मुख्य समाचार

पोखरा उपत्यका नगरविकास समितिद्धारा संरक्षण सुरु, पार्किङ प्रयोजनका लागि न्युरोडको जग्गा सम्याइयो

पोखरा, २० असार । पोखरा उपत्यका नगरविकास समितिले आफ्नो जमिन संरक्षणको काम सुरु गरेको छ । १३ असारमा जिल्ला अदालत कास्कीको फैसला बमोजिम प्राप्त न्युरोडमा रहेको जमिनमा बनेका संरचना बाहेकको जमिन सम्याएर संरक्षणको कामसुरु गरेको होे । जिल्ला अदालत कास्कीले न्युरोडका कित्ता नम्बर १६६८ नम्बरको ५ रोपनी, ४ आना भन्दा बढी जमिन उपत्यका विकास समितिको हुने फैसला गरेको थियो । उपत्यका नगरविकास समितिले सोमबार उक्त जमिनमा रहेका भौतिक संरचना हटाउन ३५ दिने सूचना निकाल्नेको छ । बाँकी जमिन सम्याइएको पोखरा… पुरा पढौ

सौन्दर्यका सामग्रीको आयातमै १ अर्ब बाहिरियाे

काठमाडौं, २० असार । विश्वमा नेपालीको पहिचान गहुँगोरो वर्णकाे रुपमा परिचित छ। कुनै समय नेपालीलाई खासै सौन्दर्यका सामान चाहिँदैन भनिन्थ्यो । तर भन्सार विभागको पछिल्लो तथ्याङ्कअनुसार नेपालीले राम्रो देखिनका लागि ठूलोमात्रामा रकम खर्च गरेको पाइएको छ। देशभित्र विदेशी मुद्राको सञ्चिती घट्दै गइरहेको विवरण हरेक दिनजसो चर्चाको केन्द्रमा छ । संसददेखि नागरिकस्तरमा पनि यसबारेमा नियमितरुपमा चर्चा भइरहेको छ । नेपाल राष्ट्र बैंकले हरेक महिना सार्वजनिक गर्ने आर्थिक विवरणमा समेत विदेशी मुद्राको सञ्चिती घटेको देखाइन्छ । तर राम्रो देखिनका लागि आयात गरिएको… पुरा पढौ

९.७५ अंकले घट्यो नेप्से, कारोबार रकम भने बितेका चार महिना यताकै उच्च

काठमाडौं, २० असार । आईतबार उकालो लागेको सेयर बजार फेरि एक दिनपछि आज ओरालो लागेको छ । अघिल्लो दिन हरियाली भएको सेयर बजारमा यसदिन पुनः गिरावट भएको छ । यो गिरावट बितेका चार महिनामा भएकाे सबैभन्दा बढी हो । आईतबार नेप्से परिसूचक ५७.६१ अंकले बढेर २०८६.३८ विन्दुमा उक्लिएको थियो । सबै सूचकहरु उकालो लाग्दा मनोबल बढाएका लगानीकर्ताको सोहि मनलाई आजको करेक्सनले पुनः नमिठो महशुस गराएको छ । बितेका ४ महिनाको सूचकलाई हेर्ने हो भने आजको परिदृश्य सबैभन्दा उच्च रहेको छ… पुरा पढौ

१८ अर्ब भन्दा बढीको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक

काठमाडौँ, २० असार । नेपाल राष्ट्र बैंकले १८ अर्ब १ करोड ६५ लाख ५० हजारको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । सरकारलाई आवश्यक अल्पकालीन ऋण उठाउन बोलकबोल प्रक्रियामार्फत बैंकले आज ऋणपत्र बिक्री गर्न लागेको हो । केन्द्रीय बैंकले जारी गरेको सूचनानुसार ९१ दिन र ३६४ दिन अवधिका २८ दिन अवधिको ट्रेजरी बिल जारी गर्नेछ । बैंकले ९१ दिन अवधिको रु नौ अर्ब १० करोड र ३६४ दिन अवधिको ८ अर्ब ९१ करोड ६५ लाख ५० हजार गरी कूल रु १८… पुरा पढौ

९ अर्ब लगानीकाे सुपर दोर्दी ‘ख’को काम ८ वर्षसम्म पनि सकिएन

लमजुङ, २० असार । तीन वर्षमै सम्पन्न गरिने भनी निर्माण थालिएको ८ वर्ष लाग्दासमेत ५४ मेगावाट क्षमताको सुपर दोर्दी ‘ख’ आयोजनाले अझैसम्म आफ्नो दायित्व पूरा गर्न सकेको छैन । दोर्दी गाउँपालिका–६ ढोडेनीमा निर्माणाधीन पिपुल हाइड्रोपावर कम्पनीले तीन वर्षभित्रमा निर्माण गर्ने भनी निर्माणकार्य अघि बढाएको यस आयोजना यतिका वर्ष हुँदा अझै अपुरो रहेको छ । विसं २०७१ मा विद्युत् खरिद सम्झौता (पिपिए) गरी विसं २०७२ असोज महिनाबाट निर्माण थालनी गरेको यस आयोजनाले सम्झौताअनुसार विसं.२०७५ भित्रमा काम सम्पन्न गरिसक्नु पर्ने थियो ।… पुरा पढौ

