मुख्य समाचार

प्रधानमन्त्री शाहले संसदमा बाेलेका कुराकाे परराष्ट्र मन्त्रालयले दियाे स्पष्टीकरण

काठमाडौं, १७ जेठ। परराष्ट्र मन्त्रालयले नेपाल-भारत सीमा विवाद र सम्माननीय प्रधानमन्त्रीले संसदमा व्यक्त गर्नुभएको भनाइबारे सञ्चार माध्यममा आएका जिज्ञासाहरूको स्पष्टीकरण दिएको छ। आइतबार एक विज्ञप्ति जारी गर्दै मन्त्रालयका प्रवक्ताले प्रधानमन्त्रीको भनाइ मूलतः सीमा क्षेत्रको प्राविधिक यथार्थ, दशगजा अतिक्रमण र "क्रस बोर्डर अकुपेसन" (सीमा वारपारको जग्गा भोगाधिकार) सँग सम्बन्धित रहेको प्रष्ट पार्नुभएको हो। विज्ञप्तिमा जनाइएअनुसार नेपालको हालको अन्तर्राष्ट्रिय सीमा सन् १८१६ को सुगौली सन्धिद्वारा स्थापित र निर्देशित छ । नेपाल-भारत सिमाना अन्तर्गत सुस्ता र लिम्पियाधुरा, लिपुलेक तथा कालापानी क्षेत्रमा नक्साङ्कन हुन… पुरा पढौ

प्रधानमन्त्री शाहको बाेलि विवादमा, संसद्‍ र सडकमा विराेध

काठमाडौं, १७ जेठ। गत फागुनमा भएको प्रतिनिधि सभा निर्वाचनपछि प्रधानमन्त्रीको हैसियतमा पहिलो पटक सांसदहरूसँगको प्रश्नोत्तरमा सहभागी बालेन शाहको अभिव्यक्ति विवादमा तानिएको छ। आज प्रतिनिधि सभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्रीले नेपाल–भारत सीमा र चीनको विकासको अवस्थाबारे दिएको अभिव्यक्तिलाई लिएर संसद्‍मा चर्को विरोध भएको हो। 'नेपालले पनि भारतको जग्गा मिचेको छ' भन्ने अभिव्यक्तिमा आपत्ति लिपुलेक, लिम्पियाधुरा र कालापानीको विवादबारे नेकपा एमालेका सांसद पद्मा अर्यालले सोधेको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री बालेनले नेपालले पनि भारतको सीमा मिचेको बताएका थिए।… पुरा पढौ

बजेट ठूलो होइन, जिडिपीको तुलनामा सानो हो-अर्थमन्त्री वाग्ले

काठमाडौं, १७ जेठ। अर्थमन्त्री डा स्वर्णिम वाग्ले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट महत्वाकांक्षी नभएको बताउनुभएको छ । आज अर्थमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उहाँले बजेटको आकार सानो नभएको बताउनुभयो । “विगतका वर्षमा बजेट आएपछि बजेट राम्रो भए पनि कार्यान्वयन हुन्छ कि हुँदैन भन्ने बहस हुन्थ्यो, तर यसपटक त्यस्तो अवस्था छैन, बजेट महत्वकांक्षी छैन, बान्छित सीमाभित्रै बजेट आएको छ”, उहाँले भन्नुभयो । उहाँका अनुसार आगामी आवको बजेट प्रत्क्षेपित जिडिपीको सापेक्षतामा २८ दशमलव पाँच प्रतिशत मात्रै हो । अर्थमन्त्री डा वाग्लेले आफू… पुरा पढौ

बैङ्क तथा वित्तीय संस्था परिसङ्घद्वारा बजेटको स्वागत

काठमाडौं, १७ जेठ। बैङ्क तथा वित्तीय संस्था परिसङ्घ नेपालले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि अर्थमन्त्री डा स्वर्णिम वाग्लेले शुक्रबार प्रस्तुत गर्नुभएको बजेटको स्वागत गरेको छ । आज एक विज्ञप्ति जारी गर्दै परिसङ्घले बजेटमार्फत आर्थिक पुनरुत्थान, निजी क्षेत्रको मनोबल अभिवृद्धि, लगानी प्रवर्द्धन तथा उत्पादनमुखी अर्थतन्त्र निर्माणको दिशामा अघि सारिएका नीतिगत तथा संरचनागत सुधारका पहलको स्वागत गरेको हो । बैङ्किङ क्षेत्रबाट अपेक्षित कर्जा विस्तार हुन नसकेको अवस्था, बढ्दो खराब कर्जाको चुनौतीबाट प्रभावित हुँदै आएको अवस्थामा आगामी आर्थिक वर्षको बजेटले अर्थतन्त्र र… पुरा पढौ

दश महिनामा ३१ अर्ब एकतिस करोडका गाडी आयात

वीरगञ्ज (पर्सा), १७ जेठ। चालु आर्थिक वर्षको प्रथम १० महिनामा रु ३१ अर्ब ३१ करोड मूल्यबराबरका सवारीसाधन तथा तिनका पार्टपुर्जा आयात भएका छन् । गत आवको सोही अवधिको तुलनामा चालु आवको यो अवधिमा रु नौ अर्ब ६५ करोडले आयात बढेको हो । वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टका अनुसार सवारीसाधन र पार्टपुर्जाको आयात बढेसँगै चालु आवको १० महिनामा रु २० अर्ब ५२ अर्ब राजस्व सङ्कलन भएको छ । गत आवको सोही अवधिमा रु १६ अर्ब ६४ करोड राजस्व सङ्कलन… पुरा पढौ

