले अगाडि बढाउन चेम्बर अध्यक्ष राजेन्द्र मल्लसहितका पदाधिकारीले सभामुखको कार्यकक्षमा भेट गरी ध्यानाकर्षण गराएका हुन् । ध्यानाकर्षणका क्रममा चेम्बरका पदाधिकारीले धेरै विधेयकहरु विचाराधीन भएकाले निजी क्षेत्रसँग सम्बन्धित समस्याहरु सम्बोधनमा कठिनाई आएको सभामुख सापकोटालाई बताए ।  'हिउँदे अधिवेशन चुनावका बेला पर्नसक्ने भएकाले ३/४ वर्षदेखि रोकिएका आर्थिक विधेयकहरुको टुंगो यही अधिवेशनमा लगाउनुपर्छ भनेर हामीले सभामुखज्यूको ध्यानाकर्षण… पुरा पढौ

नेप्से परिसूचक २०४५.६३ विन्दुमा उक्लियो, २ अर्ब २९ करोड बढीको कारोबार

काठमाडौं, ३ साउन । साताको सेयर कारोबार हुने तेश्रो दिन नेपाली सेयर बजारमा हरियाली छाएकाे छ । यसरी छाएको हरियालीले लगानीकर्ताहरुमा उत्साह थपिएको छ भने बजार सुधाराेन्मुख भइरहेकाे संकेत दिएकाे छ। कारोबार रकममा यसदिन निकै सुधार भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १६.२० अंकले बढेर २०४५.६३ विन्दुमा उक्लिएको छ । नेप्सेमा ०.८० प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स २.८० अंकले बढेर ३९१.५६ विन्दुमा पुगेको छ । कुल २१३ कम्पनीको सेयर कारोबार भएको छ । ५७ लाख १३ हजार… पुरा पढौ

तरलता दबाबको संकेत : आर्थिक वर्षको शुरुवातमै राष्ट्र बैंकबाट बैंकहरुले लिए ८१ अर्ब सापटी

काठमाडौं, ३ साउन । नेपाल राष्ट्र बैंकबाट बैंकहरुले साउन १ र २ गते ८१ अर्ब  रुपैयाँ हाराहारी ऋण सापटी लिएका छन्। स्थायी तरलता सुविधा अन्तर्गत ७ प्रतिशत ब्याजमा ७ दिन चलाउन मिल्नेगरी बैंकहरुलाई राष्ट्र बैंकले यस्तो सापटी उपलब्ध गराउँदै आएको छ। बैंकहरुले राष्ट्र बैंकबाट यस्तो सापटी लिने प्रवृत्ति सामान्य भए पनि यसरी आर्थिक वर्षको शुरुवाती दुई दिनमै ८१ अर्ब रुपैयाँ सापटी लिइनुले तरलता निकै दबाबमा रहेको प्रस्ट पारेको नेपाल राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले बताए। उनले आउँदा दिनमा अर्थतन्त्रको गतिविधि… पुरा पढौ

वीरगन्ज महानगरपालिका आव २०७८-७९ मा ३० करोड बढी राजस्व सङ्कलन गर्न सफल

पर्सा, ३ साउन । वीरगन्ज महानगरपालिकाले अघिल्लो आर्थिक वर्षको तुलनामाा गत आवमा ४५ प्रतिशत भन्दा बढी राजस्व सङ्कलन गरेको छ । आर्थिक वर्ष २०७७-७८ मा महानगरपालिकाले सङ्कलन गरेको राजस्वको तुलनामा आव २०७८-७९ मा ३० करोड ५६ लाख भन्दा बढी राजस्व सङ्कलन गर्न सफल भएको हो । अघिल्लो आवमा महानगरपालिकाले रु ६६ करोड ८८ लाख ९४ हजार राजस्व सङ्कलन गरेकामा आर्थिक वर्ष २०७८-७९मा कार्यालयले रु ९७ करोड ४५ लाख ८३ हजार राजश्व सङ्कलन गरेको छ । यो अघिल्लो आवको तुलनामा ४५.७० प्रतिशत… पुरा पढौ

सडकका समस्या मिलेर समाधान गर्ने महानगर र मन्त्रालयबीच सहमति

काठमाडाैं, ३ साउन । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र काठमाडौं महानगरबीच हालका लागि महानगरभित्रका सङ्घीय सडकमा समस्या आउँदा मन्त्रालयले नै समाधान गर्ने गरी सहमति भएको छ । भौतिक पूर्वाधारमन्त्री मोहम्मद इश्तियाक राई र महानगर प्रमुख बालेन्द्र साह सहभागी बैठकले सडक निर्माणमा समस्या आउँदा मिलेर समाधान गर्ने गरी सहमति भएको छ । महानगर क्षेत्रमा सार्वजनिक सवारी साधन व्यवस्थित गर्ने विषयमा समेत छलफल गरिएको मन्त्री राईले जानकारी दिए। मन्त्रालयले सङ्घीयता कार्यान्वयन नहुँदा यातायात व्यवस्थापनको सबै विषय मन्त्रालयले हेर्ने गरेकामा अहिले अन्तर… पुरा पढौ

असार मसान्तसम्म बैंकहरूकाे निक्षेप संकलन ५१ खर्ब ५३ अर्ब नाघ्याे, कर्जा र निक्षेपको अनुपात ८६ प्रतिशत

काठमाडौं, ३ साउन । गत आर्थिक वर्ष २०७८/७९ को अन्तिम अर्थात् असार मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाले ५१ खर्ब ५३ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन्। त्यसमा वाणिज्य बैंकहरुको हिस्सा ४५ खर्ब ४० अर्ब रुपैयाँ बराबरको रहेको देखिएको छ। नेपाल राष्ट्र बैंकका अनुसार अन्य बैंक तथा वित्तीय कम्पनीहरुले ६ अर्ब १३ रुपैयाँ संकलन गरेका हुन्। त्यस्तै बैंक तथा वित्तीय कम्पनीहरुको ऋण प्रवाह भने ४७ खर्ब देखिएको छ। वाणिज्य बैंकहरुले कुल कर्जा प्रवाह ४१ खर्ब ६८ अर्ब रुपैयाँ गरेका छन् ।… पुरा पढौ