मुख्य समाचार

केरा खेतीबाट लाखौं आम्दानी, फेरियो किसानकाे जिन्दगी

गलेश्वर, २१ असार । केरा खेती गरेर लाखाै आम्दानी गर्न सकिन्छ भन्ने शोभित सापकोटाले सपनामा पनि सोचेका थिएनन् । आफैँले खानका लागि दुई÷चार घरी केरा लगाउने गरेका म्याग्दीको बेनी नगरपालिका–२ खबराका सापकोटालाई व्यावसायिक रुपमा केरा खेती गरेर अहिले आफैँले मनग्ये आम्दानी गर्न सकेको देख्दा आश्चर्य लाग्दछ । दश वर्षदेखि व्यावसायिक रुपमा केरा खेती गरेर उहाँले गाउँमा नै पक्की घरसमेत बनाएका छन् । करिब १६ रोपनी जमिनमा लगाएको केराबाट वार्षिक रुपमा १० लाख रुपियाँभन्दा बढी आम्दानी हुने गरेको उनले बताए। उनले… पुरा पढौ

इक्यान कास्कीले असार २४ र २५ गते पोखरामा सातौं बृहत् शैक्षिक मेला आयोजना गर्ने

पाेखरा, २१ असार । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) कास्कीले असार २४ र २५ गते पोखरा सभागृहमा सातौं संस्करणको बृहत् शैक्षिक मेला आयोजना गर्ने जानकारी दिएको छ । मंगलवार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरेर संघले विदेशमा अध्ययन गर्न चाहने आम नेपाली विद्यार्थी तथा उनीहरुका अभिभावकलाई सहि परामर्श दिन सातौं संस्करणको बृहत् शैक्षिक मेला आयोजना गर्न लागिएकाे जानकारी दिएको हो । विश्व अहिले ग्लोबल भिलेजको रुपमा विकास भईरहेको छ। विद्यार्थीलाई स्वदेशी तथा विदेशी शिक्षा प्रणालीका बारेमा सहि सूचना दिईनु पर्छ भन्ने… पुरा पढौ

मर्जरमा जाने बीमा कम्पनीले कर्मचारीकाे सुविधा घटाउन नपाउने

काठमाडौं, २१ असार । बीमा समितिले मर्जरमा जाने बीमा कम्पनीमा कार्यरत कर्मचारीहरूको पद तथा सेवा सुविधा नघट्ने व्यवस्था गर्न बीमा समितिले निर्देशन दिएको छ । समितिले सबै बीमा कम्पनीहरुलाई सर्कुलर जारी गर्दै गाभ्ने/गाभिने संस्थाका कर्मचारीहरुलाई गाभिएर कायम हुने बीमा कम्पनीहरुमा कर्मचारीहरुको साविकमा रहेको पद अनुसारको तह वा श्रेणी भन्दा कम नहुने गरी पद मिलान गर्न निर्देशन दिएको हो । यसअघि एभरेष्ट इन्स्योरेन्स कम्पनीमा कार्यरत कर्मचारीहरुले बक्तव्य नै निकालेर मर्जरमा जाने सम्बन्धमा छलफल नगरेको भन्दै विरोध जनाएको थियो । त्यस्तै गाभ्ने/गाभिए… पुरा पढौ

कस्तो आउँदैछ मौद्रिक नीति ? यस्ताे छ गभर्नर अधिकारीकाे भनाई

काठमाडौं, २१ असार । नेपाल राष्ट्र बैंक यतिखेर मौद्रिक नीति बनाउने अन्तिम तयारीमा जुटिरहेको छ । विभिन्न सरोकारवालाहरूसँग सुझाव संकलन गरेर अहिले यसबारे विचार बिमर्श गर्ने काम राष्ट्र बैंकले गरिरहेको छ । यसैबीचमा गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्रको दबाबलाई निकास दिनेगरी आगामी आर्थिक वर्षको मौद्रिक नीति आउने बताएका छन् । आगामी मौद्रिक नीतिको सुझाव संकलनका लागि काठमाडौंमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले यस्तो बताएका हुन् । उनले पछिल्लो समय अर्थतन्त्रका प्रायः सबै सूचकमा दबाब रहेको बताएका छन्। गभर्नर अधिकारीले अहिले… पुरा पढौ

समयमै सम्पन्न नभएका ३५ सय आयोजनाको म्याद एक वर्ष थपियो, यस्ता छन् अन्य व्यवस्था

काठमाडौं, २१ असार । समयमै सम्पन्न हुन नसकेको ३५ सय आयोजनाको म्याद थप हुने भएको छ । सरकारले सार्वजनिक खरिद नियामवलीको १२औं संशोधन गरी म्याप थपको व्यवस्था गरेको हो । ‘सरकारले सम्झौताको अवधि समाप्त भएका, असार मसान्तसम्म खरिद सम्झौताको अवधि समाप्त भएका, सम्झौता बमोजिमको काम सम्पन्न नभएका वा हुन नसकेका अवस्थामा रहेका वा यो नियम प्रारम्भ हुनुअघि अवधि थपका लागि सार्वजनिक निकाय समक्ष निवेदन दिएका आयोजनाहरुको हकमा एक वर्षसम्मका लागि म्याद थप गरिएको हो । निर्माण कार्यको हकमा सम्बन्धित निर्माण… पुरा पढौ