बजेट, विद्युत अवरोध र जातीय विभेदबारे सांसदद्वारा सरकारको गम्भीर ध्यानाकर्षण

काठमाडौं, १७ जेठ। संघीय संसदअन्तर्गत राष्ट्रिय सभाको आईतवार बसेको बैठकमा सांसदहरूले जनसरोकारका विविध मुद्दाहरूलाई लिएर सरकारको कडा आलोचना गरेका छन्। बैठकको शुन्य समयमा बोल्दै सदस्यहरूले आगामी आर्थिक वर्षको बजेट, मुलुकका विभिन्न भागमा देखिएको विद्युत आपूर्तिको अवरोध, सुशासन र देशमा व्याप्त जातीय विभेदका विषयमा सरकारको गम्भीर ध्यानाकर्षण गराएका हुन्। सांसदहरूले विकास निर्माणदेखि जनजीविकाका सवालमा सरकार उदासीन र प्रभावहीन रहेको आरोप समेत लगाए। बजेट मौखिक प्रतिबद्धतामा मात्र सीमित: गोमादेवी तिमिल्सेना बैठकमा बोल्दै सांसद गोमादेवी तिमिल्सेनाले आगामी आर्थिक वर्षको बजेटले उद्योग सञ्चालनका लागि… पुरा पढौ

अल नेपाल इन्फ्रास्ट्रक्चर डेभलपमेन्टले आईपीओ खुलाउने

काठमाडौं, १७ जेठ। अल नेपाल इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट कम्पनी लिमिटेडले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्ने प्रस्तावसहित आफ्नो वार्षिक साधारणसभा आह्वान गरेको छ। कम्पनीको सञ्चालक समितिको निर्णयअनुसार उक्त सभा आगामी असार ८ गते काठमाडौंको त्रिपुरेश्वरस्थित केन्द्रीय कार्यालयमा बिहान ८:०० बजे देखि सुरु हुनेछ। साधारणसभाका मुख्य कार्यसूचीहरू: आईपीओ निष्काशन: कम्पनीको आगामी वार्षिक साधारणसभाको मुख्य एजेन्डा सर्वसाधारणका लागि आईपीओ जारी गर्ने प्रस्तावमाथि छलफल गरी निर्णय पारित गर्नु रहेको छ। प्रबन्धपत्र तथा नियमावली संशोधन: कम्पनीको प्रबन्धपत्र र नियमावलीमा समयानुकूल आवश्यक संशोधन गर्ने।… पुरा पढौ

एकैदिन तोलामा साढे २० हजारले बढ्यो सुनको भाउ

काठमाडौं, १७ जेठ। बितेका केही दिनदेखि उतारचढाव भएको सुनको भाउ आज ह्वात्तै बढेको छ । नेपाल सुनचाँदी व्यवसाय महासङ्घका अनुसार आज सुन तोलामा रु २० हजार ५०० ले बढेको हो । गत शुक्रबार रु दुई लाख ९० हजार ६०० मा खरिद–बिक्री भएको एक तोला सुनको मूल्य आज रु तीन लाख ११ हजार १०० कायम भएको छ । त्यसैगरी, एक तोला चाँदीको मोल रु पाँच हजार ३४५ निर्धारण भएको छ । गत शुक्रबार एक तोला चाँदी रु पाँच हजार ४० मा… पुरा पढौ

शेयर बजारमा बीमा कम्पनीहरूको ‘अर्बौंको दबाब’- जीवन बीमाकै हिस्सा ८१ प्रतिशत

काठमाडौं, १७ जेठ। नेपालको पूँजी बजारमा संस्थागत लगानीकर्ताको रूपमा रहेका बीमा कम्पनीहरूले नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत पब्लिक लिमिटेड कम्पनीहरूको साधारण शेयरमा मात्रै अर्बौँ रुपैयाँ परिचालन गरेका छन्। आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासिक (चैत मसान्त) सम्मको आधिकारिक वित्तीय विवरण अनुसार जीवन बीमा, निर्जीवन बीमा र पुनर्बीमा कम्पनीहरूले सूचीकृत साधारण शेयरमा मात्रै कुल ५६ अर्ब ४८ करोड ५८ लाख रुपैयाँ लगानी गरेका हुन्। यस लगानीमा दीर्घकालीन प्रकृतिको कोष खडा गर्ने जीवन बीमा कम्पनीहरूको हिस्सा सबैभन्दा बढी अर्थात् ८१ प्रतिशतभन्दा… पुरा पढौ

यस्तो छ आजका लागि विदेशी मुद्राको भाउ

काठमाडौं, १७ जेठ  नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ७१ पैसा र बिक्रीदर १५२ रुपैयाँ ३१ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७६ रुपैयाँ ६४ पैसा र बिक्रीदर १७७ रुपैयाँ ३४ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०३ रुपैयाँ ५९ पैसा र बिक्रीदर २०४ रुपैयाँ ३९ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १९३ रुपैयाँ ८३ पैसा र बिक्रीदर १९४ रुपैयाँ ६०… पुरा पढौ