मुख्य समाचार

बढी कमाई गर्ने चलचित्र बन्यो ‘लालीबजार’

काठमाडौं, १९ जेठ। यस वर्ष २०८३ सालमा हालसम्म प्रदर्शन भएका चलचित्रमध्ये सबैभन्दा बढी कमाई चलचित्र ‘लालीबजार’ले गरेको छ । चलचित्र विकास बोर्डले हाल चलचित्र भवनमा प्रदर्शनरत नेपाली चलचित्रको सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत जेठ १६ गते शनिबारसम्म उक्त चलचित्रले आठ करोड हाराहारीको कमाइ गरेको छ । बोर्डअन्तर्गतको ‘सिनेपा–२ बक्सअफिस’ मा उल्लेख भए अनुसार गत शनिबारसम्म चलचित्र ‘लालीबजार’ ले रु सात करोड ९० लाख ३१ हजार ४७६ कमाई गरेको छ । अभिनेत्री स्वस्तिमा खड्काको केन्द्रीय भूमिका रहेको नेपाली चलचित्र ‘लालीबजार’ को सोही… पुरा पढौ

आगामी वर्ष १६ खर्ब राजस्व सङ्कलन गर्ने सरकारको लक्ष्य

काठमाडौं, १८ जेठ। अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयन हुँदा ७४ खर्ब ५८ अर्बको कुल ग्रार्हस्थ्य उत्पादन पुग्ने प्रक्षेपण गरिएको बताउनुभएको छ । नेपाल आर्थिक पत्रकार सङ्घले बजेटपछिको अन्तरक्रिया कार्यक्रमा अर्थमन्त्री वाग्लेले पाँच वर्षको समयावधिलाई दृष्टिगत गरी बजेट ल्याइएको बताउँदै आगामी वर्ष करिब १६ खर्ब राजस्व सङ्कलन गर्ने लक्ष्य राखिएको बताउनुभयो । उहाँले प्रक्षेपित कुल गार्हस्थ्य उत्पादन ७४ खर्बका आधारमा सात प्रतिशतको आर्थिक वृद्धि कायम गर्न सकिने विचार व्यक्त गर्नुभयो । कुल गार्हस्थ्य उत्पादनको तुलनामा ऋण ४३ प्रतिशत… पुरा पढौ

नेप्से २६ अङ्कले ओरालो लाग्याे, ५ अर्ब ६१ करोडको कारोबार

काठमाडौं, १८ जेठ । बजेट सार्वजनिक भएपछि खुलेको धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकमा तीव्र गिरावट आएको छ । बजेट पश्चात् बजार चलायमान बन्ने र सकारात्मक सन्देश प्रवाह हुने आम लगानीकर्ताको अपेक्षा विपरीत आज आइतबार नेप्से परिसूचक २६ दशमलव ७२ अङ्कले घटेको हो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार आज परिसूचक शून्य दशमलव ९६ प्रतिशतले ओरालो लाग्दै दुई हजार ७५५ दशमलव ३७ को विन्दुमा कायम भएको छ । यस्तै, ठूला र बलिया कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक… पुरा पढौ

प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूकाे विरोध (Live)

काठमाडौं, १८ जेठ। प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूले विराेध गरेका छन् । सभामुख डोलप्रसाद अर्यालले बैठक सुरु गरेलगत्तै विपक्षी दलका सांसदहरू उठेर विरोध गरेका हुन् । विपक्षी दलहरू नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरू उठेर विरोध गरेका हुन् । प्रतिनिधिसभा बैठक अघि विपक्षी दलहरुले प्रधानमन्त्री बालेन शहले दिएकाे अभिव्यक्तिबारे सँयुक्त बैठक गरेका थिए । https://youtu.be/Ku5_lD-iv2M पुरा पढौ

बजेटले निजी क्षेत्रको मनोबल बढाउने र अर्थतन्त्रलाई चलायमान बनाउने चेम्बरको विश्वास

काठमाडौं, १८ जेठ। नेपाल चेम्बर अफ कमर्सले आगामी आर्थिक वर्षको बजेटले निजी क्षेत्रको मनोबल उच्च बनाउने र सुस्त रहेको अर्थतन्त्रलाई चलायमान बनाउने विश्वास व्यक्त गरेको छ । चेम्बरका अध्यक्ष कमलेश अग्रवालले बजेट केही महत्वाकाङ्क्क्षी देखिए पनि यसको सफल कार्यान्वयन हुनसके मुलुक आर्थिक समृद्धिको नयाँ युगमा प्रवेश गर्ने बताएका छन् । सरकार गठन भएको दुई महिनाको छोटो गृहकार्यमा आएको यो बजेटलाई चेम्बरले एक सकारात्मक सुरुवातका रूपमा लिएको छ । अध्यक्ष अग्रवालले चेम्बरले बुझाएका अधिकांश सुझावहरू बजेटमा सम्बोधन भएको भन्दै अर्थमन्त्रीप्रति आभार… पुरा पढौ

