मुख्य समाचार

२ अर्ब २० करोडको ऋणपत्र बिक्रीमा ल्याउदै सेञ्चुरी बैंक

काठमाडौं, १३ बैशाख । सेञ्चुरी कमर्सियल बैंकले वैशाख २१ गतेबाट वार्षिक साढे १० प्रतिशत ब्याजदरको '१० प्रतिशत सेञ्चुरी डिबेन्चर २०८८' को निष्काशन तथा बिक्री खुल्ला गर्न लागेको छ । यसको अवधि १० वर्षका लागि रहेको छ । बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यको २ अर्ब २० करोड रुपैयाँ बराबरको २२ लाख कित्ता ऋणपत्र बिक्रीमा ल्याउन लागेको हो । उक्त ऋणपत्रमध्ये ८८ करोड रुपैयाँ बराबरको ८ लाख ८० हजार कित्ता सर्वसाधारणका लागि रहेको छ । बाँकी रहने १ अर्ब ३२… पुरा पढौ

सबै निकायसँग छलफल गर्दै बजेट निर्माणमा जुट्याे अर्थ मन्त्रालय

काठमाडौं, १३ वैशाख । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणलाई तीव्रता दिएको छ । पछिल्लो समय मन्त्रालयले विभिन्न मन्त्रालयहरूसँग बजेट निर्माणको प्राथमिकता लगायतका विषयमा छलफलमा जुटिरहेको छ । अर्थ मन्त्रालयले सोमवार बिहान वन तथा वातावरण मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग छलफल गरेको छ । त्यस्तै दिउँसो उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग छलफल भएको थियो । वन मन्त्रालयसँगको छलफलमा अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले वनको विनाश नगरी अधिकतम प्रयोगमा जोड दिनुपर्ने बताएका थिए । उनले विदेशबाट ठूलो… पुरा पढौ

सोलु हाइड्राेले साढे १३ करोडको सेयर निष्काशन गर्दै

काठमाडौं, १३ वैशाख । अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीले वैशाख २२ गतेदेखि रू १३ करोड ५० लाख बराबरको १३ लाख ५० हजार कित्ता सेयर निष्काशनको तयारी गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका जनताको लागि सेयर निष्काशन गर्न लागेको हो । कम्पनीले प्रतिकित्ता १०० मूल्य अंकित दरको १३ करोड ५० लाख रुपैयाँ बराबरको १३ लाख ५० हजार कित्ता सेयर बिक्रीमा ल्याउन लागेको हो । सेयरमा आयोजना प्रभावित सोलुखुम्बुको सोलु दुधकुण्ड नगरपालिकाका जनताले लगानी गर्न सक्नेछन् । लगानीकर्ताले घटिमा १० तथा… पुरा पढौ

कामपा प्रमुख पदका लागि ५६ र उपप्रमुखका लागि ३१ को उम्मेदवारी

काठमाडौं, १३ वैशाख । महानगरपालिकाको प्रमुखका लागि ५६ र उपप्रमुख पदका लागि ३१ जनाको उम्मेदवारी परेको छ । प्रमुख पदका लागि उम्मेदवारी दिने ५६ मध्ये २१ ले दलका तर्फबाट उम्मेदवारी दिएका हुन भने बाँकी ३५ ले स्वतन्त्र उम्मेदवाररूपमा मनोनयन दर्ता गराएका हुन । प्रमुख पदका लागि उम्मेदवारी दिनेमध्ये आठ महिला छन् । उपप्रमुखमा उम्मेदारी दिने ३१ मध्ये १२ जनाले दलका तर्फबाट र १९ ले स्वतन्त्र उम्मेदवारका रूपमा मनोनयन दर्ता गरे। उम्मेदवारमध्ये १२ महिला छन् । आसन्न निर्वाचनका लागि १२ गते… पुरा पढौ

भूकम्प स्मृतिसभा : स्वयंसेवकको सुरक्षामा गर्न माग

काठमाडौं, १३ वैशाख । नेपाल रेडक्रस सोसाइटी, केन्द्रीय रक्तसञ्चार सेवा केन्द्रले विसं २०७२ वैशाख १२ गतेको अकल्पनीय विनाशकारी भूकम्पमा परी अकालमा ज्यान गुमाएका आफ्ना कर्मचारी तथा स्वयंसेवकको स्मृतिमा श्रद्धाञ्जलिसभा आयोजना गर्यो । विश्व सम्पदा सूचीमा अवस्थित ऐतिहासिक काष्ठमण्डपमा रक्त सङ्कलन भइरहेको अवस्थामा गएको भूकम्प कारण सो दिन केन्द्रीय रक्तसञ्चार सेवामा कार्यरत वरिष्ठ प्रविधिक सहायक लालमाया गुरुङ, रक्त सङ्कलन स्वयंसेवक सानुमैया कपाली र सिम्रन डङ्गोललगायत स्वयंसेवी रक्तदाताको निधन भएको थियो । सोमबार आयोजित सभालाई सम्बोधन गर्दै केन्द्रीय रक्तसञ्चार सेवाका निर्देशक दिव्यराज पौडेलले… पुरा पढौ