राप्ती हाइड्रोले असार २९ देखि सेयर निश्कासन गर्दै

काठमाडाैं, २१ असार । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनले २३ लाख ६६ हजार २४० कित्ता साधारण सेयर निष्काशन तथा बिक्रीमा ल्याउन लागेकाे छ । कम्पनीले असार २९ गतेदेखि साे परिमाणकाे सेयर बिक्रीमा ल्याउन लागेकाे हाे । कम्पनीले आयोजना प्रभावित क्षेत्रका जनताका लागि बाँडफाँड गरी बाँकी रहेकाे ३७ हजार ६२३ कित्ता समावेश गरेर २३ लाख ६६ हजार २४० कित्ता साधारण शेयर निष्काशन गरिने भएकाे हो। कुल सेयरबाट ७० हजार ९८८ कित्ता कर्मचारीहरुका लागि रहेकाे छ । १ लाख १८ हजार ३१२… पुरा पढौ

बेलचौतारा सहकारी र समृद्धि सहकारी संस्था पुरस्कृत

काठमाडाैं, २१ असार । राष्ट्रिय सहकारी बैङ्क लिमिटेड दमौली शाखाले तनहुँका दुई सहकारी संस्थालाई व्यवसाय पुरस्कार प्रदान गरेको छ । आर्थिक वर्ष २०७७-०७८ मा बैङ्कमा नियमित कारोबार गर्ने र उत्कृष्ट कारोबार गर्ने एक÷एक सहकारी संस्थालाई दमौलीमा आयोजित कार्यक्रममा पुरस्कृत गरिएको हो । उत्कृष्ट कारोबार विधामा शुक्लागण्डकी नगरपालिकास्थित बेलचौतारा बचत तथा ऋण सहकारी संस्था लिमिटेड र नियमित विधामा दमौलीस्थित समृद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई पुरस्कृत गरिएको हो । बेल चौतारा सहकारीका अध्यक्ष हिमकुमार श्रेष्ठ र समृद्धि सहकारीका उपाध्यक्ष कृष्ण… पुरा पढौ

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, आइओसीकाे बक्यौता ३० अर्ब पुग्ने

काठमाडाैं, २१ असार । नेपाल आयल निगमले साेमबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगमले पेट्रोलमा प्रतिलिटर रु दुई, डिजेल, मट्टितेलमा प्रटिलिटर रु नौ र हवाई इन्धन (आन्तरिकतर्फ) प्रतिलिटर रु पाँच वृद्धि गरेको हो । मूल्य बढेसँगै पेट्रोलको खुद्रा बिक्री मूल्य प्रतिलिटर रु १८१, डिजेल/मट्टितेलको रु १७२ र हवाई इन्धन (आन्तरिक) को मूल्य प्रतिलिटर रु १९० पुगेको छ । निगमले हवाई इन्धन (बाह्य) र खाना पकाउने एलपी ग्यासको मूल्य यथावत् राखेको छ । इन्डियन… पुरा पढौ

कतै सामान्य देखि पूर्ण बदली, कतै भारि वर्षाकाे सम्भावना

काठमाडाैं, २१ असार । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय, जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य देखि पूर्ण बदली रहेकाे जनाएकाे छ । बाँकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहेको छ। गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरुमा साथै बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै मेघगर्जन चट्टयाङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ ।  असार २१ गते (मंगलबार) दिउँसो:  देशभर आँशिक देखि सामान्य बदली रहनेछ ।  देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेश र गण्डकी… पुरा पढौ

बोगटान फुड्सिल गाउँपालिकाद्वारा ४५ करोडको बजेट सार्वजनिक

डोटी, २१ असार । बोगटान फुड्सिल गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि रु ४५ करोड एक लाख २४ हजार बराबरको बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाको ११औँ गाउँसभा तथा अधिवेशनमा चालु आवका लागि बजेट प्रस्तुत गरिएको हो अन्तर सरकारी सरकारी वित्त व्यवस्थापन ऐनको प्रावधानअनुसार प्रत्येक वर्ष असार १० गतेभित्र आगामी आर्थिक वर्षको राजश्व र व्ययको अनुमान स्थानीय तहले सम्बन्धित गाउँ वा नगरसभामा पेस गर्नुपर्छ । जिल्लाका अन्य पालिकाले निर्धारित समयमै बजेट सार्वजनिक गरे पनि बोगटान फुड्सिल गाउँपालिकाले केही ढिलो… पुरा पढौ