भारतीय राजदूत श्रीवास्तव र गृहमन्त्री खाणबीच भयाे भेटवार्ता

काठमाडाैं, २० असार । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले गृहमन्त्री बालकृष्ण खाणसँग भेटवार्ता गरेका छन्।राजदूत नियुक्त भएर नेपाल आएपछि राजदूत श्रीवास्तवकाे गृहमन्त्री खाणसँग याे पहिलो भेट हाे। सोमबार बिहान गृह मन्त्रालयमा भएको भेटमा दुई देशबीचको आपसी सम्बन्ध थप सुदृढ र प्रगाढ बनाउनेबारेमा कुराकानी भएको गृहमन्त्रीको सचिवालयले जानकारी दिएकाे छ। भेटमा गृहमन्त्री खाणले नेपाल र भारत सरकारबीच भएको सम्झौता अनुरुप रासायनिक मल यथासक्य छिटाे उपलब्ध गराउन सहजीकरण गरिदिन आग्रह गरेका थिए। राजदूत श्रीवास्तवले रासायनिक मलका लागी पहल गर्ने पनि बताएका… पुरा पढौ

निर्यात बढाउने नीति ल्याउन व्यवसायीले गराए गभर्नरको ध्यानाकर्षण, मौद्रिक नीतिका लागि दिए यस्ताे सुझाव

काठमाडौं, २० असार । निर्यात व्यवसायी महासंघ नेपालले आगामी मौद्रिक नीतिका लागि राष्ट्र बैंकलाई बिभिन्न् सुझाव दिएको छ । महासंघका अध्यक्ष राम बहादुर गुरुङले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई भेटेर सुझाव दिएका हुन् । उनले नेपालको निर्यात क्षेत्रमा कोभिड १९ को प्रभाव नसकिँदै अर्थतन्त्रमा तरल अभाव देखिएको हुँदा निर्यात व्यवसायीहरू थप अप्ठ्यारोमा परेको बताएका छन् । देशको आर्थिक गतिविधि सञ्चालनमा निजी क्षेत्रको महत्त्वपूर्ण योगदान रहेको तथा विदेशी मुद्राको प्रमुख स्रोत निर्यात क्षेत्र भएकोले यस क्षेत्रको संरक्षणमा राष्ट्र बैंकले आवश्यक… पुरा पढौ

अर्थ मन्त्रालयले विवादित सिसीटीभी फूटेज दिएन, अर्थमन्त्रीको राजीनामा र याे प्रकरणकाे छानबिन गर्न उपभोक्ता मञ्चकाे माग

काठमाडौं, २० असार । अर्थ मन्त्रालयले जेठ १४ गतेको सीसीटीभी फुटेज अभिलेखमै नभएको बताएको छ । उपभोक्ता हित संरक्षण मञ्च नेपालका सचिव जयप्रसाद पौडेलले सूचनाको हक प्रयोग गर्दै मन्त्रालयमा सीसीटीभी माग गरेपछि अर्थमन्त्रालयले फुटेज नै नभएको बताएको हो । आगामी आर्थिक वर्षको बजेट लेखनका क्रममा जेठ १४ गते राति अनधिकृत व्यक्ति अर्थमन्त्रालयमा प्रवेश गरेर करका दर हेरफेर गरेको आरोप अर्थमन्त्री जनार्दन शर्मामाथि लागेपछि सीसीटीभी फुटेजको समेत माग गरिएको थियाे। उता अर्थमन्त्री शर्माले सीसीटीभी फुटेज कसैले माग्दैमा दिन नसकिने बताउँदै आएका… पुरा पढौ

अप्पर सोलु हाइड्रोकाे साढे १९ करोडको आईपीओ आजदेखि बिक्री खुला, कहिलेसम्म दिने आवेदन ?

काठमाडौं, २० असार । अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले आज (असार २०) देखि प्राथमिक शेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गरेकाे छ । कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले १९ करोड ५७ लाख ५० हजार रुपैयाँ बराबरको प्रतिकित्ता १०० अंकित दरका १९ लाख ५७ हजार ५०० कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो। निष्काशन गरिने कुल शेयरमध्ये २ प्रतिशत अर्थात ३९ हजार १५० कित्ता कर्मचारीहरुका लागि ५ प्रतिशत अर्थात ९७ हजार ८७५ कित्ता सामूहिक लगानी कोषको… पुरा पढौ

प्रशिक्षणका लागि एमाले नेताहरु सातै प्रदेशमा खटिए

काठमाडौं, २० असार । नेकपा (एमाले)ले स्थानीय तह निर्वाचनको समीक्षा र सातै प्रदेशमा प्रशिक्षण कार्यक्रम सञ्चालनका लागि पार्टीका नेताहरुलाई जिम्मेवारी तोकेको छ । एमालेको आइतबार सम्पन्न बैठकले प्रशिक्षणका लागि प्रदेश १ मा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, मधेस प्रदेशमा उपाध्यक्ष सुरेन्द्र पाण्डे, बाग्मती प्रदेशमा उपाध्यक्ष विष्णुप्रसाद पौडेल, गण्डकी प्रदेशमा उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, लुम्बिनी प्रदेशमा उपाध्यक्ष सुवासचन्द्र नेम्बाङ, कर्णाली प्रदेशमा उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ र सुदूरपश्चिम प्रदेशमा उपाध्यक्ष युवराज ज्ञवालीलाई संयोजनको जिम्मेवारी दिएको हो । एमालेका उपमहासचिव एवं केन्द्रीय प्रचार विभाग प्रमुख… पुरा पढौ