मुख्य समाचार

उम्मेदवारीको विवरण : एक लाख ५२ हजार ४६५ जनाको सङ्कलन

काठमाडौं, १५ वैशाख । स्थानीय तह सदस्य निर्वाचन–२०७९ को कार्यक्रमअन्तर्गत यही वैशाख ११ र १२ गते परेका उम्मेदवारी मनोनयन दर्तामा हालसम्म एक लाख ५२ हजार ४६५ जनाको विवरण सङ्कलन भएको छ । यही वैशाख ३० गते हुने निर्वाचनमा ३५ हजार २२१ पदका लागि मतदान हुँदैछ । निर्वाचन आयोगको प्रणालीमा आजसम्म प्रविष्ट भएको विवरणअनुसार दलगत र स्वतन्त्रसहित गरी प्रमुखमा तीन हजार ४९४, अध्यक्षमा तीन हजार ३८७, उपप्रमुखमा दुई हजार ५६, उपाध्यक्षमा दुई हजार एक, वडाध्यक्षमा ३५ हजार २५६ र सदस्यमा ५५… पुरा पढौ

दुई दिन बन्द भएपनि सेयर बजार पाँचै दिन खुला

काठमाडौं, १४ वैशाख । नेपाल सरकारले हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको छ । बिदा साविकको बिदा दिईदै आएको शनिवार तथा अब आईतबार थपिएर दुई दिन भएको छ । याे जेठ १ गतेबाट लागू हुनेछ । यो बिदाको समयमा सेयर बजारमा के होला ? भन्ने धेरैमा जिज्ञासा उठ्नु स्वाभाविक नै हो । अहिले सेयर बजारमा कारोबार आईतबारदेखि बिहिबारसम्म पाँच दिन हुँदै आएको छ । आईतबार बिदा हुने भएपछि पहिले आईतबार हुँदै आएको सेयरको कारोबार चार दिनमा झर्ने त होईन… पुरा पढौ

अब जेठदेखि हप्तामा दुई दिन सार्वजनिक बिदा हुने

काठमाडौं, १४ वैशाख । सरकारले आगामी जेठ १ गतेदेखि हप्तामा दुई दिन सावर्जनिक बिदा दिने निर्णय गरेको छ । हाललाई परीक्षणका रुपमा लागू हुने गरी शनिबार र आइतबार हप्तामा दुई दिन सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो । यही वैशाख १३ गते बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको सञ्चार, सूचना तथा प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले आज जानकारी दिए। उनले बिहान ९ः३० देखि साँझ ५ः३० बजेसम्म कार्यालय समय कायम गर्ने र हप्तामा दुई दिन बिदा दिने निर्णय भएको… पुरा पढौ

३.५६ अंकले बढ्यो नेप्से, कारोबार रकम २ अर्ब पनि नाघेन

काठमाडौं, १४ वैशाख । साताको सेयर कारोबार हुने चौथो दिन बुधबार सेयर बजार सकारात्मक लयमा गएको देखिएको छ । नेप्से सामान्य ढंगले उकालो लागे पनि कारोबार रकम भने सन्तोषजनक भएन । कारोबार रकमले २ अर्बको संकेत दिन सकेन । उसो त नेप्से, बजार बन्द हुनुभन्दा केहिबेर अगाडीसम्म दोहोरो अंकले ओरालो लागेको थियो । नेप्सेमा भईरहने यसप्रकारको बदलिबदलिले लगानीकर्ताको मनोवल अझैं बढ्न सकेको छैन । नेपाली सेयर बजार राजनीतिक घटनाक्रम, विपदको समय, नियामक निकायको नेतृत्वमा हुने रिक्तता, राष्ट्र बैंकले अवलम्बन गर्ने… पुरा पढौ

कुरकुरे, चिजबलदेखि मोबाइलसम्मको आयातमा प्रतिबन्ध

काठमाडौं, १४ वैशाख । के तपाइँ कुरकुरे, चिजबल, लेज जस्ता खानेकुराको सौखिन हुनुुहुन्छ ? यदि हुनुहुन्छ भने अब तपाइँले यी अतिरिक्त स्वादयुक्त खानेकुराको लत त्याग्नुपर्ने भएको छ । किनभने यी खानाले तपाइँको स्वास्थ्य त बिगारेकै छन्, देशको आर्थिक स्वास्थ्यमा समेत धक्का दिएको देखिन आएको छ । त्यसैले नेपाल सरकारले अब यी खाद्यवस्तुहरुको आयातमा प्रतिबन्ध नै लगाउने निर्णय गरेको छ । भन्सार विभागका अनुसार चालु आवको नौ महिनाको अवधिमा मात्रै कूल १२ लाख ९३ हजार ५६ किलो बराबरको कुरकुरे, चिजबल, लेजजस्ता… पुरा पढौ

