मुख्य समाचार

मौद्रिक नीतिमार्फत सुविधा दिन निजी क्षेत्रको माग, सधैं दिन नसकिने गभर्नरको भनाइ

काठमाडौं, २२ असार । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कोभिड महामारीको समयमा दिएको सुविधा कटौती हुने घोषणा गरेका छन् । निजी क्षेत्रका व्यवसायीहरूले २०७७ सालमाका ल्याएको जस्तो मौद्रिक नीतिको अपेक्षा गरेको बेला गभर्नर अधिकारीले सधैं सुविधा दिन नसकिने भन्दै सुविधा कटौती हुने घोषणा गरेका हुन् । नेपाल व्यवस्थापन संघ(म्यान)ले आयोजना गरेको मौद्रिक नीतिको छलफलमा गभर्नर अधिकारीले राष्ट्र बैंकले कोभिडको समयमा दिएको सुविधाले अर्थतन्त्र ‘भी’आकारमा फर्केको बताए । ‘कोभिडको समयमा व्यवसाय चलाउनको लागि हामीले ऋण संरचनादेखि लिएर पुनरकर्जाको सुविधा दिएका… पुरा पढौ

वाणिज्य बैंकहरूमा निक्षेप ३२ अर्बले बढ्यो, कस्तो छ ऋण प्रवाहको अवस्था ?

काठमाडौं, २२ असार । वाणिज्य बैंकहरूमा निक्षेप बढ्दा कर्जा प्रवाह भने घटेको छ। असार लागेपछिको १७ दिनमा बैंकहरूमा ३२ अर्ब निक्षेप थपिँदा कर्जा प्रवाह भने ९ अर्ब ऋणात्मक भएको छ। नेपाल बैंकर्स संघले जारी गरेको तथ्यांकअनुसार जेठ मसान्तको तुलनामा १७ असारसम्ममा क वर्गका वाणिज्य बैंकहरूमा निक्षेप ४४ खर्बबाट बढेर ४४ खर्ब ३२ अर्ब रुपैयाँ पुगेको छ। यो अवधिमा ऋण प्रवाह भने ४१ खर्ब ९३ अर्ब रूपैयाँबाट ९ अर्ब घटेर ४१ खर्ब ८४ अर्ब रूपैयाँमा झरेको छ। असार लागेपछि बैंकहरूमा निक्षेप… पुरा पढौ

रसुवागढी हाइड्रोपावरकाे सेयर निष्काशन ६ महिनापछि सार्न स्थानियकाे आग्रह

रसुवा, २२ असार । रसुवामा निर्माणाधीन साञ्जेन जलविद्युत् कम्पनीद्वारा स्थानीयका लागि छुट्याएको शेयर तत्काल बिक्री खुला नगर्न आग्रह गरिएको छ । एक सय ११ मेगावाट क्षमताको रसुवागढी हाइड्रोपावर कम्पनीले यही १३ गतेदेखि ६८ लाख ४२ हजार १०० कित्ता शेयर बिक्री खुला गरेको थियो । आर्थिक समस्याका कारण जिल्लावासीले पाउने सञ्जेन कम्पनीको शेयर हाललाई बिक्री खुला नगर्न स्थानीयले माग गरेका हुन् । जिल्ला समन्वय समितिका प्रमुख अशोककुमार घिमिरेको अध्यक्षतामा सम्पन्न सर्वपक्षीय बैठकले ५७ दशमलव तीन मेगावाटको साञ्जेन जलविद्युत्को शेयरसमेत स्थगन गर्न… पुरा पढौ

एक अर्ब २० करोडकाे ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ इकाईकाे बिक्री खुला

काठमाडाैं, २२ असार । ग्लोबल आइएमई क्यापिटल लिमिटेडले आजदेखि एक अर्ब २० करोड रुपैयाँ बराबरको ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ निष्काशन तथा बिक्री खुला गरेकाे छ । कुल बिक्री भएको इकाई संख्याको १५ प्रतिशतमध्ये १.५० प्रतिशत अर्थात १८ लाख इकाई ग्लोलब आइएमई क्यापिटलका लागि रहेकाे छ । १३.५० प्रतिशत अर्थात १ करोड ६२ लाख इकाई कोष प्रवर्धक रहेकाे ग्लोबल आइएमई बैंकका लागि रहेकाे छ । बाँकी रहने १० करोड २० लाख इकाई सर्वसाधरणका लागि रहेकाे छ । क्यापिटलले घटिमा १००… पुरा पढौ

एसबिआई बैंकले ल्यायाे ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्रीमा, कहिलेसम्म दिने आवेदन ?