सुदूरपश्चिम, कर्णाली, गण्डकी र प्रदेश १ मा हल्का वर्षाको सम्भावना

काठमाडाैं, १३ वैशाख । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय, जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखालेहाल देशको पहाडी भू-भागमा स्थानीय वायु तथा पश्चिम वायुको प्रभाव रहेको जनाएकाे छ। पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली  रही बाकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ । बैशाख १३ गते  दिउँसो : देशको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश तथा प्रदेश १ का पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहि देशका बाँकी भू-भागमा आंशिक बदली रहने छ।  सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र प्रदेश १ का पहाडी भू-भागका थोरै स्थानमा  मेघ गर्जन/चट्याङ्ग सहित क्षणिक/हल्का वर्षाको सम्भावना रहेको छ। राती : देशको पहाडी भू-भागमा आंशिक बदली  रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। गण्डकी प्रदेशको पहाडी भू-भागका  एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित… पुरा पढौ

नेपालको हवाई सुरक्षा दर ७०.१ प्रतिशत कायम गर्न सफल : आइकाओ

काठमाडाैं, १३ वैशाख । अन्तर्राष्ट्रिय हवाई सुरक्षा मापदण्ड बमोजिम नेपालको हवाई सुरक्षा दर वृद्धि भएको छ । नेपाल एयर सेफ्टी सम्परीक्षण टोलीको प्रारम्भिक नतिजाअनुसार विश्वको औसत परिपालना दरभन्दा ३ प्रतिशतले वृद्धि भएर अर्थात कूल परिपालना दर ७०.१ प्रतिशत कायम गर्न सफल भएको हो । अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) को एयर सेफ्टी अडिटबाट नेपालको परिपालना दर औसत दरभन्दा माथि रहेको नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले आज पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । प्राधिकरणका महानिर्देशक इञ्जिनीयर प्रदीप अधिकारीले आइकाओको अडिट… पुरा पढौ

बयासी हजार २१० उम्मेदवारद्वारा मनोनयन दर्ता

काठमाडाैं, १३ वैशाख । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि ८२ हजार २१० उम्मेदवारले मनोनयन दर्ता गराउनुभएको छ । आयोगमा गएराति निर्वाचन अधिकृतको कार्यालयबाट प्रमाणीकरण भई निर्वाचन आयोगमा प्राप्त विवरणअनुसार उम्मेदवारको सो दर्ता सूची देखिएको हो । निर्वाचन कार्यतालिका अनुसार आइतबार र सोमबार गरी दुई दिन मनोनयन दर्ताको समय निर्धारण गरिएको थियो । पहिलो दिन वैशाख ११ गते तुलनात्मक रुपमाकम संख्यामा मनोनयन दर्ता भए पनि दोस्रो दिन १२ गते ठूला दलका उम्मेदवारसहित सबै उम्मेदवारले मनोनयन दर्ता गराए।… पुरा पढौ

आगामी ३ बर्षमा नेपालमा औलो निवारण गर्ने लक्ष्य छ : निर्देशक खड्का

पोखरा १२ बैशाख । ‘औलोको भार कम गर्न नयाँपनमा जोड दिऔं र जीवन बचाऔं' नारासहित विभिन्न जनचेतनामूलक कार्यक्रम गरी विश्व औलो दिवस मनाइएको छ । हरेक बर्ष अप्रिल २५ तारिखमा यो दिवस मनाउने गरिन्छ। सोमबार पोखरामा आयोजित अन्तक्रियामा बोल्दै स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक खिमबहादुर खड्काले आगामी ३ बर्षमा नेपालमा औलो निवारण गर्ने सरकारी लक्ष्य अनुसार आफूहरुले अभियानलाई तिव्रता दिएको बताए। सन् २०२५ सम्म नेपालमा औलो निवारण गर्ने सरकारको लक्ष्य रहेको र अन्य प्रदेशहरुको तुलनामा गण्डकी प्रदेश अगाडि रहेको बताए ।… पुरा पढौ

साउदीमा नेपाल एयरलाइन्स पुग्दा नेपालीमा छायाे खुसी

साउदी अरेबिया, १२ वैशाख । सूर्यचन्द्र अङ्कित राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) रियादस्थित किङ् खालिद इन्टरनेश्नल एयरपोर्टमा अवतरण हुँदा यहाँ रहेका नेपालीले खुसी व्यक्त गरेका छन । साउदी अरेबियामा नेपाली ध्वजाबाहकको उपस्थिती काठमाडौँको हवाई सम्पर्क सञ्जाल विस्तार मात्रै नभएर नेपालको सान र गौरब पनि हो । नेपालले कूटनीतिक सम्बन्ध स्थापना भएको ४५ वर्षपछि ध्वजाबाहक वायुसेवा निगमले अरबको दोस्रो ठूलो मुलुक साउदीमा सिधा हवाई उडान सुरु गरेकामा नेपाली समुदायले खुसी व्यक्त गरेका हुन् । साउदीमा रहेका ४ लाख नेपालीका… पुरा पढौ