नेपालको आर्थिक वृद्धिदर ४.१ प्रतिशत पुग्ने आइएमएफको प्रक्षेपण

काठमाडौं, १४ वैशाख । नेपालले ४.१ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले प्रक्षेपण गरेको छ । एसिया तथा प्रशान्त क्षेत्रका मुलुकको आर्थिक प्रक्षेपण सार्वजनिक गर्दै आईएमएफले सन् २०२२ मा नेपालले सोबराबरको आर्थिक वृद्धिदर हासिल गर्ने प्रक्षेपण गरेको हो । आईएमएफका अनुसार सन् २०२३ मा नेपालको आर्थिक वृद्धिदर ६.१ प्रतिशत पुग्ने अनुमान छ । सन् २०२१ म भने नेपालले २.१ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गरेको आईएमएफले जनाएको छ । आईएमएफको प्रक्षेपणअनुसार छिमेकी मुलुक भारतले यस वर्ष ८.२ प्रतिशतको… पुरा पढौ

२२ अर्ब रुपैयाँले घट्यो बैंकहरूको निक्षेप, कर्जा लगानी पनि लाग्याे ओरालो

काठमाडौं, १४ वैशाख । पछिल्लो ९ दिनमा वाणिज्य बैंकको निक्षेप २२ अर्ब रुपैयाँले घटेको छ । नेपाल बैंकर्स संघका अनुसार चैत अन्तिममा ४३ खर्ब ८९ अर्ब रुपैयाँ रहेको निक्षेप वैशाख ९ गतेसम्ममा घटेर ४३ खर्ब ६७ अर्ब रुपैयाँ कायम भएको छ । वैशाख पहिलो साता १२ अर्ब निक्षेप घटेको थियो । दोस्रो सातामा भने निक्षेप १० अर्ब रुपैयाँले घटेको छ । चैत अन्तिम साता बैंकको निक्षेप ५५ अर्ब रुपैयाँले बढेको थियो । यसैगरी चैत मसान्तको तुलनामा बैंकको कर्जा लगानी पनि… पुरा पढौ

हवाई चाप व्यवस्थापन गर्न बिहीबारदेखि आन्तरिक उडान १८ घण्टा : कस्तो छ एयरलाइन्सको तयारी ?

काठमाडौ‌, १४ वैशाख । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बढ्दो हवाई चाप व्यवस्थापन गर्न नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानतर्फ उडान समयावधि बढाएर १८ घण्टा पुर्याएको छ । विमानस्थलको एयर ट्राफिक जामलाई ध्यानमा राख्दै बिहीबारदेखि तराईका ६ क्षेत्रीय विमानस्थलमा १८ घण्टा उडान गर्न लागिएको महानिर्देशक इञ्जीनियर प्रदीप अधिकारीले जानकारी दिए । प्राधिकरणले रात्रिकालीन उडानयोग्य भद्रपुर, विराटनगर, जनकपुर, सिमरा, भैरहवा, नेपालगञ्ज र धनगढी विमानस्थललाई बिहान ६ देखि राति १२ बजेसम्म सञ्चालनमा ल्याउने निर्णय गरेको हो । यसले काठमाडौँ विमानस्थलको विद्यमान उडान… पुरा पढौ

बैंक तथा वित्तीय संस्थाहरुमा २ अर्ब लगानी गर्दै राष्ट्र बैंक

काठमाडौं, १४ वैशाख । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुमा २ अर्ब रुपैयाँ लगानी गर्ने जानकारी गराएको छ । राष्ट्र बैंकले बैंकको विभिन्न कोषमा जम्मा भएको रकम २ अर्ब ५ लाख रुपैयाँ मुद्धती निक्षेप शिर्षकमा बैंक तथा वित्तीय संस्थाहरुमा लगानी गर्न लागेको हो । केन्द्रीय बैंकका अनुसार वाणिज्य बैंकहरुको लागि मात्र १ अर्ब ६० करोड ५ लाख लगानी गरिने भएको छ । राष्ट्रिय स्तरका विकास बैंकहरुमा ३० करोड रुपैयाँ र फाइनान्सका लागि १० करोड रुपैयाँ मुद्धति निक्षेपमा राखिने भएको… पुरा पढौ

४७ आरोही पुगे कञ्चनजङ्घा हिमालको आधार शिविरमा

फुङ्लिङ, १४ वैशाख । कञ्चनजङ्घा हिमाल आरोहण गर्नका लागि ४७ आरोही आधार शिविर पुगेका छन् । यस वर्ष यतिधेरै आरोही कञ्चनजङ्घा आरोहण गर्न एकैपटक आधार शिविरमा पुगेका हुन् । दक्षिणी र उत्तरी पदर्माग हुँदै आरोही कञ्चनजङ्घा आधार शिविर पुग्ने गर्छन् । दक्षिणी पदर्माग हुँदै ३६ आरोही कञ्चनजङ्घा आधार शिविर पुगेको कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को तापेथोक जाँचचौकीका पर्यटन सहायक कल्पना ताम्मादेनले जानकारी दिए। आधार शिविरमा भारतका पाँच, अमेरिकाका एक, जर्मनीका तीन, रोमानियाका दुई, अष्ट्रेलियाका तीन, नेदरल्याण्डका तीन, क्यानडाका दुई जनालगायत… पुरा पढौ