काठमाडाैं, २२ असार । नेपाल एसबिआई बैंक लिमिटेडले आजदेखि ‘नेपाल एसबिआई बैंक ऋणपत्र २०८३’ निष्काशन तथा बिक्री गर्न लागेकाे छ । वार्षिक १०.२५ प्रतिशत ब्याजदर रहेकाे साे ऋणपत्रकाे समयावधि अवधि ५ वर्षका लागि रहेकाे छ। बैंकका अनुसार प्रतिकित्ता १ हजार रुपैयाँ अंकित दरमा ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागिएको हो। बैंकले १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता सर्वसाधारणका लागि रहेकाे छ । १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता व्यक्तिगत… पुरा पढौ

प्रदेश १, मधेश, बागमती र गण्डकीका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा

काठमाडाैं, २२ असार । नेपाल सरकार, ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय, जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले देशभर सामान्य बदली रहेको जनाएकाे छ। साथै प्रदेश नं १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।  असार २२ गते (बुधबार) दिउँसो:  देशभर आँशिक देखि सामान्य बदली रहनेछ ।  देशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । राती : देश आँशिक देखिसामान्य बदली रहनेछ । गण्डकी प्रदेश र सुदुर पश्चिम प्रदेशका केही तथाबाँकी प्रदेशहरुका… पुरा पढौ

आलुको बोरामा लुकाएकाे ८३ लाख रुपैयाँसहित दुईजना पक्राउ

धनुषा, २२ असार । धनुषामा आलुको बोरामा लुकाएर ल्याउँदै गरेको श्रोत नखुलेको झन्डै रु ८३ लाख ६४ हजारसहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जनकनन्दनी गाँउपालिका–५ उदाहका ३६ वर्षीय ईश्वर मण्डल र १९ वर्षीय राजेश मण्डल रहेका छन् । उनीहरुलाई जनकनन्दनी–१ इनर्वा सीमाबाट नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बलका प्रहरी निरीक्षक शम्भु कटुवालले जानकारी दिए। प्रहरीले भारतबाट ज७प ५००७ नम्बरको मोटरसाइकलमा आलुको बोरामा रकम बोकेर आउँदै गरेको अवस्थामा नियन्त्रणमा लिएको उनले बताए। दुवैजनालाई आवश्यक कारबाहीका लागि रकमसहित जिल्ला भन्सार कार्यालय जनकपुरको… पुरा पढौ

मलेसियाको विस्र्टन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० जाँदै

काठमाडौं, २१ असार । मलेसियामा रहेको विश्वकै ठूलो आइटी कम्पनीले शून्य लागतमा नेपाली श्रमिक लैजाने भएको छ । आज आयोजित एक कार्यक्रममा मलेसियाको विस्र्टन टेक्नोलोजी र नेपालस्थित मेनपावर कम्पनी आकर्षण इन्टरनेशनल र लालधनुष इन्टरनेशनलबीच द्विपक्षीय सम्झौता भएको छ । सम्झौतापत्रमा विस्र्टन टेक्नोलोजीका तर्फबाट डेपुटी जनरल म्यानेजर डेभिड र आकर्षण इन्टरनेशनलका तर्फबाट अध्यक्ष विष्णुबहादुर केसी तथा लालधनुष इन्टरनेशनलका तर्फबाट अध्यक्ष दावा नवाङ शेर्पाले हस्ताक्षर गरे। सम्झौताअनुसार उक्त कम्पनीमा दुई मेनपावर कम्पनीमार्फत नेपाली श्रमिक शून्य लागतमा मलेसिया जान पाउनेछन् । मलेसियाको सो… पुरा पढौ

रु ४३ अर्ब लाग्ने अनुमान गरिएको मदन भण्डारी विश्वविद्यालय निर्माण प्रक्रियाको बाटो खुल्यो

काभ्रेपलाञ्चोक, २१ असार । मदन भण्डारी विश्वविद्यालय विधेयक, २०७६ पारित भएसँगै यसको निर्माण प्रक्रियाका लागि बाटो खुलेको छ । विसं २०७६ साउनमा दर्ता ‘मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक’ दुई वर्षपछि सोमबार सङ्घीय संसद्बाट परिमार्जनसहित सर्वसम्मतिले पारित भएको हो । विश्वविद्यालय निर्माणका लागि रु ४३ अर्ब लाग्ने अनुमान गरिएको छ । विश्वविद्यालय काभ्रेपलाञ्चोकको पाँचखालमा निर्माणका लागि यसअघि जग्गा अधिग्रहणको प्रक्रिया भइसकेको छ । सोमबारको प्रतिनिधिसभा बैठकले प्राविधिक विषय मात्रै अध्यापन गराउन पाउनेगरी विधेयक पारित गरेको हो । बैठकमा शिक्षा विज्ञान… पुरा पढौ

सेयर बजार राताम्मै, सानिमा बैंक संस्थापक सेयरकाे ३० करोडको कारोबार

काठमाडौं, २१ असार । साताको सेयर कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली बजार सेयर राताम्मै भएको छ । सबै सूचकहरु घटेका छन् । लामो समयसम्म आन्दोलनमा रहेका लगानीकर्ताहरुको गठित संघर्ष समिति तथा सेबोनबीच १९ बुँदे सहमति भएपछि सेयर बजारमा उछाल आउला भन्ने अपेक्षा पुरा हुन पाएको छैन । जसकाे कारण लगानीकर्ताको मनोबल घटेको छ । कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा निकै घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ४६.०८ अंकले घटेर २०३०.५९ विन्दुमा झरेको छ । नेप्सेमा… पुरा पढौ