मुख्य समाचार

राष्ट्र बैंकले साढे ९ अर्ब बढी रकम मुद्दतीमा लगानी गर्दै, आजसम्म प्रस्ताव पेस गर्न सकिने

काठमाडौं, २० जेठ। नेपाल राष्ट्र बैंकको वित्त व्यवस्थापन विभागले आफ्नो विभिन्न कोषहरूमा रहेको कुल ९ अर्ब ६९ करोड ८५ लाख रुपैयाँ (९६,९८५ लाख रुपैयाँ) बैंक तथा वित्तीय संस्थाहरूको मुद्दती निक्षेपमा लगानी गर्दैछ । केन्द्रीय बैंकले एक सूचना जारी गर्दै इच्छुक क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरूलाई ३६६ दिनको मुद्दती निक्षेपका रूपमा लगानी लिन प्रस्ताव आह्वान गरेको हो। यो लगानी आगामी जुन १८, २०२६ देखि जुन २०, २०२७ सम्मका लागि हुने सूचनामा उल्लेख छ । वर्गअनुसार लगानीको सीमा… पुरा पढौ

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा उडान भर्न फ्लाइ दुबई इच्छुक

कास्की, २० जेठ। विश्वको प्रमुख हवाई सेवा प्रदायक कम्पनी फ्लाइ दुबईका उड्डयन सुरक्षा उपाध्यक्ष एड्रियन लुकाजले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग मङ्गलबार भेटवार्ता गर्नुभएको छ । पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट अन्तरराष्ट्रिय उडान सञ्चालन गर्ने, दुबई र पोखराबीच पर्यटन प्रवद्र्धनका सम्भावनाको खोजी गर्ने, हवाई उडानका क्रममा परिपालना गर्नुपर्ने सुरक्षा मापदण्डलगायत दुई पक्षीय हितका विषयमा कुराकानी भएको थियो । भेटका क्रममा उड्डयनको क्षेत्रमा २० वर्षभन्दा बढी लामो अनुभव भएका लुकाजले पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा समेत उडान भर्न इच्छुक रहेको बताउनुभएको महानगर प्रमुख आचार्यले जानकारी… पुरा पढौ

मौसममा सामान्य बदली रहने

काठमाडौँ, २० जेठ। आज देशका अधिकांश स्थानको मौसममा सामान्यतया बदली रहने छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशको हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्नेछ भने तराई भू–भागमा आंशिक बादल लाग्नेछ । यसैगरी देशको हिमाली र पहाडी भू–भागका थोरै स्थान तथा लुम्बिनी र सुदुरपश्चिम प्रदेशका तराई भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ । मधेश, कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा तातो दिन हुने सम्भावना रहेको छ । आज राति… पुरा पढौ

अन्नपूर्ण आरोहणको ७६ वर्ष पूरा

म्याग्दी, २० जेठ। अन्नपूर्ण प्रथम हिमाल आरोहण भएको ७६ वर्ष पूरा भएको छ । म्याग्दी, कास्की, मनाङ र मुस्ताङ जिल्लाको सिमानामा रहेको आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल आरोहण गरेको आज ७६ वर्ष पूरा भएको हो । यो हिमालको आधार शिविर म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको भूगोलमा पर्छ । आठ हजार मिटरभन्दा अग्लो यस हिमालमा पहिलो मानव पाइला परेका कारण अन्नपूर्णलाई जेठो हिमाल भनिन्छ । सन् १९५० मा जुन ३ मा फ्रान्सका मौरिज हर्जाेग र लुई लचेनलको टोलीले अन्नपूर्णको शिखर… पुरा पढौ

करिब ५ अर्व बचत रकम फिर्ता गर्न ६ हजार बढीको उजुरी

काठमाडौं, १९ जेठ । काठमाडौं महानगरपालिका सहकारी विभागमा रु चार अर्ब ७७ करोड ४९ लाख २३ हजार बचत रकम फिर्ता गरी दिनका लागि छ हजार बढी बचतकर्ताले माग गरेका छन् । कामपा सहकारी विभागका अनुसार पछिल्लो समय कामपामा बचत रकम फिर्ता गरीदिनका लागि अत्यधिक माग आउन थालेको छ । कामपा सहकारी विकागका प्रमुख धु्रवकुमार काफ्लेका अनुसार उल्लेखित बचत रकम फिर्ताका लागि गत वैशाख १७ गतेदेखि हालसम्म आएको उजुरीको आधारमा भनिएको हो । प्रमुख काफ्लेका अनुसार, यसरी माग दाबी गर्ने बचतकर्ताहरूमा… पुरा पढौ

नेप्से २२.२१ अङ्कले बढ्याे, ५ अर्ब २६ कराेडकाे काराेबार

काठमाडौं १९ जेठ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज भने उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक २२.२१ अङ्कले उकालो लागेर दुई हजार ७७७.५८ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.७८ अङ्कले उकालो लागेर ४७३.५१ मा पुगेको छ । कुल ३४६ कम्पनीको एक करोड १३ लाख ८५ हजार १०० कित्ता शेयर रु पाँच अर्ब २६ करोड ५२ लाख ७५ हजार २९९ मूल्यमा खरिद बिक्री भएको छ… पुरा पढौ

