मुख्य समाचार

८० करोड रुपैयाँ मुद्दती निक्षेपमा राख्दै केन्द्रीय बैंक

काठमाडौं, ६ असार । नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको ८० करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । उक्त ८० करोड रुपैयाँ मध्ये वाणिज्य बैंकमा ६४ करोड, ‘ख’ वर्गका विकास बैंकमा १२ करोड र राष्ट्रिय स्तरका वित्त कम्पनीमा ४ करोड रुपैयाँ लगानी गर्ने भएको छ । राष्ट्र बैंकले आफुले लिन चाहेको रकम र मुद्दती निक्षेपमा लिनका लागि ब्याजदर समेत प्रस्ताव गरेर पठाउन भनेको छ । राष्ट्र बैंकले ८० करोड रुपैयाँ असार २२ देखि २०८० असार २०… पुरा पढौ

भारतलाई ३६४ मेगावाट बिजुली बेचिरहँदा ६४.४ प्रतिशत नेपाली उद्योग जेनेरेटरको भरमा

तस्वीर : गूगल
काठमाडौं, ६ असार । नेपाल उद्योग परिसंघले नेपालका उद्योगहरुको औद्योगिक गतिविधिको अध्ययन गरेर औद्योगिक अवस्थिति प्रतिवेदनको तेस्रो अङ्क सार्वजनिक गरेको छ । चालू आर्थिक वर्ष २०७८/७९ को दोस्रो त्रैमासिक अवधिमा उत्पादनमूलक उद्योग र सेवा क्षेत्रका उद्योगको अवस्थाको विस्तृत तथ्यांक प्रतिवेदनमा समेटिएको छ । विद्युतको आपूर्तिमा आउने समस्याका कारण अझै पनि ६४.४ प्रतिशत उद्योगले जेनेरेटर प्रयोग गरिरहेको अध्ययनले देखाएको छ । नेपाल विद्युत प्राधिकरणले भने ३६४ मेगावाट विद्युत भारतलाई बिक्री गरिरहेको छ । प्राधिकरणका अनुसार बिजुली बिक्रीबाट मासिक ७ करोड रुपैयाँ… पुरा पढौ

नेपालको कुरिलो दुबई र कतारमा निर्यात

चितवन, ६ असार । नेपालमा उत्पादित कुरिलो अन्तर्राष्ट्रिय बजारमा समेत पुग्न थालेको छ । भरतपुर महानगरपालिका–२५ निवासी सुमन सुवेदीले उत्पादन गरेको कुरिलो अहिले दुबई र कतार पुगेको छ । एस पारा प्रालिका सञ्चालक सुवेदीले साताको दुई पटक आफ्नो उत्पादन बिक्रीका लागि विदेशसम्म जाने गरेको बताए। उनले भने, “हामीले गरेकाे उत्पादन विदेशसम्म पुग्ने गरेको छ । मेरोमा किन्न आउनेमध्ये एक जना विदेशी ग्राहक छन् । उनले सातामा दुई पटक कुरिलो लाने गरेका छन् ।” एक पटकमा ५० किलो कुरिलो विदेश जाने… पुरा पढौ

श्वेत गंगा हाइड्रोपावरकाे सेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाडाैं, ६ असार । श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सनले निष्काशन तथा बिक्रीमा ल्याएकाे सेयरमा आवेदन दिने आज अन्तिम दिन बाँकी रहेकाे छ । कम्पनीले जेठ २३ गतेदेखि आयोजना प्रभावित क्षेत्रका जनताकाे लागि सेयर खुला गरेकाे थियाे । कम्पनीले १ अर्ब ५९ करोड ३० लाख रुपैयाँ जारि पूँजीको १० प्रतिशतले हुने रू १०० अंकित मूल्य दरमा १५ लाख ९३ हजार कित्ता साधारण सेयर बिक्रीमा ल्याएकाे थियाे। रामेछापकाे लिखु तामाकोशी गा.पा.को वडा नं. २, ३ र ४, ओखलढुङ्गाकाे लिखु गा.पा. वडा नं.… पुरा पढौ

मेलम्ची क्षेत्रमा पूर्वसूचना प्रणाली जडान, क्षतिलाई कम गर्न सहयोग मिल्ने

सिन्धुपाल्चोक, ६ असार । मेलम्ची क्षेत्रमा जडान गरिएको पूर्वसूचना प्रणाली (साइरन) को अवस्था परीक्षण गरिएको छ । मनसुनको समयमा हुनसक्ने सम्भावित जोखिमबाट सचेत गराउन गत आवमा मेलम्ची नगरपालिकाको तालामाराङ, मेलम्ची बजार र बाहुनेपाटी बजारमा जडान गरिएको साइरनको अवस्था परीक्षण गरिएको हो । मेलम्ची नगरपालिकाका वातावरण अधिकृत सुजन दुलाल भने, “यसबाट मनसुनको समयमा हुनसक्ने सम्भावित विपद्को जोखिमलाई कम गरी जनधनको क्षतिलाई कम गर्न सहयोग मिल्छ ।” मेलम्चीले गत असारको विनाशकारी बाढीपश्चात् आफ्नै लगानी तथा रामलक्ष्मण इनोभेसन प्रालिको सहयोगमा ‘अर्ली वार्निङ सिस्टम’… पुरा पढौ