चार अर्ब २ करोड मूल्यका विद्युतीय सवारीसाधन आयात

वीरगञ्ज (पर्सा), १८ जेठ। चालु आर्थिक वर्षको १० महिनामा वीरगञ्ज हुँदै रु चार अर्ब दुई करोड मूल्यभन्दा बढीका विद्युतीय सवारीसाधन आयात भएका छन् । गत आवको १० महिनाको तुलनामा चालु आवमा मूल्यको आधारमा विद्युतीय सवारीसाधनको आयात रु दुई अर्ब ३७ करोड अर्थात् १४३ दशमलव ६० प्रतिशतले वृद्धि भएको छ । वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले वीरगञ्ज नाका हुँदै चालु आवमा १५ हजार २७१ वटा विभिन्न थरिका विद्युतीय सवारीसाधनको आयात गरिएको र सोबाट प्राप्त हुने राजस्वमा उल्लेखनीय वृद्धि भएको… पुरा पढौ

पेट्रोलियम पदार्थको भाउ यथावत, निगमलाई मासिक ६२ करोड बढी घाटा

काठमाडौं, १८ जेठ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य हाल कायम रहेको दरमै यथावत राख्ने निर्णय गरेको छ। मध्यपूर्वमा जारी द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढिरहेको भए तापनि उपभोक्ता हितलाई ध्यानमा राख्दै निगमले मूल्य नबढाउने निर्णय गरेको हो। भारतीय आयल कर्पोरेशन (आईओसी) बाट प्राप्त नयाँ खरिद मूल्यका आधारमा मूल्य समायोजन गर्न कठिन परिस्थिति सिर्जना भए तापनि उपभोक्तामाथि थप आर्थिक भार नपार्ने उद्देश्यले हालकै मूल्यलाई निरन्तरता दिइएको निगमले जनाएको छ। जुन १ (जेठ १८) देखि… पुरा पढौ

यस्तो छ आजका लागि विदेशी मुद्राकाे भाउ

काठमाडौं, १८ जेठ । नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ७१ पैसा र बिक्रीदर १५२ रुपैयाँ ३१ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७६ रुपैयाँ ८९ पैसा र बिक्रीदर १७७ रुपैयाँ ५९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०४ रुपैयाँ २१ पैसा र बिक्रीदर २०५ रुपैयाँ ०२ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १९४ रुपैयाँ २१ पैसा र बिक्रीदर १९४ रुपैयाँ… पुरा पढौ

छोरी सशक्तीकरणका लागि ‘दश बुँदे कर्णाली घोषणापत्र’

कर्णाली, १८ जेठ। कर्णालीका छोरीहरूको सशक्तीकरणका लागि ‘दश बुँदे कर्णाली घोषणापत्र’ जारी गरिएको छ । ज्योति फाउन्डेसनले सुर्खेत वीरेन्द्रनगरमा आज सम्पन्न ‘कर्णाली छोरी सम्मेलन–२०८३’ कार्यक्रमबाट ‘दश बुँदे कर्णाली घोषणापत्र’ जारी गरेको हो । जेठ १६–१७ गतेसम्म सञ्चालन भएको कार्यक्रममा कर्णालीका छोरीहरूबाट प्राप्त सुझावका आधारमा १० बुँदे कर्णाली घोषणापत्र सार्वजनिक गरिएको छ । सम्मेलन मुलतः कर्णालीका छोरीहरूको उज्ज्वल भविष्य निर्माणका लागि बाधक बनेका बालविवाह, लैङ्गिक विभेद, कुप्रथालगायत विभेदहरूको अन्त्यका लागि प्रदेश तथा स्थानीय सरकारसँग रणनीति एवं कार्ययोजना निर्माण गरी कार्यान्वयन गर्न… पुरा पढौ

एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं, १८ जेठ। आज देशका विभिन्न भूभागको मौसम सामान्यतया बदली रहने छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशको हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्नेछ भने तराई भू–भागमा आंशिक बादल लाग्नेछ । यस्तै, कर्णाली र सुदूरपश्चिमलगायत कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भागका थोरै स्थान तथा कोशी र लुम्बिनी प्रदेशका तराई भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्मको वर्षा÷हिमपातको सम्भावना रहेको छ । आज राति देशको हिमाली भू–भागमा साधारणतया, पहाडी भू–भागमा आंशिक बादल… पुरा पढौ