प्रतिपक्षी दलहरुले लगातार विरोध गरेपछि बैठक सोमबारसम्मका लागि स्थगित

काठमाडौं, १९ जेठ । प्रतिनिधिसभाको आजको बैठकमा प्रतिपक्षी दलहरुले लगातार विरोध जनाएपछि बैठक सोमबारसम्मका लागि स्थगित भएको छ । निर्धारित समयभन्दा तीन घण्टा ढिलो गरेर सुरु भएको बैठकमा प्रमुख प्रतिपक्षीलगायतका विपक्षी दलले राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डताका विषयमा कुनै पनि सम्झौता हुन नसक्ने उल्लेख गर्दै प्रधानमन्त्रीले आफ्नो धारणा फिर्ता लिनुपर्ने धारणा राखेका थिए । सभामुख डोलप्रसाद अर्यालले विपक्षी दलहरुलाई कार्यसूचीमा प्रवेश गरेर सहयोग गर्न पटकपटक आग्रह गर्नुभएको थियो । बजेटलगायतका महत्वपूर्ण विषयमा छलफल गर्नुपर्ने भएकाले आसनग्रहण गरी बैठक सञ्चालनमा सहयोग गर्न… पुरा पढौ

सार्वजनिक-निजी साझेदारीमा पश्चिम सेती ४०० केभी प्रसारणलाइन अघि बढ्दै, लागत २० अर्ब

काठमाडौं, १९ जेठ । पश्चिम नेपालमा निर्माणाधीन तथा प्रस्तावित ठूला जलविद्युत् आयोजनाहरूबाट उत्पादित विद्युत्‌लाई राष्ट्रिय प्रसारण प्रणालीमा जोड्ने उद्देश्यका साथ ‘पश्चिम सेती ४०० केभी प्रसारणलाइन आयोजना’ अघि बढाइएको छ। सार्वजनिक–निजी साझेदारी (PPP) ढाँचामा निर्माण हुन लागेको यस आयोजनाका लागि ‘वेस्ट सेती ट्रान्समिसन लिमिटेड’ नामक विशेष प्रयोजन कम्पनी (SPV) समेत स्थापना भइसकेको छ। राष्ट्रिय प्रसारण ग्रिड कम्पनीको सञ्चालक समितिबाट लगानी ढाँचा स्वीकृत भएपछि कम्पनी दर्ता प्रक्रिया पूरा भएको हो। लागत र लगानी संरचना आयोजनाको कुल लागत करिब २० अर्ब रुपैयाँ अनुमान… पुरा पढौ

हिमालय एयरलाइन्सले काठमाडौँ-शेन्जेन सिधा उडान गर्दै

काठमाडौँ, १९ जेठ। नेपालबाट अन्तरराष्ट्रिय उडान गरिरहेको वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले चीनको आर्थिक तथा प्रविधि केन्द्रका रूपमा परिचित शेन्जेन सहरसँग राजधानी काठमाडौँलाई प्रत्यक्ष हवाई सेवामार्फत जोड्ने भएको छ । कम्पनीले यही जेठ २१ गतेदेखि काठमाडौँ–शेन्जेन–काठमाडौँ सिधा उडान सेवा सञ्चालनमा ल्याउने घोषणा गरेको हो । नयाँ उडान सेवाअन्तर्गत काठमाडौँस्थित त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल र चीनको शेन्जेन बाओआन अन्तरराष्ट्रिय विमानस्थलबीच साप्ताहिक दुई उडान सञ्चालन गरिनेछ । कम्पनीका अनुसार काठमाडौँबाट शेन्जेनका लागि उडान प्रत्येक मङ्गलबार र बिहीबार हुनेछ भने शेन्जेनबाट काठमाडौँ फर्कने उडान बुधबार… पुरा पढौ

भदौ ९ देखि नाडा अटो शो २०२६ हुने, स्टल बुकिङ खुल्ला

काठमाडौं, १९ जेठ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) को आयोजनामा आगामी भदौमा ‘नाडा अटो शो २०२६’ हुने भएको छ। नाडाले एक प्रेस विज्ञप्ति जारी गर्दै सवारी साधन, पार्टपुर्जा, वित्तीय सेवा एवं अन्य सम्बन्धित सरोकारवाला संघ–संस्थाहरूको भव्य प्रदर्शनीको १८औँ संस्करण आयोजना गर्न लागेको जानकारी दिएको हो। उक्त प्रदर्शनी आगामी भदौ ९ गतेदेखि १४ गतेसम्म सञ्चालन हुनेछ। जेठ २६ सम्म स्टल बुकिङको समय नाडा अटो शो २०२६ मा सहभागी हुन चाहने कम्पनी तथा संस्थाहरूका लागि नाडाले स्टल बुकिङ खुल्ला गरिसकेको… पुरा पढौ