प्रदेश १, मधेश, बागमती र गण्डकीमा मेघ गर्जन चट्याङसहित वर्षाको सम्भावना

काठमाडाैं, ६ असार । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय, जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले देशको प्रदेश नं १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा मनसुनी वायु को सामान्य प्रभाव रहेको जनाएकाे छ। साथै स्थानीय वायु, पश्चिमी वायु तथा भारतको उत्तर प्रदेश र विहारमा रहेको पूर्व-पश्चिमी न्यून चापीय रेखाको पनि प्रभाव रहेको जनाएकाे छ ।         हाल देशभर आंशिक देखि सामान्य बदली रहि प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ। असार ०६… पुरा पढौ

अबदेखि ३४ वटा वायुयानलाई ‘नाइट–स्टप’ पार्किङका लागि काठमाडौंबाहिर जानु पर्ने

काठमाडाैं, ६ असार । हेलिकप्टर तथा जहाज पार्किङका लागि ठाउँ अभाव भएको भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले १४ वटा हेलिकप्टरलाई अबदेखि ‘नाइट–स्टप’ पार्किङका लागि काठमाडौँबाहिर अनिवार्य जानुपर्ने निर्णय गरेको छ । प्राधिकरणको साे बैठकले ‘नाइट–स्टप’ पार्किङका लागि काठमाडौंबाहिर जानु पर्ने निर्णय गरेको हो । ‘नाइट–स्टप’ पार्किङका लागि विमानस्थलमा ठाउँ अभाव भएको भन्दै व्यावसायिक उडान गर्ने नौवटा वायुसेवाका ४८ मध्ये २० वटा जहाज पनि ‘नाइट–स्टप’ पार्किङका लागि बाहिर जानुपर्ने निर्णय गरिएको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए। उनका अनुसार अनुमति लिएका… पुरा पढौ

पेट्रोलियम पदार्थको मुल्य फेरि बढ्याे, प्रति लिटर १९९ कायम

काठमाडौं , ५ असार । नेपाल सरकारले पेट्रोलियम पदार्थको मुल्य फेरि बढाएको छ।  निगमकाअनुसार पेट्रोलको मुल्य २१ रुपैयाँले बढेर प्रति लिटर १९९ रुपैयाँ पुगेको छ । डिजेल र मट्टीतेलको मुल्य प्रति लिटर १९२ पुगेको आयल निगमले बताएको छ।  त्यस्तै हवाई इन्धनको मुल्य मुल्य प्रति लिटर १९ रुपैयाँले बढेर प्रति लिटर १८५ र बाह्य इन्धनको मुल्य प्रति लिटर १०० डलरले बढेर प्रति लिटर १६४५ कायम गरिएको छ। बढेको मुल्य आज आइतबार राति १२ बजेदेखि लागू हुने नेपाल आयल निगमले बताएको छ।… पुरा पढौ

पत्रकारको पारिश्रमिक समस्या जिउँकातिउँ, एउटा निष्कर्षमा पुग्छौं : अध्यक्ष खड्का(भिडियाे)

पोखरा, ५ असार । न्युनतम पारिश्रमिक निर्धारण समितिकी अध्यक्ष संगीता खड्काले आफ्नो कार्यकालमा पत्रकारको तलब, सेवा सुविधाका बारेमा सबैको साथ र सहयोग लिएर अगाडी बढ्ने प्रतिवद्धता व्यक्त गरेकी छन् । म समितिमा बसेर अहिले नै चमत्कार गर्छु भनेर भन्दिन तर पत्रकारका मुद्दाहरुको विषयमा जानकार रहेकोले समस्याहरुको गाँठो फुकाउने काम राष्ट्रिय, प्रदेश र स्थानिय स्तरमा तहगत रुपमा छलफल चलाउँदै जाने प्रतिवद्धता व्यक्त गरेकी छन् । समितिले नेपाल पत्रकार महासंघ कास्कीको संयोजनमा आईतबार पोखरामा आयोजना गरेको श्रमजिवी पत्रकार ऐन कार्यान्वयनको अवस्था, चुनौती… पुरा पढौ

चालु आर्थिक वर्षकाे अन्तिम महिनासम्म पुँजीगत खर्च ३७ प्रतिशत मात्रै

काठमाडौं, ५ असार । चालु आर्थिक वर्ष सकिन अब २७ दिन बाँकी छ । सरकारले कूल ३ खर्ब ७८ अर्ब ९ करोड ७७ लाख बराबरको पुँजीगत खर्च गर्ने लक्ष्य राखेको थियो । हालसम्मको विवरण हेर्दा मात्रै १ खर्ब ४० अर्ब १६ करोड ४५ लाख बराबर मात्रै पुँजीगत खर्च गरिएको छ । प्रतिशतका आधारमा हेर्दा यो ३७ दशमलव शुन्य सात मात्रै हो । सरकारले विकास निर्माणको काममा हुने खर्च बढाउने र त्यसका लागि सबै उपाय अवलम्बन गर्ने भने पनि त्यसअनुसार हुन… पुरा पढौ