मुख्य समाचार

उद्योगमा आगलागीबाट पाँच करोडको क्षति

राँझा (बाँके), १७ जेठ। नेपालगन्ज उपमहानगरपालिका–२१ फुल्टेक्रास्थित नयाँबस्तीमा अवस्थित एभरेष्ट प्लाइ ढोका उद्योगमा भएको आगलागीबाट रु पाँच करोडको क्षति भएको छ । शुक्रबार दिउँसो लागेको आगो शनिबार मात्रै नियन्त्रणमा आएको थियो । सो आगलागीबाट उद्योगका सम्पूर्ण मेसिन, कच्चा पदार्थ र तयारी ढोका जलेर खरानी भएको उद्योगका सञ्चालक प्रकाश रानाले जानकारी दिनुभयो । उहाँका अनुसार उद्योगमा रहेका मेसिन, कच्चा पदार्थ तथा तयारी ढोका जलेर खरानी भएको छ । विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ । शुक्रबार दिउँसो सुरु… पुरा पढौ

लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा वर्षाको सम्भावना, तराईमा हुरी चल्ने चेतावनी

काठमाडौं, १७ जेठ। उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु तथा पश्चिमदेखि पूर्वसम्म नेपाल नजिक सक्रिय रहेको न्यून चापीय रेखाको प्रभावका कारण देशका विभिन्न भूभागमा बदली, वर्षा तथा हुरी चल्ने पूर्वानुमान गरिएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका अधिकांश हिमाली तथा पहाडी भूभागमा साधारणतया बदली रहेको छ । तराई क्षेत्रमा आंशिक बदली भएको छ । लुम्बिनी प्रदेशका केही स्थानमा मध्यम वर्षा भइरहेको छ भने गण्डकी र कर्णाली प्रदेशका… पुरा पढौ

सम्पर्कबाहिर रहेका १ हजार १८६ सहकारीलाई कारबाही गरिँदै

काठमाडौं, १६ जेठ। महानगरपालिकाभित्र दर्ता भएकामध्ये एक हजार १८६ वटा सहकारी संस्थाहरू हाल सम्पर्कबाहिर रहेका छन् । महानगर सहकारी विभागका अनुसार हालसम्म ७२६ वटा सहकारी संस्था मात्रै सम्पर्कमा रही नियमित रूपमा आफ्नो वार्षिक प्रतिवेदन पेस गरिरहेका छन् । यसरी लामो समयदेखि सम्पर्कमा नरहेका सहकारीहरूलाई कानुनअनुसार कारबाही गर्ने प्रक्रिया अघि बढाइएको महानगर सहकारी विभागका प्रमुख ध्रुवकुमार काफ्लेले जानकारी दिएका छन् । नियमन र समस्या समाधानका लागि नयाँ संयन्त्र सहकारीहरूमा सुशासन कायम गर्न र समस्या सुल्झाउन महानगरले नयाँ रणनीति अपनाएको छ ।… पुरा पढौ

विद्युतमा ५ प्रतिशत भ्याट लगाउने निर्णयप्रति चौतर्फी विरोध: घिसिङद्वारा तत्काल फिर्ता लिन माग

काठमाडौं, १६ जेठ। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत मासिक ५० युनिटभन्दा बढी विद्युत खपत गर्ने उपभोक्तामाथि ५ प्रतिशतका दरले मूल्य अभिवृद्धि कर (VAT) लगाउने निर्णय गरेपछि यसको चौतर्फी विरोध सुरु भएको छ। सरकारको यो कदमको पूर्व ऊर्जा मन्त्री तथा नेपाल विद्युत प्राधिकरणका पूर्व महाप्रबन्धक कुलमान घिसिङले सामाजिक सञ्जालमार्फत तीव्र आलोचना गर्दै निर्णय तत्काल फिर्ता लिन माग गर्नुभएको छ। पूर्व महाप्रबन्धक घिसिङले सरकारको यो निर्णय आम उपभोक्ताको हितविपरीत, ऊर्जा रूपान्तरणको लक्ष्यविपरीत र स्वदेशमै उत्पादित स्वच्छ ऊर्जाको उपयोग बढाउने राष्ट्रिय… पुरा पढौ

पुँजीगत खर्च बढाउँदा अर्थतन्त्र चलायमान हुन्छ-अध्यक्ष श्रेष्ठ

काठमाडौं, १६ जेठ। नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले पुँजीगत खर्च बढाउने सरकारको सकारात्मक पहलका रूपमा रहेको भन्दै यसले निजी क्षेत्र चलायमान हुने विश्वास व्यक्त गर्नुभएको छ । नेपाल जग्गा तथा आवास विकास सङ्घद्वारा आज यहाँ आयोजित १९औँ वार्षिक साधारणसभामा उहाँले आगामी आर्थिक वर्षको बजेटमा थोरै भए पनि पुँजीगत खर्च बढ्दा अर्थतन्त्र चलायमान हुने बताउनुभयो । अध्यक्ष श्रेष्ठले बजेटले पूर्वाधार क्षेत्रको खर्च बढाउनु, आयकर घटाउनु, प्रविधिलाई जोड दिनु सकारात्मक पक्ष भएको प्रतिक्रिया दिनुभयो । उहाँले रोजगारीका लागि विदेश जानुपर्ने… पुरा पढौ

दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजना सुरु हुने निश्चित

खोटाङ, १६ जेठ। खोटाङ र ओखलढुङ्गाको सीमानामा पर्ने दूधकोशीस्थित रभुँवाघाटबाट उत्पादन गर्न लागिएको ६७० मेगावाट क्षमताको दूधकोशी जलाशययुक्त जलविद्युत आयोजना अघि बढ्ने भएको छ । नेपाल सरकारले शुक्रबार सार्वजनिक गरेको आर्थिक वर्ष २०८३÷८४ को बजेटमा दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजना समावेश गरेपछि आयोजनाको काम अघि बढ्ने निश्चित भएको हो । दूधकोशी जलाशययुक्त जलविद्युत आयोजनालाई नेपाल सरकारले प्राथमिकताका साथ अगाडि बढाउने गरी अर्थमन्त्री डा स्वर्णिम वाग्लेले बजेटमा समावेश गर्नुभएको छ । दूधकोशी आयोजना सञ्चालनका लागि ठेक्का आव्हान गरेर आयोजनाको काम अगाडि बढाउने… पुरा पढौ

बजेट सकारात्मक र महत्वाकांक्षी-डा बुद्धि मल्ल

काठमाडौं, १६ जेठ । सरकारले आर्थिक वर्ष २०८३/८४ का लागि कुल २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । विक्रम संवत २००७ सालमा ५ करोड २५ लाख रुपैयाँबाट सुरु भएको नेपालको बजेट इतिहासमा, बजेट घोषणा भएको ७५ वर्ष पुगेको अवसरमा यो आकारको बजेट ल्याइएको हो । कुल बजेटमध्ये चालु तर्फ १२ खर्ब ७० अर्ब ५८ करोड (७.०५ प्रतिशत वृद्धि), पूँजीगत तर्फ ४ खर्ब ३१_अर्ब १० करोड (५.३८ प्रतिशत वृद्धि) र व्यवस्थापन तर्फ ४ खर्ब २२ अर्ब… पुरा पढौ

यी वस्तुहरुमा बढ्यो अन्तःशुल्क

काठमाडौं, १६ जेठ। सरकारले आर्थिक विधेयक २०८३ मार्फत् विभिन्न करका दरहरुमा हेरफेर गरेको छ । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत् विभिन्न ३६० वस्तुमा लाग्दै आएको अन्तःशुल्क खारेज गरिएको अर्थमन्त्री डा स्वर्णिम वाग्लेले बताउनुभयो । मदिरा, सुर्तीजन्य वस्तुलगायतमा भने भने अन्तःशुल्कका दरहरु बढेका छन् । त्यस्तै, पत्रु खाना (जङ्क फुड), रङगरोगन, जुसलगायतका वस्तुमा पनि अन्तःशुल्क बढेको छ । आर्थिक विधेयकअनुसार गुड, सख्खर भेलीको अन्तःशुल्क प्रतिक्वीन्टल रु १३८ बाट बढाएर रु १४० पुर्याइएको छ । त्यस्तै, उखुको खुदोको अन्तःशुल्क प्रतिक्विन्टल रु… पुरा पढौ

सिक्टा आयोजनालाई दुई अर्ब ५५ करोड बजेट

राँझा (बाँके), १६ जेठ। बाँकेमा निर्माणाधिन राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइलाई आगामी आर्थिक वर्ष २०८३÷८४ मा बजेट सिलिङ बढेको छ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले शुक्रबार प्रस्तुत गर्नुभएको आगामी आवको बजेटमा सिक्टा आयोजनालाई रु दुई अर्ब ५५ करोड विनियोजन गरिएको छ । चालु आर्थिक वर्ष २०८२÷८३ मा सो आयोजनालाई रु एक अर्ब ५७ करोड विनियोजन गरिएको आयोजनाका सूचना अधिकारी सिनियर डिभिजनल इञ्जिनियर मनोजकुमार साहले जानकारी दिनुभयो । उहाँका अनुसार गत आवको बजेटमा भन्दा यस वर्ष करिब रु एक अर्ब बढाएर… पुरा पढौ

मुलुकको समृद्धि र दिगो विकास हासिल गर्नु आजको आवश्यकता होः राष्ट्रपति

काठमाडौं, १६ जेठ। राष्ट्रपति रामचन्द्र पौडेलले महिलाको क्षमता, सिर्जनशीलता र नेतृत्वलाई राष्ट्र निर्माणको मुख्य आधारका रूपमा स्थापित गरी मुलुकको समृद्धि तथा दिगो विकास हासिल गर्नु आजको आवश्यकता भएको बताउनुभएको छ । ‘महिला अधिकारको सम्मान, आत्मनिर्भरता र समृद्धिको अभियान’ आदर्श वाक्यका साथ आज मनाउन लागिएको आठौँ राष्ट्रिय महिला अधिकार दिवसको अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनीमा शुभकामना व्यक्त गर्दै राष्ट्रपति पौडेलले भन्नुभएको छ, “महिलामाथि हुने सबै प्रकारका विभेद, हिंसा तथा असमानताको अन्त्य गर्दै सम्मानजनक र सुरक्षित समाज निर्माण गर्नु… पुरा पढौ